
१माइक्रोन्युट्रियन्ट पाउडर खरिद प्रक्रियाबारे छानबिनको माग
२आउनुहोस्, कायपक्कायाको बाटो पछ्याऔँ, टिकेपी–एमएल(TKP-ML)
३फासीवादी विभ्रम र क्रान्तिको उज्ज्वल भविष्य
४दलितसँग माफी माग्ने कि, क्षतिपूर्ति ! (सन्दर्भ : छुवाछुत उनमुलन राष्ट्रिय दिवस)
५प्रधानमन्त्रीको अभिव्यक्तिप्रति नेकपा (बहुमत) को आपत्ति, आन्दोलन घोषणा
६एसियाली खेलकुद छनोटका लागि दिपेन्द्रको कप्तानीमा टी–२० नेपाली क्रिकेट टोली घोषणा
७क्रिप्टो कोलोनिष्ट; नीति तथा कार्यक्रम
८सुकुम्बासीमाथिको दमनविरुद्ध काठमाडौंमा संयुक्त संघर्ष समितिको प्रदर्शन
९नयाँ सुरक्षा नीतिसँगै उत्तर कोरिया आणविक आक्रामकतामा
१०South Asian Student Unions Oppose Ban on Student Organizations in Nepal
११गिद्धेदृष्टि नलगाऊ, लिपुलेक हाम्रो हो !
१२CPN (Bahumat) Raises Concern Over Lipulekh Road Agreement
१दलितसँग माफी माग्ने कि, क्षतिपूर्ति ! (सन्दर्भ : छुवाछुत उनमुलन राष्ट्रिय दिवस)
२प्रधानमन्त्रीको अभिव्यक्तिप्रति नेकपा (बहुमत) को आपत्ति, आन्दोलन घोषणा
३एसियाली खेलकुद छनोटका लागि दिपेन्द्रको कप्तानीमा टी–२० नेपाली क्रिकेट टोली घोषणा
४फासीवादी विभ्रम र क्रान्तिको उज्ज्वल भविष्य
५आउनुहोस्, कायपक्कायाको बाटो पछ्याऔँ, टिकेपी–एमएल(TKP-ML)
६माइक्रोन्युट्रियन्ट पाउडर खरिद प्रक्रियाबारे छानबिनको माग
जेनजी आन्दोलनले राजनीतिमा नयाँ अवस्था सिर्जना भएसँगै नयाँ सरकार बनाउने र देशको अवस्थालाई पूर्वावस्थामा लैजानका लागि प्रधानमन्त्री छान्ने चरणको बहस तिब्र भइरहेको छ । अन्तरिम र नयाँ सरकारको प्रधानमन्त्रीको लागि धरानका प्रमुख हर्क सामपाङ, काठमाडौंमा प्रमुख बालेन साह र पूर्वप्रधानन्यायाधीश शुसिला कार्कीको नाम चर्चामा रहेपनि सुशिला कार्कीको नाममा सहमति जुट्ने सम्भावना देखिन्छ । यसैबीचमा अन्तरिम सरकारको प्रधानमन्त्री पदको लागि नेपाल विद्युत प्राधिकरणका पूर्वनिर्देशक कुलमान घिसिङको नाम पनि चर्चामा आएको छ । कुलमान बिजुलीमा लोडसेडिङ हटाउन राम्रो पहल गरेर नाम कमाएका पात्र हुन् तर राष्ट्रघाति एमसीसीको पक्षपाति पनि रहेकोले धेरैले उनीप्रति शंका व्यक्त गरिरहेका छन् । कार्की र घिसिङमध्ये कसको नाममा सहमति जुट्ने हो हेर्न भने बाँकी नै छ । सरकार बनाउने, देशको सुरक्षा व्यवस्था मिलाउने र जेनजी आन्दोलनलाई सुरक्षित अवतरण गर्ने जिम्मा नेपाली सेनाले लिएको छ । त्यसमा समन्वय राष्ट्रपति पौडेलले गरिरहेका छन् । खरानी भइसकेको ठाउँमा फेरि घर उठाउन निकै समय र खर्च हुन्छ भए जस्तै अन्तरिम सरकार लागि बिभिन्न कोणबाट छलफलहरु भईरहेका देखिन्छन् । यता जेनजी नेपालले भावी प्रधानमन्त्रीको लागि कुलमान घिसिङको नाम अघि सारेको समाचार छ । यो जेनजीको अर्को समूह हो । सो समूहले विज्ञप्ति जारी गर्दै कुलमानको नाम अघि सारेको हो । विज्ञप्तिमा प्रारम्भिक छलफलमा काठमाडौं महानगर प्रमुख बालेन्द्र साहलाई योग्य उम्मेदवार मानिएको भए पनि उनले यस प्रक्रियामा रुचि नदेखाएका, हर्क साम्पाङको नाममा पनि छलफल भए पनि सबैलाई नेतृत्व गर्ने सम्भावना न्यून देखिएको र शुसिला कार्कीको भने उमेर अवस्था र न्यायाधीशहरु प्रम पदका लागि योग्य नहुने भन्दै आफ्नो समूहबाट कुलमानलाई अघि सारिएको भनिएको छ । जेनजी समूहमै २/३ वटा समूह देखिएका कारण प्रधानमन्त्री छान्न समय लाग्ने देखिएको छ । जति समय घर्किंदै गयो उति नै चलखेल हुने सम्भावना पनि बढ्नेछ । भूराजनीतिक हिसाबले नेपाल अत्यन्तै सम्वेदनशिल ठाउँमा रहेकोले बिदेशी चलखेलहरु हुने सम्भावना पनि उत्तिकै छ । नेतृत्व बिहिन अवस्थामा भएको जेनजी आन्दोलनको जगमा बैदेशिक चलखेल नहोस भन्नेमा सबै नेपाली सचेत छन् । नेतृत्व विहीनताकै अवस्थामा कुनैपनि आन्दोलन विदेशी षड्यन्त्रको सिकार बन्ने खतरा हुन्छ र विचार, नीति र कार्यदिशाको अभावमा आन्दोलनको रापताप र उपलब्धि समाप्त हुने अवस्था आउन सक्ने खतरा हुन्छ । यत्रो मानवीय र भौतिक क्षतिको गर्भबाट उदाएको जेनजी आन्दोलन यी कुराको धरापमा पर्र्यो भने देशलाई घाटा त हुन्छ नै उपलब्धि जोगाउन नसक्दा जनतामा चरम निरासा पैदा भई आन्दोलन भनेपछि दिक्कलाग्दो विषय बनेर देशकै अस्तित्व मेटिने सम्भावना रहन्छ । तसर्थ यस्तो अवस्था नआवस् भन्नेमा सबै सचेत रहनुपर्छ । विदेशी षडयन्त्रको कुरा गर्दा नेपाल विश्व राजनीतिको केन्द्रमा अवस्थित देश हो । नेपालमा विगतमा सरकार बन्दा र संविधान बन्दा आफ्नो स्वार्थ अनुकूलका शर्तहरु लिएर विदेशी शक्तिहरु आएका धेरै उदाहरणहरु छन् । आफ्ना शर्त र मागहरु पूरा नहुँदा नेपालमाथि नाकाबन्दी गर्ने, सीमाना मिच्ने र नेपालको सार्वभौमिकतामाथि नै हमला गरेका कयौं दृष्टान्तहरु छन् । यी सवालहरुमा आजको पुस्ता निकै चनाखो हुन जरुरी छ । बरु जेनजी पुस्ता जो अपरिपक्व छ, नयाँ छ र कानुनी र राजनीतिक विषयमा कम ज्ञान छ भने संसदमा नरहेका तर देशको स्वाधीनता र सार्वभौमिकताको रक्षा तथा भ्रष्टाचारविरुद्ध लडाइँ लड्दै आएका थुप्रै शक्तिहरु छन्, तिनीहरुलाई पनि समेटेर वा सुझाव लिएर सरकार बनाउने र आगामी कामको लागि पनि सहकार्य गरेर अघि बढ्ने विकल्प नै अहिलेको अवस्थामा उत्तम विकल्प हुनसक्छ । तसर्थ सरकार बन्ने प्रकृया र बनेपछि पनि हुन सक्ने सम्भावित चलखेललाई सम्पूर्ण रुपले नै खारेज गर्नु आजको नेपालको आधारभूत आवश्यत्ता हो । यही मर्मलाई जेनजी आन्दोलनको जगमा बनेको सरकारले स्वीकार गरोस् ।



१दलितसँग माफी माग्ने कि, क्षतिपूर्ति ! (सन्दर्भ : छुवाछुत उनमुलन राष्ट्रिय दिवस)
२प्रधानमन्त्रीको अभिव्यक्तिप्रति नेकपा (बहुमत) को आपत्ति, आन्दोलन घोषणा
३एसियाली खेलकुद छनोटका लागि दिपेन्द्रको कप्तानीमा टी–२० नेपाली क्रिकेट टोली घोषणा
४फासीवादी विभ्रम र क्रान्तिको उज्ज्वल भविष्य
५आउनुहोस्, कायपक्कायाको बाटो पछ्याऔँ, टिकेपी–एमएल(TKP-ML)
प्रतिक्रिया