
१पार्टीभित्रको एकताप्रति द्वन्द्वात्मक दृष्टिकोण : माओत्सेतुङ
२काभ्रेमा जनसंविधानका लागि जनसंघर्ष अभियान सुरु, दुई दर्जन युवा नेकपा (बहुमत) मा प्रवेश
३“निर्वाचन होइन, स्वाधीन संयुक्त सरकार नै निकास हो” – नेकपा(बहुमत)का नेता गौरी मण्डल
४पंजाब–हरियाणा–राजस्थानमा प्रगतिशील नेपाली जन समाजको राज्य भेला सम्पन्न
५तोसाखाना–२ मुद्दामा थप सजायपछि इमरान खानद्वारा देशव्यापी प्रदर्शनको आह्वान
६नेकपा (बहुमत)द्धारा हेमन्त प्रकाश वली ‘सुदर्शन’का बुवाको निधनमा दुःख व्यक्त
७कम्युनिस्ट युवा संगठन नेपाल कैलालीको भेला सम्पन्न, अध्यक्षमा निशान्त विक
८कम्युनिस्ट युवा संगठन नेपाल दार्चुलाद्वारा शैल्यशिखर नगरपालिकामा ७ बुँदे मागसहित ज्ञापनपत्र
९दृष्टिकोणविहीन राजनीति बन्द गरौँ
१०कम्युनिस्ट युवा संगठन नेपाल डडेल्धुरा जिल्ला भेला सम्पन्न, अध्यक्षमा सहविर पन्त
११शान्तिवाटिकाबाट नेकपा (बहुमत) ३ नं. ब्युरोद्धारा अभियानको शुरुवात
१२कम्युनिस्ट युवा संगठन नेपाल दार्चुलाको दोस्रो जिल्ला भेला सम्पन्न, अध्यक्षमा शंकर बिष्ट
१जेनजी बिद्रोह र सुशासनको मृगतृष्णा
२आन्तरिक समीक्षा र दीर्घकालीन योजना सहित कम्युनिष्ट युवा संगठन नेपालको बैठक सम्पन्न
३नेकपा(बहुमत)२ नम्बर ब्युरोको बैठक सम्पन्न, फागुन २१ को चुनाव बहिष्कार गर्ने घोषणा
४नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी)द्वारा संस्कृत विश्वविद्यालयका उपकुलपति नेपालमाथि जनकारबाही
५नेकपा (बहुमत) कैलालीले शुरु गर्यो जनसंविधानका लागि जनसंघर्ष अभियान
६नेकपा(बहुमत) निकट युवा संगठनद्वारा राष्ट्रिय आवास कम्पनी प्रमुखमाथि कार्यकक्षमै कालोमोसो
७नेकपा (बहुमत) बाँकेद्वारा जनसंविधानका लागि जनसंघर्ष अभियान सुरु
८बहुमत निकट अखिल (क्रान्तिकारी) सुदूरपश्चिम प्रदेशको बैठक महत्वपूर्ण निर्णयसहित सम्पन्न
९ज्यूँदो शिशुलाई मृत घोषणा गर्ने भेरी अस्पतालको अमानवीय लापरवाही विरुद्ध नेकपा (बहुमत) बाँकेको कडा चेतावनी
१०बहुमत निकट अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको बैठक सम्पन्न : निशुल्क शिक्षाको लागि अभियान चलाउने
११कम्युनिस्ट युवा संगठन नेपाल दार्चुलाको दोस्रो जिल्ला भेला सम्पन्न, अध्यक्षमा शंकर बिष्ट
१२नेकपा(बहुमत) भारत उपब्युरोको बैठक सम्पन्न : संगठनात्मक कामलाई प्राथमिक्ता दिने
जेनजी आन्दोलनले राजनीतिमा नयाँ अवस्था सिर्जना भएसँगै नयाँ सरकार बनाउने र देशको अवस्थालाई पूर्वावस्थामा लैजानका लागि प्रधानमन्त्री छान्ने चरणको बहस तिब्र भइरहेको छ । अन्तरिम र नयाँ सरकारको प्रधानमन्त्रीको लागि धरानका प्रमुख हर्क सामपाङ, काठमाडौंमा प्रमुख बालेन साह र पूर्वप्रधानन्यायाधीश शुसिला कार्कीको नाम चर्चामा रहेपनि सुशिला कार्कीको नाममा सहमति जुट्ने सम्भावना देखिन्छ । यसैबीचमा अन्तरिम सरकारको प्रधानमन्त्री पदको लागि नेपाल विद्युत प्राधिकरणका पूर्वनिर्देशक कुलमान घिसिङको नाम पनि चर्चामा आएको छ । कुलमान बिजुलीमा लोडसेडिङ हटाउन राम्रो पहल गरेर नाम कमाएका पात्र हुन् तर राष्ट्रघाति एमसीसीको पक्षपाति पनि रहेकोले धेरैले उनीप्रति शंका व्यक्त गरिरहेका छन् । कार्की र घिसिङमध्ये कसको नाममा सहमति जुट्ने हो हेर्न भने बाँकी नै छ । सरकार बनाउने, देशको सुरक्षा व्यवस्था मिलाउने र जेनजी आन्दोलनलाई सुरक्षित अवतरण गर्ने जिम्मा नेपाली सेनाले लिएको छ । त्यसमा समन्वय राष्ट्रपति पौडेलले गरिरहेका छन् । खरानी भइसकेको ठाउँमा फेरि घर उठाउन निकै समय र खर्च हुन्छ भए जस्तै अन्तरिम सरकार लागि बिभिन्न कोणबाट छलफलहरु भईरहेका देखिन्छन् । यता जेनजी नेपालले भावी प्रधानमन्त्रीको लागि कुलमान घिसिङको नाम अघि सारेको समाचार छ । यो जेनजीको अर्को समूह हो । सो समूहले विज्ञप्ति जारी गर्दै कुलमानको नाम अघि सारेको हो । विज्ञप्तिमा प्रारम्भिक छलफलमा काठमाडौं महानगर प्रमुख बालेन्द्र साहलाई योग्य उम्मेदवार मानिएको भए पनि उनले यस प्रक्रियामा रुचि नदेखाएका, हर्क साम्पाङको नाममा पनि छलफल भए पनि सबैलाई नेतृत्व गर्ने सम्भावना न्यून देखिएको र शुसिला कार्कीको भने उमेर अवस्था र न्यायाधीशहरु प्रम पदका लागि योग्य नहुने भन्दै आफ्नो समूहबाट कुलमानलाई अघि सारिएको भनिएको छ । जेनजी समूहमै २/३ वटा समूह देखिएका कारण प्रधानमन्त्री छान्न समय लाग्ने देखिएको छ । जति समय घर्किंदै गयो उति नै चलखेल हुने सम्भावना पनि बढ्नेछ । भूराजनीतिक हिसाबले नेपाल अत्यन्तै सम्वेदनशिल ठाउँमा रहेकोले बिदेशी चलखेलहरु हुने सम्भावना पनि उत्तिकै छ । नेतृत्व बिहिन अवस्थामा भएको जेनजी आन्दोलनको जगमा बैदेशिक चलखेल नहोस भन्नेमा सबै नेपाली सचेत छन् । नेतृत्व विहीनताकै अवस्थामा कुनैपनि आन्दोलन विदेशी षड्यन्त्रको सिकार बन्ने खतरा हुन्छ र विचार, नीति र कार्यदिशाको अभावमा आन्दोलनको रापताप र उपलब्धि समाप्त हुने अवस्था आउन सक्ने खतरा हुन्छ । यत्रो मानवीय र भौतिक क्षतिको गर्भबाट उदाएको जेनजी आन्दोलन यी कुराको धरापमा पर्र्यो भने देशलाई घाटा त हुन्छ नै उपलब्धि जोगाउन नसक्दा जनतामा चरम निरासा पैदा भई आन्दोलन भनेपछि दिक्कलाग्दो विषय बनेर देशकै अस्तित्व मेटिने सम्भावना रहन्छ । तसर्थ यस्तो अवस्था नआवस् भन्नेमा सबै सचेत रहनुपर्छ । विदेशी षडयन्त्रको कुरा गर्दा नेपाल विश्व राजनीतिको केन्द्रमा अवस्थित देश हो । नेपालमा विगतमा सरकार बन्दा र संविधान बन्दा आफ्नो स्वार्थ अनुकूलका शर्तहरु लिएर विदेशी शक्तिहरु आएका धेरै उदाहरणहरु छन् । आफ्ना शर्त र मागहरु पूरा नहुँदा नेपालमाथि नाकाबन्दी गर्ने, सीमाना मिच्ने र नेपालको सार्वभौमिकतामाथि नै हमला गरेका कयौं दृष्टान्तहरु छन् । यी सवालहरुमा आजको पुस्ता निकै चनाखो हुन जरुरी छ । बरु जेनजी पुस्ता जो अपरिपक्व छ, नयाँ छ र कानुनी र राजनीतिक विषयमा कम ज्ञान छ भने संसदमा नरहेका तर देशको स्वाधीनता र सार्वभौमिकताको रक्षा तथा भ्रष्टाचारविरुद्ध लडाइँ लड्दै आएका थुप्रै शक्तिहरु छन्, तिनीहरुलाई पनि समेटेर वा सुझाव लिएर सरकार बनाउने र आगामी कामको लागि पनि सहकार्य गरेर अघि बढ्ने विकल्प नै अहिलेको अवस्थामा उत्तम विकल्प हुनसक्छ । तसर्थ सरकार बन्ने प्रकृया र बनेपछि पनि हुन सक्ने सम्भावित चलखेललाई सम्पूर्ण रुपले नै खारेज गर्नु आजको नेपालको आधारभूत आवश्यत्ता हो । यही मर्मलाई जेनजी आन्दोलनको जगमा बनेको सरकारले स्वीकार गरोस् ।

१जेनजी बिद्रोह र सुशासनको मृगतृष्णा
२आन्तरिक समीक्षा र दीर्घकालीन योजना सहित कम्युनिष्ट युवा संगठन नेपालको बैठक सम्पन्न
३नेकपा(बहुमत)२ नम्बर ब्युरोको बैठक सम्पन्न, फागुन २१ को चुनाव बहिष्कार गर्ने घोषणा
४नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी)द्वारा संस्कृत विश्वविद्यालयका उपकुलपति नेपालमाथि जनकारबाही
५नेकपा (बहुमत) कैलालीले शुरु गर्यो जनसंविधानका लागि जनसंघर्ष अभियान
प्रतिक्रिया