
१नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
२पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
३नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
४वैचारिक संघर्षबारे
५जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
६ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
७बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
८ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
९‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
१२नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
५वैचारिक संघर्षबारे
६‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
७नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
८नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
९पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
नेपालको राजनीतिमा विगत देखि नै अग्रगमन र यथास्थितिको बिचमा भिषण संघर्ष भइरहेको छ । एकाथरी राजनीतिक पार्टी र व्यक्तिहरु नेपालको भविष्य नै संसदीय व्यवस्थामा देखिरहेका छन् भने अर्काथरी पार्टीहरु जो विशेष त सडक संघर्षमा छन् उनीहरु नेपालको भविष्य आमूल परिवर्तनकारी आन्दोलनबाट मात्र सम्भव हुने देखिरहेका छन् । यि दुईवटा विचार र दृष्टिकोण नै आजको नेपालको राजनीतिक बहसको केन्द्रमा छन् । नेपाली जनताले यी दुवै खाले विचार सहितको बहसलाई नजिकबाट नियालीरहेका छन् । नेपालको इतिहाँसमा १९९३ मा जन्मेको प्रजा परिषद नामक राजनीतिक दल देखि २०८२ भाद्र २३ र २४ को जेनजीको नाममा भएको आन्दोलन सम्म आउँदा पनि नेपाली जनताले अपेक्षा गरेकोे जीवन व्यवहारसँग जोडिएको व्यवस्थालाई व्यवहारिक रुपमा अनुभूत गर्न पाएका छैनन् । व्यवस्था परिवर्तनका आन्दोलनहरु त भए तर ती सबै अन्दोलनहरु अन्तिम लक्ष्यमा नपुग्दै अवशान भए । यो अवस्थाको निरन्तरता जेजनी आन्दोलन सम्म आउँदा पनि देखा पर्यो । जेनजी आन्दोलनको शुरुवातमा देशमा व्याप्त भ्रष्टाचारको अन्त्य र राजनैतिक स्थायीत्व र सुशासनको मुद्दा अगाडि आएपनि त्यस अनुसारको राजनीतिक परिवर्तन हुन नसक्दा त्यसले सार्थक्ता पाएन । आन्दोलन पश्चात उल्टै देश गम्भीर रुपमा भूराजनैतिक संकटमा धकेलिएको जस्तो अनुभूति हुन थालेको छ र राष्ट्रिय स्वाधीनताको संकट चरम रुपमा बढेको छ ।
नेपालमा भएका सबै आन्दोलनको मुख्य समस्या भनेकै आप्mनो उद्देश्यमा नपुग्दै पुरानो व्यवस्था अगाडि घँुडा टेक्ने र पूरानो पात्र र प्रवृतिसँग सहकार्य गर्नु हो । यो समस्या झापा विद्रोह, पंचायत विरुद्धको आन्दोलन, १० वर्षे जनयुद्ध, एकीकृत जनक्रान्ति हुँदै जेनजी आन्दोलन सम्म आउँदा पनि देखा पर्यो । यो सहकार्यले नत पुराना समस्याको समूल नस्ट गर्न सकियो न नयाँ दृष्टिकोणलाई संस्थागत नै गर्न सकियो । यस्तो अवस्थाले देशलाई सधै अग्रगमनमा जाने भन्दा यथास्थितिमै बस्न बाध्य बनायो । यो यथास्थिति आजको नेपालको मुख्य समस्या हो । यदि यो समस्याबाट नेपालका हरेक राजनीतिक दलहरु मुक्त भएर अगाडि बढ्ने हो भने यसले देशलाई अग्रगमनमा मात्र लिने छैन, देशका बहुसंख्यक अन्तरविरोधलाई पनि हल गर्न सक्नेछ । त्यसैले सबैले समयमैे सोच्नु पर्दछ । अन्यथा देश सधै यथास्थितिको गोलचक्करमा फसिरहनेछ ।
२१औँ शताव्दीको उत्तरार्धसम्म आउँदा विश्व धेरै नै अगाडि बढीसकेको छ । विज्ञान र प्रविधिले अभूतपुर्व विकास गरेको छ । आज सिंगो ब्रह्माण्ड एउटा गाँउको रुपमा अवस्थित भएको छ । यसको फाइदा संसारका धेरै देशहरुले लिइरहेका छन् । हाम्रो देश भने अहिले पनि पराधीनताको जञ्जीरबाट मुक्त भएको छैन् । नेपालको राजनीति, अर्थतन्त्र, सुरक्षा, संस्कृति लगाएका अधिकांश क्षेत्रहरु पराधीन छन् । जसको कारण आज नेपाल विश्वका गरीब देशहरुको सूचिमा सूचिकृत छ । यो प्रतिकुलताबाट मुक्त हुन देशको स्वाधीनताको प्रश्न मुख्य रुपमा अगाडि आँउछ । देश समृद्ध नभई स्वाधीन हुन सक्दैन र स्वाधीन नबनाई समृद्धि, सुशासन र शान्ति पनि कदापि सम्भव हुँदैन् । तसर्थ देशलाई स्वाधीतातिर लाने भनेको नेपालको अहिलेको यथास्थितिको अवस्थामा निर्णायक क्रमभंगता गरी राष्ट्रिय पुँजीको विकास गर्न औद्योगिकरण र लाखौँ बेरोजगारका लागि सुरक्षित रोजगारी सृर्जना गर्ने हो ।
धेरैलाई लाग्न सक्छ वर्षोँदखि जडा गाडेर बसेका नकारात्मक प्रवृतिगत प्रणलीहरुलाई परिवर्तन गर्न असम्भव छ वा सारमा व्यवस्था बदल्न असम्भव छ । तर यसो होइन । यसलाई बदल्न सम्भव छ । मात्र चाहियो देशलाई आमूल रुपमा बदल्न सक्ने विचार, सो विचारलाई लागु गर्न सक्ने सुसंगठित दृढ संकल्प भएको अनुशासित संगठन र सो संगठनको सहभागितामा अदम्य साहस । यि तिनवटै चिजको साझा बलमा मात्र क्रमभंगता सम्भव छ । यो कुरा वर्तमानमा रमाइरहेका सबै राजनीतिक दलहरु र जेनजी अन्दोलनबाट राजनीति रंगमञ्चमा उदाएका र उदाउन खोज्दै गरेका नव युवाहरुले गम्भीरतापूर्वक सोच्न जरुरी छ । यसरी सोच्न सके मात्र अहिलेको यथास्थितिमा बन्धक बनाइएको देशलाई अगाडि बढाउन सकिन्छ ।


१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
५वैचारिक संघर्षबारे
प्रतिक्रिया