
३नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
४आत्मदाह गराउन बन्द गर
५नेकपा (बहुमत) भारत उपब्युरो अन्तर्गत पञ्जाब जिल्लाको प्रथम जिल्ला भेला सम्पन्न
६सबिनको नेतृत्वमा २१ सदस्यीय जिल्ला समिति चयन गर्दै नेकपा (बहुमत) कास्कीको भेला सम्पन्न,
७नेकपा (बहुमत) बाँकेको जिल्ला भेला सम्पन्न, चक्र थापाको नेतृत्वमा १३ सदस्यीय समिति चयन
८नेकपा (बहुमत) बर्दियाको दोस्रो जिल्ला भेला सम्पन्न, दिलमानको नेतृत्वमा ११ सदस्यीय समिति चयन
९भारतको महाराष्ट्रमा नेकपा (बहुमत)को जिल्ला भेला सम्पन्न, ९ सदस्यीय जिल्ला समिति चयन
१०विश्वविजय, सीमा आजादलगायतमाथि अवसरवादको आरोप लगाउँदै भाकपा (माओवादी)को वक्तव्य
११सीपीसीको १०५औँ स्थापना दिवसमा सी जिनपिङको सन्देश : चुनौती चिर्दै नयाँ यात्रामा अघि बढ्न आह्वान
१२नेकपा (बहुमत) दाङको दोस्रो जिल्ला भेला सम्पन्न, सजकको नेतृत्वमा जिल्ला समिति चयन
दाङ। गत पुस १७ गते गिरप्तार परेका नेकपा (बहुमत) दाङका सेक्रेटेरी अमर खड्का १६ दिन पछि रिहा भएका छन् । खड्का असोज २९ र मंसिर ६ गते मिटरब्याजीहरूलाई पार्टीले जनकारबाही गरेको बिषयमा गिरप्तार परेका थिए ।
राजनैतिक दलहरूको संरक्षणमा मिटर ब्याजी धन्दा चलाई रहेका धर्म बहादुर बस्नेत र उनकी श्रीमती माधवा बस्नेत सँगै दुर्गा पन्तलाई नेकपा (बहुमत) ले कारवाही गरेको थियो सोही घटनालाई लिएर प्रहरीले खड्का लाई गिरप्तार गरि अभद्र ब्यबहारको मुद्दा चलाएको थियो ।
पन्त र बस्नेत दम्पतीले मिटर ब्याज धन्दा चलाई अनाआबश्यक दु:ख दिने गरेको , जाली तुमसुक बनाई पिडितका घर जग्गा आफ्नो नाममा लिने गरेको लगाएतका कारण कारबाही गरिएको उक्त पार्टी जनाएको थियो ।
रिहा भएका सेक्रेटरी खड्कालाई स्वागत तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै राप्ती कमान इन्चार्ज नरेन्द्र बिकले मिटरब्याजी बिरद्वको लडाई अझै जारी भएको बताएका छन् । मिटरव्याज पीडितहरुको साथ सहयोग जारी रहेसम्म यो लडाई जारी रहने बताउदै अबको मिटरब्याज बिरूद्वको कारवाही माथिल्लो चरणको कारबाहीमा हुने बताए ।
कार्यक्रमाआफ्नो भनाई राख्दै सेक्रेटरी खड्काले अहिले सामान्य मोर्चामा बिजय भएको बताउदै अझै थुप्रै मोर्चाहरु जित्न बाँकि रहेको बताए । त्यसको लागि जेल हिरासत मात्र नभई गोली खान पनि तयार भएको उनको भनाई थियो ।कार्यक्रमको सहजिकारण दाङ जिल्ला कार्यालय सदस्य सजकले गरेका थिए।
प्रतिक्रिया