
१फासीवादी विभ्रम र क्रान्तिको उज्ज्वल भविष्य
२दलितसँग माफी माग्ने कि, क्षतिपूर्ति ! (सन्दर्भ : छुवाछुत उनमुलन राष्ट्रिय दिवस)
३प्रधानमन्त्रीको अभिव्यक्तिप्रति नेकपा (बहुमत) को आपत्ति, आन्दोलन घोषणा
४एसियाली खेलकुद छनोटका लागि दिपेन्द्रको कप्तानीमा टी–२० नेपाली क्रिकेट टोली घोषणा
५क्रिप्टो कोलोनिष्ट; नीति तथा कार्यक्रम
६सुकुम्बासीमाथिको दमनविरुद्ध काठमाडौंमा संयुक्त संघर्ष समितिको प्रदर्शन
७नयाँ सुरक्षा नीतिसँगै उत्तर कोरिया आणविक आक्रामकतामा
८South Asian Student Unions Oppose Ban on Student Organizations in Nepal
९गिद्धेदृष्टि नलगाऊ, लिपुलेक हाम्रो हो !
१०CPN (Bahumat) Raises Concern Over Lipulekh Road Agreement
११कालापानी, लिम्पियाधुरा र लिपुलेकबारे नेकपा (बहुमत) को धारणा सार्वजनिक : सार्वभौमिकताको रक्षा गर्न सरकारलाई आग्रह
१२संयुक्त संघर्ष समितिद्वारा सरकारको कदमको विरोध, वैशाख ३० मा देशव्यापी प्रदर्शन घोषणा
१क्रिप्टो कोलोनिष्ट; नीति तथा कार्यक्रम
२प्रधानमन्त्रीको अभिव्यक्तिप्रति नेकपा (बहुमत) को आपत्ति, आन्दोलन घोषणा
३एसियाली खेलकुद छनोटका लागि दिपेन्द्रको कप्तानीमा टी–२० नेपाली क्रिकेट टोली घोषणा
४दलितसँग माफी माग्ने कि, क्षतिपूर्ति ! (सन्दर्भ : छुवाछुत उनमुलन राष्ट्रिय दिवस)
५फासीवादी विभ्रम र क्रान्तिको उज्ज्वल भविष्य
१९५७ नोभेम्बर १८ मा कम्युनिस्ट र मजदूर पार्टीहरूको प्रतिनिधि सभा, मस्कोमा तत्कालिन चिनीया कम्युनिष्ट पार्टीका अध्यक्ष माओत्सेतुङद्धारा गरिएको भाषणको सम्पादित अंश : एकताको प्रश्नबारे म केही दृष्टिकोण राख्न चाहन्छु । मेरो विचारमा, चाहे जोसुकै किन नहोस्, जबसम्म ऊ कुनै शत्रुतापूर्ण तत्व वा विघटनकारी व्यक्ति होइन, हामीले प्रत्येक साथीप्रति एकताको मनोभाव राख्नुपर्छ । हामीले उसप्रति रूपवादी वा जडवादी होइन, द्वन्द्वात्मक दृष्टिकोण अपनाउनुपर्छ ।
द्वन्द्वात्मक दृष्टिकोण भन्नाले के हो ?
यसको मतलब हो, हरेक कुरामा विश्लेषणात्मक हुनु, मानिसहरू सबैले गल्ती गर्छन् भन्ने कुरा स्वीकार गर्नु, र कसैले गल्ती गरेको आधारमा उसलाई पूर्ण रूपमा नकार्नु नहुने । लेनिनले भनेका थिए, “संसारमा कुनै पनि व्यक्ति छैन जसले गल्ती नगरेको होस् ।” हरेकलाई अरूको सहयोग चाहिन्छ । सक्षम मानिसलाई पनि तीन जनाको सहयोग आवश्यक हुन्छ, भित्तोलाई तीनवटा टेकाउने काँठ चाहिन्छ, सेतालो कमललाई त्यसका हरियाली पातहरूले सुशोभित गर्छन, यी सबै चिनियाँ उखानहरू हुन् । अर्को उखान भन्छ, “तीन मोचीको बुद्धि मिलेर झूगे लियाङ बराबर हुन्छ ।” झूगे लियाङ जति बुद्धिमान् भए पनि उसमा पनि केही सीमितताहरू छन् । हाम्रा बारा देशहरूले बनाएको यो घोषणापत्र नै हेरौँ : पहिलो, दोस्रो, तेस्रो, चौथो मस्यौदा पार गरिसक्दा पनि अझै बाधा–छानबिन भइरहेकै छ । आफूलाई सर्वज्ञ वा सर्वशक्तिमान् ठान्नु उचित हुँदैन ।
त्यसैले, गल्ती गर्ने साथीप्रति हामीले कस्तो व्यवहार गर्ने?
हामीले द्वन्द्वात्मक, विश्लेषणात्मक दृष्टिकोण अपनाउनुपर्छ, जडवादी होइन । हाम्रा पार्टीमा कहिलेकाहीँ जडवाद घुस्यो, डोग्मावाद आयो, जसले केहीलाई मन नपरेको कारण पूर्ण रूपमा नष्ट गरिदिन्थ्यो । पछि, हामीले त्यो जडवाद त्याग्यौँ र केही द्वन्द्ववाद सिक्यौँ । द्वन्द्ववादको मूल सिद्धान्त भनेको विरोधाभासहरूको एकता हो । त्यसको आधारमा, गल्ती गरेको साथीप्रति के गर्ने ? पहिलो—उसका गलत विचारहरू विरुद्ध संघर्ष गर्नु । दोस्रो—उसलाई सहयोग गर्नु । संघर्ष र सहायता, यी दुई हातले काम गर्नुपर्छ । उद्देश्य उसलाई सुधार्ने, उसलाई बाटो देखाइदिने हो । तर अर्को किसिमका मानिसहरूसँग व्यवहार फरक हुन्छ । ट्रट्स्की, चेन डूसिउ, झाङ गुओताओ, गाओ गाङ जस्ता मानिसहरू, उनीहरू सुधारिनसक्ने थिएनन् । हिटलर, च्याङ काइ–सेक, जारजस्ता व्यक्ति पनि यस्तो वर्गमा पर्थे । उनीहरूलाई ढाल्नै पर्ने थियो, किनभने उनीहरू र हामी एक–अर्कासँग बिल्कुलै असंगत थियौँ । रणनीतिक हिसाबले हेर्दा, पूँजीवाद र साम्राज्यवाद अन्तत : समाजवादद्वारा प्रतिस्थापित हुन्छन् । आदर्शवादलाई भौतिकवादले, आस्तिकतालाई नास्तिकताले प्रतिस्थापन गर्छ । तर रणनीति र कार्यनीति (तबअतष्अक) फरक हुन्छन । कहिलेकाहीँ सम्झौता गर्नुपर्छ । कोरियामा ३८औँ अक्षांशमा अमेरिकासँग सम्झौता गरिएन र ? भियतनाममा फ्रान्ससँग सम्झौता भएन र ?
कार्यनीतिक चरणमा संघर्ष र सम्झौता दुवै गर्न सक्नुपर्छ ।
अब फेरि साथीहरूबीचको सम्बन्धमा फर्कौँ । केहीले सोच्ने गर्छन, पार्टीमा छिरेपछि सबै मानिस पवित्र बन्छन्, कुनै मतभेद हुँदैन, पार्टी एकदम एकरूप हुन्छ, त्यसैले छलफलको आवश्यकता हुँदैन । मानौँ पार्टीमा छिरेको बित्तिकै १०० प्रतिशत मार्क्सवादी हुनुपर्छ । तर वास्तवमा १००, ९०, ८०, ७०, ६०, ५० प्रतिशत मार्क्सवादी हुन्छन; कतिपय त १० वा २० प्रतिशत मात्र मार्क्सवादी हुन्छन् । त्यसैले साथीहरूबीच सानो कोठामा बसेर कुरा गर्न नसकिने कारण छैन । एक–अर्कालाई सहयोग गर्ने, एकताबाट अघि बढ्ने भावना रहनुपर्छ । हाम्रो बारा देश अहिले यही गरिरहेका छैनन् र ? साठीभन्दा बढी पार्टीहरू सञ्चालन गरिरहेका छलफल पनि यहीँ होइन ? अर्थात—मार्क्सवाद–लेनिनवादका सिद्धान्तहरूलाई क्षति नपुर्याई, अरूका केही विचारहरू स्वीकार्ने, आफ्ना केही विचारहरू छोड्ने, यो एउटा द्विपक्षीय प्रक्रिया हो ।
त्यसैले गल्ती गरेको साथीलाई सम्हाल्ने दुई हात हुन्छन :
एक हात—सिद्धान्तका लागि संघर्ष, अर्को हात—एकताको लागि सहयोग ।
सिद्धान्त र लचीलापनको एकता—यही हो द्वन्द्ववाद । संसारमा, विशेषगरी वर्गीय समाजमा हरेक ठाउँ विरोधाभासले भरिएको छ । कतिले भन्छन “समाजवादमा पनि विरोधाभास फेला पार्न सकिन्छ ।” तर म भन्छु “फेला पार्ने” होइन, समाजवाद विरोधाभासहरूले नै भरिएको हुन्छ । मानिस पनि विरोधाभासहरूको एकता हो । उसलाई विश्लेषण गर्न नसकिन्छ भन्ने सोच नै जडवाद हो । परमाणु हेरौँ—नाभिक र इलेक्ट्रोनहरूको विरोधी एकता हो । नाभिकभित्र प्रोटोन–न्यूट्रोनको विरोधाभास, अनि प्रोटोन–प्रतिप्रोटोन, न्यूट्रोन–प्रतिन्यूट्रोन… सबैत्र विरोधाभासको एकता । द्वन्द्ववादलाई दार्शनिकहरूको सानो दायराबाट निकालेर जनसाधारणसम्म पुर्याउनुपर्छ । पार्टीको पोलिटब्युरोदेखि सबै स्तरका समितीहरूमा यसको चर्चा हुनुपर्छ । हाम्रा साधारण शाखा सचिवहरू पनि द्वन्द्ववाद बुझ्छन, किनकि जब उनीहरू रिपोर्ट लेख्छन्, उनीहरू दुई कुरा लेख्छन : उपलब्धि र कमजोरी । एक दुईमा विभाजित हुन्छ—यो सार्वभौमिक घटना हो । यही हो द्वन्द्ववाद ।



१क्रिप्टो कोलोनिष्ट; नीति तथा कार्यक्रम
२प्रधानमन्त्रीको अभिव्यक्तिप्रति नेकपा (बहुमत) को आपत्ति, आन्दोलन घोषणा
३एसियाली खेलकुद छनोटका लागि दिपेन्द्रको कप्तानीमा टी–२० नेपाली क्रिकेट टोली घोषणा
४दलितसँग माफी माग्ने कि, क्षतिपूर्ति ! (सन्दर्भ : छुवाछुत उनमुलन राष्ट्रिय दिवस)
५फासीवादी विभ्रम र क्रान्तिको उज्ज्वल भविष्य
प्रतिक्रिया