
१मजदुर दिवसमा नेकपा (बहुमत) को सन्देशः श्रमिक एकता र अधिकारका लागि संघर्ष जारी
२रोल्पामा जीप दुर्घटना : २० जनाको मृत्यु, नेकपा(बहुमत) द्वारा शोक व्यक्त
३ट्रम्पविरुद्ध धम्की दिएको आरोपमा पूर्व एफबीआई प्रमुख जेम्स कोमी अदालतमा उपस्थित
४आवासको ग्यारेन्टी बिना सुकुम्बासी बस्ती हटाउनु अन्यायपूर्ण : नेकपा (बहुमत)
५गृहमन्त्रीको राजीनामा माग्दै माइतीघरमा प्रदर्शन
६मूल्य वृद्धि, जनअधिकारमाथि आक्रमण देखि विद्यार्थी प्रतिबन्धप्रति नेकपा (बहुमत) को कडा आपत्ति
७नेकपा (बहुमत)का सल्लाहकार लीलाधर गौतमको निधन, पार्टीद्वारा शोक व्यक्त
८आईपीएलमा पन्जाबको दबदबा, मुम्बई ७ विकेटले पराजित
९हर्मुज रणनीति अघि सार्दै इरान, २७० अर्ब डलर क्षति दाबी
१०आणविक विवाद र हर्मुज तनावले अमेरिका–इरान शान्तिवार्ता निष्कर्षविहिन
११भिम प्रसाद दुलालको निधनमा नेकपा (बहुमत) मकवानपुरद्वारा शोक व्यक्त
१२युद्धविरामप्रति इरानको असन्तुष्टिः “उल्लंघनपछि वार्ताको औचित्य समाप्त”
१भाकपा(माओवादी)का शीर्ष नेता प्रशान्त बोस ‘किशन दा’ को निधन
२नेकपा(बहुमत)कास्कीद्धारा भ्रष्टाचार र अनियमितता बिरुद्ध २० बुँदे ज्ञापनपत्र पेश
३संस्मरण : त्यो रात !
४आवासको ग्यारेन्टी बिना सुकुम्बासी बस्ती हटाउनु अन्यायपूर्ण : नेकपा (बहुमत)
५मूल्य वृद्धि, जनअधिकारमाथि आक्रमण देखि विद्यार्थी प्रतिबन्धप्रति नेकपा (बहुमत) को कडा आपत्ति
६नेकपा (बहुमत)का सल्लाहकार लीलाधर गौतमको निधन, पार्टीद्वारा शोक व्यक्त
७गृहमन्त्रीको राजीनामा माग्दै माइतीघरमा प्रदर्शन
८भिम प्रसाद दुलालको निधनमा नेकपा (बहुमत) मकवानपुरद्वारा शोक व्यक्त
९युद्धविरामप्रति इरानको असन्तुष्टिः “उल्लंघनपछि वार्ताको औचित्य समाप्त”
१०आणविक विवाद र हर्मुज तनावले अमेरिका–इरान शान्तिवार्ता निष्कर्षविहिन
११हर्मुज रणनीति अघि सार्दै इरान, २७० अर्ब डलर क्षति दाबी
१२आईपीएलमा पन्जाबको दबदबा, मुम्बई ७ विकेटले पराजित
पाँचथर । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का १ नम्बर ब्यूरो सदस्य तथा पाँचथर जिल्ला सचिव डिल्लीबहादुर कटुवाललाई प्रहरीले गिरफ्तार गरेको छ। हिजो राति ९ बजे तिर आफ्नै घरमा बसी रहेका बेला प्रहरीले अपहरण शैलीमा गिरफ्तार गरेको भन्दै नेकपा(बहुमत)ले कडा आपत्ति जनाएको छ।
पार्टीका अनुसार कटुवाललाई चैत्र ७ गते राति करिब ९ बजे आफ्नै घरमा परिवारसँग बसिरहेका बेला साधा पोशाकका प्रहरीहरू आएर गिरफ्तार गरेका थिए। पार्टीले विज्ञप्ति जारी गर्दै बिना कुनै कारण रातको समयमा साधा पोशाकका प्रहरी पठाएर गिरफ्तार गर्नु गैर-कानूनी र निन्दनीय कार्य भएको जनाएको छ।
“शान्तिपूर्ण रूपमा हिँडडुल गर्न पाउने, आफ्नो विचार अभिव्यक्त गर्न पाउने तथा संघ-संगठनमा आबद्ध हुने संवैधानिक हकको ठाडो उल्लंघन गरिएको छ। सरकारले लोकतान्त्रिक अधिकारमाथि दमन गर्दै जाने हो भने यसका गम्भीर परिणाम आउन सक्छन्,” विज्ञप्तिमा उल्लेख छ।
संवैधानिक अधिकारको उल्लंघन भएको पार्टीको आरोप
पार्टीले कटुवालको गिरफ्तारीलाई गैरन्यायिक भन्दै सरकारको आलोचना गरेको छ। “संविधानले नै नागरिकलाई स्वतन्त्र रूपमा संगठित हुने, विचार अभिव्यक्त गर्ने र निष्पक्ष रूपमा राजनीतिक गतिविधि सञ्चालन गर्ने अधिकार दिएको छ। तर, सरकारले मनोमानीपूर्ण रूपमा हाम्रो नेताहरूलाई गिरफ्तार गरेर दमनको नीति अवलम्बन गरिरहेको छ,” विज्ञप्तिमा भनिएको छ।
पार्टीले पाँचथर प्रहरीले कटुवाललाई तत्काल रिहा गर्नुपर्ने माग गर्दै अन्यथा थप संघर्ष चर्काउने चेतावनी दिएको छ। “यदि कटुवाललाई रिहा नगरिएमा सरकारकै दमनकारी नीति विरुद्ध जनस्तरबाट सशक्त आन्दोलनको घोषणा गरिनेछ। यसको सम्पूर्ण जिम्मेवारी वर्तमान संसदीय दलाल पुँजीवादी सरकारलाई नै जान्छ,” पार्टीले स्पष्ट पारेको छ।
मानव अधिकार उल्लंघनको विषयमा चेतावनी
नेकपाले कटुवालको गिरफ्तारीलाई राज्य आतङ्कको संज्ञा दिँदै मानव अधिकार संगठनहरू, पत्रकार, बुद्धिजीवी तथा न्यायप्रेमी नागरिकहरूलाई यसविरुद्ध आवाज उठाउन अपील गरेको छ। “सरकार निरंकुशतातर्फ उन्मुख भइरहेको छ। हामी सम्पूर्ण मानव अधिकारवादीहरूलाई अपील गर्दछौं कि, गैरन्यायिक गिरफ्तारी तथा राज्य दमनका विरुद्ध सशक्त रूपमा प्रतिरोध गरियोस्,” विज्ञप्तिमा भनिएको छ।
प्रहरीको औपचारिक प्रतिक्रिया आउन बाँकी
यस घटनासम्बन्धी प्रहरीले औपचारिक धारणा सार्वजनिक गरिसकेको छैन। कटुवाललाई कुन कारणले गिरफ्तार गरिएको हो भन्ने विषयमा अझै खुलासा गरिएको छैन। पाँचथर प्रहरी कार्यालयमा यस विषयमा बुझ्न खोज्दा कुनै पनि अधिकारीले प्रतिक्रिया दिन मानेका छैनन्।



१भाकपा(माओवादी)का शीर्ष नेता प्रशान्त बोस ‘किशन दा’ को निधन
२नेकपा(बहुमत)कास्कीद्धारा भ्रष्टाचार र अनियमितता बिरुद्ध २० बुँदे ज्ञापनपत्र पेश
३संस्मरण : त्यो रात !
४आवासको ग्यारेन्टी बिना सुकुम्बासी बस्ती हटाउनु अन्यायपूर्ण : नेकपा (बहुमत)
५मूल्य वृद्धि, जनअधिकारमाथि आक्रमण देखि विद्यार्थी प्रतिबन्धप्रति नेकपा (बहुमत) को कडा आपत्ति
प्रतिक्रिया