
१नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
२पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
३नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
४वैचारिक संघर्षबारे
५जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
६ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
७बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
८ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
९‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
१२नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
५वैचारिक संघर्षबारे
६‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
७नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
८नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
९पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
काठमाडौँ । देशका चार वामपन्थी तथा क्रान्तिकारी धारका राजनीतिक दल र संगठनले संयुक्त वक्तव्य जारी गर्दै हालको दलाल पुँजीवादी शासन व्यवस्थालाई खारेज गर्दै वैज्ञानिक समाजवादी व्यवस्था नै नेपालको एक मात्र विकल्प भएको बताएका छन्।
वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल, नेकपा (बहुमत), नेपाल कम्युनिस्ट पार्टी, र श्रमिक जनता पार्टी नेपालले चैत २४ को अवसर पारेर संयुक्त रूपमा वक्तव्य जारी गर्दै नेपाली जनताले दशकौँदेखि गरेका आन्दोलन र संघर्षको मर्म विपरीत आजको सत्ता व्यवस्था स्थापित भएको बताएका छन्।
वक्तव्यमा भनिएको छ, “दलाल पुँजीवादी सत्ताले जनतामाथि शोषण, उत्पीडन, पराधीनता र गरिबी थोपरेको छ। जनताले स्वतन्त्रता, समानता र समृद्धिको चाहनासहित यो सत्ताका विरुद्ध प्रतिरोध गर्दै आएका छन्।”
वर्तमान अन्तरविरोधलाई दुरुपयोग गर्दै फेरी सामन्ती अधिनायकवादी प्रवृत्तिहरू हावी हुन खोजेको आरोप पनि वक्तव्यमा लगाइएको छ। यस्ता प्रवृत्तिलाई विकल्पका रूपमा प्रस्तुत गर्नु जनताको आन्दोलनप्रतिको घोर अपमान भएको उल्लेख गर्दै नेताहरूले भनेका छन्, “दलाल पुँजीवादको विकल्प सामन्ती अधिनायकवाद हुन सक्दैन। वैज्ञानिक समाजवादी व्यवस्था नै वैकल्पिक मार्ग हो।”
उनीहरूले विगतमा भएको जनयुद्ध, जनआन्दोलन र मधेश आन्दोलनको उद्देश्य नेपालमा नयाँ जनवादी क्रान्ति सम्पन्न गर्दै वैज्ञानिक समाजवादमा रुपान्तरण हुनु रहेको दाबी गरेका छन्। सो अभियान अपुरो रहेकाले अहिले देखिएका सामाजिक र राजनीतिक अन्तरविरोध फेरि चर्किएको उनीहरूको भनाइ छ।
वक्तव्यमा भनिएको छ, “जनतामाथि थोपारिएको विश्वासघात तोडेर वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्नु आजको ज्वलन्त आवश्यकता हो।” चार वामपन्थी पार्टीहरूले नेपाली जनतालाई वर्तमान अधिनायकवादी भ्रममा नपर्न र वैज्ञानिक समाजवाद स्थापनाको आन्दोलनमा जुट्न आह्वान गरेका छन्। साथै, देशका श्रमजीवी, उत्पीडित, मजदुर, किसान, सर्वहारा वर्ग, वामपन्थी र देशभक्त जनसमुदायलाई पनि अभियानमा सहभागी हुन अपिल गरिएको छ।
संयुक्त वक्तव्यमा हस्ताक्षर गर्ने नेताहरूमा वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका महासचिव आहुति, नेकपा (बहुमत) का महासचिव धर्मेन्द्र बास्तोला ‘कञ्चन’, नेपाल कम्युनिस्ट पार्टीका संयोजक बशन्त, र श्रमिक जनता पार्टी नेपालका अध्यक्ष दुर्गा बराइली रहेका छन्।


१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
५वैचारिक संघर्षबारे
प्रतिक्रिया