News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

मुख्य समाचार राजनीति

मजदुर र युवा संगठनमा नयाँ नेतृत्व चयन

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट रहेका दुई प्रमुख जनवर्गीय संगठनहरूले राष्ट्रिय सम्मेलनमार्फत नयाँ नेतृत्व चयन गरेका छन्। हालै सम्पन्न सम्मेलनहरूमा मजदुर संगठनले आठौँ तथा युवा संगठनले ऐतिहासिक प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न गर्दै नेतृत्व टुंगो लगाएका हुन्।

अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघको आठौँ राष्ट्रिय सम्मेलनले ध्रुव खड्काको अध्यक्षतामा २५ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरेको छ। सो समितिमा प्रतिमा बजगाई उपाध्यक्ष तथा विक्रम पौडेल महासचिवमा चयन भएका छन्। सम्मेलनले संगठनलाई अझ सशक्त बनाउने निर्णय समेत गरेको छ।

त्यसैगरी, कम्युनिस्ट युवा संगठन, नेपालले हरिष भट्टलाई पुनः अध्यक्षमा निर्वाचित गर्दै आफ्नो पहिलो राष्ट्रिय सम्मेलन सम्पन्न गरेको छ। सम्मेलनले ५५ सदस्यीय केन्द्रीय समिति गठन गरेको छ। उक्त समितिमा प्रमोद सिंह धामी उपाध्यक्ष, भुवन रम्तेल महासचिव, तथा दिपेन्द्र ऐरी, प्रकाश शर्मा, लोकेन्द्र राई र भिम सुर्खेती सचिवमा चयन भएका छन् भने ज्योतिष कुमार रायलाई कोषाध्यक्षको जिम्मेवारी दिइएको छ।

पूर्व उपाध्यक्ष अभिनाष कुवँर र पूर्व महासचिव झलक विश्वकर्मा संगठनबाट बिदा भई पार्टीको अन्य जिम्मेवारीमा जाने भएका छन् ।

प्रतिक्रिया