
१नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
२पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
३नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
४वैचारिक संघर्षबारे
५जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
६ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
७बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
८ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
९‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
१२नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
५वैचारिक संघर्षबारे
६‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
७नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
८नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
९पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
काठमाडौं । नेकपा (बहुमत) निकट कम्युनिष्ट युवा संगठन नेपालले नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रले आपसी मिलिभगतमा देश लुटेको आरोप लगाउँदै ती दलविरुद्ध संघर्ष गर्ने घोषणा गरेको छ।
सोमबार राजधानीको संवाद डबलीमा आयोजित पत्रकार सम्मेलनमार्फत संगठनले भ्रष्टाचारविरुद्ध व्यापक अभियान सञ्चालन गर्ने जनाएको छ।
युवा संगठनका अध्यक्ष हरीश भट्टले वैशाख १६ देखि १९ गतेसम्म काठमाडौंमा सम्पन्न प्रथम राष्ट्रिय सम्मेलनका निर्णय सार्वजनिक गर्दै तीन प्रमुख दलले सत्ता र स्रोत साधनको दुरुपयोग गरी जनताको धन लुटिरहेको आरोप लगाए। “चप्पल पड्काउँदै राजनीतिमा प्रवेश गरेका नेताहरू आज राज्यको ढुकुटी दोहन गर्नमै तल्लीन छन्,” भट्टले भने, “अब हामी चुप लाग्दैनौं।”
भट्टले सबै राजनीतिक तथा प्रशासनिक पदाधिकारीहरूको सम्पत्ति छानबिन गर्न माग गरे। साथै, सहकारी, लघुवित्त र मिटरब्याज पीडितहरूको आन्दोलनप्रति समर्थन जनाउँदै उनले ओली नेतृत्वको सरकारले ती पीडितहरूको आवाजलाई वेवास्ता गरेको आरोप पनि लगाए।
सम्मेलनले नयाँ नेतृत्व चयन गर्दै अध्यक्षमा हरीश भट्ट, उपाध्यक्षमा प्रमोद सिंह, महासचिवमा भुवन रम्तेल, सचिवहरूमा दीपेन्द्र ऐर, सुदीप सुर्खेती, प्रकाश शर्मा र लोकेन्द्र राई तथा कोषाध्यक्षमा ज्योतिष रोयलाई निर्वाचित गरेको छ।
कार्यक्रममा भ्रष्टाचार, कुशासन र वित्तीय शोषणविरुद्ध संघर्ष गर्ने घोषणा गर्दै २१ बुँदे निर्णय सार्वजनिक गरिएको थियो।


१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
५वैचारिक संघर्षबारे
प्रतिक्रिया