
१ट्रम्पविरुद्ध धम्की दिएको आरोपमा पूर्व एफबीआई प्रमुख जेम्स कोमी अदालतमा उपस्थित
२आवासको ग्यारेन्टी बिना सुकुम्बासी बस्ती हटाउनु अन्यायपूर्ण : नेकपा (बहुमत)
३गृहमन्त्रीको राजीनामा माग्दै माइतीघरमा प्रदर्शन
४मूल्य वृद्धि, जनअधिकारमाथि आक्रमण देखि विद्यार्थी प्रतिबन्धप्रति नेकपा (बहुमत) को कडा आपत्ति
५नेकपा (बहुमत)का सल्लाहकार लीलाधर गौतमको निधन, पार्टीद्वारा शोक व्यक्त
६आईपीएलमा पन्जाबको दबदबा, मुम्बई ७ विकेटले पराजित
७हर्मुज रणनीति अघि सार्दै इरान, २७० अर्ब डलर क्षति दाबी
८आणविक विवाद र हर्मुज तनावले अमेरिका–इरान शान्तिवार्ता निष्कर्षविहिन
९भिम प्रसाद दुलालको निधनमा नेकपा (बहुमत) मकवानपुरद्वारा शोक व्यक्त
१०युद्धविरामप्रति इरानको असन्तुष्टिः “उल्लंघनपछि वार्ताको औचित्य समाप्त”
११नेकपा(बहुमत)कास्कीद्धारा भ्रष्टाचार र अनियमितता बिरुद्ध २० बुँदे ज्ञापनपत्र पेश
१२भाकपा(माओवादी)का शीर्ष नेता प्रशान्त बोस ‘किशन दा’ को निधन
१नेकपा (बहुमत) को केन्द्रीय समिति बैठक सम्पन्न, “जनविद्रोह अपरिहार्य” रहेको निष्कर्ष
२भाकपा(माओवादी)का शीर्ष नेता प्रशान्त बोस ‘किशन दा’ को निधन
३नेकपा(बहुमत)कास्कीद्धारा भ्रष्टाचार र अनियमितता बिरुद्ध २० बुँदे ज्ञापनपत्र पेश
४संस्मरण : त्यो रात !
५शिक्षा सुधारको नाममा विद्यार्थी आन्दोलनमाथि अंकुश लगाउने प्रयास स्वीकार्य छैन : संयुक्त विद्यार्थी संगठन
६आवासको ग्यारेन्टी बिना सुकुम्बासी बस्ती हटाउनु अन्यायपूर्ण : नेकपा (बहुमत)
७मूल्य वृद्धि, जनअधिकारमाथि आक्रमण देखि विद्यार्थी प्रतिबन्धप्रति नेकपा (बहुमत) को कडा आपत्ति
८नेकपा (बहुमत)का सल्लाहकार लीलाधर गौतमको निधन, पार्टीद्वारा शोक व्यक्त
९भिम प्रसाद दुलालको निधनमा नेकपा (बहुमत) मकवानपुरद्वारा शोक व्यक्त
१०गृहमन्त्रीको राजीनामा माग्दै माइतीघरमा प्रदर्शन
११युद्धविरामप्रति इरानको असन्तुष्टिः “उल्लंघनपछि वार्ताको औचित्य समाप्त”
१२आणविक विवाद र हर्मुज तनावले अमेरिका–इरान शान्तिवार्ता निष्कर्षविहिन
पारस राहादी मगर
‘गणतन्त्रको शुभकामना’ मन्त्र फलाक्दै
वर्षमा एकदिन कर्मकाण्ड गरेर हजुर !
गणतन्त्र ‘स्वर्ग’ जाँदैन ।
सहिदको सालिकमा
एकथान माला झुण्ड्याएर
बेपत्ता योद्धाहरूका सम्झनामा
एकढिक्का आँशु खसाएर
हजुर! गणतन्त्र फूल्दैन
यो समय
जहाँनिया तानाशाही प्रेत
मसानघाटबाट चिच्याउन थालेको छ
झारफुक गरेर यो बिरामी ’गणतन्त्र’लाई
हजुर ! राजतन्त्रको प्रेत भाग्दैन ।
यो समय
गणतन्त्रको मन्त्र भट्याउँदै
आफ्नै खल्ती भर्ने पण्डितहरू
’गणतन्त्र जिन्दावाद !’ भन्दै
भोका ’गणहरू’का छातीमा
परेड खेलिरहेका अघाएका ’गणहरू’
’मौका पाए, चौका हान्न’ ठिक्क परेका
नयाँ जोगीहरू
घोक्रो सुक्ने गरि गणतन्त्र अलाप्दै
शीरमा गणतन्त्रकै टोपी लगाएर
ठिङ्ग उभिएका छन्
कोही आठ आनाको गरामा
कोही गिरिबन्धुको फाँटमा
कोही ओम्नीका दैलोमा
कोही सहकारीको काउन्टरमा
कोही खोलानाला, नदिको तटमा
कोही बाइडबडी, सेक्युरिटी प्रिन्टको गोदाममा
कोही सुनको गोदाममा
कोही इट्टाभट्टाको छेउमा
कोही क्यान्टोनमेन्टको क्याम्पमा
कोही शरणार्थी शिविरमा
कोही अध्यागमनमा
कोही कहाँ, कोही कहाँ!….
हजुर! यिनीहरू गणतन्त्रका सेनानी रे !
हजुर! यिनीहरू गणतन्त्रका आत्मा रे !
हजुर! यिनीहरू गणतन्त्रका माली रे !
हजुर! यिनीहरूलाई फूलमाला र ताली रे !
मैले पत्याइनँ
मैले पत्याइनँ माल्दाइ !
मैले यिनलाई नपत्याएकोमा
तिमीले खुसीयाली नमनाऊ माल्दाइ !
तिमीले उहिल्यै लगाएको श्रीपेच
तिम्रो शीरमा फर्किने छैन संग्रहालयबाट
माल्दाइ ! मसानघाटबाट झिकेर
राजतन्त्रको नलीहाड फुक्दैमा,
त्यसले जीवन पाउँदैन
माल्दाइ !
मैले तिमीलाई कहिल्यै पत्याइनँ
मैले ’यि गणतन्त्रका खानका कालहरू’लाई
अहिले पत्याइनँ
माल्दाइ ! तिमीले भ्रमको श्रीपेच उतार
यिनीहरूले भ्रमको टोपी उतारून्
मेरो मुखमा एक गाँस सजिलै जाँदैन
मेरो आङमा एकसरो तालो छैन
र पनि गणतन्त्रको असली पहरेदार मै हूँ
गणतन्त्रको वास्तविक चेहरा मलाई थाहा छ
म भोकभोकै तयार
म नाङ्गो आङ् नै तयार
म खालीखुट्टा नै तयार
छातीमा गोली, ढाडमा लाठी र बुट खाएरै
तयार
जेलमा थुनिएरै तयार
नेलमा जेलिएरै तयार
बलिदान कै लागि तयार
म सँधै तयार
म मेरो वर्गको लागि
संसारका श्रमजीवी र उत्पीडितहरूको लागि
मैले मसानघाटका प्रेतहरूमाथि अगुल्टो हान्ने छु
मैले यि संसदीय गणतन्त्रका पहरेदारहरू
विरुद्ध
लालझण्डा उठाउने छु, उठाइरहने छु
कर्मकाण्ड होइन
बलिदानको निष्ठा र शौर्यका साथ
समाजवादी गणतन्त्रको लागि ।



१नेकपा (बहुमत) को केन्द्रीय समिति बैठक सम्पन्न, “जनविद्रोह अपरिहार्य” रहेको निष्कर्ष
२भाकपा(माओवादी)का शीर्ष नेता प्रशान्त बोस ‘किशन दा’ को निधन
३नेकपा(बहुमत)कास्कीद्धारा भ्रष्टाचार र अनियमितता बिरुद्ध २० बुँदे ज्ञापनपत्र पेश
४संस्मरण : त्यो रात !
५शिक्षा सुधारको नाममा विद्यार्थी आन्दोलनमाथि अंकुश लगाउने प्रयास स्वीकार्य छैन : संयुक्त विद्यार्थी संगठन
प्रतिक्रिया