
१नेपाल ट्रस्टको जग्गा लिज प्रकरणमा सीआईबीको अनुसन्धान, पूर्वसहसचिव कार्की पक्राउ
२न्युयोर्कको पुँजीवादी संरचनामाथि समाजवादी चुनौतीः ममदानीको जितको अर्थ के हो ?
३भोजपुरे खुकुरीले सम्हाल्दै स्थानीय अर्थतन्त्र र पर्यटन
४महाकाली अस्पतालमा अनियमितता र सेवा अभावबारे नेपाल कम्युनिष्ट पार्टी (बहुमत) को ज्ञापनपत्र
५फुटबलको भविष्य अनिश्चित भन्दै खेलाडीको एन्फा कार्यालयमा धर्ना
६गन्तव्य बिनाको गन्तव्य–संसदीय यात्रा
७रामकुमारी झाँक्रीको घोषणा — “एकीकृत समाजवादीसँगको हाम्रो यात्रा टुंगियो”
८माओवादी केन्द्र छाड्दै राम कार्कीको नयाँ अभियान घोषणा : “दर्ज्यानी चिन्ह मिल्क्याएर आएका हौं”
९जेनजी आन्दोलनमा कागजात जलेपछि सर्वोच्च र जिल्ला अदालतल दिए प्रहरीमा उजुरी
१०यलुङ री हिमालमा हिमपहिरो : विश्वकीर्तिमानधारी फुर्वा तेन्जिङ शेर्पासहित सात बेपत्ता
११शुल्क तिर्न नसकेको कारण विद्यार्थी निष्कासन : बहुमत निकट अखिल (क्रान्तिकारी)को कडा आपत्ति
१२भारतलाई पहिलोपटक महिला विश्वकप क्रिकेटको उपाधि
१पश्चगमन र यथास्थिति भन्दा, अग्रगमन सहित स्वाधीनता र स्वतन्त्रता हासिल गर्न आन्दोलन गरौं : धर्मेन्द्र वास्तोला ‘कञ्चन’
२कमरेड बसवराजको बलिदान खेर जाने छैन
३जेन—जी, ‘विद्रोह !’ परिणाममा के ?
४जेनजी विद्रोह जनअसन्तोषको ऐतिहासिक विस्फोट : नेकपा (बहुमत)
५वैज्ञानिक समाजवादका लागि नयाँ आन्दोलन आवश्यक : नेकपा (बहुमत)
६गन्तव्य बिनाको गन्तव्य–संसदीय यात्रा
७जेनजी पुस्ता समाजवादको यात्रामा
८क्रान्तिकारी कम्युनिष्ट पार्टीमा ‘अनुशासन’को आवश्यकता र यसको अनिवार्यता
९नेकपा (बहुमत) सुनसरीद्वारा ध्रुवीकरण कार्यक्रम सम्पन्न
१०संयुक्त संघर्ष समितिद्वारा साम्राज्यवाद र प्रतिगमनविरुद्ध विरोध कार्यक्रम सम्पन्न
११संगठनात्मक अनुशासन र क्रान्तिकारी रुपान्तरणको सवाल
१२विश्व साम्राज्यवाद र वर्तमान परिस्थिति
पारस राहादी मगर
‘गणतन्त्रको शुभकामना’ मन्त्र फलाक्दै
वर्षमा एकदिन कर्मकाण्ड गरेर हजुर !
गणतन्त्र ‘स्वर्ग’ जाँदैन ।
सहिदको सालिकमा
एकथान माला झुण्ड्याएर
बेपत्ता योद्धाहरूका सम्झनामा
एकढिक्का आँशु खसाएर
हजुर! गणतन्त्र फूल्दैन
यो समय
जहाँनिया तानाशाही प्रेत
मसानघाटबाट चिच्याउन थालेको छ
झारफुक गरेर यो बिरामी ’गणतन्त्र’लाई
हजुर ! राजतन्त्रको प्रेत भाग्दैन ।
यो समय
गणतन्त्रको मन्त्र भट्याउँदै
आफ्नै खल्ती भर्ने पण्डितहरू
’गणतन्त्र जिन्दावाद !’ भन्दै
भोका ’गणहरू’का छातीमा
परेड खेलिरहेका अघाएका ’गणहरू’
’मौका पाए, चौका हान्न’ ठिक्क परेका
नयाँ जोगीहरू
घोक्रो सुक्ने गरि गणतन्त्र अलाप्दै
शीरमा गणतन्त्रकै टोपी लगाएर
ठिङ्ग उभिएका छन्
कोही आठ आनाको गरामा
कोही गिरिबन्धुको फाँटमा
कोही ओम्नीका दैलोमा
कोही सहकारीको काउन्टरमा
कोही खोलानाला, नदिको तटमा
कोही बाइडबडी, सेक्युरिटी प्रिन्टको गोदाममा
कोही सुनको गोदाममा
कोही इट्टाभट्टाको छेउमा
कोही क्यान्टोनमेन्टको क्याम्पमा
कोही शरणार्थी शिविरमा
कोही अध्यागमनमा
कोही कहाँ, कोही कहाँ!….
हजुर! यिनीहरू गणतन्त्रका सेनानी रे !
हजुर! यिनीहरू गणतन्त्रका आत्मा रे !
हजुर! यिनीहरू गणतन्त्रका माली रे !
हजुर! यिनीहरूलाई फूलमाला र ताली रे !
मैले पत्याइनँ
मैले पत्याइनँ माल्दाइ !
मैले यिनलाई नपत्याएकोमा
तिमीले खुसीयाली नमनाऊ माल्दाइ !
तिमीले उहिल्यै लगाएको श्रीपेच
तिम्रो शीरमा फर्किने छैन संग्रहालयबाट
माल्दाइ ! मसानघाटबाट झिकेर
राजतन्त्रको नलीहाड फुक्दैमा,
त्यसले जीवन पाउँदैन
माल्दाइ !
मैले तिमीलाई कहिल्यै पत्याइनँ
मैले ’यि गणतन्त्रका खानका कालहरू’लाई
अहिले पत्याइनँ
माल्दाइ ! तिमीले भ्रमको श्रीपेच उतार
यिनीहरूले भ्रमको टोपी उतारून्
मेरो मुखमा एक गाँस सजिलै जाँदैन
मेरो आङमा एकसरो तालो छैन
र पनि गणतन्त्रको असली पहरेदार मै हूँ
गणतन्त्रको वास्तविक चेहरा मलाई थाहा छ
म भोकभोकै तयार
म नाङ्गो आङ् नै तयार
म खालीखुट्टा नै तयार
छातीमा गोली, ढाडमा लाठी र बुट खाएरै
तयार
जेलमा थुनिएरै तयार
नेलमा जेलिएरै तयार
बलिदान कै लागि तयार
म सँधै तयार
म मेरो वर्गको लागि
संसारका श्रमजीवी र उत्पीडितहरूको लागि
मैले मसानघाटका प्रेतहरूमाथि अगुल्टो हान्ने छु
मैले यि संसदीय गणतन्त्रका पहरेदारहरू
विरुद्ध
लालझण्डा उठाउने छु, उठाइरहने छु
कर्मकाण्ड होइन
बलिदानको निष्ठा र शौर्यका साथ
समाजवादी गणतन्त्रको लागि ।

१पश्चगमन र यथास्थिति भन्दा, अग्रगमन सहित स्वाधीनता र स्वतन्त्रता हासिल गर्न आन्दोलन गरौं : धर्मेन्द्र वास्तोला ‘कञ्चन’
२कमरेड बसवराजको बलिदान खेर जाने छैन
३जेन—जी, ‘विद्रोह !’ परिणाममा के ?
४जेनजी विद्रोह जनअसन्तोषको ऐतिहासिक विस्फोट : नेकपा (बहुमत)
५वैज्ञानिक समाजवादका लागि नयाँ आन्दोलन आवश्यक : नेकपा (बहुमत)
प्रतिक्रिया