
३नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
४आत्मदाह गराउन बन्द गर
५नेकपा (बहुमत) भारत उपब्युरो अन्तर्गत पञ्जाब जिल्लाको प्रथम जिल्ला भेला सम्पन्न
६सबिनको नेतृत्वमा २१ सदस्यीय जिल्ला समिति चयन गर्दै नेकपा (बहुमत) कास्कीको भेला सम्पन्न,
७नेकपा (बहुमत) बाँकेको जिल्ला भेला सम्पन्न, चक्र थापाको नेतृत्वमा १३ सदस्यीय समिति चयन
८नेकपा (बहुमत) बर्दियाको दोस्रो जिल्ला भेला सम्पन्न, दिलमानको नेतृत्वमा ११ सदस्यीय समिति चयन
९भारतको महाराष्ट्रमा नेकपा (बहुमत)को जिल्ला भेला सम्पन्न, ९ सदस्यीय जिल्ला समिति चयन
१०विश्वविजय, सीमा आजादलगायतमाथि अवसरवादको आरोप लगाउँदै भाकपा (माओवादी)को वक्तव्य
११सीपीसीको १०५औँ स्थापना दिवसमा सी जिनपिङको सन्देश : चुनौती चिर्दै नयाँ यात्रामा अघि बढ्न आह्वान
१२नेकपा (बहुमत) दाङको दोस्रो जिल्ला भेला सम्पन्न, सजकको नेतृत्वमा जिल्ला समिति चयन
गीता बस्नेत
भनिन्छ पशुहरू
आफूलाई भोक लागेपछि मात्र
शिकार गर्छन रे !
एकपटक अघाएपछि
अर्कोपटक भोक नलागेसम्म
शिकार गर्दैनन् रे !
हामी सृष्टिकै श्रेष्ठ प्राणी
भगवान्को उत्कृष्ट रचना
भोकको मात्र कुरा नगरौं
भाकलको नाममा, पर्वको नाममा
मेलाको नाममा, जात्राको नाममा
परम्पराको निरन्तरता वा
संस्कृति जगेर्नाको बहानामा
पशु हत्या गरिरहेका छौं
भगवान्लाई खुसी बनाउन
उनकै सन्तानको बलि चढाउँछौं
हामीमा त शायद पशु जत्तिको
चेतना पनि छैन
कहिले तिनका घाँटी छिनालेर
रगतले भगवान् नुहाई दिन्छौं
कहिले जीवितै पोखरीमा फालेर
लुछाचुँडी गर्छौं
कहिले रक्सी खुवाएर लखेटी लखेटी
घोची–घोची मार्छौं
निरीहको हत्या गरेर
विजयोत्सव मनाउँछौं
बुद्धको देश भनेर विश्वमा
नेपाललाई चिनाइरहँदा
गढीमाईमा बलि दिएर ढलेका
लाखौं राँगाहरूको तस्वीरले
मानवता गिज्याइरहेको भान हुन्छ
यत्रतत्र छरिएका परेवाका प्वाँखहरूले
शान्ति निमोठिएको आभास हुन्छ
संस्कृति र परम्परा जोगाउँदा जोगाउँदै
हामी,
आफ्नो पहिचान त गुमाइरहेका छैनौं
मानवता त भुलिरहेका छैनौं ?
प्रतिक्रिया