
१सांसद खगेन्द्र सुनारमाथि छानबिन गरी कारबाही गर्न महिला संगठनको माग
२चाडपर्वमा कालोबजारी, मदिरा र यातायात मनपरी नियन्त्रण गर्न नेकपा (बहुमत) दार्चुलाको माग
३नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
४पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
५नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
६वैचारिक संघर्षबारे
७जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
८ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
९बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
१०ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
११‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
१जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
२वैचारिक संघर्षबारे
३नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
४नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
५पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
६सांसद खगेन्द्र सुनारमाथि छानबिन गरी कारबाही गर्न महिला संगठनको माग
७चाडपर्वमा कालोबजारी, मदिरा र यातायात मनपरी नियन्त्रण गर्न नेकपा (बहुमत) दार्चुलाको माग
गीता बस्नेत
भनिन्छ पशुहरू
आफूलाई भोक लागेपछि मात्र
शिकार गर्छन रे !
एकपटक अघाएपछि
अर्कोपटक भोक नलागेसम्म
शिकार गर्दैनन् रे !
हामी सृष्टिकै श्रेष्ठ प्राणी
भगवान्को उत्कृष्ट रचना
भोकको मात्र कुरा नगरौं
भाकलको नाममा, पर्वको नाममा
मेलाको नाममा, जात्राको नाममा
परम्पराको निरन्तरता वा
संस्कृति जगेर्नाको बहानामा
पशु हत्या गरिरहेका छौं
भगवान्लाई खुसी बनाउन
उनकै सन्तानको बलि चढाउँछौं
हामीमा त शायद पशु जत्तिको
चेतना पनि छैन
कहिले तिनका घाँटी छिनालेर
रगतले भगवान् नुहाई दिन्छौं
कहिले जीवितै पोखरीमा फालेर
लुछाचुँडी गर्छौं
कहिले रक्सी खुवाएर लखेटी लखेटी
घोची–घोची मार्छौं
निरीहको हत्या गरेर
विजयोत्सव मनाउँछौं
बुद्धको देश भनेर विश्वमा
नेपाललाई चिनाइरहँदा
गढीमाईमा बलि दिएर ढलेका
लाखौं राँगाहरूको तस्वीरले
मानवता गिज्याइरहेको भान हुन्छ
यत्रतत्र छरिएका परेवाका प्वाँखहरूले
शान्ति निमोठिएको आभास हुन्छ
संस्कृति र परम्परा जोगाउँदा जोगाउँदै
हामी,
आफ्नो पहिचान त गुमाइरहेका छैनौं
मानवता त भुलिरहेका छैनौं ?
प्रतिक्रिया