
१पार्टीभित्रको एकताप्रति द्वन्द्वात्मक दृष्टिकोण : माओत्सेतुङ
२काभ्रेमा जनसंविधानका लागि जनसंघर्ष अभियान सुरु, दुई दर्जन युवा नेकपा (बहुमत) मा प्रवेश
३“निर्वाचन होइन, स्वाधीन संयुक्त सरकार नै निकास हो” – नेकपा(बहुमत)का नेता गौरी मण्डल
४पंजाब–हरियाणा–राजस्थानमा प्रगतिशील नेपाली जन समाजको राज्य भेला सम्पन्न
५तोसाखाना–२ मुद्दामा थप सजायपछि इमरान खानद्वारा देशव्यापी प्रदर्शनको आह्वान
६नेकपा (बहुमत)द्धारा हेमन्त प्रकाश वली ‘सुदर्शन’का बुवाको निधनमा दुःख व्यक्त
७कम्युनिस्ट युवा संगठन नेपाल कैलालीको भेला सम्पन्न, अध्यक्षमा निशान्त विक
८कम्युनिस्ट युवा संगठन नेपाल दार्चुलाद्वारा शैल्यशिखर नगरपालिकामा ७ बुँदे मागसहित ज्ञापनपत्र
९दृष्टिकोणविहीन राजनीति बन्द गरौँ
१०कम्युनिस्ट युवा संगठन नेपाल डडेल्धुरा जिल्ला भेला सम्पन्न, अध्यक्षमा सहविर पन्त
११शान्तिवाटिकाबाट नेकपा (बहुमत) ३ नं. ब्युरोद्धारा अभियानको शुरुवात
१२कम्युनिस्ट युवा संगठन नेपाल दार्चुलाको दोस्रो जिल्ला भेला सम्पन्न, अध्यक्षमा शंकर बिष्ट
१जेनजी बिद्रोह र सुशासनको मृगतृष्णा
२आन्तरिक समीक्षा र दीर्घकालीन योजना सहित कम्युनिष्ट युवा संगठन नेपालको बैठक सम्पन्न
३नेकपा(बहुमत)२ नम्बर ब्युरोको बैठक सम्पन्न, फागुन २१ को चुनाव बहिष्कार गर्ने घोषणा
४नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी)द्वारा संस्कृत विश्वविद्यालयका उपकुलपति नेपालमाथि जनकारबाही
५नेकपा (बहुमत) कैलालीले शुरु गर्यो जनसंविधानका लागि जनसंघर्ष अभियान
६नेकपा(बहुमत) निकट युवा संगठनद्वारा राष्ट्रिय आवास कम्पनी प्रमुखमाथि कार्यकक्षमै कालोमोसो
७नेकपा (बहुमत) बाँकेद्वारा जनसंविधानका लागि जनसंघर्ष अभियान सुरु
८बहुमत निकट अखिल (क्रान्तिकारी) सुदूरपश्चिम प्रदेशको बैठक महत्वपूर्ण निर्णयसहित सम्पन्न
९ज्यूँदो शिशुलाई मृत घोषणा गर्ने भेरी अस्पतालको अमानवीय लापरवाही विरुद्ध नेकपा (बहुमत) बाँकेको कडा चेतावनी
१०बहुमत निकट अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको बैठक सम्पन्न : निशुल्क शिक्षाको लागि अभियान चलाउने
११कम्युनिस्ट युवा संगठन नेपाल दार्चुलाको दोस्रो जिल्ला भेला सम्पन्न, अध्यक्षमा शंकर बिष्ट
१२नेकपा(बहुमत) भारत उपब्युरोको बैठक सम्पन्न : संगठनात्मक कामलाई प्राथमिक्ता दिने
पारस राहादी मगर
‘गणतन्त्रको शुभकामना’ मन्त्र फलाक्दै
वर्षमा एकदिन कर्मकाण्ड गरेर हजुर !
गणतन्त्र ‘स्वर्ग’ जाँदैन ।
सहिदको सालिकमा
एकथान माला झुण्ड्याएर
बेपत्ता योद्धाहरूका सम्झनामा
एकढिक्का आँशु खसाएर
हजुर! गणतन्त्र फूल्दैन
यो समय
जहाँनिया तानाशाही प्रेत
मसानघाटबाट चिच्याउन थालेको छ
झारफुक गरेर यो बिरामी ’गणतन्त्र’लाई
हजुर ! राजतन्त्रको प्रेत भाग्दैन ।
यो समय
गणतन्त्रको मन्त्र भट्याउँदै
आफ्नै खल्ती भर्ने पण्डितहरू
’गणतन्त्र जिन्दावाद !’ भन्दै
भोका ’गणहरू’का छातीमा
परेड खेलिरहेका अघाएका ’गणहरू’
’मौका पाए, चौका हान्न’ ठिक्क परेका
नयाँ जोगीहरू
घोक्रो सुक्ने गरि गणतन्त्र अलाप्दै
शीरमा गणतन्त्रकै टोपी लगाएर
ठिङ्ग उभिएका छन्
कोही आठ आनाको गरामा
कोही गिरिबन्धुको फाँटमा
कोही ओम्नीका दैलोमा
कोही सहकारीको काउन्टरमा
कोही खोलानाला, नदिको तटमा
कोही बाइडबडी, सेक्युरिटी प्रिन्टको गोदाममा
कोही सुनको गोदाममा
कोही इट्टाभट्टाको छेउमा
कोही क्यान्टोनमेन्टको क्याम्पमा
कोही शरणार्थी शिविरमा
कोही अध्यागमनमा
कोही कहाँ, कोही कहाँ!….
हजुर! यिनीहरू गणतन्त्रका सेनानी रे !
हजुर! यिनीहरू गणतन्त्रका आत्मा रे !
हजुर! यिनीहरू गणतन्त्रका माली रे !
हजुर! यिनीहरूलाई फूलमाला र ताली रे !
मैले पत्याइनँ
मैले पत्याइनँ माल्दाइ !
मैले यिनलाई नपत्याएकोमा
तिमीले खुसीयाली नमनाऊ माल्दाइ !
तिमीले उहिल्यै लगाएको श्रीपेच
तिम्रो शीरमा फर्किने छैन संग्रहालयबाट
माल्दाइ ! मसानघाटबाट झिकेर
राजतन्त्रको नलीहाड फुक्दैमा,
त्यसले जीवन पाउँदैन
माल्दाइ !
मैले तिमीलाई कहिल्यै पत्याइनँ
मैले ’यि गणतन्त्रका खानका कालहरू’लाई
अहिले पत्याइनँ
माल्दाइ ! तिमीले भ्रमको श्रीपेच उतार
यिनीहरूले भ्रमको टोपी उतारून्
मेरो मुखमा एक गाँस सजिलै जाँदैन
मेरो आङमा एकसरो तालो छैन
र पनि गणतन्त्रको असली पहरेदार मै हूँ
गणतन्त्रको वास्तविक चेहरा मलाई थाहा छ
म भोकभोकै तयार
म नाङ्गो आङ् नै तयार
म खालीखुट्टा नै तयार
छातीमा गोली, ढाडमा लाठी र बुट खाएरै
तयार
जेलमा थुनिएरै तयार
नेलमा जेलिएरै तयार
बलिदान कै लागि तयार
म सँधै तयार
म मेरो वर्गको लागि
संसारका श्रमजीवी र उत्पीडितहरूको लागि
मैले मसानघाटका प्रेतहरूमाथि अगुल्टो हान्ने छु
मैले यि संसदीय गणतन्त्रका पहरेदारहरू
विरुद्ध
लालझण्डा उठाउने छु, उठाइरहने छु
कर्मकाण्ड होइन
बलिदानको निष्ठा र शौर्यका साथ
समाजवादी गणतन्त्रको लागि ।

१जेनजी बिद्रोह र सुशासनको मृगतृष्णा
२आन्तरिक समीक्षा र दीर्घकालीन योजना सहित कम्युनिष्ट युवा संगठन नेपालको बैठक सम्पन्न
३नेकपा(बहुमत)२ नम्बर ब्युरोको बैठक सम्पन्न, फागुन २१ को चुनाव बहिष्कार गर्ने घोषणा
४नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी)द्वारा संस्कृत विश्वविद्यालयका उपकुलपति नेपालमाथि जनकारबाही
५नेकपा (बहुमत) कैलालीले शुरु गर्यो जनसंविधानका लागि जनसंघर्ष अभियान
प्रतिक्रिया