
१भेनेजुएलामाथि अमेरिकी आक्रमण र विश्वको आवश्यकता
२महाराष्ट्र, गोवा र गुजरातमा प्रगतिशील नेपाली जनसमाज समितिको संयुक्त भेला तथा प्रशिक्षण सम्पन्न
३जनसंविधानका लागि जनसंघर्ष अन्तर्गत सुस्ता–सिस्ने अभियानको आवश्यकता र महत्व
४जनसंविधानका लागि जनसंघर्ष अभियान अन्तर्गत कपिलवस्तुमा नेकपा (बहुमत) को कोणसभा
५यथास्थितिको निर्वाचन विरुद्ध केन्द्रीय संयुक्त संघर्ष समितिद्धारा देशव्यापी आन्दोलनको घोषणा, पुस २९ गते उपत्यका बन्द
६जनसंविधान र स्वाधीन संयुक्त जनसरकार बिना फागुन २१ को चुनाव अस्वीकार्य : केन्द्रीय संयुक्त संघर्ष समिति
७दाङको बालबिकाश माविमा अखिल (क्रान्तिकारी) को विद्यार्थी संगठन विस्तार
८कम्युनिस्ट युवा संगठन नेपाल बाँकेको भेला सम्पन्न, अध्यक्षमा आकाश विक
९साम्राज्यवादी गुण्डागर्दी पराजित हुनेछ , प्रतिरोध गर्ने जनताले जित्नेछन् : TKP-ML केन्द्रीय समिति
१०कम्युनिस्ट युवा संगठन नेपाल बर्दियाको भेला सम्पन्न, अध्यक्षमा जगदिश वली
११नेपाली कांग्रेसको विशेष महाधिवेशन अनिवार्य र वैधानिक : महामन्त्रीद्धय गगन/विश्व
१२जुनिचाँदे गाउँपालिकाका उपाध्यक्षमाथि कुटपिट, मदिरा सेवन र जातीय विभेदको गम्भीर आरोप
१नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी)द्वारा संस्कृत विश्वविद्यालयका उपकुलपति नेपालमाथि जनकारबाही
२नेकपा (बहुमत) कैलालीले शुरु गर्यो जनसंविधानका लागि जनसंघर्ष अभियान
३प्रगतिशील नेपाली जनसमाज समितिद्वारा संगठन विरोधी गतिविधिमा संलग्नमाथि कारबाही
४ज्यूँदो शिशुलाई मृत घोषणा गर्ने भेरी अस्पतालको अमानवीय लापरवाही विरुद्ध नेकपा (बहुमत) बाँकेको कडा चेतावनी
५बहुमत निकट अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको बैठक सम्पन्न : निशुल्क शिक्षाको लागि अभियान चलाउने
६कम्युनिस्ट युवा संगठन नेपाल दार्चुलाको दोस्रो जिल्ला भेला सम्पन्न, अध्यक्षमा शंकर बिष्ट
७शान्तिवाटिकाबाट नेकपा (बहुमत) ३ नं. ब्युरोद्धारा अभियानको शुरुवात
८जनसंविधानका लागि जनसंघर्ष अभियानलाई तीव्र बनाउने नेकपा (बहुमत) बाराको निर्णय
९फेवातालमा सरसफाई सँगै नेकपा (बहुमत) ४ नं. ब्येरोले शुरु गर्यो जनसंविधानका लागि जनसंघर्ष अभियान
१०पंजाब–हरियाणा–राजस्थानमा प्रगतिशील नेपाली जन समाजको राज्य भेला सम्पन्न
११नेकपा (बहुमत) चितवनले शुरु गर्यो जनसंविधानका लागि जनसंघर्ष अभियान
१२कम्युनिस्ट युवा संगठन नेपाल दार्चुलाद्वारा शैल्यशिखर नगरपालिकामा ७ बुँदे मागसहित ज्ञापनपत्र
धर्मेन्द्र बास्तोला ‘कन्चन’
द कन्डक्ट अफ वार भन्ने पुस्तकमा जे एफ सी फुलरले संश्लेषण गरेका थिए, “भरुवा बन्दुकले पैदल सेना बनायो, पैदल सेनाले लोकतन्त्रवादी” । नेपालमा पनि त्यस्तै भयो : माफियाकालागि लुटको आवश्यकताले लुटमूखी पूँजी प्रवेश गरायो, लुटमूखी पूँजीले माफीयाको तख्तानै उल्ट्याई दियो । भदौ २३ र २४ गतेको जनबिद्रोह एकाएक भएको थिएन, त्यो दलाल पूँजीवादी व्यवस्था भित्र गुम्सीएको बेथितिको विस्फोट थियो । संसदवादी दलाल तथा नोकरशाहबाट देशमा भ्रष्टाचारलाई संस्थागत गरिएको थियो । तस्करी, महँगीले सिमा नाघेको थियो । सत्तामा केही नेताहरुको सिंडिकेट थियो । नोकरशाह र संसदवादी राजनीतिज्ञका बिच आ–आफ्ना क्षेत्रको काम, कर्तव्य र अधिकारको कार्टेलिङ थियो । आफ्नो क्षेत्र भित्र पार्टी वा पार्टीको एउटा गुट र गुटका व्यक्तिहरु मध्येको सिंडिकेटले सत्तालाई केही माफीयाहरुको एकाधिकार लादिएको थियो । यिनै आन्तरिक बिसंगतिहरु थिए बिद्रोहको कारण ।
यो जेनजी बिद्रोहलाई तीन भागमा बुझ्नु पर्छ । प्रथम, दलाल पूँजीवादी व्यवस्थाले थोपरेको विकृति, विसंगति, भ्रष्टाचार, कुशासनको धुँवादार मुस्लोले देशलाई उकुसमुकस हुने अवस्थामा पुर्यायो । संसदवादी लुटेराहरुले सतहमा शान्ति देखे पनि देश र जनता पुरै असान्त थियो । जनताको असन्तोष, आक्रोस र सत्ताका विरुद्धको घृणा खरानी भित्रको आगो झै झरीलो थियो । जनताको आक्रोस कुनै पनि समयमा भिषण बिद्रोहको ज्वालामुखिझै विस्फोट हुने सम्भावना थियो । यिनै आन्तरिक दुरावस्था र प्रमुख कारणले देशमा उत्पीडन भोगिरहेको युवा शक्ति सत्ताधारीका बिरुद्ध अरिंगालझै बिद्रोहमा खनियो । दोस्रो, भदौ २३ गतेको शान्तिपूर्ण आन्दोलनमा सरकारले गोली चलाएर काठमाण्डौमा १७ जना र इटहरीमा २ जना गरी १९ जनाको हत्या गरेपछि २४ गते देशभरको जनसागर बिद्रोहमा खनियो (यद्यपि तत्कालिन प्रधानमन्त्री केपी ओली सरकारले गोलि चलाएको स्वीकार गर्ने पक्षमा देखिँदैनन्, र सरकारले गोली चलाएको थिएन भन्ने यथेष्ठ प्रमाणहरु सार्वजनिक गरेका छैनन्) । त्यो बिद्रोहले संसदवादी नेताहरुको घरमा आगो मात्र झोसेन, त्यसले कार्यपालिका, व्यवस्थापिका, न्यायपालिका र राज्यको सर्बोच्च निकाय राष्ट्रपति भवनमा समेत आगो झोस्यो । तेस्रो, बिद्रोहको नेतृत्व कुशासनको अन्त्य र राजनीतिक सुधार चाहने युवाहरुको थिएन, त्यसको तेतृत्व कुनै डाटा संभ्रान्त र बिदेशी शक्तिको थियो, जसले आफ्नो स्वार्थकालागि देशमा चलिरहेको बेथितिको मनोविज्ञान बटुलेर सरकारलाई सत्ताच्युत गर्नु थियो । डाटा संभ्रान्त यस्तो अदृश्य शक्तिको रुपमा बिद्रोही युवाहरुको मस्तिस्कमा पुगेको थियो, जसको साधन हात–हातमा रहेको मोबाईल फोन र त्यसमा प्रवाहित सफ्टवेर डाटा मार्फत उत्पीडित जनतालाई बिद्रोहकालागि सम्मोहित गरेको थियो । बिद्रोहको नेतृत्व सचेत राजनीतिक पार्टी, संगठन र बिचारवाट निर्देशित नभएको अवस्थामा सत्ता रिक्तता हुन पुग्यो र त्यसको स्थान ह्यासट्याग प्रयोग गर्न सक्षम एनजीओ, आईएनजीओले लिन पुग्यो, जुन सुबिधामा जोडिएका मानिसहरुले सामाजिक संजाल प्रयोग गर्दै नेपाली बेथितिको भण्डाफोर गरेका थिए ।
यही अवस्थालाई अहिले साम्राज्यवादको चलखेल भनेर व्यापक प्रचार गरिएको छ । यसप्रकारको प्रचार भित्र केही मानिसहरुले जानाजान र केही मानिसहरुले अन्धराष्ट्रवादको भुलभुलैयामा सत्ताका बिरुद्ध जनताको संघर्षलाई दुरुत्साहित गर्ने, राष्ट्रवादको नाममा राष्ट्रियतालाई कमजोर बनाउने, सत्ताधारीहरु साम्राज्यवादका गोटी बनेको तथ्यलाई जनता पनि साम्राज्यवादकै गोटी भएको दुस्प्रचार गर्ने षड्यन्त्र मिसिएको छ । जनबिद्रोहको दपेटमा परेका संसदवादीहरुलेनै यसप्रकारको प्रचार गरिरहेका छन् । सर्वविदितै छ कि साम्राज्यवादका एजेन्टको रुपमा एनजीओ, आईएनजीओ चलाउनेहरु नेकपा एमाले, नेपाली काङगे्रस पार्टीहरु नै प्रमुख हुन् । त्यसपछि माके, राप्रपा, रास्वपाहरु पर्न आउँछन् । साम्राज्यवादको चाकरी र कमिसनकैलागि तिब्बती शरणार्थीलाई आश्रय दिने सहयोगी च्यादर भित्र साम्राज्यवादीहरुले देशका गुम्बाहरुमा टीओबी पैदा गरेका छन्, सरकार चलाउने दलाल पूँजीपति शासकहरुले त्यसको संरक्षण गरेका छन् र उनीहरुका अवान्छित गतिविधिहरुलाई सुरक्षित स्वर्ग प्रदान गर्दै आएका छन् । बेथितिको अन्त्य गर्ने उद्देश्यका साथ जनताले बिद्रोह गरेपनि सत्ताको बागडोर साम्राज्यवादी शक्तिको हातमा पुगेको छ ।
निश्चित रुपमा भदौ २३ र २४को बिद्रोह, र त्यसपछिका घटना हुनुको पछि आन्तरिक रुपमा देशको दलाल पूँजीवादी सत्ताको असफलता, र सत्ताधारीहरुको स्वेच्क्षाचारी निरंकुशतावादी हठ र अहंकारनै प्रमुख कारण हुन् । नेपालको भूराजनीतिक संवेदनशीलता गरिबी र पराधिनता सहायक कारण हुन् । कमिशनकालागि एमसीसी पास गर्ने र कमिसनकैलागि जीएसआईमा हस्ताक्षर गर्ने माफीयाकालागि कमिसन नै प्रमुख भएपनि भी–पावरकालागि ठुलो टकरावको बिषय थियो । सत्तासिन दलहरु बिच जानी दुश्मनी, जनता र सत्ताबीच दुईकिनारको सम्बन्ध र मित्र राष्ट्रहरुबीच खेलाँचीपूर्ण कुटनीति र कमिशनकै लागि सामाजिक संजाल बन्द गर्ने हठले राष्ट्रिय एकतालाई कमजोर देखाईरहेको थियो जसको छायाँमा बाह्य सक्तिले चलखेल गर्ने र फाईदा उठाउने मौका पायो । क्रान्तिकारी शक्तिहरुमा देशमा चलेको वर्गसंघर्षलाई सर्वहारा लोकतन्त्रमा बदल्न सक्ने क्षेमता नहुनुले जनताको भिषण बिद्रोह जनसत्तामा रुपान्तरित हुन सकेन । अन्ततः यो श्रीलंका र बंगलादेशमा जस्तै केवल कुर्षीबाट व्यक्ति हटाउने परिणाममा सिमित हुन पुग्यो ।
जनताको असन्तुष्टि बढ्नुमा दलाल पूँजीवादी व्यवस्थानै जिम्मेवार छ । २०४७ सालमा संवैधानिक राजतन्त्र सहितको संसदीय लोकतन्त्र स्थापना भएदेखि नै जनतालाई रोजगारी दिने देशका सम्पूर्ण उद्योगहरु बन्द गरिए । देशमा राजनीतिक परिवर्तन चाहने युवाहरुलाई बिदेश धकेलियो । शिक्षा र स्वास्थ्य क्षेत्रलाई अत्यधिक मुनाफायुक्त व्यापारमा बदलियो । किसानका जमिनहरु, साना तथा ठुला उद्यमी व्यवसायीका घरसम्पत्ति बैंक तथा वित्तीय संस्थाहरुले हडप्ने प्रक्रिया चलाईयो । नीजि क्षेत्रबाट चलाईएका कतिपय उद्योगहरुलाई ऋणको फन्दामा हालेर बन्द गरियो । जनताको ढाड भाँच्ने गरी थोपरिएको करप्रणाली, मुनाफाकालागि जनतामा थोपरिएको निरन्तरको मूल्यबृद्धि र महंगीले उद्यमिहरु बदनाम हुँदै गए । उद्यमी र सरकारबीचको टकराव बिद्युत महसुल र कर असुलीको उल्झनमा जेलिँदै गयो । देशका राष्ट्रिय गौरव भनिएका आयोजना सहित साना ठुला आयोजनाहरु दलाल र नोकरशाहका भ्ष्टाचारकालागि स्रोत बन्दै गए ।
सत्तामा बेथितिको चाङ यति ठुलो बन्यो कि संसदवादी नेताहरुको झगडा केबल देशमा कुन पार्टी र कुन नेताले लुटपाट गर्ने भन्ने बिषयमा केन्द्रीत थियो । आफ्ना भ्रष्टाचारीलाई जोगाउने र अरुका भ्रष्टाचारीलाई जेल हाल्ने प्रक्रिया चल्दै गयो । देशको सम्पत्ति आफ्ना ठेकेदारको हातमा दिने र अरुलाई नजिक पर्न नदिने प्रचलन संस्थागत भयो । देशका अत्याधिक जनतामा भबिष्य प्रतिको अन्योलता र अन्धकारको उकुसमुकस सहितको असन्तुष्टि प्रेसरकुकरमा भरिएको ग्यास झै विस्फोटकको अवस्थामा पुगेको थियो । यसको सेफ्टी भल्व खोल्न नसक्दा विस्फोट हुनु अनिवार्य थियो । कैयौ वर्ष देखि चलेको यो प्रक्रिया भदौ २३ र २४ गते ज्वालामुखी भएर विस्फोट भयो ।
त्यो ज्वालामुखीले आफैलाई सत्ताको मसिहा ठान्ने अहंकारी, हठी र एकाधिकारवादीको नीजि शिविरमा आगो झोस्यो । जनआक्रोशको ज्वालामुखीे केवल राजनीतिक मात्र रहेन, यो भौतिक कारबाहीमा उत्रियो । भदौ २३ गतेको प्रदर्शनमा सरकारले १९ जनताको हत्या गरेपछि २४ गते आम जनता प्रतिशोधपूर्ण प्रत्याक्रमणमा उत्रियो । दुई दिनको आन्दोलनमा २६४२ राउण्ड गोली फायर गरिएको थियो, जसबाट उत्पन्न परिणामले २३७५ जना घाईते भएका थिए । जनआक्रोसको सीमा अनियन्त्रित बन्यो, संसदवादी दलाल नेताहरुका घरमा आगो लगाउने देखि जनतामाथि लुटको शासन थोपर्ने सिंहदरबार, संसदभवन, सर्बोच्च अदालत, राष्ट्रपति भवनमा समेत कारबाही भयो । प्रारम्भिक आकडा अनुसार जनताले २४ गते देशभरमा ६८८ सरकारी कार्यालय सेबोटेज गरे, ३०७ प्रहरी चौकी कब्जा गरी १२७८ हतियार कब्जा गरे । यो नेपाली इतिहासको अद्भूत कारबाही थियो, जनताको आक्रोसको परिणाम थियो ।
शुशिला कार्कीको अन्तरिम सरकारले आन्दोलनकारी ती युवाहरुलाई खोजीखोजी जेल पठाउने काम गरिरहेको छ, जसले राजनीतिक बेथितिका बिरुद्ध धावा बोलेको थियो । देशमा चलाईएको बेथिति, भ्रष्टाचार र कुसाशनमा आगो लगाउने योद्धाहरुमाथि मुद्धा चलाउने प्रक्रियालेनै पुष्टि गर्छ । सुशिलाको सरकार परोक्ष रुपले भ्रष्टाचार र बेथितिको पक्षमा उभिएको छ । यसरी स्पष्ट हुन्छ, बजारु सत्ताशिन लुटेराहरुको लहैलहैमा योद्धाहरुमाथि मुद्धा भिराईनु, संघर्ष गरेकै कारण दुख दिनु, आन्दोलनको समयमा तोडफोड भएका र जलिरहेका स्टोरबाट चामल र चाउचाउ बोक्नेलाई सामान्य अवस्थामा चोरी डकैति जस्तो “चोर” र “अपराध” भन्नु वर्तमान दलाल पूँजीवादी सुशिला सरकारको अन्यायपूर्ण व्यवहार हो र साम्राज्यवादको गोटीको रुपमा चलेको मन्त्री परिषदको राजनीतिक अपराध हो ।
संक्षेपमा भन्ने हो भने सिंहदरवारमा आगो लगाउने आन्दोलनकारी युवाहरु नै भएपनि दोष उनीहरुको होईन, सिहदरबारमा आगो लगाउने दोष नेपालको दलाल पूँजीवादी संविधानकै हो, र यो संविधानबाट निर्दिष्ठ दलाल पूँजीवादी व्यवस्थाको हो । दश बर्षसम्म चलेको महान जनयुद्धको मुख्य उद्देश्य नेपालमा आमुल परिवर्तन गरी जनताको शासन स्थापना गर्नु थियो । दश वर्षको जनयुद्ध र १९ दिनको आन्दोलनको परिणाम नेपालमा गणतन्त्र स्थापना भयो, तर त्यो गणतन्त्रलाई देशभित्रका प्रतिक्रियावादी र संसारका साम्राज्यवादीहरुले दलाल पूँजीवादी गणतन्त्रमा बदलेका थिए । दलाल पूँजीवादी व्यवस्थाले देशमा बेथिति, बिसंगति, लुट भ्रष्टाचार जस्ता कुशासन निम्त्याउनु अनिवार्य थियो, यो नै यसको अन्तरनीहित चरित्र थियो । नीति र सिद्धान्तमा “गणतन्त्रको उपहार गाउँगाउँ सिंहदरवार” भनिएको थियो । व्यवहारमा गणतन्त्रको उपहार गाँउ गाउँ भ्रष्टचार भएको थियो । जन्मे देखि भ्रष्टाचार देखेका युवाहरुले र हुर्किदै गर्दा बेथितिको जाँतोमा पिनीएका नेपाली नागरिकले मौका पाउँदा सिहदरबार, संसदभवन, सर्बोच्च अदालत, राष्ट्रपति भवनमा आगो लगायो । त्यहि महान जायुद्धले निर्माण गरेको क्रान्तिकारी संस्कृति, चेतना र आक्रोसको जगमा उभिएको यो जनविद्रोह थियो ।
अहिले, यदि भदौ २३ र २४ को आन्दोलनलाई साम्राज्यवादीहरुले डिजाईन गरेको, तिब्बती लडाकुहरुले बिध्वंस मच्चाएको भनेर आन्दोलनकारी युवाहरुलाई निरुत्साहित गर्ने, थुनछेक गर्ने, हतकण्डा अपनाईने हो भने र सत्तामा एनजीओ, आईएनजीओको हालीमुहाली चलिरहने हो भने, र अन्ततः उही भ्रष्टचार, उही बेथिति, उही एकाधिकार कायम रहने हो भने, यो कुरा निश्चित छ कि यसले देशमा फेरी त्यही स्थिति पैदा गर्ने छ, जुन भदौ २३ र २४मा भएको थियो । दश बर्षको जनयुद्ध पनि नेपाली जनताले गरेको युद्ध थियो । देशमा परिवर्तन गर्ने लक्ष्यकासाथ वलिदान थियो । देशि–बिदेशी प्रतिक्रियावादीहरु, जनताका दुश्मनहरुले त्यसलाई साम्राज्यवादी भारतबाट चलाईएको युद्ध भनेर बिभ्रम पैदा गरे र अन्तत भारतकै योजनामा १२ बुँदे सहमति गराईयो । अहिले पनि जनताको आन्दोलनलाई साम्राज्यवाद र उसको डिजाईनमा भएको भन्दै प्रचार गरिएको छ ।
थुन छेक र कारबाही गर्ने हो भने देशलाई मुठ्ठीभर माफियाहरुको बन्धक बनाउने संसदवादीहरुलाई गरिनु पर्छ । नवयुवा, बिद्यार्थी र जनतामाथि गोली चलाउने, गोली चलाउन आदेश दिने हत्याराहरु माथि गरिनु पर्छ । कारबाही ती भ्रष्टाचारी, एकाधिकारवादी, वित्तीय माफीयाहरुका बिरुद्ध गर्नु पर्छ जसले देशमा आन्दोलनको आगो फुकिरहेको छन् ।
आन्दोलनकारी नवयुवाहरुमा विद्रोहको ज्वालामुखि आउनु स्वाभाविक थियो । त्यो बिद्रोहलाई वर्गीय पक्षधरता, मुक्ति र समृद्धिको बाटोमा लैजान सिद्धान्त, राजनीति, संगठन, दर्शन र संस्कृतिको आवश्यक हुन्थ्यो । तर नेपालका एनजीओ, आईएनजीओ, साम्राज्यवादी एजेन्टहरुले बिचार, राजनीति, र संगठनको आवश्यकताका बिरुद्ध निरन्तर बिष बमन गरिरहेका थिए । बिद्यार्थी, मजदुर किसानलाई बिचारधारात्मक सचेतनाबाट अन्धकारमा धकेल्दै आएका थिए । मजदुर, किसान, व्यवसायी, उद्यमि सबै क्षेत्रमा राजनीतिक चेतना, सही र गलतका बिचको भेद, सत्य र तथ्य बोध गराउने खोज र अनुसन्धानमा बन्ध्याकरण गर्दैआएका थिए । उनीहरुले युवाहरुलाई साम्राज्यवादी सिद्धान्त अनुसार दर्शनमा –उत्तरआधुनिकतावाद, राजनीतिमा–उदारतावाद, अर्थतन्त्रमा–उपभोक्तावाद, संस्कृतिमा वितण्डतावादमा पुर्याउन चाहन्थे र त्यही अनुसार डाटा साम्राज्य चलाउँथे । त्यसको प्रभावनै जेनजी नामको नवयुवा आन्दोलनमा अभिव्यक्त भयो । जनताको हितमा हुने बिचारधारात्मक प्रष्टता, वर्गीय पक्षधरता, सत्ता सम्वन्धि आवधारणाको अभावमा युवाहरु आन्दोलनको मुल मुद्धाबाट बिमुख हुनु पर्यो । राज्य सत्तामा हुनु पर्ने परिवर्तन हुन सकेन । शाशकीय सत्तामा केही परिवर्तन देखियो । तर राज्य सत्तामा कुनै परिवर्तन आउन सकेन । मन्त्रीहरु बर्खास्त गरीनु, केपीलाई कुर्षिबाट अपदस्त गर्नु, संसद बिघटन गर्नु, शासकीय सत्तामा भएका परिवर्तन हुन् । नेपाललाई चाहिएको सत्ता परिवर्तन थियो र अहिले पनि त्यसको आवश्यकता यथावत रहेको छ । सत्ता परिवर्तन हुन अहिलेको दलाल पूँजीवादको रक्षा गर्ने संविधान खारेज गरिनु पर्छ र त्यसको स्थानमा जनताको गणतन्त्र शुनिश्चित गर्ने समाजवादी संविधान निर्माण गरिनु पर्छ । यसरी, देशको आवश्यकता देशको राज्य सत्तामा आमुल परिवर्तनको आवश्यकता थियो र अहिले पनि छ । तर आन्दोलनकारी शक्तिमा एउटा गलत मान्यता भरिएको थियो, बिचार, राजनीति, सिद्धान्त भनेको केही होईन । आन्दोलन सबथोक हो । वास्तविक अर्थमा यो बाकुनीनवादी अराजकतावाद थियो । बाकुनिनवादी अराजकतावाद नेपालमा प्रयोग हुन पुग्यो ।
बाकुनीनवादी अराजकतावादले आन्दोलन सबै चीज हो, परिणाम केही होईन भन्ने अवस्थामा युवाहरुलाई पुर्यायो । नव युवाले आन्दोलनमा जीवन दियो, तर सत्ताको चरित्रको बारेमा ध्यान दिएन, वर्ग सापेक्षताको बारेमा ध्यान दिनएन । नेपालमा भएका बिगतका आन्दोलनहरुको समिक्षामा ध्यान दिएन । भदौ २४ गते केही घण्टा, नेपाली सेनाले सत्ता हातमा लिनु पूर्ब, जनताको हातमा सत्ता आयो । जनताको हातमा सत्ता आएपछि पुरानो संविधान खारेज गर्नु पर्थ्यो । नयाँ राष्ट्रपति बनाईनु पर्थ्यो । नयाँ राष्ट्रपतिको नेतृत्वमा नयाँ मन्त्रीपरिषद बनाईनु पर्थ्यो । जनपक्षिय नयाँ संविधान अथवा समाजवादी गणतन्त्र स्थापित गर्ने संविधान निर्माण गर्न संविधान आयोग गठन गरिनु पर्थ्यो वा संविधान सभा निर्वाचनको घोषणा गरिनु पर्थ्यो । शिक्षा र स्वास्थ्यमा निशुल्क गर्नु पर्थ्यो । देशको सम्पत्ति राष्ट्रिय उद्योगहरु स्थापना र भएका उद्योगहरु संचलनमा लगानी गर्ने घोषणा गर्नु पर्थ्यो । दुई कार्यकाल भन्दा बढी चुनाव उठ्न नपाउने गरी जननिर्वाचित राष्ट्रिपति, विज्ञहरुको मन्त्री परिषद, जननिर्वाचित न्यायपालिका अन्तरगत प्रधान न्यायधीश जनताले निर्वाचन गर्ने प्रणाली र जन्मसिद्ध जनताको जमिनमा अधिकार हुने संवैधानिक व्यवस्था घोषणा गरिनु पर्थ्यो ।
तर भदौ २४ को जनताको हातमा रहेको सत्ता संगठित थिएन । बिचार र राजनीतिबाट दिक्षित थिएन । जसको परिणाम सत्ता जनताको हुने अवस्था बन्न पाएन । उल्टो नेपाली सत्ताले पश्चगमनको बाटो समात्यो र एनजीओ, आईएनजीओको हातमा पुग्यो । देश साम्राज्यवादी शक्तिको खेलमैदान हुने खतरामा पुग्यो । नेपालको राष्ट्रियता, सार्वभामिकता र स्वाधीनतामा गम्भीर खतरा पैदा हुने अवस्था पैदा भयो ।
भदौ २३ र २४को जनबिद्रोहमा हाम फाल्ने युवा समुदायले पुराना नेताहरुमा केवल राष्ट्रघाती चरित्र देख्यो । बेथिति र भ्रष्टाचार देख्यो । अहिलेका सत्तासिन संसदवादी नेताहरुमा भ्रष्टाचार, बेथिति र कुशासनको श्रृखला देख्यो । देशभर भ्रष्टाचार र बेथितिका काण्डै काण्ड मच्चाउने नेताहरु सत्तामा चिप्कने प्रवृत्तिलाई बढार्न कुनै संविधानले काम नगरेको पनि देख्यो । नियम र कानुनहरुले माफीयाका अगि आफ्नै कान समातेको देख्यो । देशको माया गर्ने जनताकालागि सत्ताधारीको घरमा आगो लगाउनु बाहेक अर्को उपाय देखेन । त्यो अवस्थामा २३ र २४को आन्दोलनको आवश्यकता थियो र भयो पनि । तर, नेपाली सत्तामा किन यस्तो भैरहेको छ र त्यसको दिगो समाधान के हुन्छ ? त्यसको कारणहरु युवाहरुले खोजेन । त्यसका पछि रहेका कारणहरुमा दलाल पूँजीवादी सत्ता, त्यसको उत्पादन पद्धति, त्यसको पश्चगामी चरित्र हो भन्ने बिषयलाई गहिराईमा खोजेन । आन्दोलन गर्ने युवाहरुले भ्रष्टाचार मुक्त समाजको कल्पना गर्यो, राजनीतिक स्थिरता, सामाजिक रुपान्तरण, शान्ति, समृद्धि र स्वाधीनताको आवश्यकता बोध गर्यो, तर बोध गरे अनुसार व्यवहारमा लैजान सुशिला कार्की, नेपालमा चलेका एनजीओ र आईएनजीओबाट सम्भव छैन भन्ने तिर अध्यन गरेन । त्यसको निम्ति सरकार युवाको होस या पाकाहरुको देश बदल्ने नीति आवश्यक हुन्छ, राजनीतिक कार्यदिशा आवश्यक हुन्छ भन्ने कुराको बोध गरेन, त्यसलाई अध्यन गर्ने काम गरेन ।
भदौ २३ र २४को जनबिद्रोह पछि पनि नेपालको शासन व्यवस्था पुन गन्तव्य बिनाको गन्तब्य तिर हिँडिरहेको छ । सरकारले चुनाव गरोस या संविधानमा संशोधन, डण्डा चलाओस या कोरर्राको बौछार, देशमा जहिले सम्म आधारभूत मान्यतामा परिवर्तन हुँदैन तबसम्म समस्या रहिरहने छन् ।
संसदवादी पार्टीहरु संसदको पुनस्थापनाको माग गरिहेका छन् । राजावादीहरुले राजतन्त्र पुर्नस्थापनामै देशको समाधान देखेका छन् । आन्दोलनले थिल्थीलिएका पुराना पार्टीहरु चुनावबाट पुन पुरानो लुटको स्वर्ग पर्काउने हल्ला गरिरहेका छन् । संसदको पुर्नर्स्थापना होस या चुनावको मंचन, दुवै मागहरुले उही भ्रष्टाचारी सत्तालाई मजबुत बनाउने षड्यन्त्र गरिरहेको छ । यसरी हेर्दा देशको कुनै पनि चिजहरु आफ्नो लयमा छैनन् । तर सबै चीजहरु आफ्नै लयमा छन् । कुनै पनि चीजहरु संविधानको लयमा छैनन् (पुरानो होस या नयाँ), तर सबै लयमा छन् किनकि यो सत्ता संविधानमा होईन, शासनमा चलेको छ । प्रत्यक्ष निर्वाचित राष्ट्रपति निर्वाचन गर्नु छ, तर कुनै संवैधानिक व्यवस्था छैन, संसदको चुनाव गर्नु छ तर संसद बिघटन गरिएको छ । सबै चिजहरु अन्तरबिरोधी छन्, बिधिले व्याख्या गरेको छैन, बिधाताले बात मारेको छ ।
आन्दोलनले पुराना पार्टी र संगठनहरु, तीनका पुराना मान्यताहरुलाई भत्काई दिएको छ । सबै संसदवादी पार्टी भत्कन र पुनर्गठन हुन बाध्य भएका छन् । त्यतिमात्र होईन, बर्षामा च्याउ उम्रिय जस्तै संसदवादी नीति र कार्यक्रम सहितका नानाथरी पार्टीहरु उम्रिरहेका छन् । उनिहरु चुनावी प्रतिस्पर्धामा च्याखेँ थाप्ने छन्, किनकि यो यस्तो अवसर हो, यहाँ दाउ पर्यो भने अकुत मुनाफा हुने जुवाको खाल चलेको छ । यसरी देख्न सकिन्छ कि देश अहिले गन्तव्य बिनाको गन्तब्यमा हिँडीरहेको छ ।
सर्वहारा वर्गको अग्रदस्ता नेपाल कम्युनिष्ट पार्टी (बहुमत) ले बिकसित परिस्थितिलाई गम्भीरतापूर्वक लिन आवश्यक छ । सामान्यतः जनताको बिद्रोहले जनतामा खुसी, उत्साह, र भविस्य प्रति आसा जगाउने गर्छ, तर, अहिलेको आन्दोलनले आम जनतामा निरासा, कुण्ठा र आशंका मात्र पैदा गरेको छ । राज्य सत्ता र प्रणालीमा अझ अन्योलता थपेको छ । कारण एउटै हो, ४५ जना शहिदको रगत अज्ञानतामा बग्यो । आन्दोलनमा कुल ७६ जनाको ज्यान गयो । धेरैलाई घाईते र अपांग बनायो । रहस्यवादले युवा आक्रोसलाई सम्मोहित बनायो, भ्रष्टाचार रहित समाजको आकांक्षाले आन्दोलनमा डोर्यायो । परिणामा पूँजीपतिहरुका दुबै हातमा लड्डुहरु परेका छन् – सत्ता र सम्पत्ति । तर नेपाली जनताको हातमा केवल सिंहदरवार, सर्बोच्च अदालत जलेर बनेको खरानीको डल्ला परेको छ । यसले केवल साम्राज्यवादका एजेन्टहरु, जनताका लुटेराहरु र एनजीओ, आईएनजीओहरु, देशलाई कंगाल बनाएर बिदेशीको जुठोपुरोमा बाँच्न रुचाउनेहरुलाई उत्साहित बनाएको छ ।
यो परिस्थितिले जनतामा एउटा आन्दोलनको आवश्यकता बोध गराएको छ । सिद्धान्त, राजनीति, संगठन, बिचार र दृष्टिकोणको आवश्यक छैन भन्ने साम्राज्यवादी, एनजीओवादी भ्रम व्यवहारिक रुपमा च्यातिएको छ । नेपाली जनताले ठंडा दिमागले सोचिरहेको छ कि एकपटक हारेको सेनालेनै बिजय हासिल गर्न सक्छ । अवको संघर्ष जनताको बिद्रोहमा सम्भव छ भन्ने व्यवहारिक रुपले पुष्टि भएको छ । अवको आन्दोलन भने भदौ २३ र २४मा भएको जनविद्रोहबाट पाठ सिकेर जनताको सत्ता स्थापित गर्ने प्रणका साथ हुने छ ।
कात्तिक २०८२

१नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी)द्वारा संस्कृत विश्वविद्यालयका उपकुलपति नेपालमाथि जनकारबाही
२नेकपा (बहुमत) कैलालीले शुरु गर्यो जनसंविधानका लागि जनसंघर्ष अभियान
३प्रगतिशील नेपाली जनसमाज समितिद्वारा संगठन विरोधी गतिविधिमा संलग्नमाथि कारबाही
४ज्यूँदो शिशुलाई मृत घोषणा गर्ने भेरी अस्पतालको अमानवीय लापरवाही विरुद्ध नेकपा (बहुमत) बाँकेको कडा चेतावनी
५बहुमत निकट अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको बैठक सम्पन्न : निशुल्क शिक्षाको लागि अभियान चलाउने
प्रतिक्रिया