
३नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
४आत्मदाह गराउन बन्द गर
५नेकपा (बहुमत) भारत उपब्युरो अन्तर्गत पञ्जाब जिल्लाको प्रथम जिल्ला भेला सम्पन्न
६सबिनको नेतृत्वमा २१ सदस्यीय जिल्ला समिति चयन गर्दै नेकपा (बहुमत) कास्कीको भेला सम्पन्न,
७नेकपा (बहुमत) बाँकेको जिल्ला भेला सम्पन्न, चक्र थापाको नेतृत्वमा १३ सदस्यीय समिति चयन
८नेकपा (बहुमत) बर्दियाको दोस्रो जिल्ला भेला सम्पन्न, दिलमानको नेतृत्वमा ११ सदस्यीय समिति चयन
९भारतको महाराष्ट्रमा नेकपा (बहुमत)को जिल्ला भेला सम्पन्न, ९ सदस्यीय जिल्ला समिति चयन
१०विश्वविजय, सीमा आजादलगायतमाथि अवसरवादको आरोप लगाउँदै भाकपा (माओवादी)को वक्तव्य
११सीपीसीको १०५औँ स्थापना दिवसमा सी जिनपिङको सन्देश : चुनौती चिर्दै नयाँ यात्रामा अघि बढ्न आह्वान
१२नेकपा (बहुमत) दाङको दोस्रो जिल्ला भेला सम्पन्न, सजकको नेतृत्वमा जिल्ला समिति चयन
काठमाडौँ । नेकपा (बहुमत) सम्वद्ध अखिल (क्रान्तिकारी)ले त्रिभुवन विश्वविद्यालयमा भएको डीन र निर्देशक नियुक्ति प्रक्रियाप्रति आपत्ति जनाएको छ । राजनीतिक भागबण्डाको आधारमा आठ जना डीन र तीन जना निर्देशक नियुक्ति गरिएको उल्लेख गर्दै क्रान्तिकारीले तत्काल बदर गर्न माग गरेको छ ।
अध्यक्ष विरेन्द्र शाहले आज विज्ञप्ति जारी गर्दै त्रिविका कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो निर्देशनमा विश्वविद्यालयमा राजनीतिक हस्तक्षेप निम्त्याइएको दावी गरे । ‘प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो निर्देशनमा विश्वविद्यालयमा राजनीतिक हस्तक्षेप भएको कुरा घामजत्तिकै छर्लङ्ग भएको छ’, विज्ञप्तिमा लेखिएको छ ।
उपकुलपति केशरजंग बरालले राजनीतिक भागबण्डाको अन्त्य गर्नुको साटो भ्रष्ट र संसदीय पार्टीहरुसँग सम्झौता गरेर डीन र निर्देशक नियुक्ति गरेको क्रान्तिकारीको आरोप छ । यसलाई दु:खद कदम भन्दै विज्ञप्तिमा भनिएको छ, ‘उपकुलपति केशरजंग बरालले भ्रष्ट संसदीय पार्टीहरुसँग सम्झौता गरी राजनीतिक हस्तक्षेपलाई स्वीकार्दै नियुक्ति प्रक्रिया अगाडि बढाउनु दुःखद्, गैरजिम्मेवार र पदिय मर्यादाविपरीत भएको ठहर्छ ।’
उक्त नियुक्ति बदर गरेर मेरिटको आधारमा नयाँ नियुक्ति प्रक्रिया अगाडि बढाउन आग्रह गर्दै क्रान्तिकारीले अन्यथा सशक्त संघर्षमा उत्रिने चेतावनीसमेत दिएको छ ।
‘आठ जना डीन र तीन जना निर्देशकहरुको नियुक्ति प्रक्रिया राजनीतिक भागबण्डाका आधारमा संसदीय पार्टीहरु काँग्रेस, एमाले र माओवादी (केन्द्र) ले भाग लगाएर बाँडीचुँडी लिएका छन् । संसदीय पार्टीहरुको उक्त प्रक्रियाप्रति हाम्रो संगठन घोर भर्त्सना र निन्दा व्यक्त गर्दछ’, विज्ञप्तिमा भनिएको छ ।
प्रतिक्रिया