News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

कला-साहित्य

कविता : आमा

विरेन्द्र शाह
भाकपा(माओवादी) का नेता माघ्‌वी हिड्माको आमाबारे लेखिएको कविता

उनले
किताबका ठेलीहरु त पढेकी छैनन ,
तर
किताबका सयौं ठेलिहरु पढने
हामी सबैलाई
पढेकी छन !

उनी
बन्दुक बोकेर कुनै युद्ध मोर्चामा त गईन्न
तर
युद्ध मोर्चाका भन्दा ठुला ठुला लडाइँहरु
उनले जितेकी छ्न ,
खासमा
उनी असल योद्धा हुन !

उनले
आफुले कसैबाट प्रेम पाईन या पाईन्न ,
तर
प्रेमका जतिसुकै परिभाषाहरु
हामिले सुनेका र पढेका छौं ,
त्यसको
उद्गम स्थल उनको कोख हो !

उनलाई
गणितको ज्ञान त छैन
तर
सुख र दुःखका सबै हिसाबहरु
आज पनि सजिलै हल गर्छिन !

उनले
कुनै वाद र दर्शन त पढेकी छैनन
तर
उनको वाद र दर्शनमा
कहिँ कतै
दमन , शोषण , उत्पिडन र असमानता भेटिदैन !

उनि..
प्रायः मौन हुन्छिन ,
उनलाई बोल्न फुर्सद नै कहाँ छ र
सुर्योदय भन्दा पहिला
र सुर्यास्त भन्दा पछि सम्म पनि
श्रमकै मैदानमा हुन्छिन !

उनले
यति धेरै बोझहरु भारी बोकेर ,
के आफ्नो स्वतन्त्रता बारे
आफै सङ्ग कहिल्यै प्रश्न गरि होलिन ?
उनि..
अर्थात
आमा !

 

प्रतिक्रिया