
१रोल्पामा जीप दुर्घटना : २० जनाको मृत्यु, नेकपा(बहुमत) द्वारा शोक व्यक्त
२ट्रम्पविरुद्ध धम्की दिएको आरोपमा पूर्व एफबीआई प्रमुख जेम्स कोमी अदालतमा उपस्थित
३आवासको ग्यारेन्टी बिना सुकुम्बासी बस्ती हटाउनु अन्यायपूर्ण : नेकपा (बहुमत)
४गृहमन्त्रीको राजीनामा माग्दै माइतीघरमा प्रदर्शन
५मूल्य वृद्धि, जनअधिकारमाथि आक्रमण देखि विद्यार्थी प्रतिबन्धप्रति नेकपा (बहुमत) को कडा आपत्ति
६नेकपा (बहुमत)का सल्लाहकार लीलाधर गौतमको निधन, पार्टीद्वारा शोक व्यक्त
७आईपीएलमा पन्जाबको दबदबा, मुम्बई ७ विकेटले पराजित
८हर्मुज रणनीति अघि सार्दै इरान, २७० अर्ब डलर क्षति दाबी
९आणविक विवाद र हर्मुज तनावले अमेरिका–इरान शान्तिवार्ता निष्कर्षविहिन
१०भिम प्रसाद दुलालको निधनमा नेकपा (बहुमत) मकवानपुरद्वारा शोक व्यक्त
११युद्धविरामप्रति इरानको असन्तुष्टिः “उल्लंघनपछि वार्ताको औचित्य समाप्त”
१२नेकपा(बहुमत)कास्कीद्धारा भ्रष्टाचार र अनियमितता बिरुद्ध २० बुँदे ज्ञापनपत्र पेश
१भाकपा(माओवादी)का शीर्ष नेता प्रशान्त बोस ‘किशन दा’ को निधन
२नेकपा(बहुमत)कास्कीद्धारा भ्रष्टाचार र अनियमितता बिरुद्ध २० बुँदे ज्ञापनपत्र पेश
३संस्मरण : त्यो रात !
४शिक्षा सुधारको नाममा विद्यार्थी आन्दोलनमाथि अंकुश लगाउने प्रयास स्वीकार्य छैन : संयुक्त विद्यार्थी संगठन
५आवासको ग्यारेन्टी बिना सुकुम्बासी बस्ती हटाउनु अन्यायपूर्ण : नेकपा (बहुमत)
६मूल्य वृद्धि, जनअधिकारमाथि आक्रमण देखि विद्यार्थी प्रतिबन्धप्रति नेकपा (बहुमत) को कडा आपत्ति
७नेकपा (बहुमत)का सल्लाहकार लीलाधर गौतमको निधन, पार्टीद्वारा शोक व्यक्त
८भिम प्रसाद दुलालको निधनमा नेकपा (बहुमत) मकवानपुरद्वारा शोक व्यक्त
९गृहमन्त्रीको राजीनामा माग्दै माइतीघरमा प्रदर्शन
१०युद्धविरामप्रति इरानको असन्तुष्टिः “उल्लंघनपछि वार्ताको औचित्य समाप्त”
११आणविक विवाद र हर्मुज तनावले अमेरिका–इरान शान्तिवार्ता निष्कर्षविहिन
१२हर्मुज रणनीति अघि सार्दै इरान, २७० अर्ब डलर क्षति दाबी
तपेन्द्र तिमिल्सेना
त्यो दिन म काठमाडौँको कीर्तिपुरमा आफन्तको कोठामा बसेको थिएँ । बिहानै उठेँ, हात–मुख धुन तल भुईँतलामा झरेँ, फ्रेश भएँ र खाना खाएँ । कोठामा हामी केटाहरू मात्र थियौँ। केटाहरू आ–आफ्नो स्कुल र कलेजतिर गए । म भने “एकछिनपछि निस्किन्छु” भनेर आराम गरिरहेको थिएँ। आकाश अलि धमिलो थियो । चुनावको सरगर्मी सहरदेखि गाउँसम्म पुगेको थियो, तर हाम्रा लागि त्यो उत्सव होइन, बरु जनतालाई धोका दिने कथित कठपुतली सरकारको खेलजस्तै लागिरहेको थियो । संयुक्त संघर्ष समितिका “चुनाव बहिष्कार गरौँ” भन्ने नारा लेखिएका पर्चाहरू हामीसँग थिए । अचानक सादा पोसाकका करिब १५–२० जना प्रहरी म सुतेकै कोठामा आइपुगे र मलाई चारैतिरबाट घेरे । लोकतन्त्रको दुहाइ दिने व्यवस्थामा एउटा पर्चासँग राज्य यति धेरै डराउला भन्ने मैले कहिल्यै सोचेको थिइनँ । हत्कडी लगाइँदै गर्दा मनमा डरभन्दा बढी एउटा प्रश्न उठ्यो— के आफ्नो विचार राख्नु अपराध हो ? मलाई नम्बर प्लेट नदेखिने गाडीभित्र राखियो । आँखामा कालो पट्टी बाँधियो, मानौँ म कुनै कुख्यात अपराधी हुँ । गाडीले कता–कता घुमाउँदै अन्ततः मलाई दक्षिणकाली प्रहरी चौकीमा पुर्यायो । गाडीभित्र अनेक प्रश्न सोधिए, जसको जवाफ मैले एउटा राजनीतिक कार्यकर्ताको हैसियतले दिँदै गएँ । फर्पिङ प्रहरी चौकीमा पनि केही प्रश्नहरू सोधिए र मैले तिनको जवाफ स्पष्ट रूपमा दिएँ । त्यो दिन मलाई सूचना–सञ्चारबाट पूर्ण रूपमा अलग गरियो । कसैलाई जानकारी दिनसमेत दिइएन । साँझ पर्दै जाँदा मनमा अनेक प्रश्नहरू उठिरहेका थिए । रात पर्दा फर्पिङबाट फेरि भ्यानमा राखेर मलाई जिल्ला प्रहरी परिसरको कार्यालयतिर लगियो। मूल गेटभित्र छिर्दा ‘स्वतन्त्रता’ शब्दको अर्थ अलि फरक लाग्न थाल्यो ।
हिरासतको पहिलो रात कहिल्यै बिर्सन सकिँदैन । एउटा साँघुरो कोठा, जहाँ क्षमताभन्दा बढी मानिसहरू कोचिएका थिए । भुइँमा ओछ्याइएको पुरानो, कहिल्यै नधोइएको गनाउने कपडा र गुम्सिएको हावा थियो। भित्ताहरूमा अघिल्ला बन्दीहरूले कोरेका नाम, मिति र आक्रोशका शब्दहरू थिए । त्यो रात निद्रा परेन । बाहिर प्रहरीको चर्को स्वर र बुटको आवाज सुनिन्थ्यो भने भित्र साथीहरूको सुस्केरा। एउटा कुनामा बसेर मैले सोचेँ— बाहिर हामी क्रान्तिका कुरा गर्छौँ, तर यहाँ भित्र एउटा सिटामोल पाउन पनि कति संघर्ष गर्नुपर्दो रहेछ । हिरासतको केही दिनपछि बयानको सिलसिला सुरु भयो । अनुसन्धान अधिकृतका प्रश्नहरू धारिला भन्दा पनि व्यङ्ग्यात्मक थिए । “किन यस्तो दुःख पाएको?” “चुनाव बिथोलेर के पाउँछौ?” जस्ता प्रश्न सोधिन्थे। मैले स्पष्ट जवाफ दिएँ, “हामीले ढुङ्गा हानेका छैनौँ, हामीले त केवल विचारको आह्वान गरेका हौँ ।” प्रहरीको नजरमा म एउटा ‘अभियुक्त’ थिएँ, तर मेरो नजरमा म एउटा सचेत नागरिक थिएँ । उनीहरूले कानुनका दफाहरू पढे, मैले जनताका अधिकारका कुरा गरेँ । तर त्यहाँ कसैले कसैको कुरा सुन्ने मनस्थितिमा थिएन । उनीहरू राज्यका कानुनका कुरा मात्र गर्थे, जनताको दुःख–पीडाको कुरा कसैले गर्दैनथे । हिरासतमा बसेपछि मैले एउटा कुरा स्पष्ट रूपमा बुझेँ— त्यहाँ जात, धर्म र भूगोलभन्दा ठूलो ‘साझा दुःख’ हुँदो रहेछ । चोरीको आरोप लागेको एक युवा, जो अभावका कारण गलत बाटोमा लागेको थियो । झगडामा परेर आएको एक बूढो बा, जो न्यायको प्रतीक्षामा थियो । लागूऔषध प्रयोगकर्ता, जो आफ्नो जीवनलाई धिक्कार्दै आमा–बुवालाई सरापिरहेको थियो । म चुनाव बहिष्कारको राजनीतिक बन्दी थिएँ, तर अरूका लागि म र उनीहरूमा खासै भिन्नता थिएन । हामीले जेलभित्रै धेरै छलफल गर्यौँ र यस्ता अपराधहरूको जड केवल व्यक्तिमा मात्र होइन, समाज र व्यवस्थामा पनि रहेको निष्कर्ष निकाल्यौँ ।
हिरासतको दिनचर्या लगभग एउटै थियो— खाना बाँड्ने, सरसफाइ गर्ने र एकअर्काका कथा सुन्ने । ती ११ दिनमा मैले त्यति धेरै मानिसहरूको जीवनका कथा सुनेँ, जुन बाहिरका ११ वर्षमा पनि सुन्न सम्भव थिएन । हिरासतमा समयको गति एकदमै ढिलो हुँदो रहेछ । बाहिर सूर्यको प्रकाश र प्रहरीको ‘रोल कल’ ले मात्र समयको संकेत दिन्थ्यो । पाँचौँदेखि सातौँ दिनसम्म आइपुग्दा बाहिरको अवस्थाबारे कसैले केही जानकारी गराउला कि भन्ने आशामा मन आतुर हुन थाल्यो। पार्टीका साथीहरू, परिवार र अवोध छोराको सम्झनाले मन भारी हुन्थ्यो । “कहिले छुटिएला?” भन्ने अनिश्चितता मनभित्र गहिरिँदै गयो । हिरासतभित्र लागूऔषध प्रयोगकर्ताहरूको अवस्था अत्यन्त पीडादायक थियो । नशा नपाउँदा कतिपय युवाहरू रातभरि भित्तामा टाउको ठोक्थे, शरीर काँप्थ्यो । उनीहरूको आँखामा बाँच्ने इच्छा होइन, केवल एउटा ‘डोज’ को तिर्खा देखिन्थ्यो । त्यस्तै, पैसाको बलमा केही मानिसहरू हिरासतभित्र पनि रवाफ देखाइरहेका हुन्थे । कसैले चोरी गरेका थिए, कसैले झगडामा परेर अपराध गरेका थिए, कसैले लागूऔषधको कारोबारमा फसेका थिए । तर ती सबैको कथा सुन्दा लाग्थ्यो— धेरै अपराधहरू अभाव, अन्याय र सामाजिक संरचनाका कारण जन्मिएका रहेछन् ।
सबैभन्दा पीडादायक दृश्य भने हिरासतभित्र देखिएको जातीय विभेद थियो । २१ औँ शताब्दीको कुरा गर्ने हामी, तर त्यो सानो कोठाभित्र पनि “पानी चलाउने र नचलाउने” को बहस हुन्थ्यो । एउटा दलित भाइले पानीको जग छुँदा कथित माथिल्लो जातको भनिने व्यक्तिले नाक खुम्च्याएको देख्दा मलाई अचम्म लाग्यो । मैले त्यहाँ प्रतिवाद गरेँ— “हामी सबै यहाँ बन्दी हौँ, यहाँ कोही ठुलो र सानो छैन ।” तर मान्छेको दिमागमा गडेको विभेदको विष हिरासतको ताल्चाभन्दा पनि बलियो रहेछ भन्ने कुरा त्यहाँ अनुभव भयो । त्यहाँ मैले धेरै निर्दोष मानिसहरू पनि भेटेँ । एउटा गरिब किसान, जसलाई छिमेकीले रिसिइबी साध्न चोरीको झुट्टा मुद्दामा फसाएको थियो । एउटा युवा, जो बाटोमा हिँड्दै गर्दा शंकाको भरमा समातिएको थियो । उनीहरूको आँखामा न्यायको भोक थियो, तर खल्तीमा वकिललाई दिने पैसा थिएन । उनीहरूले मलाई सोध्थे, “दाइ, तपाईं त नेता मान्छे, हाम्रो कुरा कसले सुन्दिन्छ?” त्यो प्रश्नले मलाई निःशब्द बनाउँथ्यो ।
अन्ततः ११ औँ दिनमा बन्दी प्रत्यक्षीकरणको रिटमा सर्वोच्च अदालतबाट आदेश आयो— निर्दोष व्यक्तिलाई बिनाकारण थुनामा राख्नु उचित होइन, तत्काल रिहा गरियोस् । मेरो हातको हत्कडी खोलियो र मैले गहिरो सास फेरेँ। म स्वतन्त्र त भएँ, तर मेरा केही साथीहरू अझै भित्रै थिए । हिरासतबाट निस्कँदा मेरो कपडा फोहोर थियो, शरीर थाकेको थियो, तर विचार अझ स्पष्ट भएको थियो । ती ११ दिन मेरो लागि केवल जेलयात्रा मात्र थिएनन् । त्यो त नेपालको न्याय प्रणाली र सामाजिक अवस्थाको एउटा जीवित पाठशाला जस्तै अनुभव बन्यो । बाहिर ‘लोकतन्त्र’ को भाषण सुनिन्छ, तर हिरासतभित्र छिरेपछि मात्र थाहा हुन्छ— न्याय कति महँगो र पहुँचभन्दा टाढा छ । म बाहिर आएँ, तर क्रान्तिको एउटा हिस्सा अझै पनि ती हिरासतका भित्ताहरूमा कोरिएका सपनाहरूसँगै त्यहीँ बाँकी छ । हिरासतको त्यो ११ दिन मेरो जीवनको यस्तो ऐना बन्यो, जहाँ समाजका सबैभन्दा कुरुप र कारुणिक पाटाहरू नाङ्गो आँखाले देख्न पाइयो । बाहिर हामी राजनीति र आन्दोलनका कुरा गर्छौँ, तर हिरासतको त्यो साँघुरो कोठाभित्र एउटा छुट्टै अन्धकार संसार चलिरहेको रहेछ । त्यहाँ अपराधी मात्र थिएनन्, समाजले थुकेका र राज्यले बिर्सेका मानिसहरूको एउटा ठूलो संसार थियो । सम्भवतः त्यहीँबाट कुनै दिन वास्तविक परिवर्तनको बीउ पनि उम्रन सक्छ ।



१भाकपा(माओवादी)का शीर्ष नेता प्रशान्त बोस ‘किशन दा’ को निधन
२नेकपा(बहुमत)कास्कीद्धारा भ्रष्टाचार र अनियमितता बिरुद्ध २० बुँदे ज्ञापनपत्र पेश
३संस्मरण : त्यो रात !
४शिक्षा सुधारको नाममा विद्यार्थी आन्दोलनमाथि अंकुश लगाउने प्रयास स्वीकार्य छैन : संयुक्त विद्यार्थी संगठन
५आवासको ग्यारेन्टी बिना सुकुम्बासी बस्ती हटाउनु अन्यायपूर्ण : नेकपा (बहुमत)
प्रतिक्रिया