
१लडाई जारी रहँदा कम्बोडियाले थाइल्यान्डसँगको सीमा नाका बन्द गरेको घोषणा
२नेकपा (बहुमत) बर्दियाद्वारा जनसंविधानका लागि जनसंघर्ष अभियान सुरु
३कम्युनिस्ट युवा संगठन नेपालको संघर्ष पश्चात अख्तियारद्धारा आरोप पत्र दायर , उपाध्यक्ष नाथ को पद गुम्यो
४नेकपा(बहुमत)चितवनको आयोजनामा “जनसंविधान र स्वाधीन संयुक्त सरकारको आवश्यकता”बारे अन्तरक्रिया सम्पन्न
५नेकपा (बहुमत) रौतहटको बैठक सम्पन्न, पार्टी अभियानलाई तीव्र पार्ने निर्णय
६नेकपा (बहुमत) १ नं. ब्युरोले कटारीबाट “जनसंविधानका लागि जनसंघर्ष अभियान” शुरु गर्यो
७दाङमा नेकपा (बहुमत)को राजनैतिक प्रशिक्षण सम्पन्न, चुनाव बहिष्कार गर्ने घोषणा
८जनसंविधानका लागि जनसंघर्ष अभियानअन्तर्गत रूपन्देहीमा नेकपा (बहुमत)५ नं. ब्यूरोको राजनीतिक प्रशिक्षण
९अछामका ११ वर्षीय बालक किड्नी निकालिएको अवस्थामा फेला, प्रगतिशील नेपाली जनसमाज समितिद्धारा छानविनको माग
१०नेकपा(बहुमत) भारत उपब्युरोको बैठक सम्पन्न : संगठनात्मक कामलाई प्राथमिक्ता दिने
११नेकपा (बहुमत) बाँकेद्वारा जनसंविधानका लागि जनसंघर्ष अभियान सुरु
१२विदेशी हस्तक्षेप बढ्यो, देश पराधीन बन्दैछ : नेकपा (बहुमत) सिराहा
१हामी दीर्घकालीन जनयुद्धको बाटो जारी राख्नेछौँ : भाकपा(माओवादी)
२आन्तरिक समीक्षा र दीर्घकालीन योजना सहित कम्युनिष्ट युवा संगठन नेपालको बैठक सम्पन्न
३जेनजी बिद्रोह र सुशासनको मृगतृष्णा
४नेकपा (बहुमत) ५ नं. ब्युरोको अन्तरक्रिया कार्यक्रम सम्पन्न
५नेकपा (बहुमत)ले भोली पत्रकार सम्मेलन गर्दै
६संसदीय व्यवस्थाबाट क्रान्ति सम्भव छैन
७नेकपा(बहुमत)२ नम्बर ब्युरोको बैठक सम्पन्न, फागुन २१ को चुनाव बहिष्कार गर्ने घोषणा
८नेकपा(बहुमत) निकट युवा संगठनद्वारा राष्ट्रिय आवास कम्पनी प्रमुखमाथि कार्यकक्षमै कालोमोसो
९नेकपा(बहुमत) काठमाण्डौको बैठक सम्पन्न
१०नेकपा (बहुमत) बाँकेद्वारा जनसंविधानका लागि जनसंघर्ष अभियान सुरु
११बहुमत निकट अखिल (क्रान्तिकारी) सुदूरपश्चिम प्रदेशको बैठक महत्वपूर्ण निर्णयसहित सम्पन्न
१२शान्ति सम्झौता असफल भएको दाबी गर्दै दाङमा नेकपा (बहुमत) र क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालद्वारा कोणसभा सम्पन्न
चितवन । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले चितवनमा शनिबार बिहान बस र इभी गाडी आपसमा ठोकिएर मृत्यु भएका मृतकहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्नुका साथै शोकाकुल परिवारमा समवेदना र घाइतेहरूको निःशुल्क स्वास्थ उपचारको व्यवस्था मिलाउन नेपाल सरकारसँग जोड्दार माग गर्दै घाइतेहरूप्रति शिघ्र स्वास्थ लाभको कामना व्यक्त गरेको छ ।
नेकपा (बहुमत) जिल्ला समिति चितवनका सेक्रेटरी राम सेढाईंले शनिबार शोक वक्तव्यमार्फत उक्त घटनाले हाम्रो पार्टीलाई मर्माहत बनाएको भन्दै आम नेपाली जनसमुदायहरूको दुःखद् घडीमा निरन्तर तपाईंहरूको सहयोगको लागि तयार रहँदै आएको र रहने प्रतिबद्धता व्यक्त गरेका छन् । साथै उनले यस्ता खाले दुर्घटनालाई न्यूनीकरण गर्ने कार्ययोजना यथासिघ्र लागू गर्न जोड्दार माग गर्दै मृतकका परिवारलाई उचित क्षतिपूर्ति, घाइतेको निःशुल्क उपचार र अबका दिनमा यस्ता दुर्घटना हुन नदिन ट्राफिक नियमको कडाइँका साथ पालना गराउनुका साथै सडक सुरक्षा र स्तरोन्नतिमा तत्काल पहलको लागि अनुरोध गरेका छन् ।
चितवनको राप्ती नगरपालिका–४ खहरेपुलस्थित पूर्व–पश्चिम राजमार्गमा बस र इभी गाडी आपसमा ठोक्किँदा सात जनाको मृत्यु भएको थियो भने १८ जना घाइते भएका थिए ।
जिल्ला सेक्रेटरी राम सेढाईंले शोक वक्तव्यमा भनेका छन्, ‘हाम्रो महान् तथा गौरवशाली पार्टी नेपाल कम्युनिस्ट पार्टी (बहुमत) चितवन जिल्ला सङ्गठन समिति निरन्तर आम नेपाली जनसमुदायहरूको दुःखद् घडीमा निरन्तर तपाईंहरूको सहयोगको लागि तयार रहँदै आएको र रहने प्रतिबद्धता व्यक्त गर्दछौँ । आज मिति २०८२ असार ७ गते चितवनको राप्ती नगरपालिका–४ खहरेपुलस्थित पुर्व–पश्चिम राजमार्गमा बस र इभि गाडी एकआपसमा ठोकिँदा ७ जनाको मृत्यु र १८ जना घाइते भएको घटनाले हाम्रो पार्टीलाई मर्माहत बनाएको छ ।’
सेक्रेटरी राम सेढाईंले शोक वक्तव्यमा अगाडि भनेका छन्, ‘राज्यले सडक दुर्घटना न्यूनीकरणमा उचित पहल नगरी सार्वजनिक सवारी सुरक्षामा ध्यान दिनुको सट्टा भ्रष्टाचार र व्यथितिमा रमाइरहेको छ, जसले नेपालमा सडक दुर्घटनाको तथ्याङ्क कहालीलाग्दो अवस्थामा रहेको छ । राज्यको उच्च स्थानमा रहेर आफ्नो जिम्मेवारी बहन गर्नुको सट्टा आफ्नो व्यक्तिगत स्वार्थमा लिप्त छन् । यस्ता खाले दुर्घटनालाई न्यूनीकरण गर्ने कार्ययोजना यथासिघ्र लागू गर्न हाम्रो पार्टी जोडदार माग गर्दछ र आज भएको दुर्घटनाको मृतक परिवारलाई उचित क्षतिपूर्ति, घाइतेको निःशुल्क उपचार र अबका दिनमा यस्ता दुर्घटना हुन नदिन ट्राफिक नियमको कडाइका साथ पालना गराउनुका साथै सडक सुरक्षा र स्तरोन्नतिमा तत्काल पहलको लागि हाम्रो पार्टी अनुरोध गर्दछ ।’
सेक्रेटरी सेढाईंले शोक वक्तव्यको अन्त्यमा भनेका छन्, ‘हाम्रो पार्टी नेकपा (बहुमत) चितवन जिल्ला समिति सो घटनाको मृतकहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्नुका साथै शोकाकुल परिवारमा समवेदना र घाइतेहरूको निःशुल्क स्वास्थ उपचारको व्यवस्था मिलाउन नेपाल सरकारसँग जोड्दार माग गर्दछ । साथै घाइतेहरूप्रति शिघ्र स्वास्थ लाभको कामना व्यक्त गर्दछ ।’

१हामी दीर्घकालीन जनयुद्धको बाटो जारी राख्नेछौँ : भाकपा(माओवादी)
२आन्तरिक समीक्षा र दीर्घकालीन योजना सहित कम्युनिष्ट युवा संगठन नेपालको बैठक सम्पन्न
३जेनजी बिद्रोह र सुशासनको मृगतृष्णा
४नेकपा (बहुमत) ५ नं. ब्युरोको अन्तरक्रिया कार्यक्रम सम्पन्न
५नेकपा (बहुमत)ले भोली पत्रकार सम्मेलन गर्दै
प्रतिक्रिया