
१सांसद खगेन्द्र सुनारमाथि छानबिन गरी कारबाही गर्न महिला संगठनको माग
२चाडपर्वमा कालोबजारी, मदिरा र यातायात मनपरी नियन्त्रण गर्न नेकपा (बहुमत) दार्चुलाको माग
३नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
४पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
५नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
६वैचारिक संघर्षबारे
७जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
८ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
९बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
१०ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
११‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
१जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
२वैचारिक संघर्षबारे
३नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
४नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
५पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
६सांसद खगेन्द्र सुनारमाथि छानबिन गरी कारबाही गर्न महिला संगठनको माग
७चाडपर्वमा कालोबजारी, मदिरा र यातायात मनपरी नियन्त्रण गर्न नेकपा (बहुमत) दार्चुलाको माग
काठमाडौँ । नेकपा (बहुमत) सम्वद्ध अखिल (क्रान्तिकारी)ले त्रिभुवन विश्वविद्यालयमा भएको डीन र निर्देशक नियुक्ति प्रक्रियाप्रति आपत्ति जनाएको छ । राजनीतिक भागबण्डाको आधारमा आठ जना डीन र तीन जना निर्देशक नियुक्ति गरिएको उल्लेख गर्दै क्रान्तिकारीले तत्काल बदर गर्न माग गरेको छ ।
अध्यक्ष विरेन्द्र शाहले आज विज्ञप्ति जारी गर्दै त्रिविका कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो निर्देशनमा विश्वविद्यालयमा राजनीतिक हस्तक्षेप निम्त्याइएको दावी गरे । ‘प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो निर्देशनमा विश्वविद्यालयमा राजनीतिक हस्तक्षेप भएको कुरा घामजत्तिकै छर्लङ्ग भएको छ’, विज्ञप्तिमा लेखिएको छ ।
उपकुलपति केशरजंग बरालले राजनीतिक भागबण्डाको अन्त्य गर्नुको साटो भ्रष्ट र संसदीय पार्टीहरुसँग सम्झौता गरेर डीन र निर्देशक नियुक्ति गरेको क्रान्तिकारीको आरोप छ । यसलाई दु:खद कदम भन्दै विज्ञप्तिमा भनिएको छ, ‘उपकुलपति केशरजंग बरालले भ्रष्ट संसदीय पार्टीहरुसँग सम्झौता गरी राजनीतिक हस्तक्षेपलाई स्वीकार्दै नियुक्ति प्रक्रिया अगाडि बढाउनु दुःखद्, गैरजिम्मेवार र पदिय मर्यादाविपरीत भएको ठहर्छ ।’
उक्त नियुक्ति बदर गरेर मेरिटको आधारमा नयाँ नियुक्ति प्रक्रिया अगाडि बढाउन आग्रह गर्दै क्रान्तिकारीले अन्यथा सशक्त संघर्षमा उत्रिने चेतावनीसमेत दिएको छ ।
‘आठ जना डीन र तीन जना निर्देशकहरुको नियुक्ति प्रक्रिया राजनीतिक भागबण्डाका आधारमा संसदीय पार्टीहरु काँग्रेस, एमाले र माओवादी (केन्द्र) ले भाग लगाएर बाँडीचुँडी लिएका छन् । संसदीय पार्टीहरुको उक्त प्रक्रियाप्रति हाम्रो संगठन घोर भर्त्सना र निन्दा व्यक्त गर्दछ’, विज्ञप्तिमा भनिएको छ ।
प्रतिक्रिया