
१नेकपा (बहुमत) कैलालीले शुरु गर्यो जनसंविधानका लागि जनसंघर्ष अभियान
२कम्युनिस्ट युवा संगठन नेपाल ६ नं. ब्यूरोको बैठक सम्पन्न, भ्रष्टाचार विरुद्ध संघर्ष गर्ने घोषणा
३बहुमत निकट अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको बैठक सम्पन्न : निशुल्क शिक्षाको लागि अभियान चलाउने
४मिटरब्याज तथा लघुवित्तीय शोषणविरुद्ध सामुहिक प्रतिरोध गर्ने पीडितको प्रतिवद्वता
५नेकपा (बहुमत) कञ्चनपुरद्धारा भिमदत्त पन्तको शालिकमा माला लगाएर जनसंविधानका लागि जनसंघर्ष अभियान सुरु
६लडाई जारी रहँदा कम्बोडियाले थाइल्यान्डसँगको सीमा नाका बन्द गरेको घोषणा
७नेकपा (बहुमत) बर्दियाद्वारा जनसंविधानका लागि जनसंघर्ष अभियान सुरु
८कम्युनिस्ट युवा संगठन नेपालको संघर्ष पश्चात अख्तियारद्धारा आरोप पत्र दायर , उपाध्यक्ष नाथ को पद गुम्यो
९नेकपा(बहुमत)चितवनको आयोजनामा “जनसंविधान र स्वाधीन संयुक्त सरकारको आवश्यकता”बारे अन्तरक्रिया सम्पन्न
१०नेकपा (बहुमत) रौतहटको बैठक सम्पन्न, पार्टी अभियानलाई तीव्र पार्ने निर्णय
११नेकपा (बहुमत) १ नं. ब्युरोले कटारीबाट “जनसंविधानका लागि जनसंघर्ष अभियान” शुरु गर्यो
१२दाङमा नेकपा (बहुमत)को राजनैतिक प्रशिक्षण सम्पन्न, चुनाव बहिष्कार गर्ने घोषणा
१हामी दीर्घकालीन जनयुद्धको बाटो जारी राख्नेछौँ : भाकपा(माओवादी)
२जेनजी बिद्रोह र सुशासनको मृगतृष्णा
३आन्तरिक समीक्षा र दीर्घकालीन योजना सहित कम्युनिष्ट युवा संगठन नेपालको बैठक सम्पन्न
४नेकपा (बहुमत) ५ नं. ब्युरोको अन्तरक्रिया कार्यक्रम सम्पन्न
५नेकपा (बहुमत)ले भोली पत्रकार सम्मेलन गर्दै
६संसदीय व्यवस्थाबाट क्रान्ति सम्भव छैन
७नेकपा(बहुमत)२ नम्बर ब्युरोको बैठक सम्पन्न, फागुन २१ को चुनाव बहिष्कार गर्ने घोषणा
८नेकपा(बहुमत) निकट युवा संगठनद्वारा राष्ट्रिय आवास कम्पनी प्रमुखमाथि कार्यकक्षमै कालोमोसो
९नेकपा (बहुमत) बाँकेद्वारा जनसंविधानका लागि जनसंघर्ष अभियान सुरु
१०नेकपा(बहुमत) काठमाण्डौको बैठक सम्पन्न
११बहुमत निकट अखिल (क्रान्तिकारी) सुदूरपश्चिम प्रदेशको बैठक महत्वपूर्ण निर्णयसहित सम्पन्न
१२शान्ति सम्झौता असफल भएको दाबी गर्दै दाङमा नेकपा (बहुमत) र क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालद्वारा कोणसभा सम्पन्न
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का महासचिव कञ्चनले ऐतिहासिक जनयुद्धको ३० औं वर्षगाँठको अवसरमा देशका सम्पूर्ण सर्वहारा श्रमजीवी र उत्पीडित जनसमुदायलगायत सम्पूर्ण नेपाली जनतामा क्रान्तिकारी रूपान्तरणको हार्दिक शुभकामना व्यक्त गरेका छन् ।
दिवसको अवसरमा एक प्रेस वक्तव्य जारी गर्दै उनले माओवादी पार्टी मिलेराँवादमा पतन भएपछि कम्युनिस्ट पार्टीभित्र देखिएका सुधारवाद, संशोधनवाद, अर्थवाद, व्यवहारवाद, गुटवाद, सङ्कीर्णतावाद र समग्रमा विसर्जनवादका विरुद्ध गरिएका निर्मम सङ्घर्षको बिचबाट आफ्नो पार्टी क्रान्तिकारी झन्डा उठाउँदै वैचारिक, राजनीतिक र सङ्गठनात्मक दृष्टिले सुदृढ पार्टीको रूपमा खडा बताएका छन् । यसले मार्क्सवाद-लेनिनवाद-माओवादलाई नयाँ उचाइमा उठाएको र द्वन्द्वात्मक भौतिकवादी सिद्धान्तलाई अझ दहो गरी पकडेको व्यक्तव्यमा उल्लेख छ ।
जनयुद्धको इतिहासका जति दिनहरू बित्दै जान्छन्, त्यति नै त्यसको महत्व स्वर्णिम अक्षरभै अझ चमकदार भएर मुखरित हुँदै जाने उनको भनाइ छ । ‘२०५२ साल फागुन १ गते सुरु भएको महान् जनयुद्धका ३० वर्षहरू पार भएका छन् । जनयुद्धको इतिहासका जति दिनहरू बित्दै जान्छन्, त्यति नै त्यसको महत्व स्वर्णिम अक्षरभै अझ चमकदार भएर मुखरित हुन्छन् । समान्यतः ३ हजार वर्ष पुरानो र विशेषतः २५० वर्ष पुरानो केन्द्रीकृत सामन्ती राजतन्त्रको अन्त्य गरी गणतन्त्रको स्थापना गरेको जनयुद्ध आफैँमा कति महान् थियो भन्ने तथ्य आगामी पिंढीका लागि अत्यन्तै महत्वको हुनेछ । यस प्रकारको इतिहास रच्ने ती महान् सहिदहरूप्रति हाम्रो पार्टी हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ, ती महान् बेपत्ता योद्धाहरूको स्मरण गर्दछ र ती घाइते वीर योद्धाहरूप्रति हार्दिक सम्मान व्यक्त गर्दछ ।’ उनले भनेका छन् ।
साथै उनले नेपाली कम्युनिस्ट आन्दोलनले भोग्नुपरेका आरोह-अवरोहबाट पाठ सिक्दै, नेपालका क्रान्तिप्रेमी कम्युनिस्टहरूलाई एकताबद्ध गर्दै आगामी दिनमा वैज्ञानिक समाजवादी क्रान्ति सम्पन्न गरी देशलाई समाजवादी गणतन्त्रमा बदल्न आफ्नो पार्टी प्रतिबद्ध रहेको समेत उल्लेख गरेका छन् ।
देशमा विद्यमान दलाल पुँजीवादी व्यवस्थालाई बलपूर्वक समूल नष्ट गरी वैज्ञानिक समाजवादी सत्ता स्थापना गर्ने सशक्त आन्दोलनमा खडा हुन पनि उनले सबैमा अपिल गरेका छन् ।
‘नेपाली कम्युनिस्ट आन्दोलनले भोग्नुपरेका आरोह-अवरोहबाट पाठ सिक्दै, नेपालका क्रान्तिप्रेमी कम्युनिस्टहरूलाई एकताबद्ध गर्दै आगामी दिनमा वैज्ञानिक समाजवादी क्रान्ति सम्पन्न गरी देशलाई समाजवादी गणतन्त्रमा बदल्न हाम्रो पार्टी प्रतिबद्ध रहेको छ । यो ऐतिहासिक अवसरमा हाम्रो पार्टी देशका सम्पूर्ण सर्वहारा श्रमजीवी र उत्पीडित जनसमुदायलगायत सम्पूर्ण नेपाली जनतामा क्रान्तिकारी रूपान्तरणको हार्दिक शुभकामना व्यक्त गर्दछ । देशमा विद्यमान दलाल पुँजीवादी व्यवस्थालाई बलपूर्वक समूल नष्ट गरी वैज्ञानिक समाजवादी सत्ता स्थापना गर्ने सशक्त आन्दोलनमा खडा हुन पनि हार्दिक अपिल गर्दछ ।’ वक्तव्यमा भनिएको छ ।

१हामी दीर्घकालीन जनयुद्धको बाटो जारी राख्नेछौँ : भाकपा(माओवादी)
२जेनजी बिद्रोह र सुशासनको मृगतृष्णा
३आन्तरिक समीक्षा र दीर्घकालीन योजना सहित कम्युनिष्ट युवा संगठन नेपालको बैठक सम्पन्न
४नेकपा (बहुमत) ५ नं. ब्युरोको अन्तरक्रिया कार्यक्रम सम्पन्न
५नेकपा (बहुमत)ले भोली पत्रकार सम्मेलन गर्दै
प्रतिक्रिया