
१नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
२पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
३नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
४वैचारिक संघर्षबारे
५जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
६ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
७बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
८ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
९‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
१२नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
५वैचारिक संघर्षबारे
६‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
७नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
८नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
९पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का महासचिव कञ्चनले ऐतिहासिक जनयुद्धको ३० औं वर्षगाँठको अवसरमा देशका सम्पूर्ण सर्वहारा श्रमजीवी र उत्पीडित जनसमुदायलगायत सम्पूर्ण नेपाली जनतामा क्रान्तिकारी रूपान्तरणको हार्दिक शुभकामना व्यक्त गरेका छन् ।
दिवसको अवसरमा एक प्रेस वक्तव्य जारी गर्दै उनले माओवादी पार्टी मिलेराँवादमा पतन भएपछि कम्युनिस्ट पार्टीभित्र देखिएका सुधारवाद, संशोधनवाद, अर्थवाद, व्यवहारवाद, गुटवाद, सङ्कीर्णतावाद र समग्रमा विसर्जनवादका विरुद्ध गरिएका निर्मम सङ्घर्षको बिचबाट आफ्नो पार्टी क्रान्तिकारी झन्डा उठाउँदै वैचारिक, राजनीतिक र सङ्गठनात्मक दृष्टिले सुदृढ पार्टीको रूपमा खडा बताएका छन् । यसले मार्क्सवाद-लेनिनवाद-माओवादलाई नयाँ उचाइमा उठाएको र द्वन्द्वात्मक भौतिकवादी सिद्धान्तलाई अझ दहो गरी पकडेको व्यक्तव्यमा उल्लेख छ ।
जनयुद्धको इतिहासका जति दिनहरू बित्दै जान्छन्, त्यति नै त्यसको महत्व स्वर्णिम अक्षरभै अझ चमकदार भएर मुखरित हुँदै जाने उनको भनाइ छ । ‘२०५२ साल फागुन १ गते सुरु भएको महान् जनयुद्धका ३० वर्षहरू पार भएका छन् । जनयुद्धको इतिहासका जति दिनहरू बित्दै जान्छन्, त्यति नै त्यसको महत्व स्वर्णिम अक्षरभै अझ चमकदार भएर मुखरित हुन्छन् । समान्यतः ३ हजार वर्ष पुरानो र विशेषतः २५० वर्ष पुरानो केन्द्रीकृत सामन्ती राजतन्त्रको अन्त्य गरी गणतन्त्रको स्थापना गरेको जनयुद्ध आफैँमा कति महान् थियो भन्ने तथ्य आगामी पिंढीका लागि अत्यन्तै महत्वको हुनेछ । यस प्रकारको इतिहास रच्ने ती महान् सहिदहरूप्रति हाम्रो पार्टी हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ, ती महान् बेपत्ता योद्धाहरूको स्मरण गर्दछ र ती घाइते वीर योद्धाहरूप्रति हार्दिक सम्मान व्यक्त गर्दछ ।’ उनले भनेका छन् ।
साथै उनले नेपाली कम्युनिस्ट आन्दोलनले भोग्नुपरेका आरोह-अवरोहबाट पाठ सिक्दै, नेपालका क्रान्तिप्रेमी कम्युनिस्टहरूलाई एकताबद्ध गर्दै आगामी दिनमा वैज्ञानिक समाजवादी क्रान्ति सम्पन्न गरी देशलाई समाजवादी गणतन्त्रमा बदल्न आफ्नो पार्टी प्रतिबद्ध रहेको समेत उल्लेख गरेका छन् ।
देशमा विद्यमान दलाल पुँजीवादी व्यवस्थालाई बलपूर्वक समूल नष्ट गरी वैज्ञानिक समाजवादी सत्ता स्थापना गर्ने सशक्त आन्दोलनमा खडा हुन पनि उनले सबैमा अपिल गरेका छन् ।
‘नेपाली कम्युनिस्ट आन्दोलनले भोग्नुपरेका आरोह-अवरोहबाट पाठ सिक्दै, नेपालका क्रान्तिप्रेमी कम्युनिस्टहरूलाई एकताबद्ध गर्दै आगामी दिनमा वैज्ञानिक समाजवादी क्रान्ति सम्पन्न गरी देशलाई समाजवादी गणतन्त्रमा बदल्न हाम्रो पार्टी प्रतिबद्ध रहेको छ । यो ऐतिहासिक अवसरमा हाम्रो पार्टी देशका सम्पूर्ण सर्वहारा श्रमजीवी र उत्पीडित जनसमुदायलगायत सम्पूर्ण नेपाली जनतामा क्रान्तिकारी रूपान्तरणको हार्दिक शुभकामना व्यक्त गर्दछ । देशमा विद्यमान दलाल पुँजीवादी व्यवस्थालाई बलपूर्वक समूल नष्ट गरी वैज्ञानिक समाजवादी सत्ता स्थापना गर्ने सशक्त आन्दोलनमा खडा हुन पनि हार्दिक अपिल गर्दछ ।’ वक्तव्यमा भनिएको छ ।



१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
५वैचारिक संघर्षबारे
प्रतिक्रिया