
१नेकपा (बहुमत) कञ्चनपुरद्धारा भिमदत्त पन्तको शालिकमा माला लगाएर जनसंविधानका लागि जनसंघर्ष अभियान सुरु
२लडाई जारी रहँदा कम्बोडियाले थाइल्यान्डसँगको सीमा नाका बन्द गरेको घोषणा
३नेकपा (बहुमत) बर्दियाद्वारा जनसंविधानका लागि जनसंघर्ष अभियान सुरु
४कम्युनिस्ट युवा संगठन नेपालको संघर्ष पश्चात अख्तियारद्धारा आरोप पत्र दायर , उपाध्यक्ष नाथ को पद गुम्यो
५नेकपा(बहुमत)चितवनको आयोजनामा “जनसंविधान र स्वाधीन संयुक्त सरकारको आवश्यकता”बारे अन्तरक्रिया सम्पन्न
६नेकपा (बहुमत) रौतहटको बैठक सम्पन्न, पार्टी अभियानलाई तीव्र पार्ने निर्णय
७नेकपा (बहुमत) १ नं. ब्युरोले कटारीबाट “जनसंविधानका लागि जनसंघर्ष अभियान” शुरु गर्यो
८दाङमा नेकपा (बहुमत)को राजनैतिक प्रशिक्षण सम्पन्न, चुनाव बहिष्कार गर्ने घोषणा
९जनसंविधानका लागि जनसंघर्ष अभियानअन्तर्गत रूपन्देहीमा नेकपा (बहुमत)५ नं. ब्यूरोको राजनीतिक प्रशिक्षण
१०अछामका ११ वर्षीय बालक किड्नी निकालिएको अवस्थामा फेला, प्रगतिशील नेपाली जनसमाज समितिद्धारा छानविनको माग
११नेकपा(बहुमत) भारत उपब्युरोको बैठक सम्पन्न : संगठनात्मक कामलाई प्राथमिक्ता दिने
१२नेकपा (बहुमत) बाँकेद्वारा जनसंविधानका लागि जनसंघर्ष अभियान सुरु
१हामी दीर्घकालीन जनयुद्धको बाटो जारी राख्नेछौँ : भाकपा(माओवादी)
२जेनजी बिद्रोह र सुशासनको मृगतृष्णा
३आन्तरिक समीक्षा र दीर्घकालीन योजना सहित कम्युनिष्ट युवा संगठन नेपालको बैठक सम्पन्न
४नेकपा (बहुमत)ले भोली पत्रकार सम्मेलन गर्दै
५नेकपा (बहुमत) ५ नं. ब्युरोको अन्तरक्रिया कार्यक्रम सम्पन्न
६संसदीय व्यवस्थाबाट क्रान्ति सम्भव छैन
७नेकपा(बहुमत)२ नम्बर ब्युरोको बैठक सम्पन्न, फागुन २१ को चुनाव बहिष्कार गर्ने घोषणा
८नेकपा(बहुमत) निकट युवा संगठनद्वारा राष्ट्रिय आवास कम्पनी प्रमुखमाथि कार्यकक्षमै कालोमोसो
९नेकपा(बहुमत) काठमाण्डौको बैठक सम्पन्न
१०नेकपा (बहुमत) बाँकेद्वारा जनसंविधानका लागि जनसंघर्ष अभियान सुरु
११बहुमत निकट अखिल (क्रान्तिकारी) सुदूरपश्चिम प्रदेशको बैठक महत्वपूर्ण निर्णयसहित सम्पन्न
१२शान्ति सम्झौता असफल भएको दाबी गर्दै दाङमा नेकपा (बहुमत) र क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालद्वारा कोणसभा सम्पन्न
लोकबहादुर सुनार
नेपालमा जातीय विभेद र जात व्यवस्था जब्बर रुपमा रहेको छ । जुन देशमा जातको आधारमा समाजको निर्माण गरिएको हुन्छ, त्यो देशको समाज सबैभन्दा विभेदयुक्त हुन्छ र पछिडिएको हुन्छ । त्यसको एउटा उदाहरण नेपाल हो । भारत पनि अर्को दरिलो उदाहरण हो । यस आलेखमा हामी यसै विषयमा सोधिखोजी गर्ने प्रयासमा छौं । मान्न त दक्षिण एसियालाई धेरै मानवशास्त्रीहरुले मानव जातिकै उत्पत्तिको थलो मानेका छन् ।
तर इतिहासका दस्तावेजहरुले त्यो कुराको पुष्टि गर्दैनन् । दक्षिण एसियामा आर्यहरुको प्रवेश हुनुभन्दा पहिलेको साहित्य प्राप्त नभएकोले मानव जातिकै उत्पति एसियामा भएको प्रमाण मिल्दैन । आर्यहरुको प्रवेश भन्दा पहिले दक्षिण एसिया मूलतः हालको भारतमा द्रविड र आष्ट्रिक मुलका विभिन्न जातिहरुको बसोबास र सभ्यता रही आएको कुरामा सबै विद्धानहरु सहमत छन् । ती जातिहरुबीच आदिम कविला समाज र दास युगका चरणहरु कसरी विकसित भए भन्ने बारेको अनुसन्धानमा समस्याहरु छन् ।
तर उनीहरुले सिन्धु घाँटी (उपत्यका)मा निर्माण गरेको हरप्पा र मोहनजोदाडोको सभ्यता (ईपूर्व ३२२५,ईपू २७५०) साक्षिको रुपमा उपस्थित छ । भारतीय समतल भूमि र उष्णकटिबन्ध क्षेत्र भएकाले यहाँ द्रविड र आष्ट्रिक मुलका जातिहरु कालो, रातो र पहेँलो वर्णका थिए । उनीहरुको नाक चुच्चो, कपाल कालो र टाउको थेप्चो थियो । आर्यहरुले शित प्रदेशबाट यात्रा सुरु गरेकाले उनीहरुको रङ गोरो, कपाल खैरो, नाक धारिलो र टाउको लाम्चो थियो । भारतमा उनीहरु इरानतिरबाट प्रवेश गरेको भन्नेमा धेरैमा समान मत रहेको छ ।
इसापूर्व ३,००० तिर अर्थात् करिव ५,००० वर्ष पहिले आर्यहरु भारत प्रवेश गरी त्यहाँको सामाजिक र आर्थिक जीवनमा हस्तक्षेप गरेको पाइन्छ । दक्षिण एसियाली उपमहाद्धिपको र संसारकै पुरानो संकलित ग्रन्थ ऋग्वेद हो । जुन आर्यहरुद्धारा रचिएको ग्रन्थ हो । यसको चरनाकाल ईसापूर्व (१५००–१०००) मानिएको छ ।
ऋग्वेदको रचनाकाल यही समय मानिएपनि यसमा भारतमा आर्यहरुको प्रवेशपछि आर्यहरुकाबीच पहिले देखि नै प्रचलित कम्तीमा ५ हजार वर्ष अघिदेखिका धारणाहरु संकलित छन् । आर्यहरुबीच मौखिकरुपमा एक पुस्ताबाट अर्को पुस्तामा सर्दै आएका ऋग्वेका मन्त्र वा भनाईदहरुलाई नै ईसापूर्व १५००–१००० को बीचमा संकलित र सम्पादित गरिएको थियो । त्यसलाई संकलन र सम्पादन गर्ने काम ब्यास ऋषिले गरेकाले उनको नाम वेदव्यास रहेको भन्ने अनुमान धेरैको रहेको छ ।
ऋग्वेदको दश मण्डलमध्ये दशौं मण्डलमा वेदब्यासकालीन धारणा र मान्यता रहेको मानिएको छ । ऋग्वेदका अघिल्ला मण्डलहरुका ऋचाहरुमा कतैपनि वर्ण व्यवस्थाको उल्लेख छैन । तर पछिल्लो दशौं मण्डलमा पुगेपछि मात्र ‘त्यस वीर पुरुषको मुख ब्राहमण, हात क्षेत्री, जांघ वैश्य र खुट्टा शुद्र थिए’ भनि उल्लेख भएको पाइन्छ । यसको अर्थ हो, ईसापूर्व १००० देखि पछि नै वर्ण व्यवस्थाको जग बसाइएको थियो ।
भारतमा आर्यहरुको प्रवेश (ईसापूर्व ३०००) पछि स्वभाविकरुपमा सामाजिक र राजनीतिक प्रभुत्वका लागि उनीहरुले यहाँका द्रविड र आष्ट्रिक मुलका जातिहरुको सभ्यतामाथि आक्रमणको सिलसिला सुरु गरे । आर्यहरुको वर्णमा रङ गोरो र अरुको वर्ण रङ रातो, पहेंलो र कालो भएकोले आर्यहरुको विजयको सिलसिलासँगै गोरो बाहेकका रङका जातिहरुलाई घृणा गर्ने आर्यहरुको अहंकारको रुपमा सुरुवात भएको कुरालाई सजिलै बुझ्न सकिन्छ । त्यसैले सुरुमा वर्ण शब्दको प्रयोग विभेदको अर्थमा मात्र भएको थियो ।
भारतीय समथर भूमीमा आर्यहरुको राज्य स्थापनासँगै आर्यद्धारा शासित दास व्यवस्थाको सुरुवात भएको हो । जनसंख्याको वृद्धिसँगै आर्य कविलाहरुको विभाजन र उनीहरु बीचको युद्ध पनि सुरु भएको हो । अनार्य कविलाहरुसँगको लगातारको युद्ध अनि अनार्यहरुलाई आर्यकरण गर्ने प्रकृयासँगसँगै युद्धमा पराजित आर्य कविलाहरु र अनार्य कविलाहरु दासमा फेरिने क्रम अगाडी बढ्यो । दास व्यवस्था जति जति अघि बढ्यो त्यति त्यति समाजका आवश्यकताहरुपनि बढ्दै गए । त्यसपछि श्रम विभाजन झन बढाउनु पर्ने भयो ।
दास व्यवस्थामा नै श्रम विभाजनको व्यापकता र विविधता अन्यत्र जस्तै यहाँ पनि भयो । स्वभाविकरुपमा विजेता आर्यहरुको राज्यले आर्य वा अनार्य मुलका दासहरु र पराश्रित आर्य र अनार्य कविलाहरुका जनसमुदायबाट सबै श्रमजन्य कामहरु गराउन थाल्यो । श्रम विभाजनाको यही सिलसिलामा नै पुरोहित, ज्ञान, शिक्षा आदि बौद्धिक काम गर्ने ब्राहमण, सैनिक शासकीय काम गर्ने क्षेत्री, पशुपालन, खेती र व्यापार गर्ने वैश्य, शिल्पकारी र सेवाको काम गर्ने शुद्र गरी चार वर्णको विभाजन गरियो ।
यसरी ब्राहमणद्धारा शासित आर्य राज्यले वर्ण विभाजनलाई विस्तारै धर्मको रुप दियो । र यसले ब्राहमण धर्म (चार वर्ण) र जीवनका चार आश्रम भएको वर्णश्रम व्यवस्थाको जग बसाल्यो ।
सुरुमा रङको अर्थमा मात्र प्रयोग भएको वर्ण शब्द वर्णाश्रम धर्मसम्म आइपुग्दा सामाजिक र मर्यादा श्रम समूहको पहिचान दिने अर्थमा फेरियो । सबै दासहरु शुद्र थिए, तर सबै शुद्रहरु दास थिएनन् । दासलाई किन्न, बेच्न, मार्न अर्थात् बोल्ने पशुकोरुपमा ब्यवहार गर्न सकिन्थ्यो तर शुद्रलाई भने नियुक्त गरिएको श्रमसेवामा मात्र लिइन्थ्यो । शुद्रहरुको स्थान दासहरुको भन्दा गुणात्मक अर्थमा नै माथि थियो । लामो समयसम्म शुद्र शब्द ती सम्पूर्ण श्रमजीवी वर्गको साझा वर्ग नाम थियो । जो माथिल्ला ३ वर्णको सेवामूलक र शिपमूलक श्रम गर्थे ।
संसारको इतिहासलाई हेर्दा दक्षिण एसियामा रोम, ग्रीस वा चीनको जस्तो विशाल र क्रुर दासराज्यहरु भेटिँदैनन् । यसको कारण सम्भवतः यही थियो कि वर्ण व्यवस्था कायम गरिसकेपछि भारतमा सेवामूलक काम गराउन सिँगै बस्तीलाई नै दासमा परिणत गराउन आवश्यक नै भएन । बरु त्यस्ता कामहरु अन्त जुन दासहरुले गर्थे, भारतमा धेरै यस्ता कामहरु शुद्रबाट नै कम कठिनाइका साथ ब्राहमण राज्यले लिन सक्थ्यो । यसरी वर्ण व्यवस्था खडा गरिएपछि एकहजार वर्षसम्म पनि त्यस वर्ण व्यवस्थाभित्र छुवाछुत प्रथा लादिएको थिएन ।
सबै वर्गका व्यक्तिहरुले शास्त्रहरु पढ्ने गर्थे । योग्यता र शासक वर्गको स्वीकृतिमा वर्ण परिवर्तन पनि गर्न सक्थे । शुद्र वा वैश्य वंशका विशेष साहसी प्रतिभाहरुलाई वर्ण नै परिवर्तन गरी शासक वर्गले आफ्नो ब्राहमण र क्षेत्रीय वर्णमा सामेल गराएका उदाहरणहरु शास्त्रमा पाइन्छन् । वर्णाश्रमी ब्राहमण सुरुमा ब्राहमण धर्म मान्दथियो । पछि पारसवासीले सिन्धुघाँटीको वरपर बस्नेलाई हिन्दुजाति र तीनको धर्मलाई हिन्दु धर्म भन्न थालेपछि नै समयक्रममा ब्राहमण धर्मलाई हिन्दु धर्म भन्न थालियो । पारसी भाषामा ‘स’ को उच्चारण ‘ह’ भन्ने भएकोले सिन्धुलाई हिन्दु भन्न थालियो ।
१हामी दीर्घकालीन जनयुद्धको बाटो जारी राख्नेछौँ : भाकपा(माओवादी)
२जेनजी बिद्रोह र सुशासनको मृगतृष्णा
३आन्तरिक समीक्षा र दीर्घकालीन योजना सहित कम्युनिष्ट युवा संगठन नेपालको बैठक सम्पन्न
४नेकपा (बहुमत)ले भोली पत्रकार सम्मेलन गर्दै
५नेकपा (बहुमत) ५ नं. ब्युरोको अन्तरक्रिया कार्यक्रम सम्पन्न
प्रतिक्रिया