
१चुनाव किन खारेज भनेको !
२हिरासतका ११ दिन : फलामे गेटभित्रको एउटा वैचारिक यात्रा
३नेपालको चुवावले अनुहार फेरिए पनि जनताको कथा भने यथावत रहनेछ
४दक्षिण एशियाका २२ विद्यार्थी संगठनद्वारा इरानमाथि भएको सैन्य आक्रमणको विरोध
५अखिल नेपाल महिला संगठनद्वारा ११६औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको शुभकामना
६निर्वाचन ‘धोका’ भएको बहुमतको निष्कर्ष, नयाँ राजनीतिक संघर्ष आवश्यक भएको भनाई
७चितवनको नारायणी नमूना माविको मतदान केन्द्रमा नेकपा (बहुमत)को प्रदर्शन
८चुनाव विरोधी गतिविधि गरेको अभियोगमा नेकपा(बहुमत)का चार नेता पक्राउ, रिहाइको माग
९कास्कीमा नेकपा (बहुमत) का चार नेता पक्राउ, पार्टीद्वारा रिहाइको माग
१०पुरानै सत्तालाई निरन्तरता दिने चुनाव खारेज गर्न नेकपा(बहुमत) को अपिल
११चुनावलाई बहिष्कार गरी धक्का सिर्जना गर्न संयुक्त संघर्ष समितिको अपिल
१२बर्दियाबाट नेकपा (बहुमत) का ब्युरो कार्यालय सचिव पक्राउ
१चुनाव खारेज किन ?
२चुवाव खारेजी र महासचिव पक्राउको विरोधमा नेकपा(बहुमत)को देशभर मशाल जुलुस
३नेकपा(बहुमत) सुदूरपश्चिमद्वारा १६ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी फिर्ता गर्न पत्राचार
४अहिलेको निकास राजनीतिक स्थिरता, सामाजिक रुपान्तरण, शान्ति, समृद्धि र स्वाधीनता हुने गरी संविधानमा परिवर्तन हो ।
५नेकपा(बहुमत)का सचिवालय सदस्य काठमाण्डौंको किर्तिपुरबाट पक्राउ, रिहाइको माग
६महासचिव लगाएत नेताहरूको गिरफ्तारीको बिरुद्ध नेकपा(बहुमत) आन्दोलित : पुतला दहनदेखि मशाल जुलुस सम्म
७नेपाल बन्दपछि नेकपा(बहुमत)को धन्यवाद ज्ञापन, पक्राउ परेका नेताहरुको रिहाइ माग
८फागुन ५ गतेको नेपाल बन्द चुनाव खारेजीका लागि हो : नेकपा(बहुमत)
९पुरानै सत्तालाई निरन्तरता दिने चुनाव खारेज गर्न नेकपा(बहुमत) को अपिल
१०बुटवल र कपिलवस्तुबाट नेकपा (बहुमत)का नेता पक्राउ, पार्टीको कडा आपत्ति
११चुनावलाई बहिष्कार गरी धक्का सिर्जना गर्न संयुक्त संघर्ष समितिको अपिल
१२इरानमाथि भएको आक्रमणको विरोधमा नेकपा (बहुमत) विदेश ब्युरोको कडा प्रतिक्रिया
लोकबहादुर सुनार
नेपालमा जातीय विभेद र जात व्यवस्था जब्बर रुपमा रहेको छ । जुन देशमा जातको आधारमा समाजको निर्माण गरिएको हुन्छ, त्यो देशको समाज सबैभन्दा विभेदयुक्त हुन्छ र पछिडिएको हुन्छ । त्यसको एउटा उदाहरण नेपाल हो । भारत पनि अर्को दरिलो उदाहरण हो । यस आलेखमा हामी यसै विषयमा सोधिखोजी गर्ने प्रयासमा छौं । मान्न त दक्षिण एसियालाई धेरै मानवशास्त्रीहरुले मानव जातिकै उत्पत्तिको थलो मानेका छन् ।
तर इतिहासका दस्तावेजहरुले त्यो कुराको पुष्टि गर्दैनन् । दक्षिण एसियामा आर्यहरुको प्रवेश हुनुभन्दा पहिलेको साहित्य प्राप्त नभएकोले मानव जातिकै उत्पति एसियामा भएको प्रमाण मिल्दैन । आर्यहरुको प्रवेश भन्दा पहिले दक्षिण एसिया मूलतः हालको भारतमा द्रविड र आष्ट्रिक मुलका विभिन्न जातिहरुको बसोबास र सभ्यता रही आएको कुरामा सबै विद्धानहरु सहमत छन् । ती जातिहरुबीच आदिम कविला समाज र दास युगका चरणहरु कसरी विकसित भए भन्ने बारेको अनुसन्धानमा समस्याहरु छन् ।
तर उनीहरुले सिन्धु घाँटी (उपत्यका)मा निर्माण गरेको हरप्पा र मोहनजोदाडोको सभ्यता (ईपूर्व ३२२५,ईपू २७५०) साक्षिको रुपमा उपस्थित छ । भारतीय समतल भूमि र उष्णकटिबन्ध क्षेत्र भएकाले यहाँ द्रविड र आष्ट्रिक मुलका जातिहरु कालो, रातो र पहेँलो वर्णका थिए । उनीहरुको नाक चुच्चो, कपाल कालो र टाउको थेप्चो थियो । आर्यहरुले शित प्रदेशबाट यात्रा सुरु गरेकाले उनीहरुको रङ गोरो, कपाल खैरो, नाक धारिलो र टाउको लाम्चो थियो । भारतमा उनीहरु इरानतिरबाट प्रवेश गरेको भन्नेमा धेरैमा समान मत रहेको छ ।
इसापूर्व ३,००० तिर अर्थात् करिव ५,००० वर्ष पहिले आर्यहरु भारत प्रवेश गरी त्यहाँको सामाजिक र आर्थिक जीवनमा हस्तक्षेप गरेको पाइन्छ । दक्षिण एसियाली उपमहाद्धिपको र संसारकै पुरानो संकलित ग्रन्थ ऋग्वेद हो । जुन आर्यहरुद्धारा रचिएको ग्रन्थ हो । यसको चरनाकाल ईसापूर्व (१५००–१०००) मानिएको छ ।
ऋग्वेदको रचनाकाल यही समय मानिएपनि यसमा भारतमा आर्यहरुको प्रवेशपछि आर्यहरुकाबीच पहिले देखि नै प्रचलित कम्तीमा ५ हजार वर्ष अघिदेखिका धारणाहरु संकलित छन् । आर्यहरुबीच मौखिकरुपमा एक पुस्ताबाट अर्को पुस्तामा सर्दै आएका ऋग्वेका मन्त्र वा भनाईदहरुलाई नै ईसापूर्व १५००–१००० को बीचमा संकलित र सम्पादित गरिएको थियो । त्यसलाई संकलन र सम्पादन गर्ने काम ब्यास ऋषिले गरेकाले उनको नाम वेदव्यास रहेको भन्ने अनुमान धेरैको रहेको छ ।
ऋग्वेदको दश मण्डलमध्ये दशौं मण्डलमा वेदब्यासकालीन धारणा र मान्यता रहेको मानिएको छ । ऋग्वेदका अघिल्ला मण्डलहरुका ऋचाहरुमा कतैपनि वर्ण व्यवस्थाको उल्लेख छैन । तर पछिल्लो दशौं मण्डलमा पुगेपछि मात्र ‘त्यस वीर पुरुषको मुख ब्राहमण, हात क्षेत्री, जांघ वैश्य र खुट्टा शुद्र थिए’ भनि उल्लेख भएको पाइन्छ । यसको अर्थ हो, ईसापूर्व १००० देखि पछि नै वर्ण व्यवस्थाको जग बसाइएको थियो ।
भारतमा आर्यहरुको प्रवेश (ईसापूर्व ३०००) पछि स्वभाविकरुपमा सामाजिक र राजनीतिक प्रभुत्वका लागि उनीहरुले यहाँका द्रविड र आष्ट्रिक मुलका जातिहरुको सभ्यतामाथि आक्रमणको सिलसिला सुरु गरे । आर्यहरुको वर्णमा रङ गोरो र अरुको वर्ण रङ रातो, पहेंलो र कालो भएकोले आर्यहरुको विजयको सिलसिलासँगै गोरो बाहेकका रङका जातिहरुलाई घृणा गर्ने आर्यहरुको अहंकारको रुपमा सुरुवात भएको कुरालाई सजिलै बुझ्न सकिन्छ । त्यसैले सुरुमा वर्ण शब्दको प्रयोग विभेदको अर्थमा मात्र भएको थियो ।
भारतीय समथर भूमीमा आर्यहरुको राज्य स्थापनासँगै आर्यद्धारा शासित दास व्यवस्थाको सुरुवात भएको हो । जनसंख्याको वृद्धिसँगै आर्य कविलाहरुको विभाजन र उनीहरु बीचको युद्ध पनि सुरु भएको हो । अनार्य कविलाहरुसँगको लगातारको युद्ध अनि अनार्यहरुलाई आर्यकरण गर्ने प्रकृयासँगसँगै युद्धमा पराजित आर्य कविलाहरु र अनार्य कविलाहरु दासमा फेरिने क्रम अगाडी बढ्यो । दास व्यवस्था जति जति अघि बढ्यो त्यति त्यति समाजका आवश्यकताहरुपनि बढ्दै गए । त्यसपछि श्रम विभाजन झन बढाउनु पर्ने भयो ।
दास व्यवस्थामा नै श्रम विभाजनको व्यापकता र विविधता अन्यत्र जस्तै यहाँ पनि भयो । स्वभाविकरुपमा विजेता आर्यहरुको राज्यले आर्य वा अनार्य मुलका दासहरु र पराश्रित आर्य र अनार्य कविलाहरुका जनसमुदायबाट सबै श्रमजन्य कामहरु गराउन थाल्यो । श्रम विभाजनाको यही सिलसिलामा नै पुरोहित, ज्ञान, शिक्षा आदि बौद्धिक काम गर्ने ब्राहमण, सैनिक शासकीय काम गर्ने क्षेत्री, पशुपालन, खेती र व्यापार गर्ने वैश्य, शिल्पकारी र सेवाको काम गर्ने शुद्र गरी चार वर्णको विभाजन गरियो ।
यसरी ब्राहमणद्धारा शासित आर्य राज्यले वर्ण विभाजनलाई विस्तारै धर्मको रुप दियो । र यसले ब्राहमण धर्म (चार वर्ण) र जीवनका चार आश्रम भएको वर्णश्रम व्यवस्थाको जग बसाल्यो ।
सुरुमा रङको अर्थमा मात्र प्रयोग भएको वर्ण शब्द वर्णाश्रम धर्मसम्म आइपुग्दा सामाजिक र मर्यादा श्रम समूहको पहिचान दिने अर्थमा फेरियो । सबै दासहरु शुद्र थिए, तर सबै शुद्रहरु दास थिएनन् । दासलाई किन्न, बेच्न, मार्न अर्थात् बोल्ने पशुकोरुपमा ब्यवहार गर्न सकिन्थ्यो तर शुद्रलाई भने नियुक्त गरिएको श्रमसेवामा मात्र लिइन्थ्यो । शुद्रहरुको स्थान दासहरुको भन्दा गुणात्मक अर्थमा नै माथि थियो । लामो समयसम्म शुद्र शब्द ती सम्पूर्ण श्रमजीवी वर्गको साझा वर्ग नाम थियो । जो माथिल्ला ३ वर्णको सेवामूलक र शिपमूलक श्रम गर्थे ।
संसारको इतिहासलाई हेर्दा दक्षिण एसियामा रोम, ग्रीस वा चीनको जस्तो विशाल र क्रुर दासराज्यहरु भेटिँदैनन् । यसको कारण सम्भवतः यही थियो कि वर्ण व्यवस्था कायम गरिसकेपछि भारतमा सेवामूलक काम गराउन सिँगै बस्तीलाई नै दासमा परिणत गराउन आवश्यक नै भएन । बरु त्यस्ता कामहरु अन्त जुन दासहरुले गर्थे, भारतमा धेरै यस्ता कामहरु शुद्रबाट नै कम कठिनाइका साथ ब्राहमण राज्यले लिन सक्थ्यो । यसरी वर्ण व्यवस्था खडा गरिएपछि एकहजार वर्षसम्म पनि त्यस वर्ण व्यवस्थाभित्र छुवाछुत प्रथा लादिएको थिएन ।
सबै वर्गका व्यक्तिहरुले शास्त्रहरु पढ्ने गर्थे । योग्यता र शासक वर्गको स्वीकृतिमा वर्ण परिवर्तन पनि गर्न सक्थे । शुद्र वा वैश्य वंशका विशेष साहसी प्रतिभाहरुलाई वर्ण नै परिवर्तन गरी शासक वर्गले आफ्नो ब्राहमण र क्षेत्रीय वर्णमा सामेल गराएका उदाहरणहरु शास्त्रमा पाइन्छन् । वर्णाश्रमी ब्राहमण सुरुमा ब्राहमण धर्म मान्दथियो । पछि पारसवासीले सिन्धुघाँटीको वरपर बस्नेलाई हिन्दुजाति र तीनको धर्मलाई हिन्दु धर्म भन्न थालेपछि नै समयक्रममा ब्राहमण धर्मलाई हिन्दु धर्म भन्न थालियो । पारसी भाषामा ‘स’ को उच्चारण ‘ह’ भन्ने भएकोले सिन्धुलाई हिन्दु भन्न थालियो ।

१चुनाव खारेज किन ?
२चुवाव खारेजी र महासचिव पक्राउको विरोधमा नेकपा(बहुमत)को देशभर मशाल जुलुस
३नेकपा(बहुमत) सुदूरपश्चिमद्वारा १६ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी फिर्ता गर्न पत्राचार
४अहिलेको निकास राजनीतिक स्थिरता, सामाजिक रुपान्तरण, शान्ति, समृद्धि र स्वाधीनता हुने गरी संविधानमा परिवर्तन हो ।
५नेकपा(बहुमत)का सचिवालय सदस्य काठमाण्डौंको किर्तिपुरबाट पक्राउ, रिहाइको माग
प्रतिक्रिया