
३नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
४आत्मदाह गराउन बन्द गर
५नेकपा (बहुमत) भारत उपब्युरो अन्तर्गत पञ्जाब जिल्लाको प्रथम जिल्ला भेला सम्पन्न
६सबिनको नेतृत्वमा २१ सदस्यीय जिल्ला समिति चयन गर्दै नेकपा (बहुमत) कास्कीको भेला सम्पन्न,
७नेकपा (बहुमत) बाँकेको जिल्ला भेला सम्पन्न, चक्र थापाको नेतृत्वमा १३ सदस्यीय समिति चयन
८नेकपा (बहुमत) बर्दियाको दोस्रो जिल्ला भेला सम्पन्न, दिलमानको नेतृत्वमा ११ सदस्यीय समिति चयन
९भारतको महाराष्ट्रमा नेकपा (बहुमत)को जिल्ला भेला सम्पन्न, ९ सदस्यीय जिल्ला समिति चयन
१०विश्वविजय, सीमा आजादलगायतमाथि अवसरवादको आरोप लगाउँदै भाकपा (माओवादी)को वक्तव्य
११सीपीसीको १०५औँ स्थापना दिवसमा सी जिनपिङको सन्देश : चुनौती चिर्दै नयाँ यात्रामा अघि बढ्न आह्वान
१२नेकपा (बहुमत) दाङको दोस्रो जिल्ला भेला सम्पन्न, सजकको नेतृत्वमा जिल्ला समिति चयन
१विश्वविजय, सीमा आजादलगायतमाथि अवसरवादको आरोप लगाउँदै भाकपा (माओवादी)को वक्तव्य
२नेकपा (बहुमत) दाङको दोस्रो जिल्ला भेला सम्पन्न, सजकको नेतृत्वमा जिल्ला समिति चयन
३भारतको महाराष्ट्रमा नेकपा (बहुमत)को जिल्ला भेला सम्पन्न, ९ सदस्यीय जिल्ला समिति चयन
४होल्डिङ सेन्टर खाली गराउने सरकारी निर्णय फिर्ता लिन चार कम्युनिस्ट पार्टीको माग, आन्दोलनका कार्यक्रम घोषणा
५नेकपा (बहुमत) बाँकेको जिल्ला भेला सम्पन्न, चक्र थापाको नेतृत्वमा १३ सदस्यीय समिति चयन
६सबिनको नेतृत्वमा २१ सदस्यीय जिल्ला समिति चयन गर्दै नेकपा (बहुमत) कास्कीको भेला सम्पन्न,
७नेकपा (बहुमत) बर्दियाको दोस्रो जिल्ला भेला सम्पन्न, दिलमानको नेतृत्वमा ११ सदस्यीय समिति चयन
८रेबिजविरुद्धको खोपको चरम अभावप्रति जनस्वास्थ्यकर्मी संगठनको गम्भीर चिन्ता
९नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
१०नेकपा (बहुमत) भारत उपब्युरो अन्तर्गत पञ्जाब जिल्लाको प्रथम जिल्ला भेला सम्पन्न
११सीपीसीको १०५औँ स्थापना दिवसमा सी जिनपिङको सन्देश : चुनौती चिर्दै नयाँ यात्रामा अघि बढ्न आह्वान
जेनजी पुस्ता विदेशी भूमिमा भाग्ने होइन, आफ्नै देशमा भविष्य खोज्ने पुस्ता हो । यी युवाहरूले रोजगारी, न्याय र इमान्दार शासकको आशा गरेका थिए । तर बदला स्वरूप भेटे बिदेशी दलाल भ्रष्टाचारि, कुशासन, र अवसरवादको खेल खेल्ने नामुद राजनैतिक फटाहरु । यस्ता प्रवृति भएकाहरू विरुद्ध समाजिक सञ्जाल मार्फत जेनजी युवाहरूले एकल वा संगठित रुपमा नै सामाजिक सञ्जालमाबाट विभिन्न खालका प्रतिरोधी बिचारहरु व्यक्त गरिरहेका थिए । यस्तो अबस्थामा कुनै बिचार नै नगरी दलाल शासकहरुले सामाजिक सञ्जाल माथि प्रतिबन्ध लगाएर दुस्कर्मको बाटो रोज्यो । निरन्तर बढ्दो भ्रष्टाचार, र शासकहरूको असंवेदनशील व्यवहारको विरोधमा उत्रिएका युवाहरू निहत्था थिए । तर तिनै युवाहरूको छातीमाथि सरकारको बन्दुक गर्जियो । एकै दिनमा १९ जनाले ज्यान गुमाए । आफ्नै आँखाले शासकहरूको बेइमानी नियालेका युवाले आँखै अगाडि यही असन्तोषले तिनलाई सडकमा ल्यायो । देश रोइरहेको छ सडक भरी युवा युवतिहरु चिच्याइरहेका छन् । कतै आगो दन्किरहेको थियो त कतै देश खरानी भईरहेको थियो । सडकका छेउ भित्ताहरूमा युवाहरूका रगतले लतपति रहेको थियो । जेन्जी आन्दोलनको दमन र प्रतिरोधमा सामाजिक सञ्जाल रङ्गीन बनिरहेको थियो । किसान मजदुर र आम नागरिक आफ्ना परिवारका सन्तान गुमाउँदाको पिडाले आक्रोशित भएर प्रतिरोधमा उत्रिरहेका थिए । राजनीतिक दलहरूले आफूलाई ऐतिहासिक आन्दोलनको उत्तराधिकारी भन्दै आए, तर अहिलेका युवाहरूले त्यो इतिहास किताबमा मात्रै पढेका छैनन्, आफ्नै आँखाले शासकहरूको बेइमानी नियालेका छन् । यही असन्तोषले तिनलाई सडकमा ल्यायो । सत्ता पल्टाइ दियो तर जेन जी युवासित अबको राजनीतिक व्यवस्था कस्तो हुने भन्ने कुनै प्रकारको निश्चित अवधारणा र नेतृत्व थिएन । यसले यत्रो आन्दोलनको वलिदान र राज्यको क्षति प्रतिगमनतिर लान्छ कि भन्ने शंका उत्तिकै उभिएको थियो ।
यसै बिच विभिन्न खाले अवसरवादीहरूको खेल सुरु भयो । कोही देशको प्रमुख हुनका निम्ति दौडधुप गरिरहेका थिए । नयाँ बन्ने सरकारलाई आफ्नो अधिनमा राख्न छिमेकी देश र पश्चिमाहरू कम्मर कसेर लागेका थिए । कसैसँग कुनै निकास नभएकै कारण देश संकटको घडीमा आइपुगेको थियो । अब पुरानै राजनीतिक व्यवस्थामा टेकेर आमूल परिवर्तन हुने कुरा सम्भव थिएन । देशले नयाँ व्यवस्था खोजिरहेको छ पुरानो पुँजीवादी व्यवस्थाले निम्ताएको संकट र आजको दिनलाई हल गर्न आजको राजनीतिक व्यवस्था कस्तो हुनुपर्छ ? भनेर आजको जेनजी पुस्ताले अद्यान गर्न अनिवार्य थियो र आज पनि उत्तिकै सान्दर्भिक छ । आज संसार भरी किन यतिठुलो सामाजिक आर्थिक अन्तर्विरोध भइरहेका छन् यी अन्तर्विरोधका हल केले गर्ने ? कस्तो राजनैतिक ब्याबस्थाले हल दिन्छ ? आज यी प्रश्नहरूको उत्तर देशले खोजिरहेको छ र जेन्जी पुस्ताले पनि यही खोजिरहेको हो । तर विडम्पना यसको हलको सट्टा दलाल पुँजीवादी राज्य व्यवस्थाका मतियारहरूले आफ्नो लुटको स्वर्ग रक्षा गर्नका निम्ति नरसंहार मच्चाउने कोसिस गरे तर त्यो धेरै समय टिकेन र यो आन्दोलनको उपलब्धि पनि कति समयसम्म टिक्ने भन्ने विषय निकै गम्भीर विषय बनेको छ । मुलुकमा युगान्तकारी, ऐतिहासिक तथा क्रान्तिकारी परिवर्तनको खाका तयार नहुनु तयार भएका सँग पनि कुनै प्रकारको छलफल नहुनु , नेतृत्वदाही भुमिकामा खडेरी देखापर्नु, राष्ट्रियता माथि गम्भीर खतरा र जनतन्त्र माथी आघात कायम नै रहनु हो । यसको परिणाम भारतीय प्रभुत्ववाद झन हावी हुने, विश्व साम्राज्यवादको हस्तक्षेप झन वृद्धि हुने देश्को सुरक्षामा आँच आउनु हो । कुनै निष्कर्ष बिहिन कृयाकलापले जन–जीवन झन कष्टकर हुँदै गएको छ । संक्रमणकालीन विकृति, विसंगति, अराजकता, कृतिम अभाव जस्ता क्रियाकलाप चलिरहेको छ । यस अवस्थाको अन्त्यको लागि आफुलाई तयार राख्न र जुनसुकै प्रकारको संघर्ष गर्नु परे पनि आफुलाई तयार राख्नु जेनजीहरुको पहिलो कार्यभार हो ।
यो आन्दोलनले पुरानो राजनीतिक व्यवस्थाका विरुद्ध नयाँ राजनीतिक व्यवस्था स्थापना गर्न जरुर थियो र त्यो आन्दोलनलाई त्यहाँ पुर्याउनु पर्थ्यो र सबैलाई सम्बोधन गर्नसक्ने किसान, मजदुर र आम उत्पीडित समुदाय सहित आम नागरिकको आर्थिक राजनीतिक अधिकारको सुनिश्चितता हुने व्यवस्था वैज्ञानिक समाजवादी व्यवस्थाको निर्माणको यात्रामा अगाडि बढ्नुपर्छ । सामाजिक रुपान्तरणका लागि जेनजी मुलुकमा अख्तियार गरिने नीतिले मात्र सदियौँदेखि विभेदमा पारिएका वर्ग, समुदाय वा समूहको उत्थान वा मुक्ति हुन सक्दैन त्यसैले बर्तमान अन्तरिम संक्रमणकालका लागि बिशेष बर्ग, समुदायका लागि बिशेष सामाजिक सुरक्षा नीति अख्तियार गर्नु पर्दछ । सामाजिक सुरक्षा बिशेष ब्यबस्था गर्नुको मूल ध्येय भनेको सदियौँदेखिको विभेदकारी ब्यबहार तथा नीतिहरुको अन्त्य गर्नु हो । त्यसैले लिङ्ग, जात, धर्म, शारीरिक अबस्था वा भौगोलिक अबस्थितिका कारण कोही पनि नागरिकमाथिको बिभेदको अन्त्यका लागि जेन जि पुस्ताले सक्रियता बढाउनु पर्दछ । मानवद्वारा मानवमाथि गरिने शोषणको अन्त्यका लागि बिशेष कार्यक्रम तय गरी सामाजिक चेतनाको बिकाशमा उभ्याउँनु पर्दछ आफ्नै समाजबादी सत्ता स्थापनामा बाटोमा हिडे मात्र जेन जि पुस्ताको उदेश्य पूरा हुने बाटो तिर जान्छ । शोषण, दमन, अन्याय, अत्याचार र असमानताको सिकार भएका नेपाली जनताले दलाल पुँजीवाद बिरुद्ध निरन्तर संघर्ष गर्दै आईरहेका भए पनि प्रत्येक आन्दोलन भित्र पुँजीवादको नशा छिरेको छ । ती नशाहरु मार्फत पुरानै सस्कार र पुरानै कल्चरले सृजित रगत बगिरहेको छ । यस अबस्थामा जेनजी आन्दोलनले आफूूभित्र रहेको दलालीपनको पहिचान गरी त्यसलाई निषेध गर्ने अभियान संचालन गर्नु पर्दछ । जेन जि आन्दोलनमा त झन आर्थिक, सामाजिक तथा सांस्कृतिक लम्पटिकरणले पनि आश्रय पाईरहेको हुन सक्ने अबस्थामा यस आन्दोलनलाई महत्वका साथ उठाउनु पर्दछ । यस संघर्षको प्रतिफल भनेको नव मानवको सिर्जना हो । यतिबेला मुलुकमा नयाँ अन्तर्बस्तु र रुपका साथ नवमानवको आवश्यकता छ । सबभन्दा महत्वपूर्ण कुरा भनेको बिगतमा आफूले अख्तियार गरेको असान्दर्भिक तथा असामयिक नीति, सोच, बिचार, बानीब्यहोरा, क्रियाकलाप तथा कार्यक्रमलाई परित्याग गर्न तयार हुने र धरातलीय यथार्थका आधारमा नयाँ नीति तथा कार्यक्रमलाई अख्तियार गर्न तयार पार्नु हो । अर्थात नयाँ संस्कृतिको सिर्जना गर्दै मानव समाजलाई झन परिमार्जन गर्न सहजिकरण गर्न सक्नु पर्दछ । मुलुकको चौतर्फी विकासका लागि नयाँ संस्कृतिलाई प्रमुख माध्यमको रुपमा लिइने गरिन्छ । कोही ब्यक्तिलाई सुसंस्कृत बनाउँनु भनेको त्यस ब्यक्तिबाट समाजले उच्च चेतनायुक्त, त्यागी, समाजसेवी, न्याय, समानता र परिवर्तनको पक्षधर पूर्ण मानवको ब्यबहारको अपेक्षा गर्नु हो । यस प्रकारको उच्च चेतना युक्त पूर्ण मानवले सँधै अन्याय, अत्याचार, असमानता, शोषण, दमन, बिकृति, बिसंगति, अराजकता तथा अन्धबिश्वास, कुरीति र कुसंस्कारको बिरुद्धमा आफूलाई उतार्न तयार पार्छ र ईमान्दारिता, परिपक्वता, भद्रता, शिष्टता, जिम्मेवारीबोध तथा जवाफदेहीताका साथ सालिनता पूर्वक आफ्नो क्रियाकलाप अगाडि बढाउँछ । चाकडी, चाप्लुसी, जालझेल, षडयन्त्र, तिकडम्, खुराफाती, बेइमानी तथा संकुचित ब्यबहार एकजना उच्च चेतनायुक्त सुसंस्कृत ब्यक्तिको ब्यबहारको त कुरै छाडौँ, सोचको समेत बिषय हुन सक्दैन । तर आज समाजमा जुन प्रकारको बिकृति, बिसंगति, अराजकता, भ्रष्टाचार तथा ब्यभिचारहरुमा समेत राजनैतिक तथा सामाजिक आन्दोलनमा समाहित ब्यक्तिहरु नै पर्दामा देखा परिरहेका छन् जसले मुलुकलाई उच्च चेतनायुक्त पूर्ण मानव बनाउँन सक्षम भैरहेको छैन भन्ने पुष्टि गरेको छ । तसर्थ नैतिक रुपमा उच्च चेतनशील तथा त्यागी बलिदानी नवमानवको सिर्जनामा युवा आन्दोलनमा केन्द्रित हुनु पर्दछ सबै समस्याको हल पुरानो पुँजीवादी ब्याबस्थाबाट होइन नयाँ वैज्ञानिक समाजवादी व्यावस्था बाट खोज्न तयार हुनु पर्छ ।


१विश्वविजय, सीमा आजादलगायतमाथि अवसरवादको आरोप लगाउँदै भाकपा (माओवादी)को वक्तव्य
२नेकपा (बहुमत) दाङको दोस्रो जिल्ला भेला सम्पन्न, सजकको नेतृत्वमा जिल्ला समिति चयन
३भारतको महाराष्ट्रमा नेकपा (बहुमत)को जिल्ला भेला सम्पन्न, ९ सदस्यीय जिल्ला समिति चयन
४होल्डिङ सेन्टर खाली गराउने सरकारी निर्णय फिर्ता लिन चार कम्युनिस्ट पार्टीको माग, आन्दोलनका कार्यक्रम घोषणा
५नेकपा (बहुमत) बाँकेको जिल्ला भेला सम्पन्न, चक्र थापाको नेतृत्वमा १३ सदस्यीय समिति चयन
प्रतिक्रिया