
१कविता : आमा
२दाङको संग्रामपुर ब्यारेकमा जनमुक्ति सेना नेपालले मनायो २४ औँ बर्षगाँठ
३प्रगतिशील लोकतान्त्रिक पार्टीमा पाँच सदस्यीय अध्यक्ष परिषद्, शीर्ष नेताहरु बाहिर
४सूर्यविनायक–धुलिखेल सडक विस्तारमा ढिलाइ : तीन वर्षे म्याद सकिँदै, काम आधा मात्र
५एनपीएलमा सट्टाबाजी गर्ने आठ भारतीय नागरिक पक्राउ
६वैदेशिक व्यापार सात खर्ब नाघ्यो, व्यापार घाटा अझै पाँच खर्बमै
७संसदीय व्यवस्थाबाट क्रान्ति सम्भव छैन
८देशलाई यथास्थितिमा बन्धक नबनाउ
९२०६३ मंसिर ५ को बृहत शान्ति सौम्झौता जस्तै : जेनजी बिद्रोहका उद्देश्य पनि विसर्जन गरिए–बास्तोला
१०शान्ति सम्झौता असफल भएको दाबी गर्दै दाङमा नेकपा (बहुमत) र क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालद्वारा कोणसभा सम्पन्न
११हामी दीर्घकालीन जनयुद्धको बाटो जारी राख्नेछौँ : भाकपा(माओवादी)
१२जनमुक्ति सेना नेपालले विशेष कार्यक्रम आयोजना गर्ने
१जेन—जी, ‘विद्रोह !’ परिणाममा के ?
२गन्तव्य बिनाको गन्तव्य–संसदीय यात्रा
३संयुक्त संघर्ष समितिद्वारा साम्राज्यवाद र प्रतिगमनविरुद्ध विरोध कार्यक्रम सम्पन्न
४शुल्क तिर्न नसकेको कारण विद्यार्थी निष्कासन : बहुमत निकट अखिल (क्रान्तिकारी)को कडा आपत्ति
५नेकपा (बहुमत)ले भोली पत्रकार सम्मेलन गर्दै
६जनमुक्ति सेना नेपालले विशेष कार्यक्रम आयोजना गर्ने
७धान खरिदमा ढिलाइ, किसान मारमा—अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) को सरकारलाई चेतावनी
८संसदीय व्यवस्थाबाट क्रान्ति सम्भव छैन
९शान्ति सम्झौता असफल भएको दाबी गर्दै दाङमा नेकपा (बहुमत) र क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालद्वारा कोणसभा सम्पन्न
१०मैसरा खड्काको निधनप्रति नेकपा(बहुमत)द्धारा शोक व्यक्त
११२०६३ मंसिर ५ को बृहत शान्ति सौम्झौता जस्तै : जेनजी बिद्रोहका उद्देश्य पनि विसर्जन गरिए–बास्तोला
१२सीमा सुरक्षा बलियो बनाउँदै सशस्त्र प्रहरी, उच्च अधिकारी सीमानाकामा खटिए
तपेन्द्र तिमिल्सेना
नेपाल जस्तो तेस्रो विश्वका देशहरुमा आमूल परिवर्तन गर्ने विषय विगत देखि नै बहसको विषय बन्दै आईरहेको छ । मुलत : यो विषय कम्युनिष्टहरुमा बढी नै हुने गरेको छ । नेपालको सन्दर्भमा पनि क्रान्तिको विषय जटील बनाइएको छ । नेपालमा कसरी क्रान्ति सम्पन्न गर्ने भन्ने विषय नेपालका कम्युनिष्ट पार्टीहरुमा पनि तिर्व बहस भएको पाईन्छ । यसै बिच नेपालमा केही आफुलाई कम्युनिष्ट हुँ भन्ने पार्टीहरुले क्रान्तिको मोडेलको रुपमा संसदीय व्यवस्थालाई लिने गरेका छन् । तर आज सम्म संसारमा संसदीय मोर्चाबाट न त क्रान्ति भएको छ न अब हुनेछ । क्रान्ति आफैमा गर्वीलो शव्दावली हो । विश्वका थुप्रै देशहरुमा पँुजिवादी आन्दोलन चलिरहेका बेला नेपालमा पृथ्वीनारायण शाहले वाईसे चौबिसे राज्यमा विभाजन भएको नेपाललाई एकीकरण गरि केन्द्रीकृत सामान्तवादी राज्यको बिकास गरेका थिए । त्यसैको जगमा नेपालमा करीव करीब २ शताब्दीमा ११ पुस्तासम्म शाह बंशले राज्य सन्चालन गरेको देखिन्छ । नेपालमा विभिन्न काल खण्डमा नेपाली जनताको वलिदानीपूर्ण आन्दोलन र युद्धहरुले विभिन्न नामका परिवर्तनहरु भएका छन । विशेष गरि जहानिय राणा शासनका विरुद्ध २००७ सालमा भएको जन आन्दोलन नेपालको इतिहासमा एक परिवर्तनकारी आन्दोलन साबित भएको छ । २००७ सालमा प्रजातन्त्रको स्थापना, २०१५ साल संसदीय निर्वाचन २०१७ सालको राजा महेन्द्रको प्रजान्त्र माथिको शाही कु , २०२८ सालमा झपा विद्रोह, २०३६ साल राजा बिरेन्द्रले गरेको जनमत संग्रह, २०४६ सालको जनआन्दोलन, २०५२ सालमा भएको महान जनयुद्ध, २०६२/६३ सालको जनआन्दोलन, मधेश आन्दोलन, २०७२ सालमा भएको कैलालीको टिकापुरमा थारुहरुको आन्दोलन साथै २०८२ साल भदौ २३ र २४ गते भयको जेनजी आन्दोलनसम्म आउँदा नेपालमा साना ठुला विभिन्न खालका आन्दोलनहरु भए । यी आन्दोलन अन्ततः संसदवादीहरुकै कित्तमा गई क्रान्ति नभई संसदीय व्यवस्थामा पतन भयका छन । जसका कारण नेपालमा वास्तविक जनताको जिवनमा आमुल परिवर्तन ल्याउने क्रान्तिहरु सफल हुन सकेका छैनन् । जनताकै तागतमा भएको आन्दोलनका कारण तत्कालिन राजा महेन्द्र र राजनीतिक दलहरुसँग भएका सम्झौताका कारण नेपालमा राजा महेन्द्रले संसदीय राजनीतिलाई स्वीकार गरेका थिए । नेपाल संसदीय राजनीतिमा विकास भएपछि वि पि कोईराला पहिलो जननिर्वाचित प्रधानमन्त्री बनेका थिए । जनताको चाहाना अनुसार संसदीय व्यवस्थाले काम गर्न नसक्ने भएपछि नेपालमा संसदीय व्यवस्था २०१७ सालमा नै असफल सिद्ध भएको थियो ।
२१ आँै शताब्दीमा विकसित राष्ट्रहरु विज्ञानको विकास सँगैै मानव जातीको विकास गर्न लागेको आजको विश्व जगतमा नेपाल सामान्तवाद र संसदीय शासन प्रणालीबाट मुक्त हुन सकेको छैन । राज्यमा कुनै परिवर्तनको पनि भएको देखिदैन । लगभग ६५ बर्ष सम्म विभिन्न समयमा प्रयोग हुँदै आएको यो व्यवस्था असफल सिद्ध भएको विभिन्न समयका तथ्यहरुले प्रमाणित गरिसकेको छ । संसदीय दलाल पँुजीवाद आजको नेपालमा नेपाली जनताको परिवर्तनको मुख्य वादक बन्दै आएको छ । आज नेपालको निर्वाचन आयोग भनेको फोहोरी राजनीतिको केन्द्र बनेको छ । यो केन्द्रको विघटन र वास्तविक जनताको सत्ता वैज्ञानिक समाजवादी राज्य व्यवस्था स्थापना गर्न जरुरी छ । नेपाली जनताले विभिन्न समयमा गरेका आन्दोलनमा भएको त्याग, समर्पण र वलिदानले प्राप्त गरेका उपलब्धिहरुलाई जनताको शासन प्रणालीमा संस्थागत नगरी मुठ्ठिभर दालाल शासकहरुको हातमा शासन पर्दा यो व्यवस्थाले जनतालाई केही दिन सकेको छैन् । नेपाली जनताको लागी संसदीय प्रणाली असफल सिद्ध भई सकेको छ र यो व्यवस्थबाट नेपालका राजनीतिक पार्टीहरुले क्रान्ति हुन्छ भन्नु फेरी पनि नेपाली जनताको आखामा छारो हाल्नु नै हो । यो भ्रमबाट नेपाली जनता मुक्त हुनु पर्दछ । यो सवाल केवल नेपाली जनताको मात्र होइन मानव जातीकै लागि हो । क्रान्ति के हो ? क्रान्ति संभव छ कि छैन भन्दा क्रान्ति सम्भव छ । क्रान्ति आफैमा युद्ध होईन । क्रान्ति परिवर्तन हो । हाम्रो देशमा क्रान्तिलाई दलाल पँुजीवादीहरुले यो ठुलो युद्ध हो र रक्तपातपुर्ण हुन्छ भन्ने गलत भाष्यको विकास गरेका छन । क्रान्ति युद्ध होईन, क्रान्ति परिवर्तन हो भन्ने कुरा नेपाली जनताले बुझ्न नसक्दा साम्राज्यवादका दलालहरुले जनतालई भ्रम फैलाई नेपाली जनताको ठाउकोमा बुट बजारी रहेका छन । वास्तिवक जनताको शासन हुनको लागि जनतालाई क्रान्तिको बाटो नै उक्तम बाटो हो । यस कारण संसदीय राजनीतिबाट क्रान्ति सम्भव छ कि छैन भन्ने कुरा पहिले बुझ्न जरुरी छ । पुरानै राजनीति संरचानामा, सत्ताको चरित्र उहीँ, सत्तामा रुपान्तरण नभएको, सामाजिक, आर्थिक, साँस्कृतिक संरचनामा आमुल परिवर्तन नभएको, मित्र राष्ट्र सँग भएका असमान सन्धी सम्झौता खारेज नभएको, सत्तामा नेपाली जनता र राष्ट्रको हितमा पुनरावलोकन नभएको, राष्ट्रको दिशा नै परिवर्तन नभएको, शिक्षा, स्वास्थ्य, उद्योग कलकारखानाको विकास जनताको आवश्यकताको आधारमा ऐतिहासिक परिवर्तन हुन नसकेको यो दलाल संसदीय व्यवस्था हो । आधारभूत रुपमा उपरी संरचनामा परिवर्तन हुन जरुरी छ । संसदीय व्यवस्थामा सरकार परिवर्तनलाई मात्र क्रान्ति भन्ने नेपालका राजनीति पार्टीहरुले जनतालाई ढाट्दै जनताको गौरवपूर्ण वलिदानमाथि शासन चलाई रहेका छन । तर नेपालमा सामाजिक संरचना र वर्गीय सम्बन्ध बदल्ने मूलभूत क्रान्ति आजको आवश्यकता हो । संसदीय व्यवस्था भनेको विशेष गरि खसीको टाउको झुन्डाई कुकुरको मासु बेच्ने आड्डा साबित भयको छ । मुलभुत रुपमा जनताको विषयमा छलफल बहस गर्ने भन्दा पनि भ्रष्टचार कमिसन र राष्टघाती कदम चाल्ने र देशलाई अनिर्णयको बन्दी कसरी बनाउने भन्ने बिषयमा समय खर्च गर्ने र भत्ता पचाउने गजबको अड्डा भनेको छ ।
संसदीय व्यवस्थाले जनताको मुद्याहरुलाइ सल्टाउने भन्दा आप्mनो जिविकोपार्जन गर्नु बाहेक केही गरेको देखिदैन । जनताका सवाल सबै फगत साबित भएका छन । क्रान्तिले तिव्र परिवर्तन, स्थायी राजनीतिक शक्तिहरूको विकास, आर्थिक संरचनाको तिव्र विकास, र बिज्ञहरुको मन्त्रिमण्डल बनाएमा मात्र क्रान्तिको अनुभूति हुन सक्छ । यो कुरा समाजवादी राज्य प्रणालीबाट मात्र सम्भव छ । जनताको मतको आधारमा राज्य संचालन गर्नु पर्दछ । राज्य प्रणालीमा जनताको सक्रिय सहभागिता हुनु पर्छ । साथै राज्यको संविधान, कानुन, नितिहरु र मुलभुत रुपमा क्रान्तिकारी पार्टी, समाजवादी राज्य व्यवस्था, शिक्षा र स्वास्थ्य निशुुल्क, श्रमको अधिकार सहितको ग्यारेन्टी र उत्पादनको लागि जमिन जनताको हुनु क्रान्ति भएको अनुभूतिका सूचकहरु हुन । रचनात्मक र समय परिस्थिति अनुसार परिवर्तन गर्ने कुराको जनतामा विश्वास हुन जरुरी हुन्छ । संसदीय व्यवस्थाले ल्याउने भनेकै अन्तराष्ट्रिय रुपमा दिर्घकालिन अवैधानिक युद्ध र दलालपुँजीवाद र जनताको विचको आर्थिक मतभेद र असमान्ता मात्र हो । क्रान्ति केवल एकै पल्ट जनताका मुद्धाहरुलाई स्थापित गर्ने मात्र होईन कि विज्ञानको विकास सँगै जनताको जीवन सँग निरन्तर अघि बढ्नु पनि हो । जनताको न्यायलय, कार्यपालीका, व्यावस्थापिका, उन्नत राज्य प्रणाली र सामाजीक सुशासनका कामहरुमा परिवर्तनको बादक भनेकै संसदीय व्यवस्था हो । संसदीय व्यवस्था दिर्घकालिन रुपमा जनताको लागि बाधक छ । अझ नेपाल जस्तो भुपरिवेष्ठिक देशमा शक्ति राष्ट्रहरुको हस्तक्षेप विभिन्न राजनीति पार्टीहरुको चुनाबी गठबन्दनले गर्दा जनताका चाहाना र विकासका कामहरुमा कुठाराघात हुँदै गएका छन । यस कारण जनताका अती आवश्यक एजेण्डाहरु कमजोर बनाउने र शक्ति वा नीजि स्वार्थमा बिक्री हुने हुन्छन । संसदीय राजनीति भनेकै सम्झौतावादी हुने भएकाले विभिन्न राजनीतिक पार्टीहरुको नीजि स्वार्थमा जनताका मुद्दाहरु लिलाममा विक्री गरि अनुउत्पाद क्षेत्रमा पुग्छ र कर्मचारीले त्यसकोे फाईदा उठाउदै जनतालाई दोधारमा पुर्याउछ । नेपाली जनतालाई पछिल्लो चरणसम्म आई पुग्दा भित्रै बाट संसदीय व्यवस्था र राजनीतिक दलहरुप्रतिको वितृृष्णा पैदा भएको छ । परिवर्तनको एजेण्डा बलियो बन्दै गएको छ । जसको ज्वलन्त उदाहरण भनेकै जेनजी आन्दोलन हो । जेनजीको आन्दोलनले परिवर्तन गर्नुको साटो उल्टै जनताको अग्रगमनको चाहाना भन्दा यथास्थितिमैे बन्दी बनाईरहेको छ ।
अन्तमा दक्षिणपन्थि संसोधनवादीहरु त क्रान्ति विरोधी र जनताको सत्ताको बाधक छदै थिए तर विभिन्न युद्ध, आन्दोलन र बलप्रयोगको सिद्धान्तलाई आत्मसाथ गरि आएका नामका कम्युनिस्ट पार्टीहरु सुधारवादी बन्दै संसदीय चुनाव र नेपालको मौजुदा संविधान संसोधन गरेर मात्र क्रान्ति सम्भव छ, शसस्त्र संघर्ष वा बल प्रयोग गरेर क्रान्ति संभव छैन भन्ने ठाउमा आई पुगेका छन । क्रान्तिकारी भन्नेहरु वा बिचारधारत्मक रुपले मालेमावाद मान्ने पार्टीहरु र ती पार्टीका नेता कार्यकर्ताहरु आज क्रान्ति वा आमुल परिवर्तन क्रान्तिबाट सम्भव छैन भन्ने ठाउमा आईपुगेका छन । यो खालको मान्यता र बुझाई राख्नु भनेको यी पार्टी र यिनका नेताहरु दलाल पँुजिपतिहरुका गोटी बन्दै क्रान्तिका बाधक दलालहरुका चाटुकारमात्र होईन साम्रज्यवादका मतियार बनेको स्पस्ट हुन्छ । संसदीय व्यवस्था प्रयोग गरेर होईन कि सही बिचार र सही नेतृत्वले जनताको तागतमा वास्तविक क्रान्ति सम्भव छ । जनताको बलमा जनताको चाहानामा भएको आन्दोलनले मात्र क्रान्ति हुन्छ । त्यसकारण नेपालमा रहेका सच्चा कम्युनिस्ट पार्टीहरु, देश भक्त बुद्धिजिवीहरु, सचेत नागरीकहरुसँग सहकार्य गर्दै दलाल संसदीय पँुजीवादी व्यवस्थाका विरुद्ध एकताबद्ध हुँदै समाजवादको बाटोमा अगाडी बढ्नु पर्दछ । संसदीय व्यवस्था प्रयोग गरेर क्रान्ति सम्भव छैन भन्ने कुरा नेपालमा भएका विभिन्न प्रयोगहरुबाट प्रमाणित भईसकेको छ । हामी आम जनतालाई आह्वान गर्न चाहान्छौ कि जनताको जीवनमा आमुल परिवर्तन र देश विकासको लागि एक चोटी फेरी पनि क्रान्तिकारी आन्दोलनको बाटोमा अगाडी बढौ । देशलाई नयाँ गतिका साथ अगाडी बढाऔ ।

१जेन—जी, ‘विद्रोह !’ परिणाममा के ?
२गन्तव्य बिनाको गन्तव्य–संसदीय यात्रा
३संयुक्त संघर्ष समितिद्वारा साम्राज्यवाद र प्रतिगमनविरुद्ध विरोध कार्यक्रम सम्पन्न
४शुल्क तिर्न नसकेको कारण विद्यार्थी निष्कासन : बहुमत निकट अखिल (क्रान्तिकारी)को कडा आपत्ति
५नेकपा (बहुमत)ले भोली पत्रकार सम्मेलन गर्दै
प्रतिक्रिया