
१जनमुक्ति सेना दिवसको अवसरमा पूर्वजनमुक्ति सेनाका कमरेडहरुलाई खुला पत्र
२नेकपा (बहुमत) ६ नं. ब्युरोको राजनीतिक प्रशिक्षण सम्पन्न
३प्रभु बैंक संकट गहिरिँदै, सिइओ शेरचन अनुसन्धानका लागि थुनामा
४चार महिनामै वीरगञ्ज नाकाबाट ५४ अर्बभन्दा बढीको पेट्रोलियम पदार्थ आयात
५बक्यौता तिर्न बाँकी उद्योगहरुलाई दोस्रो किस्ता बुझाउन नेपाल विद्युत प्राधिकरणको निर्देशन
६भ्रष्टाचार निवारण ऐनअन्तर्गत त्रिविका चार प्राध्यापक विरुद्ध विशेष अदालतमा मुद्दा
७फागुन २१ को चुनाब शान्तिपूर्ण बनाउन नेपाली सेनालाई सुरक्षा तयारी गर्न प्रधानमन्त्रीको निर्देशन
८जनयुद्धकालीन पत्रकारिता समेटिएको दिपेन्द्र शर्माको ‘युद्ध पत्रकारिता’ पुस्तक सार्वजनिक
९जेनजी आन्दोलन र स्वाधीनताको सवाल
१०नयाँ श्रम संहिता विरुद्ध भारतभर हजारौँ श्रमिकको विरोध
११नेकपा(बहुमत) काठमाण्डौको बैठक सम्पन्न
१२नेकपा (बहुमत) ५ नं. ब्युरोको अन्तरक्रिया कार्यक्रम सम्पन्न
१गन्तव्य बिनाको गन्तव्य–संसदीय यात्रा
२हामी दीर्घकालीन जनयुद्धको बाटो जारी राख्नेछौँ : भाकपा(माओवादी)
३शुल्क तिर्न नसकेको कारण विद्यार्थी निष्कासन : बहुमत निकट अखिल (क्रान्तिकारी)को कडा आपत्ति
४नेकपा (बहुमत)ले भोली पत्रकार सम्मेलन गर्दै
५नेकपा (बहुमत) ५ नं. ब्युरोको अन्तरक्रिया कार्यक्रम सम्पन्न
६संसदीय व्यवस्थाबाट क्रान्ति सम्भव छैन
७जनमुक्ति सेना नेपालले विशेष कार्यक्रम आयोजना गर्ने
८शान्ति सम्झौता असफल भएको दाबी गर्दै दाङमा नेकपा (बहुमत) र क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालद्वारा कोणसभा सम्पन्न
९धान खरिदमा ढिलाइ, किसान मारमा—अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) को सरकारलाई चेतावनी
१०२०६३ मंसिर ५ को बृहत शान्ति सौम्झौता जस्तै : जेनजी बिद्रोहका उद्देश्य पनि विसर्जन गरिए–बास्तोला
११मैसरा खड्काको निधनप्रति नेकपा(बहुमत)द्धारा शोक व्यक्त
१२सीमा सुरक्षा बलियो बनाउँदै सशस्त्र प्रहरी, उच्च अधिकारी सीमानाकामा खटिए
उदय बहादुर चलाउने ‘दिपक’
सहयोद्धा कमरेडहरू, जनमुक्ति सेना दिवस भर्खरै सम्पन्न भएको छ । जनमुक्ति सेना नेपाली इतिहासको एक अमिट घोषणापत्र हो । यो एक महान् संकल्प हो । यो अवसरमा सम्पूर्ण कमरेडहरूमा असिम सम्झनाकासाथ लालसलाम ! स्थापनाको २४ बर्ष पूरा भएर २५ओैं बर्ष प्रवेशको यो समय हाम्रो ऐतिहासिक विगतलाई सम्झन बाध्य पार्ने निकै पेचिलो परिस्थिति बनेर तपाईं हाम्रा सामु उपस्थित छ । यसपटक धेरै कमरेडहरूले, धेरै पक्षबाट जनमुक्ति सेनाको ओैचित्यवारे वोध गरेको पाईयो । कार्यक्रमहरू पनि अलि धेरै भए । जेनजी बिद्रोह सिर्जित परिस्थिति यसको मुख्य कारक बनेको छ ।
कमरेडहरू, कायरता र षडयन्त्रले भरिएको १२ बुँदे सहमति र कथित शान्ति सम्झौतापश्चात् स्थापित दलाल पुँजीवादी व्यवस्था स्थापनाका दुई दशक चरम वेरोजगारी, भ्रष्टाचार, महंगी र लुटपाटमा बिते । यसो हुनु स्वाभाविक थियो किनकि, यो जनताको सत्ता थिएन । देश पराधिनता र परनिर्भरताको गहिरो खाल्डोमा जाकिदै गर्दा क्रान्तिकारी पंक्ति र जनताको स्तरबाट यसको प्रतिवाद विभिन्न ढंगले भईराखेकै स्थितिमा जनअसन्तुष्टिलाई ढाल बनाएर प्रतिगमनको प्रयत्न नभएको पनि होईन । यहि पृष्ठभूमिमा सिर्जित जेनजी बिद्रोह एकातिर, जनबिद्रोहको विष्फोट थियो भने अर्कोतिर, जनबिद्रोहलाई दुरूपयोग गर्न खोज्ने देशि–विदेशी षड्यन्त्रपुर्ण आगोको मुस्लो । जेनजी बिद्रोहको मुस्लोले धुमिल भएको देशको राजनीति उति सजिलै संङ्लो हुने छाँट छैन । देश हिजो भन्दा अझ नयाँ प्रतिगामि र देशघाती स्वार्थ र षड्यन्त्रको टकारवपुर्ण क्रिडास्थलमा फेरिएको छ । पार्टीहरू सिद्धान्तको कुरा होईन, मूल्य मान्यताको कुरा होईन, राष्ट्र हित र वर्ग हितको कुरा होईन ‘पपुलिजम’को पछाडि आँखा चिम्लेर कुदि राखेकाछन् । मुल्यहिन र सिद्धान्तहिन परिवेशले ‘नेता’ र ‘बौद्धिक’हरूलाई समेत यो बेला लज्जास्पद घिसारिरहेको छ ।
जानेमानेकै कुरा हो कि संसदवादी पार्टीहरू यथास्थितिकै पक्षधर हुनु नयाँ कुरा थिएन, आफुलाई खाँटी क्रान्तिकारी भन्ने केही पार्टी र व्यक्तिहरू अनि अस्तव्यस्त बिद्रोहका कमाण्डर ‘जेनजी’हरू समेत यथास्थितिको चुनावि होडमा अति बिघ्न लागिसकेपछि परिवर्तनकारी माहोल दिनानुदिन कमजोर बन्दै गईरहेको छ । यसले बिद्रोहको मूल्य चौबाटोमै अलपत्र हुने विगत नियतिलाई दोहराउने निश्चित प्रायः छ । अझ यो पनि भन्न सकिन्छ कि जुन दिनबाट जसरी प्रधानमन्त्रीको टेण्डर प्रक्रिया शुरू भयो त्यहि विन्दुबाट वास्तविक जेनजी बिद्रोह किनारा परिसक्यो । यो परिस्थिति आजका दिनसम्मको सम्पुर्ण वलिदान र आउदो पुस्ताको सुनौलो भविष्यमाथि निकै ठुलो जोखिमको पूर्वसूचक हो । कठोर, संवेदनशिल तर, संभावनायुक्त यो क्षण हाम्रो विवेक, इमानदारीता र साहसको नयाँ परीक्षा पनि हो ।
श्रमिक वर्ग तथा उत्पिडित जनताको मुक्ति, स्वतन्त्रता र राष्ट्रिय स्वाधीनता जनमुक्ति सेनाको आदर्श र अनन्त मार्गदर्शन थियो । विगत हाम्रो विजयको सबैभन्दा बलियो हतियार नै त्यहि थियो । जब त्यो आदर्शको परित्याग सर्बोच्च नेतृत्वबाट शुरू गरियो तब आन्दोलनको पराजय पनि सोहि विन्दुबाट आरम्भ भएको हो । तथापि, त्यो महान् आदर्शलाई आफ्नो वलिदानले सदा उँचो राख्ने प्रिय सहयोद्धा सहिद तथा वेपत्ता कमरेडहरू, त्यसक्रमका अनगिन्ती मोर्चाहरूमा जिउँदा सहिदको पंक्तिमा दर्ज घाईते–अपांग योद्धा कमरेडहरू उच्च सम्मानका पात्र हुनुहुन्छ !
सहयोद्धा कमरेडहरू, हाम्रा आदरणीय पुर्खाहरूले सिकाएका छन “कठिन उकालोको गन्तब्य उक्लिदै गर्दा पछाडि छोडिएको भाग बेलाबखत हेर्दै अघि बढ्नुपर्छ, ताकि गन्तव्य कति नजिक छ हेक्का रहोस् अनि थप मनोवल जागृत भएर आओस् ।” आउनुस् हाम्रो विगतलाई थोरै फर्केर हेरौं, मनोवल जागृत गरौं र भविष्यको गन्तव्य सुनिश्चित गरौं ।
(१) स–गौरव भन्नुपर्छ – महान् दस बर्षे माओवादी जनयुद्ध नेपाली समाजको ऐतिहासिक क्रान्तिकारी आँधि थियो, उत्पिडितहरूको आवाज थियो, राष्ट्रिय स्वाधीनताको अभियान थियो जसले पूरातन, रूढिग्रस्त, उत्पिडनकारी मान्यताहरू एवम् देशघाती प्रवृत्तिमाथि उत्कृष्ट हमला गरेको थियो । (२) जनयुद्धको त्यो महाअभियानलाई मातृत्व प्रदान गर्ने आदरणीय जनसमुदाय जनयुद्धको ताकतका अजस्र स्रोत मात्र होईनन् विवेक र चेतनाका अगुवा पनि हुन् । (३) यो ऐतिहासिक प्रक्रियाको सबल नेतृत्व गर्ने अगुवा पंक्ति र सहभागी योद्धाहरू सदा सम्मानित रहिरहने छन् । (४) केहि सानातिना कमिका बाबजुद २०५७ सालसम्म जनयुद्धको पहलकदमि सैद्धान्तिक र ब्यावहारिक, रणनीतिक र कार्यनीतिक सबै हिसाबले सही थियो । (५) २०५८ सालको दरवार हत्याकाण्ड नेपाली राजनीतिमा ठुलो क्रमभंगता हो । त्यो केवल तत्कालिन राजा विरेन्द्रको वंश विनाशको परिघटनामात्र नभएर नेपाली स्वाधीनतामाथिकै भिषण साम्राज्यवादी हमला, परिवर्तनकारी महान् जनयुद्ध बिरूद्धको मिहिन रणनीति थियो । त्यसबाट सिर्जित फौजि–राजनीतिक अबरोधहरू नै जनयुद्धको अन्तिम विजयका चुनौतिहरू बन्न पुगे । (६) २०६० सालमा प्रस्तावित “२१ओैं शताब्दीमा जनवादको विकास” नामक प्रस्ताव उपर्युक्त विकसित असाधारण चुनौति सामना गर्नुको साटो सम्झौताको विकल्पमा अघि सारिएको पार्टीको सैद्धान्तिक विचलनको गम्भीर मोड थियो । (७) २०६२ मंसिर ७ गते भारतको दिल्लीमा भएको तत्कालिन सात दल र माओवादीबीच सम्पन्न १२ बुँदे समझदारी जनयुद्धको रणनीति विकासको अक्षमता एवम् घुसपैठबाट सुपोषित त्यहि “२१ओै सताब्दीको जनवाद” सम्बन्धि अवधारणाको कार्यक्रमिक स्वरूप थियो । त्यो एकाधिकार पुँजीवाद सामु आत्मसमर्पण थियो । (८) अतः जनयुद्धको बुर्जुवाकरणद्वारा स्थापित लोकतान्त्रिक गणतन्त्र नवओैपनिवेशिकता र नवउदारवादको संस्थागत स्वरूप थियो । परिणामतः सहमतिको मायावी बन्धनमा बाँधिएर नै जनभावनाको आधारभुत प्रतिनिधित्व गर्ने प्रथम संविधानसभा र जनमुक्ति सेनाको बिघटनमा प्रमुख नेतृत्वले लाचारपुर्ण सहिछाप लगायो । (९) प्रथम संविधानसभा र जनमुक्ति सेनाको विगठन माओवादी जनयुद्ध र त्यसका उपलब्धिहरूको नामोनिशान समाप्त पार्ने, जनयुद्धको मूल्य अपहरणको निर्णायक परिघटना थियो । (१०) यसर्थ, सत्य कुरा यो हो कि माओवादी आन्दोलन पार्टी बिभाजनको कारण कमजोर भएको होईन । बरू, आन्दोलनको सैद्धान्तिक बिचलन र भ्रष्टिकरणको परिणाम विभाजन र बिकेन्द्रिकरणको शुरू भएको हो । (११) यसका बाबजुद जनयुद्धको पराजय माओवादी आन्दोलन र समग्र देशभक्त, प्रगतिशिल र जनपक्षिय अभियानको समेत पराजय हो । (१२) माओवादी आन्दोलन र समग्र क्रान्तिकारी एवम् देशभक्ति आन्दोलनको एकता र केन्द्रीकरण आजको सर्वोच्च आवश्यकता हो । तर, त्यो अब एउटा नवीन वैचारीक संश्लेषण, नवीन प्रतिबद्धता, वर्ग संघर्ष र देशभक्ति आन्दोलनको नयाँ पहलकदमीबाट मात्र संभव छ ।
सहयोद्धा कमरेडहरू, इतिहासका कमजोरीहरूलाई विनम्रतापूर्वक स्विकार गर्नु र त्यसलाई विवेक, साहस र इमानदारीतापूर्वक सच्याउनु नै सुन्दर भविश्यको गोरेटो निर्माणको अनिवार्य शर्त हो । उदियमान पुस्तालाई त्यो हौसला हामीले प्रदान गर्नै पर्छ । हाम्रो अभियानको तीन दशक पूरा हुँदै गर्दा विश्व राजनीतिले निकै कोल्टो फेरिसकेको छ । यसलाई नजरअन्दाज गर्नु हुदैन ।
(१) पछिल्लो समयमा मानव जातीले आर्जन गरेको ज्ञान–सीप अर्थात् उत्पादनका साधनहरूमा भएको तिब्र एवम् चमत्कारिक विकासले उत्पादन सम्बन्ध र वर्गआधारलाई नयाँ बनाईदिएको छ । हाम्रो देशमा विकसित अर्धमजदुरी र अर्धकिसानी, विश्वव्यापि शारीरिक श्रमलाई बौद्धिक श्रम अझ त कृत्रिम बौद्धिकताले गरेको विस्थापन, पूँजिको व्यापक विश्वव्यापि अन्तरनिर्भरता, बहुध्रुविय शक्ति केन्द्रको विकास, कमजोर देशहरूमाथिको नांगो साम्राज्यवादी आक्रमण, राजनीतिको व्यवसायिकरण र व्यवसायको राजनीतिकरण आजको युगका महत्वपुर्ण विशेषताहरू हुन् । त्यसले प्रत्येक देशको श्रमिक वर्ग र अभिजात(टेक्नो इलाईट) वर्गबीचको टकरावलाई तिब्रता प्रदान गरिरहेको छ । यो पुरानो विश्व र नयाँ विश्वबीचको भिषण संघर्ष हो । बिद्रोह र क्रान्तिको विष्फोटक अवस्था हो । मानव जाति र सर्वहारा क्रान्ति समक्ष नयाँ चुनौति र संभावनाको यो नयाँ अवसरलाई साहसपूर्ण आत्मसात् गरौं । क्रान्तिको सञ्चालनमा अभिव्यक्त हुने परम्परावादी जडताको पिंजडा तोड्न र मार्क्सवादकै परित्याग गर्ने दक्षिणपन्थी रवरको टोपि जलाएर ध्वस्त पार्न आनाकानी नगरौं । (२) नवउदारवाद र नवउपनिवेशवादको विकाससँगै ९० को दशक यता देखि तेस्रो विश्वका सबै मुलुकहरूमा पुँजिवादी क्रान्तिद्वारा नभएर साम्राज्यवादी पूँजीसँगको सहवरणद्वारा सामन्ती उत्पादन सम्बन्ध दलाल पुँजीवादी संक्रमणमा तिब्र फेरियो । परिणामतः ती देशको राष्ट्रिय पुँजि दलाल पुँजिमा फेरियो, राष्ट्रिय पुँजीपति वर्ग दलाल पँुजिपति वर्गमा फेरियो । त्यो ऐतिहासिक हेरफेरले राष्ट्रिय पँुजिपति वर्गको देशभक्त र क्रान्तिकारी भूमिकालाई अब इतिहासको दन्त्य कथा बनाईदिएको छ । राष्ट्रिय पुँजिपति वर्गको मैत्रीपुर्ण सहकार्यमा सम्पन्न हुने नयाँ जनवादी क्रान्ति समाजवादी क्रान्तिमा समाविष्ट भएको छ । यो नविन यथार्थलाई आत्मसात गरौं । (३) विकसित मुलुकहरूमा समाजवादी क्रान्तिका दुई कार्यभारः सामुहिकताको जगमा निर्मित राजकिय पँुजिको विकास र निजि पँुजि उन्मुलनको जगमा निर्मित सार्वजनिक पँुजिको विकास अब विकासोन्मुख मुलुकमा तेस्रो कार्यभार अर्थात् ‘उत्पादनका प्रमुख साधनहरूको राष्ट्रियकरणद्वारा निर्मित राष्ट्रिय ओैद्योगिक पँुजिको विकास’ थपिन गएको छ । (४) सर्वहारा क्रान्तिको राजनीतिक परिस्थितिमा भएको विकासले स्वभावतः सैन्य रणनीतिमा समेत बदलावको आधार तयार गरेको छ । अतः प्रत्येक देशमा दीर्घकालीन जनयुद्ध र अल्पकालिन जनयुद्ध(जसलाई अल्पकालिन सशस्त्र बिद्रोह भन्ने गरिन्छ)को परिपुरक परिचालन तथा उत्पिडित देशहरूमा राष्ट्रिय मुक्ति युद्धको समेत अन्तरघुलन सर्वहारा क्रान्तिको आम रणनीति बन्न पुगेको छ । (५) सैनिक र प्राविधिक ताकतको आडमा सिमित मानिसहरूको हातमा सम्पत्तिको थुप्रो लगाएर बाँकि अरबौं मानिसहरूलाई गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य र रोजगारीबाट वञ्चित गराईरहेको नवउदारवादी पुँजिवादले आफ्नो असफलतामाथि पर्दा लगाउन क्षेत्रिय युद्ध, छद्दम युद्ध, जातिय तथा धार्मिक युद्ध, व्यापार युद्ध ईत्यादिको जतिसुकै ताण्डव मच्चाए पनि धनी र गरीबबीच बढाउदै गईरहेको खाडल पुजिवादको गहिरो चिहान हो र वेरोजगार श्रमिक जनता(विशेषतः युवाहरू) त्यसका मलामी हुन् । (६) आजको विश्वको मुख्य विशेषता विश्वव्यापी अन्तरनिर्भरता हो । यसले प्रत्येक देशका अन्तरबिरोधहरूलाई विश्वव्यापि बनाएको छ भने विश्वका अन्तरबिरोधहरू हरेक देशका अन्तरबिरोध बन्न पुगेका छन् । सारभूतरूपले ति नवउदारवादी एकाधिकारी पूँजीवादको असफलताका सुचकहरू हुन् । (७) पुजिवादको यो असफलतालाई न त पपुलिजम(लोकप्रियता)को तरिकाले समाधान दिन सम्भव छ न संकिर्ण राष्ट्रवादको तरिकाले ? अतः जनतालाई गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य र रोजगारीको ग्यारेन्टी प्रदान गर्ने वैज्ञानिक समाजवादी प्रणाली नै सम्पुर्ण विश्व र मानव जातिको अन्तिम गन्तव्य हो ।
कमरेडहरू, (१) प्रमुख कमान्डर र ठुलो पंक्तिद्वारा महान् जनयुद्धको उद्देश्य अलपत्र पारिएतापनि यसको चम्किलो आदर्श सधै उज्यालो रहिरहने छ । एकादुई व्यक्तिहरू हुनु र नहुनुले क्रान्ति ढिलो वा छिटो अवश्य हुन्छ तर, यो एक अवश्यम्भावी र निरन्तर प्रक्रिया हो । अर्को व्यक्ति वा पुस्ताद्वारा त्यसको नेतृत्व संगठित भईहाल्छ । (२) जबसम्म समाजमा असमानता र उत्पिडन रहिरहन्छ भिन्न स्वरूप र सन्दर्भमा जनमुक्ति सेनाको जन्म भईरहन्छ, जनयुद्ध चलिरहन्छ । (३) क्रान्तिको आधारभूत दिशानिर्देश विश्वव्यापीरूपमा समान भए पनि प्रत्येक देश, काल र परिस्थितिमा त्यसको आफ्नै मौलिकता र विशिष्टताद्वारा त्यो सम्पन्न हुन्छ । (४) दश बर्षे महान् जनयुद्धको अग्र मोर्चामा क्रियाशिल जनमुक्ति सेना कुनै पनि खालको निजी स्वार्थबाट उत्प्रेरित थिएन । विल्कुल स्वयंसेवी सेना थियो । (५) जनमुक्ति सेना श्रमिक जनताको सेना थियो । जनताले ओछ्याउन दिएको गुन्द्री र खाना दिएको गुन्द्रुक जनसेनाको सबैभन्दा बलियो शक्ति थियो । तर, जब शान्ति प्रक्रियाको नाममा जनमुक्ति सेनालाई जनताबाट अलग बनाईयो तब जनसेना र सिंगो माओवादी आन्दोलन कमजोर बन्यो । (६) जेनजी विद्रोहको जन्म संसदवादी दलहरूको कुशासनरूपि कोखबाट भएको हो । तथापि, मनन् गर्नु पर्ने कुरा यो पनि छ कि सिंहदरवार, सर्वोच्च अदालत र संसदभवन दलालहरूका घिनलाग्दा क्रियाकलापको अखडा बनेपछि आगोमा घिऊ थप्ने षडयन्त्रकारीहरूलाई जेनजी मोहरा उचित अवसर बन्यो । (७) देशमा अहिले संविधान छैन । स्थिति यस्तो छ कि– तथाकथित संविधानले सरकार चिन्दैन अनि तथाकथित सरकारले संविधान चिन्दैन ? यो स्थितिमा वर्तमान राजनीतिक संकटलाई जनताको वास्तविक संविधान निर्माणको पहलकदमीमा बदल्नु तत्कालको उचित विकल्प र प्राथमिक आवश्यकता हो । सबै मिलि प्रयत्न गरौं । जनसंविधानको मुल प्रश्न – गास, बास, कपास, शिक्षा, स्वास्थ, रोजगारको ग्यारेन्टी राज्यले नै गर्नुपर्ने व्यवस्था लागू गर्नु हो । महान् जनयुद्धको आधारभूत उद्देश्य पनि यहि थियो । चुनाव पुर्व एक बृहद राष्ट्रिय प्रतिबद्धता आवश्यक छ । अन्यथा, यथास्थितिमा गरिने चुनावको कुनै ओैचित्य छैन । यो यथास्थित हो । टरिनसकेको पश्चगमन हो । सारतः धोका हो । त्यसको कडा प्रतिवाद गरौं ।
कमरेडहरु, १६–२० बर्षको कलिलो उमेरमा(जेनजी उमेर) जनयुद्धमा होमिएको हाम्रो पुस्ता अब करीव ५० बर्षको वरिपरी छ । हिम्मत गरौं, अंग्रेज बिरूद्धको लडाईमा ७३ बर्षे उमेरमा देउथलको मोर्चा सम्हाल्ने देशभक्त वीर योद्धा भक्ति थापाको उमेरमा पुग्न अझैं हामीसँग २०–२५ बर्ष बाँकी छ । श्रमिक वर्गको मुक्ति, उत्पिडित जनताको अधिकार र राष्ट्रिय स्वाधीनता रक्षाको हाम्रो आदर्श भुल्नु, कुल्चनु आत्मघात हो । वर्गघात र राष्ट्रघात हो । देश भित्र या बाहिर जहाँ भएपनि आज श्रमिक वर्ग(तपाई हामी समेत) चरम शोषणको मारमा जिवन संघर्षको कठोर यानता झेलिरहेको छ । दलाल पुँजीवादी सत्ताको उत्पिडिनमा परेका महिला, दलित, अल्पसंख्यक तथा जनजातिहरु सत्ताको किनारामै धकेलिएकाछन् । देशको स्वाधिनता र अखण्डता इतिहासकै कठिन अवस्थामा पुगेको छ । जुन जोगि आएपनि कानै चिरिएका भने झैं सरकारमा पुराना दलालहरुको ठाऊँमा नयाँ दलालहरु नियुक्त हुने स्थिति छ । यो स्थिति हाम्रो देशमा मात्र नभएर विश्वभर समान छ । हरेक देशको सत्ता सिमित संभ्रान्त लुटेराहरुको हातमा छ या उनका कठपुतलीहरुको हातमा छ । धनाढ्यहरु, व्यापारीहरु राजनीतिक नेता बनेकाछन् र राजनीतिक नेताहरु व्यापारीमा फेरिएकाछन् । प्रविधि र पैशाको बलमा श्रमिक जनताको रगत पसिना चुसेर उनिहरुले आफ्नो वैभव खडा गरेकाछन् । मुठीभर मानिसहरूको यो हैकम विल्कुल अस्वीकार्य छ । जनमुक्ति सेना दिवसको ऐतिहासिक अवसरमा एक पटक फेरि संकल्प गरौं–
महान् जनयुद्ध – जिन्दावाद !
जनमुक्ति सेना नेपाल – जिन्दावाद !
जनताको वास्तविक संविधान – निर्माण गरौं !
जनताको बिद्रोह – जिन्दावाद !
वैज्ञानिक समाजवादी क्रान्ति – जिन्दावाद !
१गन्तव्य बिनाको गन्तव्य–संसदीय यात्रा
२हामी दीर्घकालीन जनयुद्धको बाटो जारी राख्नेछौँ : भाकपा(माओवादी)
३शुल्क तिर्न नसकेको कारण विद्यार्थी निष्कासन : बहुमत निकट अखिल (क्रान्तिकारी)को कडा आपत्ति
४नेकपा (बहुमत)ले भोली पत्रकार सम्मेलन गर्दै
५नेकपा (बहुमत) ५ नं. ब्युरोको अन्तरक्रिया कार्यक्रम सम्पन्न
प्रतिक्रिया