
३नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
४आत्मदाह गराउन बन्द गर
५नेकपा (बहुमत) भारत उपब्युरो अन्तर्गत पञ्जाब जिल्लाको प्रथम जिल्ला भेला सम्पन्न
६सबिनको नेतृत्वमा २१ सदस्यीय जिल्ला समिति चयन गर्दै नेकपा (बहुमत) कास्कीको भेला सम्पन्न,
७नेकपा (बहुमत) बाँकेको जिल्ला भेला सम्पन्न, चक्र थापाको नेतृत्वमा १३ सदस्यीय समिति चयन
८नेकपा (बहुमत) बर्दियाको दोस्रो जिल्ला भेला सम्पन्न, दिलमानको नेतृत्वमा ११ सदस्यीय समिति चयन
९भारतको महाराष्ट्रमा नेकपा (बहुमत)को जिल्ला भेला सम्पन्न, ९ सदस्यीय जिल्ला समिति चयन
१०विश्वविजय, सीमा आजादलगायतमाथि अवसरवादको आरोप लगाउँदै भाकपा (माओवादी)को वक्तव्य
११सीपीसीको १०५औँ स्थापना दिवसमा सी जिनपिङको सन्देश : चुनौती चिर्दै नयाँ यात्रामा अघि बढ्न आह्वान
१२नेकपा (बहुमत) दाङको दोस्रो जिल्ला भेला सम्पन्न, सजकको नेतृत्वमा जिल्ला समिति चयन
१विश्वविजय, सीमा आजादलगायतमाथि अवसरवादको आरोप लगाउँदै भाकपा (माओवादी)को वक्तव्य
२नेकपा (बहुमत) दाङको दोस्रो जिल्ला भेला सम्पन्न, सजकको नेतृत्वमा जिल्ला समिति चयन
३भारतको महाराष्ट्रमा नेकपा (बहुमत)को जिल्ला भेला सम्पन्न, ९ सदस्यीय जिल्ला समिति चयन
४होल्डिङ सेन्टर खाली गराउने सरकारी निर्णय फिर्ता लिन चार कम्युनिस्ट पार्टीको माग, आन्दोलनका कार्यक्रम घोषणा
५नेकपा (बहुमत) बाँकेको जिल्ला भेला सम्पन्न, चक्र थापाको नेतृत्वमा १३ सदस्यीय समिति चयन
६सबिनको नेतृत्वमा २१ सदस्यीय जिल्ला समिति चयन गर्दै नेकपा (बहुमत) कास्कीको भेला सम्पन्न,
७नेकपा (बहुमत) बर्दियाको दोस्रो जिल्ला भेला सम्पन्न, दिलमानको नेतृत्वमा ११ सदस्यीय समिति चयन
८रेबिजविरुद्धको खोपको चरम अभावप्रति जनस्वास्थ्यकर्मी संगठनको गम्भीर चिन्ता
९नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
१०नेकपा (बहुमत) भारत उपब्युरो अन्तर्गत पञ्जाब जिल्लाको प्रथम जिल्ला भेला सम्पन्न
११सीपीसीको १०५औँ स्थापना दिवसमा सी जिनपिङको सन्देश : चुनौती चिर्दै नयाँ यात्रामा अघि बढ्न आह्वान
बिरबल बुढ्थापा(बिज्ञान)
फागुन २१ को निर्वाचन र ऐतिहासिक जिम्मेवारी :
नेपाल आज गम्भीर राजनीतिक, सामाजिक र आर्थिक संकटको बीचमा उभिएको छ । राजनीतिक अस्थिरता, सांस्कृतिक विचलन, राष्ट्रिय स्वाधीनतामाथिको हस्तक्षेप, जनजीविकामाथिको असह्य बोझ, गाँस–बास–शिक्षा–स्वास्थ्यजस्ता आधारभूत अधिकारको अभाव, बेरोजगारीको भयावह अवस्था, शान्ति र सुशासनको पतन—यी सबै समस्या संयोग मात्र होइनन् । यी संकटहरू दलाल संसदीय व्यवस्थाको स्वाभाविक परिणाम हुन् । फेरि एकपटक फागुन २१ गते निर्वाचन हुँदैछ । सत्ताधारी वर्ग यसलाई लोकतन्त्रको पर्वका रूपमा प्रस्तुत गरिरहेको छ । तर जनताको दैनिक जीवन झन् कठिन बन्दै गएको यथार्थले गम्भीर प्रश्न उठाउँछ—के यही निर्वाचनले जनताको अवस्था बदल्न सक्छ ? हाम्रो निष्कर्ष स्पष्ट छ : व्यवस्था नबदली जनताको अवस्था बदलिँदैन ।
राजनीतिक संकट : पात्र होइन, प्रणाली दोषी :
नेपालको राजनीतिक इतिहासमा पात्रहरू पटक–पटक फेरिएका छन् । दलहरू बदलिएका छन्, गठबन्धन बनेका र टुटेका छन्, संविधान संशोधित र परिमार्जित भएको छ । तर जनताको जीवनमा गुणात्मक परिवर्तन आएको छैन । यसको कारण स्पष्ट छ—समस्या व्यक्ति वा दलमा होइन, शोषणकारी संसदीय प्रणालीमै छ । यो व्यवस्था सीमित वर्ग, दलाल पूँजी र विदेशी स्वार्थको सेवामा केन्द्रित छ ; जनताको हित यसको प्राथमिकतामा छैन ।
जनजीविका र सामाजिक प्रश्न :
आज देशका बहुसंख्यक जनता गाँस जुटाउन संघर्षरत छन् । शिक्षा र स्वास्थ्य सेवा व्यापारमा परिणत भएका छन् । रोजगारीको अभावले युवाहरू विदेशिन बाध्य भएका छन् । गाउँहरू खाली हुँदै गएका छन् भने सहरहरू झन् अव्यवस्थित बन्दै गएका छन् । शान्ति र सुशासनको नाममा दमन, भ्रष्टाचार र दण्डहीनता मौलाउँदै गएको छ । यी सबै समस्याको जरो नाफामुखी राज्य संरचना हो, जहाँ जनताको पीडाभन्दा सत्ताको सौदा प्राथमिकतामा पर्छ ।
आन्दोलनहरूको ऐतिहासिक सन्देश :
नेपालको इतिहास जनसंघर्षहरूले भरिएको छ । जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन, एकीकृत जनक्रान्ति—यी आन्दोलनहरू आकस्मिक घटना थिएनन् । ती सबै पुरानो राज्यसत्ता र शोषणकारी व्यवस्था विरुद्धका संगठित विद्रोह थिए । हालै सम्पन्न भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनले पनि स्पष्ट सन्देश दिएको छ—नयाँ पुस्ता अब झुटा वाचा र खोक्रा नारामा होइन, वास्तविक परिवर्तनमा विश्वास गर्छ । यी सबै आन्दोलनहरूको सार एउटै छ, संसदीय व्यवस्थाभित्र रहेर जनमुक्ति सम्भव छैन ।
वैज्ञानिक समाजवाद : वैकल्पिक मार्ग :
आजको संकटबाट निकासका लागि वैज्ञानिक समाजवाद नै व्यवहारिक र ऐतिहासिक विकल्प हो । यसको अर्थ राज्यसत्ताको पुनर्संरचना, उत्पादनका साधनमाथि जनताको स्वामित्व, सामाजिक न्याय, राष्ट्रिय स्वाधीनता र समतामूलक समाजको निर्माण हो । यस दिशामा अगाडि बढ्न स्वाधीन संयुक्त सरकार र जनहितमा आधारित अन्तरिम संविधान अपरिहार्य छन् ।
फागुन २१ मा चुनाव होइन, बहिष्कार गरौँ :
यस सन्दर्भमा फागुन २१ को निर्वाचन समाधान होइन । यो पुरानै शोषणकारी व्यवस्थालाई निरन्तरता दिने प्रयास मात्र हो । त्यसैले आजको ऐतिहासिक आवश्यकता चुनावमा सहभागी हुनु होइन, चुनाव बहिष्कार गर्दै व्यवस्था परिवर्तनको आन्दोलनलाई तीव्र बनाउनु हो । “नो भोट” कुनै नकारात्मकता होइन; यो चेतनाको अभिव्यक्ति हो। यो दलाल संसदीय व्यवस्थाविरुद्धको राजनीतिक प्रतिरोध हो । इतिहासले बारम्बार प्रमाणित गरिसकेको छ—पात्र फेरिएर होइन, व्यवस्था फेरिएर मात्र जनताको अवस्था बदलिन्छ ।
आजको आवश्यकता :
संसदीय भ्रमबाट मुक्त भई जनताको संगठित शक्ति निर्माण गर्ने, र व्यवस्था परिवर्तनको आन्दोलनमा दृढतापूर्वक उभिने । फागुन २१ को चुनाव होइन, नयाँ समाज निर्माणको संघर्ष आजको ऐतिहासिक आवश्यकता हो ।


१विश्वविजय, सीमा आजादलगायतमाथि अवसरवादको आरोप लगाउँदै भाकपा (माओवादी)को वक्तव्य
२नेकपा (बहुमत) दाङको दोस्रो जिल्ला भेला सम्पन्न, सजकको नेतृत्वमा जिल्ला समिति चयन
३भारतको महाराष्ट्रमा नेकपा (बहुमत)को जिल्ला भेला सम्पन्न, ९ सदस्यीय जिल्ला समिति चयन
४होल्डिङ सेन्टर खाली गराउने सरकारी निर्णय फिर्ता लिन चार कम्युनिस्ट पार्टीको माग, आन्दोलनका कार्यक्रम घोषणा
५नेकपा (बहुमत) बाँकेको जिल्ला भेला सम्पन्न, चक्र थापाको नेतृत्वमा १३ सदस्यीय समिति चयन
प्रतिक्रिया