
१अमेरिका—इरान युद्ध : कसको जीत, कसको हार
२राष्ट्रिय स्वाधीनता र सुकुम्बासी समस्या समाधानका लागि दीर्घकालीन नीति आवश्यक : केन्द्रीय संघर्ष समिति
३माइक्रोन्युट्रियन्ट पाउडर खरिद प्रक्रियाबारे छानबिनको माग
४आउनुहोस्, कायपक्कायाको बाटो पछ्याऔँ, टिकेपी–एमएल(TKP-ML)
५फासीवादी विभ्रम र क्रान्तिको उज्ज्वल भविष्य
६दलितसँग माफी माग्ने कि, क्षतिपूर्ति ! (सन्दर्भ : छुवाछुत उनमुलन राष्ट्रिय दिवस)
७प्रधानमन्त्रीको अभिव्यक्तिप्रति नेकपा (बहुमत) को आपत्ति, आन्दोलन घोषणा
८एसियाली खेलकुद छनोटका लागि दिपेन्द्रको कप्तानीमा टी–२० नेपाली क्रिकेट टोली घोषणा
९क्रिप्टो कोलोनिष्ट; नीति तथा कार्यक्रम
१०सुकुम्बासीमाथिको दमनविरुद्ध काठमाडौंमा संयुक्त संघर्ष समितिको प्रदर्शन
११नयाँ सुरक्षा नीतिसँगै उत्तर कोरिया आणविक आक्रामकतामा
१२South Asian Student Unions Oppose Ban on Student Organizations in Nepal
१प्रधानमन्त्रीको अभिव्यक्तिप्रति नेकपा (बहुमत) को आपत्ति, आन्दोलन घोषणा
२दलितसँग माफी माग्ने कि, क्षतिपूर्ति ! (सन्दर्भ : छुवाछुत उनमुलन राष्ट्रिय दिवस)
३फासीवादी विभ्रम र क्रान्तिको उज्ज्वल भविष्य
४अमेरिका—इरान युद्ध : कसको जीत, कसको हार
५राष्ट्रिय स्वाधीनता र सुकुम्बासी समस्या समाधानका लागि दीर्घकालीन नीति आवश्यक : केन्द्रीय संघर्ष समिति
६माइक्रोन्युट्रियन्ट पाउडर खरिद प्रक्रियाबारे छानबिनको माग
७आउनुहोस्, कायपक्कायाको बाटो पछ्याऔँ, टिकेपी–एमएल(TKP-ML)
बिरबल बुढ्थापा(बिज्ञान)
फागुन २१ को निर्वाचन र ऐतिहासिक जिम्मेवारी :
नेपाल आज गम्भीर राजनीतिक, सामाजिक र आर्थिक संकटको बीचमा उभिएको छ । राजनीतिक अस्थिरता, सांस्कृतिक विचलन, राष्ट्रिय स्वाधीनतामाथिको हस्तक्षेप, जनजीविकामाथिको असह्य बोझ, गाँस–बास–शिक्षा–स्वास्थ्यजस्ता आधारभूत अधिकारको अभाव, बेरोजगारीको भयावह अवस्था, शान्ति र सुशासनको पतन—यी सबै समस्या संयोग मात्र होइनन् । यी संकटहरू दलाल संसदीय व्यवस्थाको स्वाभाविक परिणाम हुन् । फेरि एकपटक फागुन २१ गते निर्वाचन हुँदैछ । सत्ताधारी वर्ग यसलाई लोकतन्त्रको पर्वका रूपमा प्रस्तुत गरिरहेको छ । तर जनताको दैनिक जीवन झन् कठिन बन्दै गएको यथार्थले गम्भीर प्रश्न उठाउँछ—के यही निर्वाचनले जनताको अवस्था बदल्न सक्छ ? हाम्रो निष्कर्ष स्पष्ट छ : व्यवस्था नबदली जनताको अवस्था बदलिँदैन ।
राजनीतिक संकट : पात्र होइन, प्रणाली दोषी :
नेपालको राजनीतिक इतिहासमा पात्रहरू पटक–पटक फेरिएका छन् । दलहरू बदलिएका छन्, गठबन्धन बनेका र टुटेका छन्, संविधान संशोधित र परिमार्जित भएको छ । तर जनताको जीवनमा गुणात्मक परिवर्तन आएको छैन । यसको कारण स्पष्ट छ—समस्या व्यक्ति वा दलमा होइन, शोषणकारी संसदीय प्रणालीमै छ । यो व्यवस्था सीमित वर्ग, दलाल पूँजी र विदेशी स्वार्थको सेवामा केन्द्रित छ ; जनताको हित यसको प्राथमिकतामा छैन ।
जनजीविका र सामाजिक प्रश्न :
आज देशका बहुसंख्यक जनता गाँस जुटाउन संघर्षरत छन् । शिक्षा र स्वास्थ्य सेवा व्यापारमा परिणत भएका छन् । रोजगारीको अभावले युवाहरू विदेशिन बाध्य भएका छन् । गाउँहरू खाली हुँदै गएका छन् भने सहरहरू झन् अव्यवस्थित बन्दै गएका छन् । शान्ति र सुशासनको नाममा दमन, भ्रष्टाचार र दण्डहीनता मौलाउँदै गएको छ । यी सबै समस्याको जरो नाफामुखी राज्य संरचना हो, जहाँ जनताको पीडाभन्दा सत्ताको सौदा प्राथमिकतामा पर्छ ।
आन्दोलनहरूको ऐतिहासिक सन्देश :
नेपालको इतिहास जनसंघर्षहरूले भरिएको छ । जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन, एकीकृत जनक्रान्ति—यी आन्दोलनहरू आकस्मिक घटना थिएनन् । ती सबै पुरानो राज्यसत्ता र शोषणकारी व्यवस्था विरुद्धका संगठित विद्रोह थिए । हालै सम्पन्न भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनले पनि स्पष्ट सन्देश दिएको छ—नयाँ पुस्ता अब झुटा वाचा र खोक्रा नारामा होइन, वास्तविक परिवर्तनमा विश्वास गर्छ । यी सबै आन्दोलनहरूको सार एउटै छ, संसदीय व्यवस्थाभित्र रहेर जनमुक्ति सम्भव छैन ।
वैज्ञानिक समाजवाद : वैकल्पिक मार्ग :
आजको संकटबाट निकासका लागि वैज्ञानिक समाजवाद नै व्यवहारिक र ऐतिहासिक विकल्प हो । यसको अर्थ राज्यसत्ताको पुनर्संरचना, उत्पादनका साधनमाथि जनताको स्वामित्व, सामाजिक न्याय, राष्ट्रिय स्वाधीनता र समतामूलक समाजको निर्माण हो । यस दिशामा अगाडि बढ्न स्वाधीन संयुक्त सरकार र जनहितमा आधारित अन्तरिम संविधान अपरिहार्य छन् ।
फागुन २१ मा चुनाव होइन, बहिष्कार गरौँ :
यस सन्दर्भमा फागुन २१ को निर्वाचन समाधान होइन । यो पुरानै शोषणकारी व्यवस्थालाई निरन्तरता दिने प्रयास मात्र हो । त्यसैले आजको ऐतिहासिक आवश्यकता चुनावमा सहभागी हुनु होइन, चुनाव बहिष्कार गर्दै व्यवस्था परिवर्तनको आन्दोलनलाई तीव्र बनाउनु हो । “नो भोट” कुनै नकारात्मकता होइन; यो चेतनाको अभिव्यक्ति हो। यो दलाल संसदीय व्यवस्थाविरुद्धको राजनीतिक प्रतिरोध हो । इतिहासले बारम्बार प्रमाणित गरिसकेको छ—पात्र फेरिएर होइन, व्यवस्था फेरिएर मात्र जनताको अवस्था बदलिन्छ ।
आजको आवश्यकता :
संसदीय भ्रमबाट मुक्त भई जनताको संगठित शक्ति निर्माण गर्ने, र व्यवस्था परिवर्तनको आन्दोलनमा दृढतापूर्वक उभिने । फागुन २१ को चुनाव होइन, नयाँ समाज निर्माणको संघर्ष आजको ऐतिहासिक आवश्यकता हो ।



१प्रधानमन्त्रीको अभिव्यक्तिप्रति नेकपा (बहुमत) को आपत्ति, आन्दोलन घोषणा
२दलितसँग माफी माग्ने कि, क्षतिपूर्ति ! (सन्दर्भ : छुवाछुत उनमुलन राष्ट्रिय दिवस)
३फासीवादी विभ्रम र क्रान्तिको उज्ज्वल भविष्य
४अमेरिका—इरान युद्ध : कसको जीत, कसको हार
५राष्ट्रिय स्वाधीनता र सुकुम्बासी समस्या समाधानका लागि दीर्घकालीन नीति आवश्यक : केन्द्रीय संघर्ष समिति
प्रतिक्रिया