
३नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
४आत्मदाह गराउन बन्द गर
५नेकपा (बहुमत) भारत उपब्युरो अन्तर्गत पञ्जाब जिल्लाको प्रथम जिल्ला भेला सम्पन्न
६सबिनको नेतृत्वमा २१ सदस्यीय जिल्ला समिति चयन गर्दै नेकपा (बहुमत) कास्कीको भेला सम्पन्न,
७नेकपा (बहुमत) बाँकेको जिल्ला भेला सम्पन्न, चक्र थापाको नेतृत्वमा १३ सदस्यीय समिति चयन
८नेकपा (बहुमत) बर्दियाको दोस्रो जिल्ला भेला सम्पन्न, दिलमानको नेतृत्वमा ११ सदस्यीय समिति चयन
९भारतको महाराष्ट्रमा नेकपा (बहुमत)को जिल्ला भेला सम्पन्न, ९ सदस्यीय जिल्ला समिति चयन
१०विश्वविजय, सीमा आजादलगायतमाथि अवसरवादको आरोप लगाउँदै भाकपा (माओवादी)को वक्तव्य
११सीपीसीको १०५औँ स्थापना दिवसमा सी जिनपिङको सन्देश : चुनौती चिर्दै नयाँ यात्रामा अघि बढ्न आह्वान
१२नेकपा (बहुमत) दाङको दोस्रो जिल्ला भेला सम्पन्न, सजकको नेतृत्वमा जिल्ला समिति चयन
१विश्वविजय, सीमा आजादलगायतमाथि अवसरवादको आरोप लगाउँदै भाकपा (माओवादी)को वक्तव्य
२नेकपा (बहुमत) दाङको दोस्रो जिल्ला भेला सम्पन्न, सजकको नेतृत्वमा जिल्ला समिति चयन
३भारतको महाराष्ट्रमा नेकपा (बहुमत)को जिल्ला भेला सम्पन्न, ९ सदस्यीय जिल्ला समिति चयन
४नेकपा (बहुमत) बाँकेको जिल्ला भेला सम्पन्न, चक्र थापाको नेतृत्वमा १३ सदस्यीय समिति चयन
५सबिनको नेतृत्वमा २१ सदस्यीय जिल्ला समिति चयन गर्दै नेकपा (बहुमत) कास्कीको भेला सम्पन्न,
६नेकपा (बहुमत) बर्दियाको दोस्रो जिल्ला भेला सम्पन्न, दिलमानको नेतृत्वमा ११ सदस्यीय समिति चयन
७नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
८नेकपा (बहुमत) भारत उपब्युरो अन्तर्गत पञ्जाब जिल्लाको प्रथम जिल्ला भेला सम्पन्न
९सीपीसीको १०५औँ स्थापना दिवसमा सी जिनपिङको सन्देश : चुनौती चिर्दै नयाँ यात्रामा अघि बढ्न आह्वान
११आत्मदाह गराउन बन्द गर
राष्ट्रिय स्वतन्त्र पार्टीको एकल बहुमतको सरकारले बजेट अधिवेशन शुरु भएको पहिलो दिनमा नै आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम संसदमा पेश गर्यो । राष्ट्रपति रामचन्द्र पौडेलले दुवै सदनलाई सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । यसरी संसदको पहिलो दिनमा नै नीति तथा कार्यक्रम पेश गरिनु नेपालको संसदीय इतिहासमा पहिलो हो । बालेन्द्रको सरकार बनेपछि नयाँ काम गर्ने नाममा उसका लागि चाहिने सबै कुराहरु छिटछिटो हुने गरेका छन् । के यिनै कामहरुकै आधारमा नीति तथा कार्यक्रम पनि पहिलो दिनमा आउनुलाई हेर्न मिल्दछ ? यस प्रश्नको उत्तर विस्तारै प्राप्त हुँदै जाला । नीति तथा कार्यक्रम छिटो वा ढिलो आउनुले वर्तमान सरकार र संसदमा केही फरक पर्दैन किन की यो सरकार एकल मतको आधारमा बनेको छ । उसले पेश गरेको नीति तथा कार्यक्रम सजिलै पारित हुन्छ र आर्थिक वर्ष २०८३/०८४ को बजेट पनि आइ हाल्छ र पारित हुन्छ । त्यसैले यो सरकारलाई विगतका सरकारमा जस्तो नीति तथा कार्यक्रम र बजेट पारित हुँदैन भन्ने कुनै असुविधा छैन । बरु सुविधा नै सुविधा छ । त्यसैले पारित हुने र बनेका योजना कार्यान्वयन हुने आशंका नराखिकन सरकार अगाडि बढ्न सक्दछ ।
तर नीति तथा कार्यक्रम वाचन गरिएको भोलिपल्ट संसदमा गजवको दृश्य देखा पर्यो । संसदमा प्रतिनिधित्व गर्ने सबै पार्टी र स्वतन्त्र सांसदले नीति तथा कार्यक्रम माथिको टिप्पणी भन्दा पनि राष्ट्रपतिले नीति तथा कार्यक्रम वाचन गर्दैगर्दा पूरा नसुनिकन ५६ मिनेटमा नै बाहिरिएका प्रधानमन्त्रीको कार्यशैली र पहिरनका बारेमा टिप्पणी भए । प्रतिपक्षी बोल्दै गर्दा सरकार पक्षका सांसदहरु उठेर बोल्न खोज्दा सरकार पक्षबाट निर्वाचित सभामुखले “माननीयज्यू, तपार्ईँको निमापत्ति नियमावलीको कुन बुँदासँग जोडिएको छ ?” प्रश्न गर्दा नाजवाफ भएका दृश्यहरु देखिए । यसले के देखाउँछ भने चुनावमा रास्वपा दिएको नारा ‘जान्नेलाई छान्ने’ भन्दै गर्दा सामान्य नियमावली नपढेका सांसद बन्न पुगेका रहेछन् ।
यो नीति तथा कार्यक्रमका विशेषताहरु
नीति तथा कार्यक्रममा “सबै वर्ग, क्षेत्र र समुदायको समान अपनत्व सुनिश्चित गर्न राजनीति दलहरुसँग संवाद र सहकार्यका आधारमा संविधान संशोधनका साझा विषय पहिचान गरी ‘संविधान संशोधन बहस पत्र’ तयार गरिने” भनिएको छ । यस वाक्यांशले यो सरकार वर्तमान संविधान संशोधन गर्न चाहान्छ । संविधान संशोधनको कुरा यस अघि पनि उठेको हो ।
तर बालेन सरकारले के विषयमा संविधान संशोधन गर्न चाहान्छ भन्ने कुरा स्पष्ट छैन । यद्यपी बालेनको प्रधानमन्त्रीको सपथ ग्रहणमा गरिएको कर्मकाण्ड, राजतन्त्रप्रतिको मोह, अधिशासकीय चिन्तनले प्रतिगामी प्रियतावादको आवरणमा वैधानिक प्रतिगमनतिर संविधान संशोधनको आशंका गर्न सकिन्छ ।
यो नीति तथा कार्यक्रम मार्फत सरकारले आफ्नो आर्थिक नीतिलाई स्पष्ट पारेको छ । उसले “नयाँ चरणको आर्थिक सुधार श्रृंखला” नीतिको व्याख्या गरेको छ । यसको लक्ष्यका रुपमा उसले नेपाललाई सम्मानजनक मध्यम आय भएको मुलुकमा स्तरोन्नति गर्न आगामी दशक औसत वास्तविक आर्थिक बृद्धि दर ७ प्रतिशत पुर्याउने लिएको छ । यसका लागि सरकारले उत्पादन लागत घटाउन, व्यवसाय गर्ने वातावरण सरल बनाउन, नीतिगत तथा कानुनी अवरोध हटाउन र स्वदेशी, विदेशी तथा प्रवासी लगानी आकर्षित गर्न आर्थिक उत्प्रेरणाको आधारभूत पूनर्संरचना गरिने भनेको छ ।
सरकारले यो नीति लागू गर्ने हो भने विगतमा कानुनी प्रक्रियाका कारण अवरोध ढिलासुस्ती भएको स्वदेशी तथा विदेशी लगानीलाई सहज र सरल बनाउने छ । यसले गर्दा लगानीका कारण विकास निर्माण देखिएको समस्यालाई समाधान गर्दछ । नीतिगत रुपमा ल्याइएको यो नीतिले सबैभन्दा सजिलो डायस्पोरालाई हुन्छ । प्रवासी नेपालीहरुले नेपालमा लगानी गर्न विभिन्न झंझट बेहोर्नु परेको छ ।
हुन त २०७५ सालमा नै तत्कालिक सरकारले नेपाललाई निम्न आयबाट मध्यम आय भएको देशमा २०८५ सालमा पुर्याउने लक्ष्य पन्ध्रौं पञ्च वर्र्षीय आयोजनामा नै लिएको थियो । तर यो नीति तथा कार्यक्रममा ७ वर्ष भित्र आर्थिक बृद्धि दर ७ प्रतिशत पुर्याएर गर्ने भनेको छ ।
यस नीति तथा कार्यक्रममा स्वदेशी, विदेशी र प्रवासी लगानीको क्षेत्र पनि किटान गरिएको छ । त्यसमा भनिएको छ, ‘सीमारहित अर्थतन्त्र’ र ‘तौलरहित व्यापार’लाई राष्ट्रिय आर्थिक रणनीतिका रुपमा आत्मसात् गर्दै सूचना प्रविधिमा आधारित सेवा निर्यात, जलविद्युत, पर्यटन, उच्च कृषि तथा हरित औद्योगिकीकरणलाई आर्थिक रुपान्तरणका प्रमुख आधार क्षेत्रका रुपमा व्याख्या गरेको छ ।
अहिलेसम्म सरकारी तथ्यांकमा नेपालबाट निर्यात हुने बस्तुहरुमा वनस्पति तेल, कार्पेट, चिया, कफी र मसला, फलाम तथा स्टिलहरु राखिएको थियो । तर यथार्थमा नेपालबाट सफ्टवेयर डेभलपमेन्ट, आउटसोर्सिङ, फ्रिल्याण्डिङ, एआई सर्भिस, डाटा प्रोसेसिङ, वेभ/एप डेभलोपिङ जो सूचना प्रविधि भित्र पर्दछन् निर्यात गरेर यस वर्ष मात्र एक खर्ब २५ अर्ब आर्जन गरेको थियो । नेपालको वास्तविक र दिगो विकास गर्न कृषि, जलविद्युत यिनीहरुको औद्योगिकीकरण नै हो ।
यो नीति तथा कार्यक्रममा अर्थ आर्जनको एउटा क्षेत्र कार्वन व्यापारका लागि नेपाल कार्वन पाधिकरण गठन गरी रेड प्लस अर्थात रिड्युसिङ इमिशन फ्रम डिफरेस्टेशन एण्ड फरेस्ट डिग्रेटेशन कार्यक्रम ल्याएको छ । नेपालले लामो समयदेखि कार्वन बेच्दै आएको छ । नेपालको करिब ४६ प्रतिशत वन क्षेत्रले कार्बन व्यापारमा समेटिएको छ र यसबाट वैदेशिक मुद्रा आर्जन गर्ने गरेको छ । अहिलेको नीति तथा कार्यक्रमले नेपालकोवन क्षेत्र झनै बढ्ने छ । अर्थनीतिका आधारमा संसदीय व्यवस्थामा यो नीति तथा कार्यक्रम उपयुक्त रहेको छ । तर सरकारले पेश गरेको नीति तथा कार्यक्रममा समावेश आर्थिक नीतिले वैदेशिक लगानीलाई बिना शर्त प्रवेशलाई अनुमति थिएको छ । यसले विकासका नाममा पश्चिमा त्यसमा पनि अमेरिका र उसँग आबद्ध आर्थिक संघ/संस्थाहरुको लगानीबाट बन्ने श्रृंगारिक विकासबाट नवउदारवादको प्रत्यक्ष प्रवेश हुने छ । यसले गर्दा नेपालमा रहेका जल, अमेरिकाको पाक सिलिका नीति अन्तर्गत युरेनियम लगायतका रेअर अर्थ कब्जा गर्न बाटो खुल्ने छ । सरकारले लिएको यो अर्थ नीति विगतका सरकारले लिएको भन्दा केही नयाँ छ । तर यसले मुलरुपमा क्रिप्टो कोलोनिष्ट नीतिलाई अंगालेको छ ।
क्रिप्टो कोलोनिष्ट नीति भनेको यस्तो देशमा लागू हनुे हो, जुन देश कहिल्यै पनि प्रत्यक्ष उपनिवेश बनेन । तर त्यहाँको राज्य प्रणालीमा उपनिवेशका नीतिहरु रहेका हुन्छन् । अथवा उपनिवेशले राज्य भित्र नै कानुनी रुपमा नै आफनो अनुकुलतमा औपनिवेशिक देशको जरासम्म संरचनाहरु फैलाएको हुन्छ । बाहिरीरुपमा औपनिवेशिक देश पूर्ण रुपले स्वतन्त्र देखिन्छ । विगतमा कुनै देशको भौतिक उपनिवेश बनेको पनि हुँदैन । तर शासन प्रणालीका नीतिहरु उपनिवेशका बनाइन्छ र लागू गरिन्छ । अहिले नीति तथा कार्यक्रममा यो कुरा स्पष्ट देखा पर्दछ ।
यो सरकारका अन्य विषयहरुमा नयाँपन देखिदैन । विगतका सरकारहरुले ल्याएका नीतिहरुलाई नै निरन्तरता दिएको देखिन्छ । शिक्षा, स्वास्थ्य र रोजगारीका लागि शब्दहरु नयाँ र अंग्रेजीमा राखिएको छ । शिक्षामा माध्यमिक शिक्षासम्म निःशुल्क संविधानमा नै उल्लेख गरिएको छ । निजी क्षेत्रबाट सञ्चालित शिक्षण संस्थालाई सेवामुखी र गुणस्तर—केन्द्रित बनाउन स्वस्थ नियमन गराउने कुरा गरेर निजी शिक्षा क्षेत्रलाई नमूनाकृत गरिएको छ । यसले गुणस्तर शिक्षा केवल निजी क्षेत्रमा मात्र सम्भव छ र त्यसलाई पिछा गर्नु पर्दछ भन्ने सन्देश दिएको छ, भने स्वस्थ नियमन गराउने कुराले संविधानतः अनिवार्य र निःशुल्क शिक्षा नीति कार्यक्रम कार्यान्वयनमा संशय पैदा गरेको छ । साथै निजी शिक्षालाई प्रोत्साहित गरेको छ ।
रोजगारीका लागि कमाउँदै सिक्दै अवधारणामा आधारित राष्ट्रिय अप्रेन्टिससिप कार्यक्रम, रिमोट वर्क, सिप पासपोर्ट जस्ता पदावलीहरुको प्रयोगले विदेश ताकिएको देखिन्छ । देश भित्र रोजगारी स्थापना माथि उल्लेख गरिएका आर्थिक विकासका आधारमा हुने कुरा गरिएको छ । तर शिक्षाको उद्देश्य अन्तराष्ट्रिय श्रम बजारमा बिक्ने जनशक्ति उत्पादन गर्ने वा आधुनिक दक्ष जनशक्तिलाई विदेश पठाएर विप्रेषण बढाउने वा फरक आवरणमा मानव बेचविखनलाई नीतिबाट नै मान्यता दिने लक्ष्य लिएको देखिन्छ ।
यो सरकार बन्दै गर्दा उसप्रति गणतन्त्र र संघीयता विरोधीको आरोप लागेको थियो । तर उक्त आरोपलाई मुख बन्द गर्ने गरी यस नीति तथा कार्यक्रममा सङ्घीय लोकतान्त्रिक गणतन्त्रातमक शासन प्रणालीको सुदृढिकण सरकारको मार्गदर्शन हुनेछ भनी उल्लेख गरिएको छ ।
यो नीति तथा कार्यक्रमले मध्यम, उच्च वर्गलाई राम्रो सम्बोधन गरेको छ । संविधानमा मौलिक हकका रुपमा रहेका प्रावधानहरुको पनि उल्लेख छ । यति मात्र नभएर पुराना भनिएका पार्टीले विगतमा उठाएका र चुनावी नारा बनाएका कुराहरुलाई यस कार्यक्रममा समेटिएको छ । किसानको मल, बिऊ, सिंचाई, उत्पादित बस्तुको बजारको पनि कुरा उठाएको छ, जुन विगतका सरकारले पनि आफ्नो नीति तथा कार्यक्रममा उल्लेख गर्दथे । तर किसनाकालागि चाहिएको समयमा मल हुँदैन्यो । वर्ष भरी केवल ३० प्रतिशत खेती योग्य जमिनमा सचिाँई हुन्छ । मुलरुपमा किसानले उत्पादन गरेको तरकारी र दूध बिक्री नभएर वा उचित मूल्य नपाएर फाल्नु पर्ने हुन्छ । त्यसै गरी उन्नत जातको बिऊ पाइदैन ।
तर केही लोकप्रिय विषय उठाएको छ, जो नेपालको संविधानको मर्म विपरित छ । जस्तै पहिला कुनै पार्टीको विचारमा आबद्ध भएका मान्छेले सरकारी जागिर खान नपाउने । कुनै व्यक्ति कुनै विचारको नजिक भएको जानकारी भएमा पेशाबाट हात धुनु पर्ने हुन्छ भने वैचारिक स्वतन्त्रतालाई बन्देज लगाइदिन्छ । यसले सरकार फासीवादी बन्दै गएको भान हुन्छ ।
यसको अर्को नकारात्मक पक्ष भनेको सीमान्तकृत जनसमुदायको पक्षमा केही बोलेको छैन । उत्पीडितहरुका बारेमा यसमा चर्चा समेत छैन । बहिष्करणमा परेको ठूलो संख्याका बारेमा यो नीति तथा कार्यक्रममा केही छैन । बरु सहर सौन्दर्यकरण गर्ने नाममा फुटपाथमा सानो लगानीमा चलाएका व्यापार गर्ने व्यापारीलाई अमानवीय तरकाले हटाइएको छ । सानो झुप्रा बनाएर दिनभरी सहरमा पाइने ज्याला गरेर परिवारको एक गास पूरा गर्दै आएका सुकुमबासीलाई सेनाको त्रासमा झुप्रो विहीन बनाइएको छ ।
अहिले सहरका चोकचोकमा शारीरिक रुपमा अक्षम (विशेष क्षमता भएका) हरु गीत गाएर केही पैसा जम्मा गरी जीवन निर्वाह गरेका छन् । दलितसँग माफी माग्ने पार्टीको दिनदिनै उसैले बनाएको कानुन मिचेर उत्पीडन गरेको छ । नीतिगत उत्पीडन हटाउन स्पष्ट नीति आएको छैन । सहकारीका बारेमा सहकारी पीडितको बचत रकम फिर्ता गर्न सरकारले कर्जा सूचना प्राधिकरण स्थापना गर्ने भनिएको छ । सहकारीका नाममा सामान्य जनताको अकुत सम्पत्ति जम्मा गरेर त्यसको दुरुपयोग गर्नेलाई छुट दिइएको छ । तर महंगो ब्याजमा थोरै ऋण लिनेहरुबाट उनीहरुको बाँकी रहेको सम्पत्ति हडप्न प्राधिकरण बनाउने नीति बनाइएको छ ।
तर मिटर ब्याज पीडितहरुका बारेमा केही बोलेको छैन । उनीहरुको लुटिएको सम्पत्ति फिर्ता, ब्याजको स्याज बनाउने उत्पीडकका बारेमा कुनै कार्यक्रम छैन । त्यसैगरी वित्तीय शोषणबाट पीडितको संख्या निकै ठूलो छ । उनीहरुका लागि पनि खासै नीति ल्याएको देखिएन । सुकुमबासीका बारेमा अमुर्त कार्यक्रम छ । बरु विवादित भूमि बैंक नीति ल्याएको छ । यसरी भूमि बैंकबाट जनतामा रहेको एक टुक्रा जमिन जुन सर्वधारणले विभिन्न कारणले चर्चिएका छैनन् त्यसलाई कब्जा गरेर विभिन्न परियोजनाका नाममा पुँजीपतिलाई सुम्पने योजना बनाइएको छ । यस्ता जमिन विस्तारै एआई डाटा सेन्टर, रेअर अर्थ उद्योग, खनिज उद्योगका नाममा विदेशी लगानी कर्ताको हातमा जान्छ । गैपनि राखेको छ ।
यति हुँदा हुँदै पनि विगतका सरकारले ल्याएका नीति तथा कार्यक्रम भन्दा यसमा केही नयाँ पन रहेको छ । त्यो नयाँ पन भनेको विगतका सरकारले नल्याएका, क्रिप्टो कोलोनिज्म नीतिलाई सार्थक पार्न, सुदृढ गर्न ल्याइएको नीति हो । यो सरकारलाई रकमको खाँचो पर्ने देखिदैन । किन भने एक महिना कै दौरानमा बालेन्द्र सरकारले विश्व बैंक, एसियाली वकास बैंक र अन्य वैदेशिक क्षेबाट पनि ऋण प्राप्त भएको छ । अब हेर्न बाँकी छ, यसलाई कार्यान्वयन गर्न बजेट कसरी परिपूर्ण गर्दछ ? यदि यो नीति तथा कार्यक्रम कार्यान्वयन गर्ने गरी बजेट विनियोजन गर्न सक्यो भने केही नयाँपन देख्न पाइन्छ, नेपालमा श्रृंगारिक विकास हुन्छ । त्यसको शुरुआत धान खोलादेखि १२ मिटर चौडा, नयाँ प्रविधिबाट कालो पत्रे र टिकाउ र सुरक्षित राजमार्ग एमसीएले बनाएर नेपाली जनतालाई विकासको अमेरिकी मोडेल प्रस्तुत गर्दैछ ।


१विश्वविजय, सीमा आजादलगायतमाथि अवसरवादको आरोप लगाउँदै भाकपा (माओवादी)को वक्तव्य
२नेकपा (बहुमत) दाङको दोस्रो जिल्ला भेला सम्पन्न, सजकको नेतृत्वमा जिल्ला समिति चयन
३भारतको महाराष्ट्रमा नेकपा (बहुमत)को जिल्ला भेला सम्पन्न, ९ सदस्यीय जिल्ला समिति चयन
४नेकपा (बहुमत) बाँकेको जिल्ला भेला सम्पन्न, चक्र थापाको नेतृत्वमा १३ सदस्यीय समिति चयन
५सबिनको नेतृत्वमा २१ सदस्यीय जिल्ला समिति चयन गर्दै नेकपा (बहुमत) कास्कीको भेला सम्पन्न,
प्रतिक्रिया