
१रेबिजविरुद्धको खोपको चरम अभावप्रति जनस्वास्थ्यकर्मी संगठनको गम्भीर चिन्ता
२अमेरिका—इरान युद्ध : कसको जीत, कसको हार
३राष्ट्रिय स्वाधीनता र सुकुम्बासी समस्या समाधानका लागि दीर्घकालीन नीति आवश्यक : केन्द्रीय संघर्ष समिति
४माइक्रोन्युट्रियन्ट पाउडर खरिद प्रक्रियाबारे छानबिनको माग
५आउनुहोस्, कायपक्कायाको बाटो पछ्याऔँ, टिकेपी–एमएल(TKP-ML)
६फासीवादी विभ्रम र क्रान्तिको उज्ज्वल भविष्य
७दलितसँग माफी माग्ने कि, क्षतिपूर्ति ! (सन्दर्भ : छुवाछुत उनमुलन राष्ट्रिय दिवस)
८प्रधानमन्त्रीको अभिव्यक्तिप्रति नेकपा (बहुमत) को आपत्ति, आन्दोलन घोषणा
९एसियाली खेलकुद छनोटका लागि दिपेन्द्रको कप्तानीमा टी–२० नेपाली क्रिकेट टोली घोषणा
१०क्रिप्टो कोलोनिष्ट; नीति तथा कार्यक्रम
११सुकुम्बासीमाथिको दमनविरुद्ध काठमाडौंमा संयुक्त संघर्ष समितिको प्रदर्शन
१२नयाँ सुरक्षा नीतिसँगै उत्तर कोरिया आणविक आक्रामकतामा
१प्रधानमन्त्रीको अभिव्यक्तिप्रति नेकपा (बहुमत) को आपत्ति, आन्दोलन घोषणा
२दलितसँग माफी माग्ने कि, क्षतिपूर्ति ! (सन्दर्भ : छुवाछुत उनमुलन राष्ट्रिय दिवस)
३फासीवादी विभ्रम र क्रान्तिको उज्ज्वल भविष्य
४अमेरिका—इरान युद्ध : कसको जीत, कसको हार
५राष्ट्रिय स्वाधीनता र सुकुम्बासी समस्या समाधानका लागि दीर्घकालीन नीति आवश्यक : केन्द्रीय संघर्ष समिति
६माइक्रोन्युट्रियन्ट पाउडर खरिद प्रक्रियाबारे छानबिनको माग
७आउनुहोस्, कायपक्कायाको बाटो पछ्याऔँ, टिकेपी–एमएल(TKP-ML)
८रेबिजविरुद्धको खोपको चरम अभावप्रति जनस्वास्थ्यकर्मी संगठनको गम्भीर चिन्ता
वाशिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतले रुसबाट तेल खरिद बन्द गर्न सहमति जनाएको दाबी गरेका छन् । ह्वाइट हाउसमा आयोजित एक कार्यक्रममा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रुसबाट तेल नकिन्ने आश्वासन दिएको बताएका हुन् । “रुसले पहिलो हप्तामै युद्ध जित्ने दाबी गरेको थियो, तर अहिले चार वर्ष भइसक्यो । म यो युद्ध अन्त्य भएको देख्न चाहन्छु,” ट्रम्पले भने, “भारतले रुसबाट तेल किनेकोमा म खुसी थिइनँ । आज प्रधानमन्त्री मोदीले मलाई रुसबाट तेल नकिन्ने आश्वासन दिनुभएको छ ।” तर, वाशिङ्टन डीसीस्थित भारतीय दूतावासले भने यस विषयमा कुनै टिप्पणी गर्न अस्वीकार गरेको छ । ट्रम्प प्रशासनले युक्रेनमाथिको आक्रमणका कारण रुसमाथि आर्थिक दबाब बढाउने रणनीति लिएको छ । उनले रुसबाट तेल किन्ने देशहरू अप्रत्यक्ष रूपमा युद्धलाई सहयोग पुर्याइरहेको आरोप लगाउँदै आएका छन् ।
भारतले अगाडिसम्म रुससँग तेल र हतियार किन्ने नीतिलाई आफ्नो स्वतन्त्र परराष्ट्र नीति भनेको थियो । तर, ट्रम्पले यसलाई अस्वीकार्य ठहर गर्दै भारतका सामानमा ५० प्रतिशतसम्म भन्सार शुल्क (ट्यारिफ) बढाएका छन् । उनले यो कदमलाई “रुससँगको व्यापारको सजाय”का रूपमा व्याख्या गरेका छन् । अगस्टदेखि लागू भएका नयाँ ट्यारिफका कारण भारतलाई ठूलो व्यापारिक धक्का पुगेको बताइन्छ । ट्रम्प प्रशासनले चीनलगायत अन्य साझेदार देशहरूलाई पनि रुसबाट तेल खरिद बन्द गर्न दबाब दिइरहेको छ । “अब मैले चीनलाई पनि यसै गर्नका लागि मनाउनुपर्नेछ,” ट्रम्पले भने । रुस विश्वकै प्रमुख तेल निर्यातक देश हो, जसका प्रमुख खरिदकर्ता चीन, भारत र टर्की रहेका छन् । भारतले भने रुस–युक्रेन युद्धमा निष्पक्ष अडान लिँदै आएको दाबी गर्दै आएको छ ।



१प्रधानमन्त्रीको अभिव्यक्तिप्रति नेकपा (बहुमत) को आपत्ति, आन्दोलन घोषणा
२दलितसँग माफी माग्ने कि, क्षतिपूर्ति ! (सन्दर्भ : छुवाछुत उनमुलन राष्ट्रिय दिवस)
३फासीवादी विभ्रम र क्रान्तिको उज्ज्वल भविष्य
४अमेरिका—इरान युद्ध : कसको जीत, कसको हार
५राष्ट्रिय स्वाधीनता र सुकुम्बासी समस्या समाधानका लागि दीर्घकालीन नीति आवश्यक : केन्द्रीय संघर्ष समिति
प्रतिक्रिया