News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

विचार

संस्मरण : त्यो रात !

रोजन रखाल
हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी (बहुमत)ले दलाल संसदीय पुँजीवादी व्यवस्थाको अन्त्य र वैज्ञानिक समाजवादी व्यवस्था स्थापनाको निम्ति निरन्तर संघर्ष गर्दै आएको कुरामा दुईमत छैन । यो दलाल पँुजीवादी संसदीय व्यवस्थाको असफलता र त्यसको कुरुप चरित्र उदाङ्गो हुँदै जादा देशमा व्यथिति भ्रस्टाचार लुट्पाट चोरी डकैती हत्याहिंसा बलात्कार जस्ता अराजक र जघन्य गतिविधिहरु व्याप्त हुदै गएकोमा राज्यले नियन्त्रण गर्ने र सुशासनको नाममा दमन गर्ने र जनताका अधिकारलाइ कुन्ठित गर्ने तिर शासकहरु उदत्त भएको हुँदा जनताले पछिल्लो पटक ठूलो विद्रोह गर्यो, जो हामी जेनजी विद्रोह भन्दछौ ।
२०८२ भाद्र २३ र २४ को जेनजी विद्रोह कुनै सामन्य विद्रोह थिएन जसको बलमा केपि सरकार अपदस्त मात्र भएन देशको खरबौ बराबरको भौतिक संरचनाहरु जलेर खरानी भए । हजारौ घाइते अपाङ्ग भए भने ७६ जना देशका नौजवान युवाहरुको सहादत हुन पुग्यो । के त्यसबाट देशले नयाँ व्यवस्था वा जनसंविधान केही पायो त ? भन्दा केही पनि पाउन सकेन । मात्र एक थान सरकार परिवर्तन भयो वा भनौ पुरानो एजेन्टको ठाउमा नयाँ एजेन्ट न्युक्ती गर्न साम्राज्यवाद सफल भए । र आफ्नो इसारामा नाच्ने कठपुतली सरकार बनाए । उहीँ पुरानै सडेगलेको व्यवस्था लाई नविकरण गर्न र आफ्नो भर्पर्दो एजेन्टहरु खडा गर्नको निम्ति साम्राज्यवादी शक्तिहरुले संसदको चुनाव गराउने खेल खेले जस्मा हामी जस्ता क्रान्तिकारी शक्तिहरु उक्त चुनाव खारेजी र जनसंविधान निर्माणको नारा लिएर जनतामा गयौं तर जाने क्रममा राज्यले धरपकड गर्ने झुट्टामुद्दा लगाउने जेल हाल्ने काम गर्यो त्यो स्वाभाविकै हो किनकी राज्यको चरित्र नै त्यस्तै हुन्छ । तर हाम्रो पार्टी सङ्गठन भित्र पनि माथि देखि तल सम्मका नेता कार्यकर्ताहरुमा विभिन्न खालको कमिकमजोरी, गैरक्रानितिकारी चरित्र उदाङ्गो भएर आयो । यो पनि एउटा सकारात्मक पाटोको रुपमा लिनु पर्छ भने हाम्रो कमजोरीहरु ; पार्टी सङ्गठन जनतामा पुर्याउन नसक्नु, नेता कार्यकर्तामा आत्मासुरक्षावाद हावी हुनु, कायशैलीमा चुस्तता ल्याउन नसक्नु समग्रमा भन्नू पर्दा पार्टी सङ्गठनमा क्रान्तिकारी गति पैदा गर्न नसक्नु लगाएत हाम्रा कमिकमजोरीहरु रहेका छन् ।
छोटो समिक्षा पछि अब लागौ करिब ३५/३६ दिनको चुनाव खारेजी अभियान तर्फ । २०८२ माघ १२ र १३ को पार्टी केन्द्रीय सचिवालयको बैठकले २०८२ फागुन २१ मा तोकेको संसदीय चुनाव कसरी खारेज गर्ने र जनसंविधान लेखनको बाटो तर्फ कसरी अघि बढ्न सकिन्छ भन्ने सन्दर्भमा गरेको निर्णयहरु हुबहु लागु गर्न हामी माथिदेखी तल सम्मका नेताकर्यकर्ताहरु करि ३५/३६ दिन फिल्डमा खटियौ । राज्य सँग लुकामारी खेल्दै पार्टी केन्द्रले निर्देशन गरेबमोजिमका विभिन्न संघर्षका कार्यक्रमहरु सफल गरियो भने एउटा कार्यक्रम असफल रह्यो । जुन कार्यक्रमको लागि म लगाएत , सिराहा जिल्ला सेक्रेटरी कमरेड उचित, अखिल क्रान्तिकारीका दुइनम्बर ब्युरो संयोजक कमरेड आयुस र सिराहा जिल्ला सचिवालय सदस्य कमरेड गर्बु गरि चारजनाले सल्लाह गरेर त्यो कार्यक्रम गर्ने निर्णय गर्‍यौँ । सोही अनुरुप हामी तयारिको लागि फिल्डमा निस्केउ तर मैले कमरेड उचितलाइ भनेको थिएकी कार्यशैली मिलाउनुहोस् । कम्तिमा राज्यलाई छक्काउनको लागि भएपनी आफ्नो हुलिया , चालचलन वा गरिने गतिविधिमा परिवर्तन गर्नुस् भन्दै थिए तर उचित कमरेड भन्दै हुनुहुन्थ्यो कि मलाइ त जे जे गरेपनी चिनिहाल्छ । हुन पनि उहाँलाई त्यो ठाउमा सबैले सहजै चिन्दथ्यो तर मार्क्स टोपी चस्मा जेले हुन्छ सकेजती ढाक्ने प्रयास गर्नुस् भनेको थिए । तर उहाँले त्यस्तो केही नगरी यत्तिकै बाइकको पछाडी बसेर निस्किनु भएछ । मैलेत ख्यालै गरिन किनकी अगाडि हेरेर चलाउनु पर्ने हुदा पछाडिको साथिको त्यति ख्याल गरिन । हामी पार्टीको अरु साथिहरु सँग भेट्घाटको कार्यक्रमको लागि निस्कियौ । भेटघाट सकेर हाम्रो प्रोग्रामको लागी एउटा चार्टपेपर र मार्कर किन्न पसल छिरेउ राज्य त्यहिदेखी पिछा लागेछ । त्यतिखेर हामिले उति ख्याल गरेनौ तर पछि हामी बस्ने सेल्टर सम्म पिछा गरेपछी कमरेड उचितले शंकाले मलाई सोध्नु भयो त्यो मान्छेको नियत ठिकछैन सर अघिदेखी हाम्रो पिछा गरिरहेको छ । त्यसपछि मैले पनि थप अनुसन्धान गर्दा त्यो मान्छे शंकास्पद देखियो र त्यहाबाट साथिहरुलाइ तुरुन्त निस्कन भने र हामी त्यहाँ बाट निस्कियौँ र अर्को सेल्टरमा पुग्यौं । तर त्यो अर्को सेल्टर पुग्दानपुग्दै एकजना कमरेडलाइ खबर आयोकी त्यो घरमा तिनचार जना मान्छे सोधखोज गर्न पुगेछ । र त्यसपछि हामिलाइ लाग्यो कि हाम्रो निस्कर्ष सहि सवित भयो । त्यसपछी हामीलाई एकजना कमरेडले जुनसेलटरमा पुर्‍याउनु भयो थियो त्यहाँ पनि ठिक छैन र यहाँ बस्नु हुन्न यहाँ बस्नु भनेको राज्यको यातना जेल हिरासत पनि खेप्नु उल्टै पार्टिको कार्वाही पनि खानु हुन्छ । त्यसकारण यहाँ नबसौ भनेर मैले भने । किन भने त्यो सेल्टरमा हामिले केही गतिविधीहरु पहिले नै गरेर त्यो ठाउँ एक्सपोज गरिसकेका थियांै । त्यसो भएको कारण यो ठाउँ राज्यको निगरानिमा हुन सक्छ भनेर मैले भने तर साथिहरुले मलाई ढुक्क हुनुस् यहाँ केही हुन्न भन्नू भयो तर मैले पनि भने म ढुक्क छु यो ठाउँ सुरक्षीत छैन भने तर साथिहरुले मलाई फेरि आस्वस्थ पार्नु भयो मैले भने तपाईहरुको बहुमतले यहि निर्णय गर्नु हुन्छ भने ठिकैछ तर यो सेल्टरमा बस्नलाइ मेरो सहमती हुन्न भने र हामी हाम्रो तयारिमा लाग्यौँ । जो नजिकै रहेको दुईवटा जति बुथकेन्द्रमा बोराको मुख बाधेर बोराको माथि भागमा खबरदार लेख्ने र तलको भागमा संसदीय चुनाव खारेज गर ! जनसंविधान जारि गर ! भन्ने नारालेख्ने र तल नेकपा (बहुमत) जिन्दावाद ! पुँजीवादी संसदीय व्यवस्था मुर्दावाद ! लेखर छोड्ने भन्ने थियो । तर एकजना कमरेडले त्रास सृजना गर्न र राज्यलाइ हैरानी परेसानी बनाउन भनेर केही नक्कली सामाग्री तयार गर्दै हुनुहुन्थ्यो मैले भने यसो गर्नु भनेको अराजनैतिक गतिविधि हुन्छ क्रान्तिकारी राजनैतिक पार्टीको कार्यक्रम भनेको राजनैतिक हुनुपर्छ भने । हुनत राज्यलाई छक्काउने हैरान खेलाउने थकाउने र लडाई जित्ने युद्ध कौसल वा युद्ध कलाभित्र यस्ता गतिविधिहरु पर्दछ तर त्यसको पनि उचित समय स्थान परिस्थिति लडाइको उद्देश्य र मोर्चाको प्रकृति हेरेर हुन्छ अहिलेको अवस्था भनेको त्यो खालको थिएन । राज्यलाई उत्तेजित पार्ने र आत्मरती कमाउने भन्दा पनि हामीले जेजसरी हुन्छ हाम्रो राजनीतिक एजेण्डा स्थापित गर्नु थियो । हुनत अघिल्लो दिन धनुषामा पनि त्यस्तै केही कुरामा म अल्पमतमा परेको थिए । हुनत केही साथिहरु भन्नू हुन्थ्योकि त्यस्ता गतिविधिहरु गरौँ जसले हाम्रो सशक्त उपस्थिति देखियोस् । तर मैले भनेकी पार्टीको निति र निर्देशन भन्दा एक इन्ची पनि तलमाथि हुनुहुन्न । त्यहाँ पनि म अल्पमतमा परे । तर त्यहाँ बाट हामी दुइभाई यता सिराहा आउने भएपछी त्यहाँ के के गरे थाहा भएन । यता सिराहामा पनि त्यही खालका कुराहरू उठेपछि मैले पुनः सैद्धान्तिक राजनैतिक र वैचारिक तवरले साथिहरुलाइ कन्भेन्स गर्ने कोसिस गर्दै मैले भने राज्यलाई उत्तेजित पारेर हाम्रो कार्यक्रमको उद्देश्य पुरा नहुने र राज्यको अगाडि हाम्रो कमजोर आत्मागत अवस्था उदाङ्गो हुने, राजनैतिक वैचारिक र सैद्धान्तिक धरातल कमजोर देखिने हुँदा यसो नगरौं भनेपछि कमरेडहरु सहमत हुनुभयो र सर्वसहमत बाट हामी दुई भाइ, कमरेड आयुस र म लेख्ने र कमरेड उचित र गर्बु बाहिरी बातावरण बुझ्ने भनेर कार्यबिभाजन गर्‍यौँ र हामी लेख्दै थियौं त्यतिनै खेर बाहिर मान्छेको हल्लाखला भएको सुनियो एक्छिनमा साथिहरु आइपुग्नु भयो र हामी सुरक्षीत छैन अब यो कार्यक्रम गर्न नसकिएला जस्तो छैन के गर्ने कमरेड भन्न थाल्नु भयो । त्यसपछी अब कार्यक्रम गर्न सकिन्न भन्ने तिरबाट छलफल भयो र हामिले त्यो कार्यक्रम नगर्ने निर्णय गर्‍यौँ । अब कसरी सुरक्षीत बस्ने भन्ने भयो त्यतिन्जेल सम्ममा त्यो सेल्टरमा खाना पाकिसकेको रहेछ खाना खाइसकेपछी साथिहरु बाहिरी बाताबरण बुझेर आउछु र सुत्ने व्यस्था मिलाउछु भन्ने तयारी गर्दै हुनुहुन्थ्यो त्यतिनै खेर त्यो घरको बुढाबाले केही भन्नू भयो जो हामिले बुझेनौ किनकी उहाँ राम्रोसँग बोलन सक्नु हुन्न रहेनछ (बोली प्रस्ट थिएन) अलि आत्तिदै तातातोतो भन्न थाल्नु भयो पछि बुझ्दा एउटा पुलिसको भ्यान घरछेउमा आएर रोकेको रहेछ त्यही कुरा भन्नू भएको रहेछ तर ति पुलिसहरुले हामी त्यहाँ बसेकाछौ भन्ने एकिन गर्न नसकेर उनिहरु भित्र छिरेन र त्यस्को एकछिन पछि कमरेड गर्बु आउनु भयो र यहाँ बस्न ठिक छैन छिटो निस्किनु पर्यो भन्न थाल्नु भयो त्यतिन्जेलसम्म अर्को पनि पुलिसको भ्यान आयो अब दुईवटा पुलिसको भ्यान घरको छेउमै रोकेर बस्यो । रोचक कुरा के भयो भने कमरेड आयुस सुत्ने तरखरमा हुनुहुन्थ्यो त्यहि बखत कमरेड गर्बुले छिटो निस्किउ छिटो भन्नू भएपछी हतारमा जुत्ता हातमा बोकेरनै त्याहाँबाट भाग्नु पर्ने स्थिति बन्यो र उहाँले जुत्ता हातमा बोकेर निस्किनु भएछ त्यो कुरा पछि थाह भयो । स्थानियहरुले त्यो घरको भाईलाई सोधपुछ गरेछ की तेरो त्यो मान्छेको हो ? किन हातमा जुत्ता बोकेर भाग्यो ? त्यो घरको भाईलाइ गाउँलेहरुले त्यसरी सोधे पछि त्यतिखेर त्यो घरको भाईले मेरो भिनाजु हो भनेर ती गाउँलेहरु बाट बचाउनु भएछ । सायद ती गाउँलेहरुलाइ चुनावमा पैसा बाड्ने पार्टीको मान्छेहोकी भन्ने कुराले पनि सशङ्कित भएर सोधेको हुनसक्छ । फेरि पुलिसले पनि थप सोधपुछ गरेछ कि केही समस्या छ ? र त्यहाँ सबैले केहि छैन सर सबै ठिक छ भनेछन् । सायद तिनीहरु लाई शंका भएर होला त्यसपछि पनि राती १२ः३० बजे सम्म पुलिसको दुइवटै भ्यान त्यतै घुमेर बस्यो र हामी उखुबारी र आपघारिको बिचमा परालको टालिमा बसेर हेरिरहयौँ । पछि राती/बिहान १ः३० बजे तिर पुलिसको दुबै भ्यान त्यहाँ बाट गयो र हामीलाइ पनि लाग्यो कि अब उनिहरु चुनावीबुथमा केन्द्रीकृत भयो भन्ने भएपछी हामी राती/बिहान दुईबजे तिर फेरि त्यही घरमा गएर सुत्यौ र भोलि पल्टत चुनावकै दिन भइगयो । र त्यो दिन कमरेड आयुसले बुथमै गएर नारावाजी गरौँ र पक्राउ दिउँ दाई भन्ने प्रस्ताव राख्नु भएको थियो तर मैलेभने अब पक्राउ दिने कुरा मात्रले फाइदा कति बेफाइदा कति अथवा क्षेती र उपलब्धि कति भन्ने तिर बाट हेर्नुपर्छ । त्यस्मा पनि जेलहिरासतको मोर्चा कमरेड महासचिवले नै लडेर पार्टी र पार्टीको एजेन्डा स्थापित गरिसक्नु भएको छ । त्यसमा थप तलबाट हामिले पक्राउ दिनु वा गिरफ्तारी हुनु सरसर्ती हेर्दा त्यति उपलब्धि पुर्ण छैन भन्ने लाग्यो र फेरि ब्युरो इन्चार्ज सहित बसेर बनाएको योजनामा पनि हामिले त्यो खालको योजना बनाएका थिएनौ । त्यसकारणले पनि भइगो भनेर उहाँको प्रस्ताव लाई मैलेनै स्थगित गरिदिए । त्यतिन्जेल सम्म यता धनुषाको सेक्रेटरी कमरेड नागेन्द्र पक्राउ परेको कुरा एउटा अनलाइन न्युजमा आएछ त्यो कुरा कमरेड आयुसले देखाउनु भयो । हो त्यहाँनिर मैले फेरि सम्झेकी ठिक दुईदिन अगाडि मात्र हामी धनुषा बस्दा कमरेड नागेन्द्र लाई कार्यशैली मिलाउनुस् तपाइको कार्यशैली ठिक भएन, हामीले यो खालको कार्यशैली अपनायौ भने काम केही हुन्न मात्र क्षेती व्यहोर्नुपर्ने हुन्छ भनेर केही सुझाव दिएर हामी त्याहाँबाटा छुटेका थियौ । यसरि यो अभियान भित्र मैले धेरै सथिहरुलाइ कार्यशैली मिलेन यसरी लापरबाही ढंगमा हाम्रो कार्यशैली हुने र तरंग खुस्केको जस्तो गतिविधि गर्ने हो भने हामीले उपलब्धि भन्दा बढी क्षेति बेहोर्नु पर्ने हुन्छ । माओले भन्नू भएझै “कार्यदिशा सहि वा गलतहुनुले सबैकुराको निर्धारण गर्छ“ । अर्थात “कार्यदिशा सहि भयो भने नभएका चिज पनि प्राप्त हुन्छ र कार्यदिशा गलत भयो भने आफू सँग भएका चिजहरु पनि सबै गुम्छ“ भने जस्तै मैले कमरेडहरुलाइ कयौं यस्ता कुराहरु भन्दा उल्टै साथिहरुले मलाई नै कति डराएको भने । जसको कार्यशैली र संघर्षमा तालमेल मिलिरहेको थिएन । मलाई माओले भन्नुभएको अर्को कुरा पनि राम्रोसँग यादछकी सहि बिचार कहाबाट आउँछ ? भन्दा माओले भन्नुभयो “उत्पादनको लागि संघर्ष, वर्गसंघर्ष र वैज्ञानिक प्रयोग बाट सहि विचार आउँछ ।“ हो उहाँले भन्नु भएझैं चुस्त दुरुस्त कर्यशैली, वैज्ञानिक र बस्तुवादी योजना, दृढ़ इच्छा शक्ति र उच्चमनोबलका साथ वर्गसंघर्षमा होम्मिएर मात्र प्राप्त गरेको सहि विचारको प्रयोग बाट हामिले हाम्रो योजना लक्ष उद्देश्यहरुमा सफलता हात पार्न सक्छौ । हैन भने उपलब्धि भन्दा क्षेतीबढि ब्यहोर्दै जाने र मनोबैज्ञानिक हिसाबले पनि कम्जोर हुने, भौतिक रुपले पनि कमजोर हुने र बिस्तार बिस्तार हामी सिद्धिने बाटोमा जानू भन्दा अर्को विकल्प हामी सङग हुँने छैन ।
अर्को कोण बाट हेर्दा त्यो रातले बिगतमा झेलेको झण्डै दुई बर्ष सम्मको प्रतिबन्धको झल्को मेटाउने सम्मको स्थिति पैदा भयो । हुन पनि पक्राउ परेका साथिहरुलाइ बुझ्दा पनि अँखामा कालो चस्मा लगाएर हिरासतमा लगेको, केरकार गरेको घर खानतलासी गरेको, बच्चाहरुको कापी किताब च्यातेर घरपरिवार लाई आतंकित पारेको समेतले पनि त्यो कुराको पुष्ठि गर्छ । यसरी फागुन २१ मा हुने चुनावको अघिल्लो त्यो रातले मलाई बिगतको २०७७/०९/२९ गतेको याद ताजा गरायो तत्कालिन समयमा हाम्रो पार्टी प्रतिबन्धमा थियो हामिले सुनौलो भविष्य बोकेर आसा, भरोसा र बिश्वासका साथ “हारे हत्कडी जिते संसार“ भन्ने लेनिनको नारालाइ आत्मा साथगर्दै मृत्यु वा मुक्तीको सपथ खाएर वर्गसंघर्षमा होमियौ । हाम्रो पार्टी प्रती जनलहर बढ्दै गएको देख्दा आन्दोलनप्रति हामिलाई पनि एक खालको आसा र बिश्वास बढेर गएको थियो । सारा दुखकस्ट मानसिक तनाव हैरानी परेसानी झरी बादल बाढी पहिरो केहि नभनी शारीरिक अस्वस्थताको पनि कुनै प्रभा नगरि घर परिवार सबै त्यागेर मात्र क्रान्तीको सपना देखेर कयौं दिन भोकै र कयौं रातहरु नसुतेर क्रान्तिकारी माहान साम्यवादी यात्रामा निरन्तर हिडिरहेका थियाँै । तत्कालीन समयमा मेरो जिम्मेवारी तीन नम्बर कमान्ड अन्तरगत उपत्यका विशेष ब्युरोको ब्युरो सदस्यको हैसियत बाट विशेष जिल्ला डिटु (दुई नम्बर जिल्ला) को जिल्ला इन्चार्जको जिम्मेवारी सम्हाल्दै आएको थिए । त्यो जिम्मेवारीमा रहेर त्याहाँ काम गरेको पनि करिव तिन बर्ष पार गरेर चार बर्षमा रनिङ थियो । त्यसो हुँदा त्यो भूगोलमा अनुभवको हिसाबले पनि अलि पुरानो भएकोले महत्वपुर्ण र विशेष खालको कामहरु पनि गर्दै आएको थिए । फेरि सामरिक हिसाबले पनि त्यो भुगोल विशेष खालको भएकोले अलि विशेष प्रकृतिका कामहरु बढिहुने गर्दथ्यो जस्तै : ब्युरोको बैठक प्रशिक्षण तथा विभिन्न प्राविधिक कामहरु बढि हुने गर्दथ्यो । त्यतिखेर पनि ब्युरोको बैठक तथा स्कुलिङ थियो मुख्य प्रशिक्षकमा स्थाई समिती सदस्य कमरेड कन्चन आउने कुरा थियो । हाम्रो त्यो भुगोलमा आन्तरिक टिम जनमुक्तिसेनाको ठुलैटिम राखेको महिनौ महिना भईसकेको थियो । राज्यले कहिकतै बाट त्यो कुराको पत्तो पाएछ र केन्द्रीय अनुसन्धान सिआइबीको टोलि दिनहुँ जस्तो निगरानीमा आउने गर्दा रहेछन् र स्कुल तिर पनि सोधपुछ गर्ने गरेका रहेछन् । त्यो कुरा हामिलाइ सहयोग गर्ने एकजना हेड सरले नाम नखोल्ने सर्तमा मलाइ फोनगरेर भेट्न आउनु भयो र भन्नू भयो; तपाईहरु जनमुक्ति सेनाको टिम सहित यहाँ यो ठाउमा बसेको कुरा राज्यले खोई कसरि थाहा पायो थाह छैन तर उनिहरुलाइ शंका भईसकेको छ कि तपाईंहरु यो ठाउँमा छ भन्ने कुरा त्यसकारण उनिहरुले यो ठाउँमा नराम्रो घटना घटाउन सक्छ तपाईहरु एकदुइ महिनाको लागि यो ठाउबाट बाहिर गईदिनुस् सर ! बरु केही समय पछि फेरि आउनुस । हामिले गर्नु पर्ने सहयोग गर्नेनै छौं तर प्लिज सर अहिलेलाई तपाईहरु जसरी पनि यो ठाउँ छोडेर जानुस् । त्यसरी त्यहाँका हेडसरले भन्नु भएको कुरा मैले जस्ताको तस्तै तुरुन्तै ब्युरो इन्चार्ज क. मिलन लाई रिपोर्ट गरे तर कमरेड मिलनले त्यस्तो केही छैन नआत्तिनुस् भनेर त्यति गम्भीर्यता देखाउनु भएन त्यसपछि हामी सचेत हुदै निरन्तर कार्यक्रमको तयारिमा जुट्यौँ । त्यसको भोलिपल्ट कार्यक्रम सुरु भयो । त्यो कार्यक्रममा प्रमुख अििथतिको रुपमा कमरेड कन्चनको उपस्थिति भएको थियो र हामिले सोही अनुसार ब्युरो बैठक स्कुलिङ सम्पन गरि प्रमुख अतिथि लगाएत सबैलाई बिदा गर्‍यौ । तर जसरी राती राती केन्द्रीकृत भएको थियो त्यसैगरी रातसाझ गरेर सबै बिकेन्द्रीत भएर जानू पर्नेमा कमरेड कंचनलाई दिउसै दिनको दुई बजे त्यहाबाट बाहिर पठाउने ब्युरो इन्चार्जले योजना बनाउनु भयो मैले भने दिउसै यसरी पठाउनु भन्दा कुनै एक पोइन्ट सम्म राती र त्यहाँ बाट समय अनुकुल मिलाएर बाइकमा पुर्याउने वा कुनै ब्यबस्था मिलाउन सक्यौँ भने राम्रो होला भन्ने सुझाव दिए तर त्यो सुझाव नमानी दिउसै दिनको दुई बजेनै त्याहाँबाट निस्किने योजाना बन्यो । जसमा तिनवटा बाईकमा छजना मान्छे हामी निस्कने भइयो मेरो बाइकमा कमरेड कन्चन बस्ने, सेना कमान्डर कमरेड बिबेक र विद्यार्थी महासचिव कमरेड प्रकाश एउटा बाईकमा र विद्यार्थी कोषाध्यक्ष कमरेड नरेन्द्रको बाइकमा कमरेड कन्चनको स्टाफ कमरेड बस्ने योजना भएको थियो भने रुट्गाइडको जिम्मामा सिनियर जिल्ला सदस्य कमरेड विशाल हुनुहुन्थ्यो । अब योजना अनुसार कमरेड बिशाललाइ रुट्क्लियर गर्न अगाडीनै पारी मकवानपुर सम्मको रुट केकस्तो छ बुझ्नु भनेर पठाइयो त्यसपछी नरेन्द्र कमरेडको बाइक अगाडि, कमरेड कन्चन बसेको मेरो बाइक बिचमा र कमरेड प्रकाशको बाइकमा कमरेड बिबेक सहित पछाडि हिड्ने हाम्रो प्लान अनुसार हामी त्यहाँ बाट अगाडि बढेउ । हामी हिडेको केही समय पछि अगाडि बुझ्न गएको कमरेड बिशालले फोन गर्नु भयो र पसल भएको पुलको मुख्मा दुईटा बाइकमा चारजना नौलो मान्छेहरु बसेका छन् तिनिहरु कुनखालको मान्छे हो भन्ने यसै भन्न सकिएन बिचार गर्नु होला भनेर भन्नू भयो त्यो कुरामा मेरो दिमागमा ब्युरो इन्चार्ज कमरेड मिलनले भन्नू भएको कुराको याद आयो उहाँ भन्नू हुन्थ्योकि पुर्वको मिकिलाजुङगको मास्टर काण्ड पछि हाम्रो पार्टी लाई एकदुई जना पुलिस र बाइकमा आएकाहरुले आट गर्न सक्दैन आएपनी बुझ्नको लागि मात्र आउँछ यदि समात्न आउने हुँदा तिनीहरु गाडी सहितको ठूलो संख्यामा आउँछ भन्ने हाम्रो पार्टी ब्युरो इन्चार्जको बृफिङ् र हाम्रो बुझाइ पनि त्यहि किसिमको थियो तर हाम्रो बुझाइ फेल खायो । र त्यही पुलको मुखको चारजना पुलिसलेनै हामिलाइ पक्राउ गर्न सफल भयो । भने कमरेड महासचिवको स्टाफ सहित कमरेड नरेन्द्र आफ्नो बाइकमा उम्कन सफल हुनु भयो । यता कमरेड बिवेक पक्राउ परे भने कमरेड प्रकाश उम्किन सफल हुनु भयो । त्यसरी हामी छ जना मध्ये तीन जना उम्कियौ भने म लगाएत महासचिव कमरेड कंचन र कमरेड बिवेक पक्राउ पर्‍यौँ ।
अन्तमा म यो भन्न चाहन्छु कि हामीले गर्ने सानो गल्ती वा लापरबाही, राज्य लाई कम आकलन गर्ने वा उत्तेजित बनाउने, महत्वाकांक्षी बन्ने वा दम्ब घमण्ड गर्ने वा भनौं हाम्रो कार्यशैली चुस्त दुरुस्त नहुनु जस्ता विभिन्न कमजोरीहरु बाट पाएको दुख कस्ट जेल हिरासत यातना खेपेर खाएको हण्डर ठक्कर बाट हामीले प्राप्त गरेको ज्ञान र विवेकलाई क्रान्तिको हतियार बनाएर बाँकी रहेको क्रान्तिको कार्यभार पूरा गर्ने प्रतिवद्ध्‌ता सहित क्रान्तिकारी अभिवादन !

प्रतिक्रिया