
१सांसद खगेन्द्र सुनारमाथि छानबिन गरी कारबाही गर्न महिला संगठनको माग
२चाडपर्वमा कालोबजारी, मदिरा र यातायात मनपरी नियन्त्रण गर्न नेकपा (बहुमत) दार्चुलाको माग
३नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
४पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
५नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
६वैचारिक संघर्षबारे
७जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
८ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
९बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
१०ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
११‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
१जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
२वैचारिक संघर्षबारे
३नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
४नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
५पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
६सांसद खगेन्द्र सुनारमाथि छानबिन गरी कारबाही गर्न महिला संगठनको माग
७चाडपर्वमा कालोबजारी, मदिरा र यातायात मनपरी नियन्त्रण गर्न नेकपा (बहुमत) दार्चुलाको माग
तेहरान । इरानका सर्वोच्च नेता मोजताबा खामेनीले पश्चिम एसिया तथा इस्लामिक राष्ट्रहरूलाई आपसी मतभेद बिर्सेर एकताबद्ध हुन आह्वान गरेका छन् । उनले अमेरिका र इजरायलतर्फ संकेत गर्दै क्षेत्रीय मुलुकहरूलाई आफ्ना वास्तविक शत्रु पहिचान गर्न र उनीहरूका योजनाविरुद्ध सचेत रहन आग्रह गरेका हुन् । पश्चिम एसियामा युद्ध सुरु भएको छ महिनापछि सार्वजनिक गरिएको लिखित सन्देशमा खामेनीले इस्लामिक राष्ट्रहरूको शक्ति आपसी मित्रता, एकता र सहकार्यमा रहेको बताएका छन् । उनका अनुसार मुस्लिम समुदायभित्र विभाजन र आपसी द्वन्द्व सिर्जना गर्ने गतिविधिले अन्ततः इस्लामका शत्रुहरूलाई नै फाइदा पुर्याउनेछ । कुनै व्यक्ति वा समूहले जानी वा नजानी मुस्लिमहरूबीच मतभेद फैलाएमा त्यसले शत्रुको स्वार्थ पूरा गर्ने उनको भनाइ छ । युद्धको सुरुआती चरणमा अमेरिकी–इजरायली आक्रमणमा आफ्ना पिता अली खामेनी मारिएपछि मोजतबा खामेनी इरानको सर्वोच्च नेताको जिम्मेवारीमा पुगेका थिए। पद सम्हालेयता उनले सार्वजनिक रूपमा सम्बोधन गरेका छैनन् भने उनको भिडियो वा अडियो सन्देशसमेत सार्वजनिक गरिएको छैन। तर उनले विभिन्न अवसरमा लिखित सन्देशमार्फत आफ्ना धारणा सार्वजनिक गर्दै आएका छन् ।
युद्धका क्रममा इरानले खाडी क्षेत्रमा रहेका अमेरिकी सैन्य संरचनामाथि जवाफी कारबाही गरेको थियो । तेहरानले आफ्ना छिमेकी मुलुकमा रहेका अमेरिकी सैन्य आधारहरू इरानमाथिको आक्रमणका लागि प्रयोग गरिएको आरोप लगाउँदै आएको छ । साउदी अरब, संयुक्त अरब इमिरेट्स, जोर्डन, कुवेत, कतार र बहराइनलगायतका मुलुकमा रहेका अमेरिकी सैन्य आधारहरू निसानामा परेपछि इरान र खाडी राष्ट्रहरूबीचको सम्बन्धमा समेत तनाव बढेको थियो । सिया मुस्लिम समुदायले पैगम्बर मोहम्मदको जन्मजयन्ती मनाइरहेका बेला जारी सन्देशमा खामेनीले मुस्लिम राष्ट्रहरूलाई विभाजनको राजनीतिबाट टाढा रहन आग्रह गरेका छन् । उनले इस्लामिक संसारले सामना गरिरहेका चुनौती समाधान गर्न ऐक्यबद्धता, मित्रता र साझा उद्देश्यका लागि सहकार्य आवश्यक रहेको बताएका छन् । खामेनीले क्षेत्रीय राष्ट्रहरूलाई मात्र नभई इरानी जनतालाई पनि आन्तरिक मतभेद त्यागेर एकताबद्ध रहन अपिल गरेका छन्। उनले देशभित्र कुनै पनि परिस्थितिमा आपसी विभाजन र मतभेद बढ्न नदिन नागरिकहरूलाई आग्रह गरेका छन् ।
प्रतिक्रिया