
१अमेरिका—इरान युद्ध : कसको जीत, कसको हार
२राष्ट्रिय स्वाधीनता र सुकुम्बासी समस्या समाधानका लागि दीर्घकालीन नीति आवश्यक : केन्द्रीय संघर्ष समिति
३माइक्रोन्युट्रियन्ट पाउडर खरिद प्रक्रियाबारे छानबिनको माग
४आउनुहोस्, कायपक्कायाको बाटो पछ्याऔँ, टिकेपी–एमएल(TKP-ML)
५फासीवादी विभ्रम र क्रान्तिको उज्ज्वल भविष्य
६दलितसँग माफी माग्ने कि, क्षतिपूर्ति ! (सन्दर्भ : छुवाछुत उनमुलन राष्ट्रिय दिवस)
७प्रधानमन्त्रीको अभिव्यक्तिप्रति नेकपा (बहुमत) को आपत्ति, आन्दोलन घोषणा
८एसियाली खेलकुद छनोटका लागि दिपेन्द्रको कप्तानीमा टी–२० नेपाली क्रिकेट टोली घोषणा
९क्रिप्टो कोलोनिष्ट; नीति तथा कार्यक्रम
१०सुकुम्बासीमाथिको दमनविरुद्ध काठमाडौंमा संयुक्त संघर्ष समितिको प्रदर्शन
११नयाँ सुरक्षा नीतिसँगै उत्तर कोरिया आणविक आक्रामकतामा
१२South Asian Student Unions Oppose Ban on Student Organizations in Nepal
१प्रधानमन्त्रीको अभिव्यक्तिप्रति नेकपा (बहुमत) को आपत्ति, आन्दोलन घोषणा
२दलितसँग माफी माग्ने कि, क्षतिपूर्ति ! (सन्दर्भ : छुवाछुत उनमुलन राष्ट्रिय दिवस)
३फासीवादी विभ्रम र क्रान्तिको उज्ज्वल भविष्य
४अमेरिका—इरान युद्ध : कसको जीत, कसको हार
५राष्ट्रिय स्वाधीनता र सुकुम्बासी समस्या समाधानका लागि दीर्घकालीन नीति आवश्यक : केन्द्रीय संघर्ष समिति
६माइक्रोन्युट्रियन्ट पाउडर खरिद प्रक्रियाबारे छानबिनको माग
७आउनुहोस्, कायपक्कायाको बाटो पछ्याऔँ, टिकेपी–एमएल(TKP-ML)
वाशिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतले रुसबाट तेल खरिद बन्द गर्न सहमति जनाएको दाबी गरेका छन् । ह्वाइट हाउसमा आयोजित एक कार्यक्रममा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रुसबाट तेल नकिन्ने आश्वासन दिएको बताएका हुन् । “रुसले पहिलो हप्तामै युद्ध जित्ने दाबी गरेको थियो, तर अहिले चार वर्ष भइसक्यो । म यो युद्ध अन्त्य भएको देख्न चाहन्छु,” ट्रम्पले भने, “भारतले रुसबाट तेल किनेकोमा म खुसी थिइनँ । आज प्रधानमन्त्री मोदीले मलाई रुसबाट तेल नकिन्ने आश्वासन दिनुभएको छ ।” तर, वाशिङ्टन डीसीस्थित भारतीय दूतावासले भने यस विषयमा कुनै टिप्पणी गर्न अस्वीकार गरेको छ । ट्रम्प प्रशासनले युक्रेनमाथिको आक्रमणका कारण रुसमाथि आर्थिक दबाब बढाउने रणनीति लिएको छ । उनले रुसबाट तेल किन्ने देशहरू अप्रत्यक्ष रूपमा युद्धलाई सहयोग पुर्याइरहेको आरोप लगाउँदै आएका छन् ।
भारतले अगाडिसम्म रुससँग तेल र हतियार किन्ने नीतिलाई आफ्नो स्वतन्त्र परराष्ट्र नीति भनेको थियो । तर, ट्रम्पले यसलाई अस्वीकार्य ठहर गर्दै भारतका सामानमा ५० प्रतिशतसम्म भन्सार शुल्क (ट्यारिफ) बढाएका छन् । उनले यो कदमलाई “रुससँगको व्यापारको सजाय”का रूपमा व्याख्या गरेका छन् । अगस्टदेखि लागू भएका नयाँ ट्यारिफका कारण भारतलाई ठूलो व्यापारिक धक्का पुगेको बताइन्छ । ट्रम्प प्रशासनले चीनलगायत अन्य साझेदार देशहरूलाई पनि रुसबाट तेल खरिद बन्द गर्न दबाब दिइरहेको छ । “अब मैले चीनलाई पनि यसै गर्नका लागि मनाउनुपर्नेछ,” ट्रम्पले भने । रुस विश्वकै प्रमुख तेल निर्यातक देश हो, जसका प्रमुख खरिदकर्ता चीन, भारत र टर्की रहेका छन् । भारतले भने रुस–युक्रेन युद्धमा निष्पक्ष अडान लिँदै आएको दाबी गर्दै आएको छ ।



१प्रधानमन्त्रीको अभिव्यक्तिप्रति नेकपा (बहुमत) को आपत्ति, आन्दोलन घोषणा
२दलितसँग माफी माग्ने कि, क्षतिपूर्ति ! (सन्दर्भ : छुवाछुत उनमुलन राष्ट्रिय दिवस)
३फासीवादी विभ्रम र क्रान्तिको उज्ज्वल भविष्य
४अमेरिका—इरान युद्ध : कसको जीत, कसको हार
५राष्ट्रिय स्वाधीनता र सुकुम्बासी समस्या समाधानका लागि दीर्घकालीन नीति आवश्यक : केन्द्रीय संघर्ष समिति
प्रतिक्रिया