
१नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
२पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
३नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
४वैचारिक संघर्षबारे
५जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
६ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
७बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
८ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
९‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
१२नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
५वैचारिक संघर्षबारे
६‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
७नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
८नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
९पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
सन् १८१६ को सुगौली सन्धिदेखि यता नेपालको लागि सार्वभौमसत्ता र राष्ट्रियता रक्षाको विषय निकै पेचिलो बन्दै आएको छ । ब्रिटिस साम्राज्यवादविरुद्धको लडाइँमा आंशिक पराजयपछि ठोस भएका नेपाल र भारतको सीमानामा भारतीय शासकहरुले मिचाहा प्रवृत्ति देखाएकोले नेपालको सार्वभौम भूमि खतरामा परेको छ । कालापानी, लिपुलेक, लिम्पियाधुरा, सुस्ता, मानेभञ्ज्याङ, महेशपुर, भद्रपुर, कोइलाबास लगायतका सयौं स्थानमा नेपाली भूमि भारतले मिचेको छ । नेपालको लागि हिजो ब्रिटिसहरु नेपाली भूमिको सार्वभौमिकताको अपहरणकर्ता थिए भने आज भारतीय शासकहरु नेपाल र नेपालीको राष्ट्रिय अखण्डता र सार्वभौमिकताको अपहरणकर्ता भएका छन् । उनीहरु अरुको जमीन र सार्वभौमिकतामाथि थिचोमिचो गर्न पाउँदा सन्तुष्ट हुन्छन् । पछिल्लो चरणमा नेपालको भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानीमा भारत र चीनले समेत मिचिरहेका छन् । पछिल्लो पटक नेपालको लिपुलेक नाका हुँदै व्यापार गर्ने बारे भारत र चीनले सम्झौता गरेका छन् । नेपाली भूमि प्रयोग गरेर उनीहरुले व्यापार गर्ने कुरा नेपालमाथिको ठूलो प्रहार र नेपाली अस्मितामाथिको ठाडो हस्तक्षेप हो । यसबारेमा चौतर्फी विरोध हुँदा चिनियाँ अधिकारीहरुले लिपुलेकको समस्या नेपाल र भारत बसेर मिलाऊन् भन्ने आसय प्रकट गरे तर आफ्नो स्वार्थ पूरा गर्नका लागि लिपुलेक भारतकै जस्तोगरी सम्झौता गर्न पछि पर्दैनन् । भारतीयहरुको मिचाहा प्रवृत्ति, चिनियाँको स्वार्थी प्रवृत्ति र नेपाली शासकको दास प्रवृत्तिका कारण धेरै नेपाली भूमिहरु मिचाहामा परेका छन् । दक्षिण एसियामा भारतको कुनै पनि छिमेकीसित राम्रो सम्बन्ध छैन । भारतीय शासकहरु आफूलाई ठूल्दाई ठान्छन् र अरुलाई हेप्दा आनन्दित हुन्छन् । साना देशहरुमाथि थिचोमिचो, हप्कीदप्की गर्न पाउँदा र उनीहरुलाई लुट्न पाउँदा भारतीय शासकहरु खुशी मनाउँछन् । अरुलाई लुटेर आफूले खुशी मनाउनु उनीहरुको अहंकारी सोंच हो । यही अहंकारी सोंचले नै उनीहरुलाई आज दक्षिण एसियामा एक्लो बनाएको छ ।
आज अमेरिकाको नेतृत्वमा चलेको साम्राज्यवादी धुर्व समाप्त हुने अवस्थामा आइसकेको छ । अमेरिकी निर्देशनमा चलेको दमनकारी, लुटाहा र नरसंहारकारी साम्राज्यवादी व्यवस्था संकटमा छ र यसको ठाउँमा पुँजीवादी देशहरुकै अगुवाईमा वैकल्पिक विश्व व्यवस्था उदयको संघारमा आइपुगेको छ । चीन, रुस, उत्तर कोरिया, इरान, ब्राजिलसहितको सहभागीतामा विश्व राजनीतिमा अर्को ध्रुव निर्माणको तयारी तिब्र रुपमा चलेको छ । नयाँ विश्व व्यवस्था स्थापनाको लागि तयार पारिएका आधारभूत संगठनहरु जस्तै ब्रिक्स, शांघाई सहयोग संगठन (एससीओ), ग्लोबल सुरक्षा इनिसियटिभ (जिएसआइ), जिजिआई, जिडिआई जस्ता संगठनहरुको कार्यान्वयनको दिशामा जानु र अमेरिकी डलरको विस्थापनको तयारी हुनु यसका उदाहरणहरु हुन् । नयाँ विश्व व्यवस्था निर्माणको यो पहलले अमेरिकालाई निकै तनाबमा पारेको छ भने हिजैदेखि साम्राज्यवादी थिचोमिचोमा परेका साना देशहरुले भने नयाँ विश्व व्यवस्थाको उदयबाट राहतको महसुस गरिरहेका छन् । नयाँ विश्व व्यवस्थाले निश्चित आकार ग्रहण गरेपछि हिजोको व्यवस्थाबाट अन्यायमा परेका देशहरुलाई न्याय दिनको लागि काम गर्ने अन्तराष्ट्रिय निकायहरुको पनि गठन होला । जसरी हिजो दोस्रो विश्वयुद्ध पछि संयुक्त राष्ट्र संघ बनेको थियो, ठीक त्यसैगरी आज बन्दै गरेको नयाँ विश्व व्यवस्थामा पनि अन्यायमा परेका राष्ट्रहरुले न्यायको लागि अपलि गर्ने निकाय बन्ने नै छ । यसपछि नेपालले पनि भारतले मिचेको नेपाली भूमिको फिर्ताको लागि मुद्धा हाल्ने निकाय भेट्नेछ । पुरानो व्यवस्थामा भारतविरुद्ध मुद्धा हाल्ने ठाउँ भएपनि नेपालले न्याय पाउने सम्भावना निकै कम छ । किनकि पुरानो व्यवस्थाका अधिनायकहरु लिपुलेक नेपालको हो भनेर बोलिदिँदैनन् । उनीहरु त्यसरी नबोलिदिँदा नेपालले लिपुलेक फिर्ता पाउँदैन । बरु उनीहरुले लिपुलेकलाई नेपाल र भारतलाई जुधाउने हतियार बनाइरहन्छन् । अर्को कुरा नेपालका आजका शासकहरु लिपुलेक लगायतका भारतले मिचेका भूमिहरु फिर्ता ल्याउन पहल पनि गर्दैनन् । विश्वमा चालु पुँजीवादी संसदीय व्यवस्थाको एक हिस्सा नेपालको संसदीय व्यवस्था पनि भएकोले आफ्नै मालिकविरुद्ध ‘मेरो जमिन फिर्ता लेऊ’ भनेर मुद्धा हाल्न नेपाली शासकहरु जाँदैनन् । किनकि गुमेको जमीन फिर्ता लिन जोखिम मोल्नु पर्छ । त्यसकारण नेपालमा आजको विदेशीको चाकडी गरेर चलेको संसदीय व्यवस्था फालेर स्वाधीन सरकार बनाई त्यसले बनाएको नयाँ सत्ता संरचनाको पहलमा मात्र गुमेको भूमि फिर्ता गर्ने र नेपालको सार्वभौमिकता बचाउने महान कार्य गर्न सम्भव छ ।


१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
५वैचारिक संघर्षबारे
प्रतिक्रिया