
१अमेरिका—इरान युद्ध : कसको जीत, कसको हार
२राष्ट्रिय स्वाधीनता र सुकुम्बासी समस्या समाधानका लागि दीर्घकालीन नीति आवश्यक : केन्द्रीय संघर्ष समिति
३माइक्रोन्युट्रियन्ट पाउडर खरिद प्रक्रियाबारे छानबिनको माग
४आउनुहोस्, कायपक्कायाको बाटो पछ्याऔँ, टिकेपी–एमएल(TKP-ML)
५फासीवादी विभ्रम र क्रान्तिको उज्ज्वल भविष्य
६दलितसँग माफी माग्ने कि, क्षतिपूर्ति ! (सन्दर्भ : छुवाछुत उनमुलन राष्ट्रिय दिवस)
७प्रधानमन्त्रीको अभिव्यक्तिप्रति नेकपा (बहुमत) को आपत्ति, आन्दोलन घोषणा
८एसियाली खेलकुद छनोटका लागि दिपेन्द्रको कप्तानीमा टी–२० नेपाली क्रिकेट टोली घोषणा
९क्रिप्टो कोलोनिष्ट; नीति तथा कार्यक्रम
१०सुकुम्बासीमाथिको दमनविरुद्ध काठमाडौंमा संयुक्त संघर्ष समितिको प्रदर्शन
११नयाँ सुरक्षा नीतिसँगै उत्तर कोरिया आणविक आक्रामकतामा
१२South Asian Student Unions Oppose Ban on Student Organizations in Nepal
१प्रधानमन्त्रीको अभिव्यक्तिप्रति नेकपा (बहुमत) को आपत्ति, आन्दोलन घोषणा
२दलितसँग माफी माग्ने कि, क्षतिपूर्ति ! (सन्दर्भ : छुवाछुत उनमुलन राष्ट्रिय दिवस)
३फासीवादी विभ्रम र क्रान्तिको उज्ज्वल भविष्य
४अमेरिका—इरान युद्ध : कसको जीत, कसको हार
५राष्ट्रिय स्वाधीनता र सुकुम्बासी समस्या समाधानका लागि दीर्घकालीन नीति आवश्यक : केन्द्रीय संघर्ष समिति
६माइक्रोन्युट्रियन्ट पाउडर खरिद प्रक्रियाबारे छानबिनको माग
७आउनुहोस्, कायपक्कायाको बाटो पछ्याऔँ, टिकेपी–एमएल(TKP-ML)
सम्पादकीय
नेपाली राजनीति विगत केही दशकयता गम्भीर वैचारिक संकटबाट गुज्रिरहेको छ । समाजमा विद्यमान वर्गीय पक्षधरताको नेतृत्व गर्ने नाममा विभिन्न राजनीतिक धाराहरू सक्रिय देखिए पनि सारमा ती धाराहरूले स्पष्ट दृष्टिकोण र प्रतिबद्धता गुमाउँदै गएका छन् । आजको समकालीन नेपाली राजनीतिलाई मोटामोटी पाँच प्रवृत्तिमा वर्गीकृत गर्न सकिन्छ । पहिलो, प्रजातन्त्रको नाममा संसदीय प्रणालीको अभ्यास गर्दै दक्षिणपन्थी राजनीतिमा संलग्न कांग्रेस र मधेसवादी धाराहरू । दोस्रो, कम्युनिष्टको नाम लिएर संसदीय अभ्यासमै सीमित हुँदै दक्षिणपन्थी बाटो समातेका एमाले र अन्य कम्युनिष्ट धाराहरू । तेस्रो, प्रजातन्त्रको आवरणमा राजतन्त्र पुनर्स्थापनाको माग गर्दै संसदीय अभ्यासमै लागेका राप्रपा लगायतका प्रतिगामी शक्तिहरू । चौथो, ‘व्यवस्था होइन अवस्था बदल्नुपर्छ’ भन्ने नारासहित पपुलिस्ट तर गैर–वैचारिक राजनीति गर्ने रास्वपा जस्ता दलहरू । र पाँचौँ, संसदीय व्यवस्थाबाट होइन, क्रान्तिमार्फत समाजवाद वा जनवाद स्थापना गर्नुपर्ने मान्यता राख्ने नेकपा(बहुमत) र क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल लगायत केही कम्युनिष्ट घटकहरू । यी पाँचै धाराबीच नेपालको समग्र राजनीति अघि बढिरहेको छ । रूपमा हेर्दा यी धाराहरू फरक देखिए पनि सारमा भने कम्युनिष्ट र गैर–कम्युनिष्ट दुई धारामै सीमित छन् । आज विश्व राजनीतिमा यी दुई धाराबीच तीव्र संघर्ष चलिरहेको छ । नेपालमा पनि यो संघर्ष राजनीतिक र वैचारिक रूपमा देखिन्छ । तर समस्या त्यहाँ छ, जहाँ रूप र सारबीचको अन्तर हराउँदै गएको छ । बाहिरी रूपमा फरक देखिने दलहरूको व्यवहार र अभ्यास एउटै जस्तो हुँदा जनता मात्र होइन, स्वयं पार्टीपंक्ति नै अन्योलमा परिरहेका छन् । सही राजनीतिक मार्ग पहिचान गर्न जनतालाई कठिन हुँदै गएको छ ।
यो प्रवृत्ति विशेषतः संसदीय तथा स्थानीय चुनावका बेला झन् प्रष्ट देखिन्छ । वर्षौँसम्म कुनै विचार, दर्शन र राजनीतिक लक्ष्यबाट निर्देशित भएर आन्दोलनमा लागेको कार्यकर्ता चुनावको समयमा भने आफ्नै विश्वासको विपरीत मतदान गर्न वा उभिन बाध्य हुन्छ । यस्तो दृष्टिकोणहीन राजनीतिले न पार्टीलाई सुदृढ बनाउँछ, न त जनतालाई सही नेतृत्व दिन सक्छ । यसले राजनीतिमा विकृति, विसंगति र नैतिक पतन मात्र निम्त्याउँछ । आज पुँजीवाद नै नेपालको बहुआयामिक संकटको मूल कारण हो र यसको विकल्प समाजवाद वा कम्युनिष्ट व्यवस्था हो भन्ने दाबी गर्ने शक्तिहरू नै अन्ततः पुँजीवादी संसदीय धारमै समाहित भएको देख्दा जनता झनै अन्योलमा परेका छन् । संसदीय व्यवस्था असफल भयो, यसले नेपाली समाजका अन्तरविरोध समाधान गर्न सक्दैन भन्ने दलहरू नै फेरि विभिन्न नाम र बहानामा संसदीय चुनावमा दल दर्ता गरेर सहभागी हुँदा राजनीतिक इमानदारितामाथि गम्भीर प्रश्न उठ्नु स्वाभाविक हुन्छ ।
जसरी हुन्छ सत्तामा पुग्ने र त्यसको दोहन गर्ने संस्कार नै आज राजनीतिक दलहरूको संस्कृति बन्दै गएको छ । साम, दाम, दण्ड र भेदको राजनीति खुलेआम प्रयोग भइरहेको छ । पद, प्रतिष्ठा र सत्ताका लागि जुनसुकै हदसम्म गिर्ने प्रवृत्तिले राजनीतिको मूल मुहान नै धमिल्याइरहेको छ । यसको परिणाम समाजमा चरम विकृति, असांस्कृतिक व्यवहार र दिशाहीनता रूपमा प्रकट भइरहेको छ । यसैले आज नेपालको राजनीतिमा सबैभन्दा खाँचो स्पष्ट दृष्टिकोण, विचार र दर्शनअनुसार चल्ने राजनीतिक शक्तिको हो । जनताले तुरुन्तै नबुझे पनि, चेतनाको स्तर परिपक्व नहुँदासम्म पराजय व्यहोर्नु परे पनि आफ्नो वैचारिक धरातल नछोड्ने राजनीतिक संस्कार आवश्यक छ । आफ्नै दृष्टिकोणलाई तिलाञ्जली दिएर गरिने राजनीति अब बन्द हुनैपर्छ । समयमै यसतर्फ सबै राजनीतिक दल, नेता र कार्यकर्ताहरूको गम्भीर ध्यान जानु आजको अनिवार्य आवश्यकता हो ।



१प्रधानमन्त्रीको अभिव्यक्तिप्रति नेकपा (बहुमत) को आपत्ति, आन्दोलन घोषणा
२दलितसँग माफी माग्ने कि, क्षतिपूर्ति ! (सन्दर्भ : छुवाछुत उनमुलन राष्ट्रिय दिवस)
३फासीवादी विभ्रम र क्रान्तिको उज्ज्वल भविष्य
४अमेरिका—इरान युद्ध : कसको जीत, कसको हार
५राष्ट्रिय स्वाधीनता र सुकुम्बासी समस्या समाधानका लागि दीर्घकालीन नीति आवश्यक : केन्द्रीय संघर्ष समिति
प्रतिक्रिया