
१‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
४नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
५आत्मदाह गराउन बन्द गर
६नेकपा (बहुमत) भारत उपब्युरो अन्तर्गत पञ्जाब जिल्लाको प्रथम जिल्ला भेला सम्पन्न
७सबिनको नेतृत्वमा २१ सदस्यीय जिल्ला समिति चयन गर्दै नेकपा (बहुमत) कास्कीको भेला सम्पन्न,
८नेकपा (बहुमत) बाँकेको जिल्ला भेला सम्पन्न, चक्र थापाको नेतृत्वमा १३ सदस्यीय समिति चयन
९नेकपा (बहुमत) बर्दियाको दोस्रो जिल्ला भेला सम्पन्न, दिलमानको नेतृत्वमा ११ सदस्यीय समिति चयन
१०भारतको महाराष्ट्रमा नेकपा (बहुमत)को जिल्ला भेला सम्पन्न, ९ सदस्यीय जिल्ला समिति चयन
११विश्वविजय, सीमा आजादलगायतमाथि अवसरवादको आरोप लगाउँदै भाकपा (माओवादी)को वक्तव्य
१२सीपीसीको १०५औँ स्थापना दिवसमा सी जिनपिङको सन्देश : चुनौती चिर्दै नयाँ यात्रामा अघि बढ्न आह्वान
गएको असार २५ गते बिहीबार मुगु घर भएका तर काठमाडौं राइड शेयरिङ गरि श्रीमती र एउटा बच्चा पाल्दै आएका गणेश नेपालीले काठमाडौंको अति व्यस्त स्थल त्रिपुरेश्वरमा रहेको राहदानी विभागको गेट नम्बर २ अगाडि पेट्रोल छिर्किएर आत्मदाह गर्ने कोशिस गरे । काठमाडौं महानगर पालिका पुलिसले उनको पार्किङ गरि राखेको मोटर साइकलमा ह्वीललक गरि दिएर एक हजार जरिवाना लगाएपछि उक्त रकम तिर्न नसक्ने भएपछि उनले आत्मदाह गर्ने दुखदः निर्णय लिएका थिए । राइड शेयर गरे बापत मुश्किलले एक डेढ हजार कमाएर परिवार पाल्नु पर्ने विवश गणेश नेपालीले सामू आत्मदाह गर्नु बाहेक अरु उपाय देखेनन् ।
बीर अस्पतालमा उपचार गर्दै गर्दा २५ वर्षीय गणेशको जीवनको दुखतः भयो । चालु संसदमा संसदीय पार्टीहरुको बिचमा नेपालीको आत्मदाहको बारेमा कुरा उठाए पछि गृहमन्त्री सुदन गुरुङले काठमाडौं महानगरपलिकाको प्रमुख एमालेको सुनिता डङ्गोल भएकाले उनका प्रहरीहरुले गराएको आरोप लाएका छन् । काँग्रेस, एमाले, नेकपा, राप्रपालगायतकाले गणेश नेपालीको आत्मदाह गर्ने वातावरण वर्तमान सरकारले बनाएको आरोप लगाएका छन् । सडकमा दिनदिनै सरकार विरुद्ध विरोध भईराखेको छ । यी ३ दिनमा ३ जाले आत्म दाहको प्रयास गरिसकेका छन् ।
२६ गते सर्लाहीका विवेक मण्डलले पेट्रोल खन्याएर आत्मदाह गर्ने कोशिस गरे । उनको उपचार भईराखेको छ । त्यसैगरी २७ गते काठमाडौंको बुद्धनगरमा बस्दै आएका आश्विन राउतले आफ्नै भान्सा कोठामा पेट्रोल चर्किएर नै आत्म दाह गरेका छन् । २०७९ माघ १० गते संसद भवन अगाडि बानेश्वर चोकमा आत्मदाह गर्दा प्रधानमन्त्री पुष्पकमल दाहाल थिए भने उपप्रधान तथा गृहमन्त्री राष्ट्रिय स्वतन्त्र पार्टीका वर्तमान सभापति रवि लामिछाने थिए ।
यी तथ्यहरुले के देखाउँछ भने चाहे पुराना भनिएका पार्टीका नेताको नेतृत्वमा बनेको सरकार होस्, चाहे नयाँ भनाइएकाहरुको दुई तिहाई नजिकको सरकार होस् अभाव, गरिबी, वेरोजगारीका कारण आत्मदाह वा आत्महत्या गर्ने क्रम बढिरहेको छ ।
सरकारले शहर सौन्दर्यकरण गर्ने नाममा श्रम गर्ने थोरै पुँजीबाट सानो व्यापार गर्ने, झुपडिमा बस्नेलाई लखेट्ने नीति नै बनाएको छ । यो वर्तमान सत्ताको विशेषता हो ।
वर्तमान राज्य सत्ताले गरिबलाई आत्म दाह गर्न बाध्य पारिरहेको छ । यो उसको सत्ता टिकाउने कुनीति हो । आत्म दाह वर्तमान फासीवादी सत्ताका विरुद्ध विद्रोह पनि हो । यदि तिमी आफ्नो सत्ता लम्ब्याउन चाहान्छौ भने आत्म दाह गराउन बन्द गर । अन्यथा तमीहरुको चिहान खनिदै छ ।
प्रतिक्रिया