
१भेनेजुएलामाथि अमेरिकी आक्रमण र विश्वको आवश्यकता
२महाराष्ट्र, गोवा र गुजरातमा प्रगतिशील नेपाली जनसमाज समितिको संयुक्त भेला तथा प्रशिक्षण सम्पन्न
३जनसंविधानका लागि जनसंघर्ष अन्तर्गत सुस्ता–सिस्ने अभियानको आवश्यकता र महत्व
४जनसंविधानका लागि जनसंघर्ष अभियान अन्तर्गत कपिलवस्तुमा नेकपा (बहुमत) को कोणसभा
५यथास्थितिको निर्वाचन विरुद्ध केन्द्रीय संयुक्त संघर्ष समितिद्धारा देशव्यापी आन्दोलनको घोषणा, पुस २९ गते उपत्यका बन्द
६जनसंविधान र स्वाधीन संयुक्त जनसरकार बिना फागुन २१ को चुनाव अस्वीकार्य : केन्द्रीय संयुक्त संघर्ष समिति
७दाङको बालबिकाश माविमा अखिल (क्रान्तिकारी) को विद्यार्थी संगठन विस्तार
८कम्युनिस्ट युवा संगठन नेपाल बाँकेको भेला सम्पन्न, अध्यक्षमा आकाश विक
९साम्राज्यवादी गुण्डागर्दी पराजित हुनेछ , प्रतिरोध गर्ने जनताले जित्नेछन् : TKP-ML केन्द्रीय समिति
१०कम्युनिस्ट युवा संगठन नेपाल बर्दियाको भेला सम्पन्न, अध्यक्षमा जगदिश वली
११नेपाली कांग्रेसको विशेष महाधिवेशन अनिवार्य र वैधानिक : महामन्त्रीद्धय गगन/विश्व
१२जुनिचाँदे गाउँपालिकाका उपाध्यक्षमाथि कुटपिट, मदिरा सेवन र जातीय विभेदको गम्भीर आरोप
१जनसंविधान र स्वाधीन संयुक्त जनसरकार बिना फागुन २१ को चुनाव अस्वीकार्य : केन्द्रीय संयुक्त संघर्ष समिति
२२५ डिसेम्बरमा सहादत प्राप्त भाकपा(माओवादी)का नेता गणेश विकीले २०२२ मा आमालाई लेखेको पत्र
३दाङमा नेकपा (बहुमत) का केन्द्रीय सदस्य सजक पक्राउ, पार्टीद्वारा कडा आपत्ति
४कम्युनिस्ट युवा संगठन नेपाल बर्दियाको भेला सम्पन्न, अध्यक्षमा जगदिश वली
५भेनेजुएलामाथि अमेरिकी आक्रमण र विश्वको आवश्यकता
६महाराष्ट्र, गोवा र गुजरातमा प्रगतिशील नेपाली जनसमाज समितिको संयुक्त भेला तथा प्रशिक्षण सम्पन्न
७यथास्थितिको निर्वाचन विरुद्ध केन्द्रीय संयुक्त संघर्ष समितिद्धारा देशव्यापी आन्दोलनको घोषणा, पुस २९ गते उपत्यका बन्द
८कम्युनिस्ट युवा संगठन नेपाल बाँकेको भेला सम्पन्न, अध्यक्षमा आकाश विक
९६ वटा कम्युनिस्ट पार्टीद्धारा फागुन २१ को चुनाव बहिष्कार गर्ने घोषणा
१०साम्राज्यवादी गुण्डागर्दी पराजित हुनेछ , प्रतिरोध गर्ने जनताले जित्नेछन् : TKP-ML केन्द्रीय समिति
११मकवानपुरको चिसापानी बजारमा नेकपा (बहुमत) को अभियान सभा सम्पन्न
१२ट्रम्पलाई नोवेल शान्ति पुरस्कार होइन ‘हिट्लर–मुसोलिनी पुरस्कार’ दिनुपर्छ : बास्तोला
काठमाडौँ । मण्डला थिएटरमा माघ ४ देखि २७ गतेसम्म नाटक ‘मुक्कुम्लुङः चोत्लुङ अफ याक्थुङ’ मञ्चन हुने भएको छ । युवा निर्देशक अनिल सुब्बाले निर्देशन गरेको नाटक मञ्चनको आधिकारिक घोषणा मण्डला थिएटर नेपाल, चुलाचुली रंगमञ्च र एक थिएटर नेपालले एकसाथ गरेका छन् ।
मुन्धुमअनुसार पृथ्वीकै पहिलो नारी मुजिङना खेयङनाको मुन्धुममा आधारित रहेर निर्माण गरिएको नाटकमा पछिल्लो समय मुक्कुम्लुङ संरक्षण आन्दोलनसम्मको घटना क्रमहरुलाई समेटिएको निर्माण पक्षले जनाएको छ । पछिल्लो समय ताप्लेजुङको मुक्कुम्लुङमा ‘मक्कुम्लुङ संरक्षण’ अर्थात् ‘नो केवलकार’ आन्दोलन चलिरहेको छ ।
मुक्कुम्लुङ याक्थुङ (लिम्बु)हरुको पवित्र स्थल रहेको र केवलकार स्थापना गरिदा मुक्कुम्लुङ र लिम्बुहरुको सम्बन्ध विस्थापन हने र त्यहाँको प्रकृतिको दोहन हुने भएकाले सरोकारवालाहरुले आन्दोलन गरिरहेका छन् । सोही आन्दोलनलाई ऐक्यवद्धता जनाउँदै मुक्कुम्लुङको महत्व बुझाउन नाटक निर्माण गरिएको एक थिएटर नेपालका अध्यक्ष बिष्णु मोक्तानले बताए ।
पछिल्लो समय ताप्लेजुङस्थित मुक्कुम्लुङमा चलिरहेको ‘नो केवलकार’ आन्दोलनकै सन्दर्भमा नाटक ‘मक्कुम्लुङः चोत्लुङ अफ याक्थुङ’ मञ्चन गर्न लागिएको चुलाचुली रंगमञ्चका अध्यक्ष चेतन आङ्थुपोले जानकारी दिए । ‘विशेषगरी मुक्कुम्लुङ साझा लिम्बुवान भूमि र लिम्बुवानीहरुको शिर हो’, आङथुपोले भने, ‘यस भूमिका रैथाने समुदाय र प्रकृति पुजक मुलवासीहरुको आस्थाप्रति राज्यको संरक्षणमा जुन किसिमको दमन र विनास भइरहेको छ, त्यसविरुद्ध कला र सिर्जनामार्फत पहिचानको पक्षमा गरिएको आन्दोलन नै हो, यो नाटक ।’
त्यसैगरी नाटकका निर्देशक अनिल सुब्बा पनि सिर्जनामार्फत आन्दोलनमा देखाइएको ऐकबद्धताको रुपमा लिन्छन्, नाटकलाई । ‘यो नाटक, नाटक मात्रै होइन । अरुले बुझेको नाटकजस्तो होइन यो । पहिचानको लागि यो नाटक आफैंमा एउटा सशक्त आन्दोलन हो’ सुब्बा भन्छन्, ‘हामीलाई सानैदेखि राजाहरुको चित्रकथा, बीरगाथा पढाइयो । हाम्रो अस्तित्वलाई जसले समाप्त पारिदिए, तिनीहरुकै बीरगाथा मात्रै पढाइयो । हामीले यसैमा गर्व मानेर आयौं । हाम्रो आफ्नो संस्कार–संस्कृतिको बारेमा कतै पढाइएन । अहिले कलाको क्षेत्रमा आइसकेर हेर्दा आदिवासीहरुसँग सम्बन्धित कुराहरु भन्नुपर्छ, हाम्रो भाषाको कुरा, संस्कार–संस्कृतिका कुराहरु चाहिँ किन लुकाइयो त ? यि नै प्रश्नहरुको जवाफ हो यो नाटक ।’ निर्देशक सुब्बाले राज्यसँग धेरै ठूलो कुरा नमागेको बताउँछन् । उनि भन्छन्, ‘हामीले जम्माजम्मी सबै मान्छे बराबरी भएर बाँचौं भनेको न हो । अरु धेरै के मागेका छौं र ? आदिवासीहरुसँग सम्बन्धित कुरामाथि मात्रै किन अतिक्रमण हुन्छ ? यसको प्रतिरोध हो, यो नाटक ।’
नाटकका लेखकमध्ये गीलु रातोस पनि सुब्बाकै कुरामा सहमत देखिन्छन् । ‘लेखनको हिसाबले फरक समुदायको मूल्य÷मान्यतामाथि लेख्नुपरेकोले केही समय अध्ययन गर्न लाग्यो । तर, यो हामीले लेख्नैपर्ने नाटक थियो । किनभने मुक्कुम्लुङलाई याक्थुङ समुदायले आफ्नो शिर मान्नुहुन्छ । तर, अहिले याक्थुङहरुको त्यही शिर छेदन गर्न राज्य नै लागिपरेको छ । यस्तो समयमा चिन्तनशील सर्जकहरुलाई चुपो लागेर बस्न उनिहरुको दायित्वले दिदैँन’, रातोस थप्छन्, ‘जसको शिर र स्वाभिमानले अरुको समेत शिर ठाडो हुन्छ, उनिहरु नै शिरविहीन भएको कसरी सहन सकिन्छ ? नाटकमा हामीले यही कुरा देखाउने प्रयास गरेका छौं ।’
अर्का लेखक तथा कलाकार विष्णु मोक्तान भन्छन्, ‘विभिन्न कालखण्ड, व्यवस्था र शासकहरुको पगरीले थिचिएका विभिन्न राष्ट्र, अस्तित्व र सह–अस्तित्वसहितको नाटक हो मुक्कुम्लुङ । त्यसैले यस नाटकको लेखन र अभिनयमा म जोडिएको हुँ ।’
नाटकको प्रमुख पात्रहरुमध्येमा देखिन लागेका कलाकार वेदना राईले यस नाटकसँग जोडिन पाउँदा आफू खुसी रहेको बताए । ‘आफू मात्र बाँचौँ, आफ्नो आस्थाको धरोहर मात्र सुरक्षित गरौं र आफ्नो मात्र अधिकार जोगाऔं भन्ने सोच कति घातक हुन सक्छ ? भन्ने कुरा नाटकमा देखिने छ’ राई भन्छन्, ‘नाटक मुक्कुम्लुङले जसरी बाँच्न पाउने अधिकार मान्छेहरूलाई छ, त्यसैगरी जनावर र बोटबिरुवाको पनि रहेको सन्देश दिन्छ । आफ्नो आस्थाको धरोहर जोगाउने अधिकार सबैलाई समान रूपमा छ ।’
त्यसैगरी अर्का कलाकार प्रतिना राईले नाटक ‘मुकुम्लुङ’सँग सम्बन्धित रहेकाले मुक्कुम्लुङबारे धेरै सकारात्मक प्रभाव पार्ने तथा सन्देश दिने विश्वास व्यक्त गरे । ‘यस नाटकले आम दर्शकलाई मुक्कुलुङको मुद्दाको बारेमा गहिरो ज्ञान प्रदान गर्नुका साथै यस बिषयमा सबै पक्षलाई संवेदनशील बनाउने छ’ राईले भने, ‘नाटकले मुक्कुम्लुङमा चलिरहेको नो केवलकार आन्दोलनलाई बल दिनेछ भने लिम्बु समुदायको मुन्धुमबारे ज्ञान दिँदै सांस्कुतिक पर्यावरणीय सम्पदामाथि जिम्मेवार बनाउन ठूलो भुमिका खेल्ने छ ।’
एक थिएटर नेपालको सहकार्यमा चुलाचुली रंगमञ्चले नाटक निर्माण तथा प्रस्तुत गरेको हो । अनिल सुब्बा, गीलु रातोस र बिष्णु मोक्तानको संयुक्त लेखन रहेको नाटकको निर्देशन तथा परिकल्पना अनिल सुब्बाले गरेका छन् । नाटकमा बिष्णु मोक्तान, वेदना राई, सुरज तमु, प्रतिना राई, मानहाङ लावति, शोभा लिम्बु, सौजन सेनेहाङ, मणि के. राई, भूमिका थारु, पवन कुमार गोले, अजय लामा, डेविड सुवेदी, संजीत थुलुङ राई, सम्पदा राई, रमिता राई, प्रवीण मगर, अन्जना राई, नुमा राई, अमर बाबु बुढाथोकी, आकाश सुहाङ लिम्बु र इशा सिंजालीको अभिनय रहनेछ । नाटकमा मणि के. राईको कोरियोग्राफि रहेको छ भने प्रवृत्ति राई, युकेश राई र आशिष माझिले गायन र वाद्यवादनको काम गर्नेछन् ।

१जनसंविधान र स्वाधीन संयुक्त जनसरकार बिना फागुन २१ को चुनाव अस्वीकार्य : केन्द्रीय संयुक्त संघर्ष समिति
२२५ डिसेम्बरमा सहादत प्राप्त भाकपा(माओवादी)का नेता गणेश विकीले २०२२ मा आमालाई लेखेको पत्र
३दाङमा नेकपा (बहुमत) का केन्द्रीय सदस्य सजक पक्राउ, पार्टीद्वारा कडा आपत्ति
४कम्युनिस्ट युवा संगठन नेपाल बर्दियाको भेला सम्पन्न, अध्यक्षमा जगदिश वली
५भेनेजुएलामाथि अमेरिकी आक्रमण र विश्वको आवश्यकता
प्रतिक्रिया