
१अमेरिका—इरान युद्ध : कसको जीत, कसको हार
२राष्ट्रिय स्वाधीनता र सुकुम्बासी समस्या समाधानका लागि दीर्घकालीन नीति आवश्यक : केन्द्रीय संघर्ष समिति
३माइक्रोन्युट्रियन्ट पाउडर खरिद प्रक्रियाबारे छानबिनको माग
४आउनुहोस्, कायपक्कायाको बाटो पछ्याऔँ, टिकेपी–एमएल(TKP-ML)
५फासीवादी विभ्रम र क्रान्तिको उज्ज्वल भविष्य
६दलितसँग माफी माग्ने कि, क्षतिपूर्ति ! (सन्दर्भ : छुवाछुत उनमुलन राष्ट्रिय दिवस)
७प्रधानमन्त्रीको अभिव्यक्तिप्रति नेकपा (बहुमत) को आपत्ति, आन्दोलन घोषणा
८एसियाली खेलकुद छनोटका लागि दिपेन्द्रको कप्तानीमा टी–२० नेपाली क्रिकेट टोली घोषणा
९क्रिप्टो कोलोनिष्ट; नीति तथा कार्यक्रम
१०सुकुम्बासीमाथिको दमनविरुद्ध काठमाडौंमा संयुक्त संघर्ष समितिको प्रदर्शन
११नयाँ सुरक्षा नीतिसँगै उत्तर कोरिया आणविक आक्रामकतामा
१२South Asian Student Unions Oppose Ban on Student Organizations in Nepal
१प्रधानमन्त्रीको अभिव्यक्तिप्रति नेकपा (बहुमत) को आपत्ति, आन्दोलन घोषणा
२दलितसँग माफी माग्ने कि, क्षतिपूर्ति ! (सन्दर्भ : छुवाछुत उनमुलन राष्ट्रिय दिवस)
३फासीवादी विभ्रम र क्रान्तिको उज्ज्वल भविष्य
४अमेरिका—इरान युद्ध : कसको जीत, कसको हार
५राष्ट्रिय स्वाधीनता र सुकुम्बासी समस्या समाधानका लागि दीर्घकालीन नीति आवश्यक : केन्द्रीय संघर्ष समिति
६माइक्रोन्युट्रियन्ट पाउडर खरिद प्रक्रियाबारे छानबिनको माग
७आउनुहोस्, कायपक्कायाको बाटो पछ्याऔँ, टिकेपी–एमएल(TKP-ML)
दुर्गा खड्का ।
वि. सं. १९७१ सालबाट नेपालमा कैदीबन्दी राख्न थालिएको थियो । यस्ता कारागार अघोषित जस्ता थिए । कैदीबन्दी राख्दै जाँदा कारागार उहिल्यै सुरू भए पनि कारागार ऐन भने वि.सं.२०१९ मा मात्र निर्माण भई प्रचलनमा आएको हो ।
यो ऐनको दफा २७ ले दिएको अधिकार प्रयोग गरेर मात्र कारागार नियमावली २०२० लागू भएको देखिन्छ । विकासक्रमसँगै हाल कारागार ऐन २०७९ कार्यान्वयनमा छ । यो कारागार नियमावली २०२० को पन्ध्रौं संशोधन सहितको नियमावली हो । इतिहास केलाउँदा २०५० साउनदेखि गृह मन्त्रालय अन्तर्गत केन्द्रमा कारागार व्यवस्थापन विभाग सञ्चालनमा रहिआएको देखिन्छ ।
हाल नेपालमा रहेका ७७ जिल्लामध्ये धनुषा, बारा, भक्तपुर, पूर्वी नवलपरासी र पूर्वी रुकुममा कारागार छैनन् । यी बाहेक ७२ जिल्लामा ७५वटा कारागार छन् । जसमा बाँकेमा २ वटा (नेपालगन्ज र नौवस्ता), दाङमा २ वटा (घोराही, तुलीपुर र काठमाडौंमा २ वटा (जगन्नाथदेवल, सुन्धारा र डिल्लीबजार, चारखाल) गरी दुईदुईवटा रहेका छन् ।
कारागार व्यवस्थापन तथा प्रशासनको जिम्मा प्रमुख जिल्ला अधिकारीको रहँदै आएको छ । कैद भुक्तान गरिरहेका बन्दीकैदीको उपचारका लागि काठमाडौं जिल्लामा केन्द्रीय कारागार अस्पताल र ललितपुर जिल्लामा मनोसामाजिक अपाङ्ग बन्दी अस्पताल सञ्चालनमा रहँदै आएका छन् ।
देशभर कैदीबन्दीको बढ्दो चापलाई महसुस गरेर बाँकै जिल्लाको गनापुरमा खुल्ला कारागार निर्माण कार्य सुरु गरिएको एकदशक बढी भए पनि सञ्चालनमा आउन सकेको छैन ।
पछिल्लाो पटक नेपालको संविधान २०७२ अनुसार कारागार ऐन तथा नियमावली समेतका कानुनी दस्तावेज तयार गरी कारागार व्यवस्थापन सुरू गरिएको भनिए पनि हरेक आन्दोलनका धक्का कारागार हुन पुगेका छन् । कारागार आफैमा शान्ति सुव्यवस्था कायम तथा व्यवस्थापन गर्न बनेका भए पनि ती विद्रोहका अखडा बन्न पुगेका छन् ।
नेपालका कारागारमा कैदीबन्दीले बेलाबेला विद्रोह गरेका घटना सुन्न र देख्नमा आइरहेका छन् । यसमा विभिन्न नकारात्मक पक्षले भूमिका निर्वाह गरिरहेका छन् । हालैका अवस्थामा पनि कारागारभित्र क्षमताभन्दा बढी कैदीबन्दी राखिएका छन् । कैदीबन्दीका लागि भौतिक पूर्वाधार तथा आवासको कमी छ ।
यसरी बाक्लो र अव्यवस्थित बसाइका क्रममा रोग तथा सङ्क्रमणको समस्या निकै बढी हुनेगर्छ । तर कैदीबन्दीका लागि स्वास्थ्य सेवाको अभाव रहेको छ । कोही कोही कैदीबन्दी सामान्य अवस्थामा पनि जेलभित्र पुगेका छन् । उनीहरूको कानुनी उपचारका लागि प्रयास गरिएको देखिंदैन । कानुनी सहायता पहुँच निकै न्यून रहेको छ ।
उनीहरूका लागि सुधार तथा परिवर्तनका कुनै कार्यक्रमहरू पनि छैनन् । कैदीबन्दीलाई सुशिक्षित बनाउने र असल नागरिकका रूपमा रूपान्तरण गर्ने नीति तथा कार्यक्रमको अभाव पनि छ । शिक्षा तथा पुनःस्थापना कार्यक्रम कुनै पनि रहेका छैनन् ।
प्रशासन केवल प्रशासनमा मात्र सिमित छ । प्रशासनिक कामकारवाही पनि अव्यवस्थित र अपारदर्शी छ । महिला कारागारमा त झन दयनीय हालत छ । कतिपय महिला बच्चाका आमा र साना नानीसँग कारागारको साँघुरा कोठामा छन् ।
देशमा रहेका कूल ७५ कारागारमा कैदीबन्दी अटाउने क्षमता कममै मात्र छ । देशभरका कारागारमा जम्मा १ हजार ९ सय ८८जना महिलाका लागि ठाउँ बनाइएको छ । १५ हजार ९ सय ९७ जना पुरूषका स्थान बनाइएको छ ।
यो दुबै जोड्दा महिला र पुरूषका लागि जम्मा १७ हजार ९ सय ८५ जनाको ठाउँ नेपालका कारकारमा छ । तर हालको तथ्याङ्क हेर्दा २७ हजार १ सय ६८ पुरूष र १ हजार ५ सय ५० महिला गरी कूल २८ हजार ७ सय १८ जना मानिस अटाइनअटाई ती कारागारका कोचेर राखिएको छ । कारागारमा ६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिक सङ्ख्या पनि ६ सय नाघिसकेको छ ।
कैदीबन्दी अटाउने क्षमताका हिसाबले हेर्दा काठमाडौं उपत्यकामा २ हजार ८ सय, कोशी प्रदेशमा ३ हजार २ सय ३५, मधेश प्रदेशमा २ हजार २५, बागमती प्रदेशमा ४ हजार २ सय ७६, गण्डकी प्रदेशमा ९ सय ५२, लुम्बिनी प्रदेशमा ३ हजार ३ सय ६७, कर्णाली प्रदेशमा ६ सय ७५ र सुदूरपश्चिम प्रदेशमा ६ सय ५५ कैदीबन्दी अटाउने क्षमता छ ।
यस हिसाबले नियाल्दा हाल देशभरका कारागाारमा १० हजार ७ सय ३३ कैदीबन्दी क्षमता भन्दा बढी रहेका छन् । उनीहरूलाई कोचेर कारागारमा राखेको देखिन्छ । जसका कारण अन्य कैदीबन्दीलाई पनि निकै असहज र कष्टपूर्ण वातावरण सिर्जना हुन गएको छ । थुनुवालाई पनि कारागार पठाउँदा स्थिति झनै भयाबह देखिन्छ ।
यो उकुसमुकुस वातावरणमा निसास्सिइरहेका कैदीबन्दीका लागि बाहिरको स्वतन्त्र जीवन सपनासरह हुन्छ । उनीहरूका सजाय कटौतीका वैकल्पिक उपाय पनि छैनन् । सरकारले सजाय कटौतीका लागि सुधार गृह पनि बनाएको छैन ।
थुनुवा मुद्दा छिटो टुङ्ग्याउने प्रक्रिया पनि छैन । लम्बेतान कार्यविधि, कर्मचारीको बेवास्ता आदिले कारागार झनै नर्कजस्तो बनाएको छ । नयाँ र आधुनिक जेल भवन निर्माण गरिएको छैन । आधारभूत सुविधा पनि सहज रूपमा उपलब्ध हुन सकिरहेको छैन ।
जेलभित्र स्थायी चिकित्सा सेवा, मानसिक स्वास्थ्य तथा परामर्श सेवा, सीप विकास र व्यावसायिकताका लाागि तालिम आदिको व्यवस्था सपनासरह छ । जेल प्रशासन परम्परागगत छ । कारागार सुधारका लागि प्रशासनिक कर्मचारीलाई तालिम र प्रशिक्षण पनि छैन ।
देशका कारागारमा रहेका सबै व्यक्ति पेसेवर अपराधी होइनन् । कतिपय व्यक्ति निर्दोष पनि छन् । कतिपयको कमीकमजोरी मात्र छ । त्यो अपराध भन्ने स्तरमा छैन । मुद्दा सुनुवाई प्रक्रिया पनि झञ्झटिलो र लम्बेतान छ ।
एक दिन थुनिने मानिस वर्षौंसम्म कारागारमा हुन्छ । कैदीबन्दीलाई समाज र प्रशासनले हेर्ने दृष्टिकोण निकै नराम्रो छ । विद्यमान कानुनले दिएका सुविधासमेत कारागारमा रहेका कैदीबन्दीले नपाएको अवस्था छ ।
यी र यस्ता कारणले हरेक आन्दोलन वा विद्रोहका बेलामा कारागार विद्रोहात्मक धक्काका केन्द्र बन्ने गरेका छन् । जेलभित्रै पनि अन्याय र विभेदका कारण रक्तपातपूर्ण लडाइँ र विद्रोह हुने गरेको छ ।



१प्रधानमन्त्रीको अभिव्यक्तिप्रति नेकपा (बहुमत) को आपत्ति, आन्दोलन घोषणा
२दलितसँग माफी माग्ने कि, क्षतिपूर्ति ! (सन्दर्भ : छुवाछुत उनमुलन राष्ट्रिय दिवस)
३फासीवादी विभ्रम र क्रान्तिको उज्ज्वल भविष्य
४अमेरिका—इरान युद्ध : कसको जीत, कसको हार
५राष्ट्रिय स्वाधीनता र सुकुम्बासी समस्या समाधानका लागि दीर्घकालीन नीति आवश्यक : केन्द्रीय संघर्ष समिति
प्रतिक्रिया