
१‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
४नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
५आत्मदाह गराउन बन्द गर
६नेकपा (बहुमत) भारत उपब्युरो अन्तर्गत पञ्जाब जिल्लाको प्रथम जिल्ला भेला सम्पन्न
७सबिनको नेतृत्वमा २१ सदस्यीय जिल्ला समिति चयन गर्दै नेकपा (बहुमत) कास्कीको भेला सम्पन्न,
८नेकपा (बहुमत) बाँकेको जिल्ला भेला सम्पन्न, चक्र थापाको नेतृत्वमा १३ सदस्यीय समिति चयन
९नेकपा (बहुमत) बर्दियाको दोस्रो जिल्ला भेला सम्पन्न, दिलमानको नेतृत्वमा ११ सदस्यीय समिति चयन
१०भारतको महाराष्ट्रमा नेकपा (बहुमत)को जिल्ला भेला सम्पन्न, ९ सदस्यीय जिल्ला समिति चयन
११विश्वविजय, सीमा आजादलगायतमाथि अवसरवादको आरोप लगाउँदै भाकपा (माओवादी)को वक्तव्य
१२सीपीसीको १०५औँ स्थापना दिवसमा सी जिनपिङको सन्देश : चुनौती चिर्दै नयाँ यात्रामा अघि बढ्न आह्वानपारस राहादी मगर
‘गणतन्त्रको शुभकामना’ मन्त्र फलाक्दै
वर्षमा एकदिन कर्मकाण्ड गरेर हजुर !
गणतन्त्र ‘स्वर्ग’ जाँदैन ।
सहिदको सालिकमा
एकथान माला झुण्ड्याएर
बेपत्ता योद्धाहरूका सम्झनामा
एकढिक्का आँशु खसाएर
हजुर! गणतन्त्र फूल्दैन
यो समय
जहाँनिया तानाशाही प्रेत
मसानघाटबाट चिच्याउन थालेको छ
झारफुक गरेर यो बिरामी ’गणतन्त्र’लाई
हजुर ! राजतन्त्रको प्रेत भाग्दैन ।
यो समय
गणतन्त्रको मन्त्र भट्याउँदै
आफ्नै खल्ती भर्ने पण्डितहरू
’गणतन्त्र जिन्दावाद !’ भन्दै
भोका ’गणहरू’का छातीमा
परेड खेलिरहेका अघाएका ’गणहरू’
’मौका पाए, चौका हान्न’ ठिक्क परेका
नयाँ जोगीहरू
घोक्रो सुक्ने गरि गणतन्त्र अलाप्दै
शीरमा गणतन्त्रकै टोपी लगाएर
ठिङ्ग उभिएका छन्
कोही आठ आनाको गरामा
कोही गिरिबन्धुको फाँटमा
कोही ओम्नीका दैलोमा
कोही सहकारीको काउन्टरमा
कोही खोलानाला, नदिको तटमा
कोही बाइडबडी, सेक्युरिटी प्रिन्टको गोदाममा
कोही सुनको गोदाममा
कोही इट्टाभट्टाको छेउमा
कोही क्यान्टोनमेन्टको क्याम्पमा
कोही शरणार्थी शिविरमा
कोही अध्यागमनमा
कोही कहाँ, कोही कहाँ!….
हजुर! यिनीहरू गणतन्त्रका सेनानी रे !
हजुर! यिनीहरू गणतन्त्रका आत्मा रे !
हजुर! यिनीहरू गणतन्त्रका माली रे !
हजुर! यिनीहरूलाई फूलमाला र ताली रे !
मैले पत्याइनँ
मैले पत्याइनँ माल्दाइ !
मैले यिनलाई नपत्याएकोमा
तिमीले खुसीयाली नमनाऊ माल्दाइ !
तिमीले उहिल्यै लगाएको श्रीपेच
तिम्रो शीरमा फर्किने छैन संग्रहालयबाट
माल्दाइ ! मसानघाटबाट झिकेर
राजतन्त्रको नलीहाड फुक्दैमा,
त्यसले जीवन पाउँदैन
माल्दाइ !
मैले तिमीलाई कहिल्यै पत्याइनँ
मैले ’यि गणतन्त्रका खानका कालहरू’लाई
अहिले पत्याइनँ
माल्दाइ ! तिमीले भ्रमको श्रीपेच उतार
यिनीहरूले भ्रमको टोपी उतारून्
मेरो मुखमा एक गाँस सजिलै जाँदैन
मेरो आङमा एकसरो तालो छैन
र पनि गणतन्त्रको असली पहरेदार मै हूँ
गणतन्त्रको वास्तविक चेहरा मलाई थाहा छ
म भोकभोकै तयार
म नाङ्गो आङ् नै तयार
म खालीखुट्टा नै तयार
छातीमा गोली, ढाडमा लाठी र बुट खाएरै
तयार
जेलमा थुनिएरै तयार
नेलमा जेलिएरै तयार
बलिदान कै लागि तयार
म सँधै तयार
म मेरो वर्गको लागि
संसारका श्रमजीवी र उत्पीडितहरूको लागि
मैले मसानघाटका प्रेतहरूमाथि अगुल्टो हान्ने छु
मैले यि संसदीय गणतन्त्रका पहरेदारहरू
विरुद्ध
लालझण्डा उठाउने छु, उठाइरहने छु
कर्मकाण्ड होइन
बलिदानको निष्ठा र शौर्यका साथ
समाजवादी गणतन्त्रको लागि ।
प्रतिक्रिया