
१क्रिप्टो कोलोनिष्ट; नीति तथा कार्यक्रम
२सुकुम्बासीमाथिको दमनविरुद्ध काठमाडौंमा संयुक्त संघर्ष समितिको प्रदर्शन
३नयाँ सुरक्षा नीतिसँगै उत्तर कोरिया आणविक आक्रामकतामा
४South Asian Student Unions Oppose Ban on Student Organizations in Nepal
५गिद्धेदृष्टि नलगाऊ, लिपुलेक हाम्रो हो !
६CPN (Bahumat) Raises Concern Over Lipulekh Road Agreement
७कालापानी, लिम्पियाधुरा र लिपुलेकबारे नेकपा (बहुमत) को धारणा सार्वजनिक : सार्वभौमिकताको रक्षा गर्न सरकारलाई आग्रह
८संयुक्त संघर्ष समितिद्वारा सरकारको कदमको विरोध, वैशाख ३० मा देशव्यापी प्रदर्शन घोषणा
९भूमिहीन सुकुम्बासीका पक्षमा नेकपा(बहुमत)को माग : पहिला विकल्प, अनि व्यवस्थापन
१०मजदुर दिवसमा नेकपा (बहुमत) को सन्देशः श्रमिक एकता र अधिकारका लागि संघर्ष जारी
११रोल्पामा जीप दुर्घटना : २० जनाको मृत्यु, नेकपा(बहुमत) द्वारा शोक व्यक्त
१२ट्रम्पविरुद्ध धम्की दिएको आरोपमा पूर्व एफबीआई प्रमुख जेम्स कोमी अदालतमा उपस्थित
१आवासको ग्यारेन्टी बिना सुकुम्बासी बस्ती हटाउनु अन्यायपूर्ण : नेकपा (बहुमत)
२मूल्य वृद्धि, जनअधिकारमाथि आक्रमण देखि विद्यार्थी प्रतिबन्धप्रति नेकपा (बहुमत) को कडा आपत्ति
३गृहमन्त्रीको राजीनामा माग्दै माइतीघरमा प्रदर्शन
४क्रिप्टो कोलोनिष्ट; नीति तथा कार्यक्रम
५कालापानी, लिम्पियाधुरा र लिपुलेकबारे नेकपा (बहुमत) को धारणा सार्वजनिक : सार्वभौमिकताको रक्षा गर्न सरकारलाई आग्रह
६संयुक्त संघर्ष समितिद्वारा सरकारको कदमको विरोध, वैशाख ३० मा देशव्यापी प्रदर्शन घोषणा
७गिद्धेदृष्टि नलगाऊ, लिपुलेक हाम्रो हो !
८भूमिहीन सुकुम्बासीका पक्षमा नेकपा(बहुमत)को माग : पहिला विकल्प, अनि व्यवस्थापन
९CPN (Bahumat) Raises Concern Over Lipulekh Road Agreement
१०सुकुम्बासीमाथिको दमनविरुद्ध काठमाडौंमा संयुक्त संघर्ष समितिको प्रदर्शन
११मजदुर दिवसमा नेकपा (बहुमत) को सन्देशः श्रमिक एकता र अधिकारका लागि संघर्ष जारी
१२ट्रम्पविरुद्ध धम्की दिएको आरोपमा पूर्व एफबीआई प्रमुख जेम्स कोमी अदालतमा उपस्थित
रोजन रखाल
मानवजातिको उत्पत्तिसँगै विभिन्न स्थानमा बसोबास गर्ने मानिसहरुको आ आफ्नो कालखण्डमा गरिने वस्तुवादी आवश्यकताहरुको क्रियाकलापहरू नै पछि त्यो समाजको सामाजिक संस्कार र संस्कृति बन्न गयो । समाज विकासक्रममा मानिसमा लोभलालच दम्भ, घमण्ड, ईर्ष्या जाग्दै गएपछि मानव सभ्यता आदिमकालीन साम्यवादबाट अगाडि बढ्दै जाँदा मान्छेले आफुअनुकुल सामाजिक संस्कार र संस्कृति निर्माण गरे । विशेषगरी सामन्तवादी राज्यव्यवस्थामा मानवसमाज आइपुग्दा आफु अनुकुलका नियमकानुनहरू बन्दै गए । आज हाम्रो पुस्ता पनि त्यहीँ परिधि भित्र रहेर सामाजिक संस्कार, संस्कृति र नियमकानुनको कुरा गरिरहेका छौँ । समयको बदलावसँगै मानिसको सामाजिक सम्म्बन्धहरू बदलिएँ सँगै संस्कार संस्कृतिहरुमा पनि बदलाव ल्याउन जरुरी हुन्छ । त्यसो भएन भने हाम्रो दृष्टिकोणमा समस्या पैदा हुन्छ । जसरी अहिलेको विश्व भुमण्डलीकृत अर्थराजनीतिक व्यवस्थाले हाम्रो राजनीति, सामाजिक सम्बन्धहरू ध्वस्त बनाएका छन् त्यसरी नै हाम्रो संस्कार र संस्कृतिहरुमा पनि ह्रास पैदा गरेको छ । पूर्णरुपमा अर्थवादी, रोमाञ्चकता, क्षणिकता, अधैर्यता, आत्मकेन्द्रीत व्यक्तिवाद, अहंकारवादी अराजकतावाद र कृतिमतामा रमाउनेजस्ता हाम्रो स्वभावहरू बनेका छन् । चाहे त्यो अन्तरसाम्राज्यवादी देशहरुको कुरा गरौं या साना उत्पीडित राष्ट्रहरू, कुनै राजनीतिक पार्टी वा कुनै व्यक्ति, सबैमा पूँजीवादी सामाजिक सम्बन्धको कुरुप चरित्र देखिन्छ । यस्तो हुनु भनेको मानवसमाजको हित विपरीत हो । अन्ततः यसले विनासकारी संकटहरू निम्त्याउँछन् । जस्तै रुस–युक्रेनको लडाईँ, इरान–इजरायलको लडाईँ, कम्बोडिया ताइवानको लडाईँ, अमेरिकी या भारतीय साम्राज्यवादको दादागिरी, सामाजिक रुपमा हुने विभेदहरू, वर्गीय, जातीय, क्षेत्रीय, लिङ्गीय विभेदहरू, विभिन्न पार्टीहरू या जोकोही व्यक्तिहरुमा पनि यी र यस्ता प्रवृतिको कारण आफ्नो विनाश आफैले निम्त्याइ रहेका देखिन्छन् । यी र यस्ता प्रवृत्ति भनेको दक्षिणपन्थी अवसरवाद हो । यी र यस्ता प्रवृतिहरू, उसको चरित्रसँग जोडिएको हुन्छ । चरित्र उसको संस्कार र संस्कृतिसँग जोडिएको हुन्छ । उसको संस्कार, संस्कृति भनेको सामाजिक सम्बन्धको उपज हो । अब यहाँ चर्चा गर्न खोजिएको बिषय के हो भने नेपालको सन्दर्भमा मानव सभ्यताले विभिन्न चरण पार गर्दै आउँदा पछिल्लो चरणमा ब्राम्ह्णवादी सामन्ती संस्कृतिको अवशेष र विद्यमान भू–मण्डलीकृत दलाल पूँजीवादी समाजको उपज हो । आज हाम्रो देशको राजनीतिक, आर्थिक, सामाजिक संस्कार, संस्कृतिमा पारेको नकारात्मक प्रभावको बारेमा यहाँ दुईवटा विषयमा क्रान्तिकारीहरुले निर्मम संघर्ष गर्नुपर्ने देखिन्छ । एउटा, ब्राम्ह्णवादी अतिहिन्दुवादी संस्कार, संस्कृतिको जगमा निर्माण भएको चिन्तन प्रवृत्तिका विरुद्ध र अर्को, पूँजीवादी चिन्तन प्रणालीले खडा गरेको संस्कार, संस्कृतिका विरुद्ध । यसलाई दार्शनिक भाषामा भन्नुपर्दा अध्यात्मवादी आदर्शवाद र पूँजीवादी अर्थराजनीतिक समाजको चिन्तन प्रवृत्तिविरुद्ध भिषण संघर्ष गर्नुपर्ने देखिन्छ । यी दुवैको नाभी भने एक आपसमा जोडिएको हुन्छ । यिनीहरू एकअर्कामा परि पुरक हुन्छन् । अध्यात्मवादी आदर्शवादले भुमण्डलीकृत दलाल पूँजीवादको रक्षा गरेको हुन्छ भने भू–मण्डलीकृत दलाल पूँजीवादले अध्यात्मवादी आदर्शवादको सेवा गरिरहेको हुन्छ । अध्यात्मवादी आदर्शवादका कारण मान्छेहरू भाग्यवादी भएका छन् । जसको कारण सम्पूर्ण दःुख र उत्पीडन आफ्नै भाग्यले गर्दा भएको हो, त्यसकारण भोग्नुपर्छ भनेर पूँजीवादीहरुले पूँजीवादको रक्षा गरिरहेका हुन्छन् । पूँजीवादीहरू अर्कालाई शोषण, दमन, लुटपाट र भ्रष्टाचार गरेर थुपारेको अकुत सम्पत्ति भाग्यका कारण भएको, पुर्वजन्ममा सत्कर्म गरेको कारण धन आर्जन गरेको भनेर भगवानको भक्तिभाव गाउँदै अध्यात्मवादी आदर्शवादको सेवामा लिन भएको देखिन्छ । यसरी हेर्दा, यी दुवैको नाभी एकअर्कामा जोडिएको देखिन्छ । त्यसकारण यी दुईवटै क्षेत्रमा क्रान्तिकारीहरुले सफलतापूर्वक लडाईँ नजितेसम्म उत्पीडित वर्गको मुक्ति वा वैज्ञानिक समाजवाद असम्भव छ । त्यसकारण संस्कार, संस्कृतिमा रूपान्तरणको निम्ति हामी क्रान्तिकारीहरुले आफुभित्रबाट ऐतिहासिक द्वन्द्वात्मक भौतिकवादी भएर निर्ममतापूर्वक अध्यात्मवादी आदर्शवादविरुद्ध भिषण लडाईँ लड्नुपर्ने हुन्छ । त्यसको लागि भौतिकवादी दर्शनलाई आत्मसात गर्दै, यो सामाजिक रुढीवादी अन्धविश्वासको भ्र मको जालोहरुलाई चिरेर ब्राम्हणवादी अतिहिन्दुवादी संस्कार, संस्कृतिमा रहेको सामाजिक मान्यताहरू दशँै, तिहार, तीज जस्ता विभिन्न चाडपर्वहरू र जन्म, मृत्यु, विवाह, व्रतबन्ध, पास्नी, छेवर आदि गर्दा गरिने विभिन्न सामाजिक तथा धार्मिक कार्यहरूमा वैज्ञानिक विधि र तथ्यमा आधारित कार्यहरूलाई विकास गर्दै लैजाने र भड्किलो पूँजीवादी रुढीवाद अन्धविश्वासी कार्यहरूलाई सामाजिक रुपमा बहिष्कार र विद्रोह गर्दै जानुपर्दछ । तर जो कसैले विद्रोह गर्न सक्छ भन्ने होइन, त्यसको लागि कम्तीमा कम्युनिस्ट बुझाइ भएका र भौतिकवादी सिद्धान्तलाई आत्मसात गर्नेहरुबाट सुरुवात गराँै । जस्तै, कुनै शिशु जन्मछ । उसको सात दिनको दिनमा बाहुनले न्वारान गरेर राम्रो नाम राखेको कारण उसले राम्रो काम गर्न सक्छ भन्ने हुँदैन । ती अबोध शिशुले भोली कस्तो काम गर्छ ? भन्ने कुरा सामाजिक चेतनामा (वस्तुमा) भर पर्छ । यो मार्क्सवादी दृष्टिकोण हो । महान दार्शनिक कार्ल मार्क्सले प्रतिपादन गर्नु भएको ऐतिहासिक द्वन्द्वात्मक भौतिकवादी सिद्धान्तले पदार्थलाई पहिलो र चेतनालाई दोस्रो भन्दछ । पदार्थबाट चेतनाको विकास हुन्छ भन्ने कुरा मार्क्सले ठूलो अन्वेषण, खोजअनुसन्धान गरि तथ्यद्वारा सत्य पत्ता लगाउनुभयो । त्यसो हुँदा हामीले भौतिकवादी संस्कार, संस्कृति दिने र त्यो खालको सामाजिक कार्यहरू गर्यौँ भने जन्मिने बित्तिकै नाम जसले, जे जस्तो राखेपनि उसले राम्रो काम गर्न सक्ने हुन्छ । ठीक त्यसको विपरीत हामीले ती अबोध शिशुहरुलाई राम्रो संस्कार, संस्कृति सिकाएनौ भने जन्मेको सातौं दिनमा बाहुनको पनि महाबाहुन ल्याएर राम्रोमा अति राम्रो नामाकरण गरेपनि उसले राम्रो काम गर्न सक्दैन । त्यस्तै मृत्युमा पनि त्यहीँ कुरा लागू हुन्छ । बाँचुन्जेल वास्ता नगर्ने , बृद्ध बुवाआमाहरुलाई बाँचुन्जेल खान लाउन स्याहारसुसार केही नगर्ने अनि मरेपछि काजकिरियाको नाममा बाहुनलाई दान गरेर, पिण्ड दान दिएर के हुन्छ ? के त्यो दान गरेको वस्तुहरू र दान दिएका पिण्ड हाम्रा पुर्खापितृहरुले खान पाए ? लाउन पाए ? या काजकिरिया गरेकै कारण मलाई राम्रो भएको छ भनेर कोही पितृले भन्न आएका छन् त ? छैनन् । ती मरेर गएकाहरू आजसम्म कोही पनि फर्केर आएका इतिहास छैन । त्यसकारण साँचो अर्थमा सही सन्तान त्यो हुन्छ, जो जिउँदै हुँदा आफ्ना बुवाआमा परिवारलाई पनि भनिन्छ । यो हाम्रो संस्कार, संस्कृतिको रुपमा विकास भइरहेको छ । यो पूँजीवादी संस्कार, संस्कृतिको जालो नतोड्दासम्म हामीले साम्राज्यवादी ठूलाठूला देशहरुको त कुरै छाडाँै, आफ्नै घरभित्र आमाबुवालाई हेलाहोँचो गर्ने, खान लाउन नदिने, श्रीमान श्रीमतीबीच सम्बन्धमा समस्या उत्पन्न गर्ने, हत्याहिंसा गर्ने, दाजुभाइबीच काटाकाटको स्थिति पैदा हुने, दिदीबहिनीबीच लडाईँ झगडा हुने, त्यतिमात्र होइन, सम्पत्तिको लागि बहुविवाहलाई कानुनी मान्यता दिनेसम्मको व्यवस्था हुने भनेको यहीँ दलाल पूँजीवादी संसदीय राज्यव्यवस्थाको राम्रो स्याहारसुसार, रेखदेख, हेरचाह गरेर सेवा गर्छ । यो अर्थमा भौतिवादी बनौँ ! मरेपछि किरिया गर्ने, जुठो बार्ने, कपाल खौरिने, बाहुनलाई पिण्ड दान गर्ने भनेको बाँचुन्जेल आफ्नो कर्म नगर्ने, बुवाआमा परिवारको स्याहारसुसार, रेखदेख, खानापिना, हेरचाह केही नगर्ने तर मरेपछि गाउँ समाजलाई देखाउनको लागि त्यसखालको पाखण्ड रुढीवादी ढोङ् गर्नु भनेको ती मरेर जाने पितृको सम्पत्ति हडप्न गरिएको पाखण्ड र ढोङ् हुन्छ । त्यसकारण सभ्यसमाज निर्माणको निम्ति पितृको सेवा गर्ने, आदरसम्मान गर्ने मरेपछि होइन, जिउँदो छँदा नै गर्ने हो भन्ने कुराको असल संस्कार, संस्कृति बसाल्न सुरु गराँै । त्यसको लागि क्रान्तिकारीहरुले सचेततापूर्वक सामाजिक कुसंस्कार र कुसंस्कृतिविरुद्ध विद्रोह नगरेसम्म सम्भव हुनेछैन । त्यस्तै अति महँगो भड्किला विवाह, पास्नी, छेवर गर्ने, विभिन्न भड्किला चाडपर्वहरू वर्षमा एकदिन मनाएर त्यसको पीडा बर्षभरि अझ नसकिएमा आउने बर्षहरुमा समेत भोग्नुपर्ने गरि गरिने विवाह, व्रतबन्ध, छेवर, पास्नी र मनाइने दशैँ तिहार, तीजलगायत अन्य थुप्रै चाड्पर्वहरू, त्यसरी मनाउनुमा देखावटी र लुटपाटबाहेक त्यसको कुनै खास अर्थ छैन । त्यसकारण वैज्ञानिक विधिमा सत्यतथ्यमा आधारित भएर हेरौँ । अनि सामाजिक रुपमा आवश्यक र जीवनपद्धतिसँग जोडिएका जन्म, मृत्यु, विवाह व्रतबन्ध, छेवर, पास्नी, चाडपर्व र रितिरिवाज जस्ता चलनचल्तीहरु समान र सम्मानजनक तवरबाट गरिने र मनाइने हुनुपर्दछ । जसले समाजलाई सकारात्मक दिशानिर्देश गर्नेछ । होइन भने, ती महङ्गो र भड्किला चलनचल्ती, रितिरिवाज चाडपर्वहरुले मान्छेलाई असिमित ईच्छा चाहनाहरुको दास बनाइदिन्छ । त्यो दासत्वबाट जीवनभर मुक्त हुन नसक्ने हुन्छ । अनि आफैलाई आफैले पिडा दिने काम गर्नु कति युक्तिसङ्गत हुन्छ ? त्यसकारण यो सामाजिक कुसंस्कार, कुरिती, कुसंस्कृति र अन्धविश्वासको उत्पीडनकारी जञ्जिरबाट मुक्त हुने बाटो भौतिकवादी बाटो समातौँ । यथार्थ जीवन जिउँ र त्यस्तो संस्कृतिको विकास गरौँ । विशेषतः कम्युनिस्ट नेताहरूले पहिला लागू गरेर देखाउँ । माथि उल्लेख गरेझैँ तोड्नु पर्ने महत्वपूर्ण अर्को साङ्लो भनेको पूँजीवादी अर्थसामाजिक व्यवस्थाको साङ्लो हो । यो पनि हाम्रो जीवनको नसानसामा जरा गाडिएर रहेका हुन्छन् । यसलाई दार्शनिक रुपमा निम्नपूँजीवादी टुक्रे उत्पादन चिन्तन प्रवृत्ति सांस्कृतिक मान्यतामा हो । यो व्यवस्था रहँदासम्म यो अझै निर्मम ढङ्गबाट बढेर जानेछ । कस्तो हुने भयो हाम्रो संस्कार, संस्कृति र हाम्रो समाज ? के हामी गम्भीर बन्नु पर्दैन ? यी सबै हुनुमा मुलत यो राज्यव्यवस्था सही नहुनुको परिणाम हो । जबसम्म वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्न सकिँदैन, तबसम्म यो समाजले यो भन्दा विकराल परिस्थितिको सामना गर्नुपर्ने हुन्छ । किनकी यो पूँजीवादी चिन्तन प्रवृत्तिले मानिसमा आत्मकेन्द्रीत व्यक्तिवाद, अहंकारवादी अराजकतावाद पैदा गराउँदछ । जसले म, मेरो, मैले भन्ने खालको सोचाइभन्दा पर उसले सोच्नै सक्दैन । फलस्वरूप ऊ अरुको सहअस्तित्व, सम्मान र समान हैसियत भन्ने कुरा स्वीकार गर्नै सक्दैन । चाहे त्यो अन्तरदेशीय होस् या स्वदेशीय, वा भनाँै विभिन्न पार्टी, घरपरिवार अथवा व्यक्ति । जहाँ पनि यहीँ कुरा लागू हुन्छ । अन्ततः यसले अवसरवादी विसर्जनवादमा पतन गराउँनुको साथै मार्ने, मर्ने र समाप्त हुने दिशामा अघि बढ्छ । यस्तो सामाजिक सम्बन्धले क्रान्तिकारीहरुलाई पनि राजनीतिक, आर्थिक, नैतिक र भौतिकतवरले सखाप पार्दछ । तर क्रान्तिकारीहरुले निकै सचेत ढङ्गबाट यी र यस्ता प्रवृत्तिहरुलाई चिर्दै अघि बढ्नुपर्दछ । आज वस्तुलाई ठिक ढङ्गबाट विश्लेषण गर्दै अघि बढ्न नसक्नुको कारण अहिले क्रान्तिकारी भन्नेहरुमा यो खालको समस्या र विग्रहहरू देखा परिरहेका छन् । तर क्रान्तिकारीहरुले यो खालको सामन्तवादी अवशेष र निम्नपूँजीवादी टुक्रे उत्पादन चिन्तन प्रवृत्ति र संस्कार, संस्कृतिविरुद्ध विद्रोह गर्दै समाजवादी संस्कृतिको जग बसाल्दै साम्यवादी संस्कार, संस्कृतिको निम्ति अघि बढ्नुपर्दछ । जसले तमामरुपमा रहेका विकृत सामाजिक कुसंस्कार, कुसंस्कृतिहरुलाई चिरेर विश्व मानवमुक्ति र सिङ्गो प्रकृतिको रक्षा गर्ने छ ।



१आवासको ग्यारेन्टी बिना सुकुम्बासी बस्ती हटाउनु अन्यायपूर्ण : नेकपा (बहुमत)
२मूल्य वृद्धि, जनअधिकारमाथि आक्रमण देखि विद्यार्थी प्रतिबन्धप्रति नेकपा (बहुमत) को कडा आपत्ति
३गृहमन्त्रीको राजीनामा माग्दै माइतीघरमा प्रदर्शन
४क्रिप्टो कोलोनिष्ट; नीति तथा कार्यक्रम
५कालापानी, लिम्पियाधुरा र लिपुलेकबारे नेकपा (बहुमत) को धारणा सार्वजनिक : सार्वभौमिकताको रक्षा गर्न सरकारलाई आग्रह
प्रतिक्रिया