
१भेनेजुएलामाथि अमेरिकी आक्रमण र विश्वको आवश्यकता
२महाराष्ट्र, गोवा र गुजरातमा प्रगतिशील नेपाली जनसमाज समितिको संयुक्त भेला तथा प्रशिक्षण सम्पन्न
३जनसंविधानका लागि जनसंघर्ष अन्तर्गत सुस्ता–सिस्ने अभियानको आवश्यकता र महत्व
४जनसंविधानका लागि जनसंघर्ष अभियान अन्तर्गत कपिलवस्तुमा नेकपा (बहुमत) को कोणसभा
५यथास्थितिको निर्वाचन विरुद्ध केन्द्रीय संयुक्त संघर्ष समितिद्धारा देशव्यापी आन्दोलनको घोषणा, पुस २९ गते उपत्यका बन्द
६जनसंविधान र स्वाधीन संयुक्त जनसरकार बिना फागुन २१ को चुनाव अस्वीकार्य : केन्द्रीय संयुक्त संघर्ष समिति
७दाङको बालबिकाश माविमा अखिल (क्रान्तिकारी) को विद्यार्थी संगठन विस्तार
८कम्युनिस्ट युवा संगठन नेपाल बाँकेको भेला सम्पन्न, अध्यक्षमा आकाश विक
९साम्राज्यवादी गुण्डागर्दी पराजित हुनेछ , प्रतिरोध गर्ने जनताले जित्नेछन् : TKP-ML केन्द्रीय समिति
१०कम्युनिस्ट युवा संगठन नेपाल बर्दियाको भेला सम्पन्न, अध्यक्षमा जगदिश वली
११नेपाली कांग्रेसको विशेष महाधिवेशन अनिवार्य र वैधानिक : महामन्त्रीद्धय गगन/विश्व
१२जुनिचाँदे गाउँपालिकाका उपाध्यक्षमाथि कुटपिट, मदिरा सेवन र जातीय विभेदको गम्भीर आरोप
१जनसंविधान र स्वाधीन संयुक्त जनसरकार बिना फागुन २१ को चुनाव अस्वीकार्य : केन्द्रीय संयुक्त संघर्ष समिति
२२५ डिसेम्बरमा सहादत प्राप्त भाकपा(माओवादी)का नेता गणेश विकीले २०२२ मा आमालाई लेखेको पत्र
३दाङमा नेकपा (बहुमत) का केन्द्रीय सदस्य सजक पक्राउ, पार्टीद्वारा कडा आपत्ति
४कम्युनिस्ट युवा संगठन नेपाल बर्दियाको भेला सम्पन्न, अध्यक्षमा जगदिश वली
५भेनेजुएलामाथि अमेरिकी आक्रमण र विश्वको आवश्यकता
६महाराष्ट्र, गोवा र गुजरातमा प्रगतिशील नेपाली जनसमाज समितिको संयुक्त भेला तथा प्रशिक्षण सम्पन्न
७यथास्थितिको निर्वाचन विरुद्ध केन्द्रीय संयुक्त संघर्ष समितिद्धारा देशव्यापी आन्दोलनको घोषणा, पुस २९ गते उपत्यका बन्द
८कम्युनिस्ट युवा संगठन नेपाल बाँकेको भेला सम्पन्न, अध्यक्षमा आकाश विक
९६ वटा कम्युनिस्ट पार्टीद्धारा फागुन २१ को चुनाव बहिष्कार गर्ने घोषणा
१०साम्राज्यवादी गुण्डागर्दी पराजित हुनेछ , प्रतिरोध गर्ने जनताले जित्नेछन् : TKP-ML केन्द्रीय समिति
११मकवानपुरको चिसापानी बजारमा नेकपा (बहुमत) को अभियान सभा सम्पन्न
१२ट्रम्पलाई नोवेल शान्ति पुरस्कार होइन ‘हिट्लर–मुसोलिनी पुरस्कार’ दिनुपर्छ : बास्तोला
म अहिले ८४ वर्षको भए । २००७ साल, २०१७ साल, २०४७ साल र २०६३ सालहरूमा नेपालमा भएका राजनीतिक परिवर्तनहरूको म प्रत्यक्षदर्शी र सहभागी ब्यक्ति पनि हुँ । म मार्क्सवादको प्रकाण्ड विद्वान् पनि होइन । मार्क्सवादी सिद्धान्तका बारेमा घन्टौँ घन्टा बहस गर्ने, धारावाहिक रूपमा चार/पाँच घन्टा बोल्नेहरू नेपालको राजनीतिक व्यवस्था परिवर्तन भयो, अब अवस्था परिवर्तन गर्न बाँकी छ भन्दै दलाल पुँजीवादी व्यवस्थामा गए । राजनीतिक व्यवस्था परिवर्तन हुने भनेको एक राजनीतिक अवस्थाबाट अर्को राजनीतिक अवस्थामा जाने भन्ने हो । नेपालमा राजनीतिक परिवर्तनहरू त अवश्य भएका छन् तर राजनीतिक व्यवस्थामा परिवर्तन भएका छैनन । हरेक पटक राजनीतिक व्यवस्था परिवर्तनका लागि भएका जनआन्दोलन जनक्रान्ति जनयुद्धमा नेपाली जनताले ठूलो बलिदानी गरेका छन् तर राजनीतिक व्यवस्था परिवर्तनको सट्टा सधैँ पुरानो सत्तासँग सम्झौतामा क्रान्ति आन्दोलनहरू टुङ्गिँदै आएका छन् ।
नेपालकै इतिहासमा नेपाल कम्युनिस्ट पार्टी माओवादीले गरेको दश बर्से जनयुद्ध एक्काइसौँ शताब्दीको विश्वकै महान् युद्ध थियो । यसले सामन्तवादी तानाशाही राजतन्त्रको अन्त्य गर्न सफल भए तापनि राजतन्त्रअन्तर्गतको आर्थिक, सामाजिक स्थितिमा परिवर्तन भएन । पुरानो सत्ताको कर्मचारी संयन्त्र सेना, पुलिस, कर्मचारीमा कुनै परिवर्तन भएन । जनयुद्धको दमनमा लागेका व्यक्तिहरूले सजाय पाउनु सट्टा गणतन्त्रमा पनि उनीहरूकै हालीमुहाली यथावत रह्यो । जनगणतन्त्रको लक्ष्य राखी जनयुद्धको नेतृत्व गरेको माओवादी जनयुद्धको मुख्य नेतृत्व दलाल संसदीय व्यवस्थाद्वारा समाजवाद ल्याउने भन्दै दलाल संसदीय व्यवस्थामा हाम्फाल्यो । पुरानो संसदीय व्यवस्था र हालको संसदीय व्यवस्थामा जनताले खासै अन्तर पाउन सकेका छैनन् । अझै व्यवस्था परिवर्तनकै खाँचो छ ।
हुन त म अहिले ८४ वर्षको भए मेरो उमेरसँग क्रान्तिको कुनै सरोकार नहुने कुरा मैले बुझेको छु । हो ची मिन्हले भनेका थिए– हामी हजार वर्ष लडिसक्यौँ, आवश्यक पर्यो भने अझ हजार वर्ष लड्न तयार हुनेछौँ । त्यसैले क्रान्ति निरन्तताको कुरा हो भने व्यक्ति क्षणिक कुरा हो । उमेर र समयले जति साथ दिन्छ, निरन्तर लक्ष्य प्राप्तिका लागि लागिरहने प्रतिबद्धताका साथ अगि बढिरहने मेरो चाहना छ । म क्रान्तिप्रति पूर्ण आशवादी छु ।
आजभन्दा ८४ वर्ष पहिलाको समय र परिस्थिति अहिले दन्त्यकथा जस्तो लाग्छ । म किशोर अवस्थाको हुँदा देशमा काँग्रेसको चहल–पहल थियो । कम्युनिस्ट पार्टी गठन त भएको थियो तर काँग्रेसहरूले यसलाई भयङ्कर डरलाग्दो भूत जस्तो, जनताको महान् सत्रु हो भने जसरी प्रचार गर्थे । कम्युनिस्टहरूले सबैको धन लुट्छन्, आमा, बाबु, दाजुभाइ, दिदी, बहिनी भन्न पाइँदैन, धर्म मान्न दिँदैनन्, दमै, कामी, बाहुन, सार्की, सबै बराबर भन्छन् । विवाहवारी भेडा–बाख्राको जस्तो हुन्छ । सबैलाई सुँगुरको मासु कोचाउँछन् । साठी वर्ष भएपछि मारिदिन्छन् । पहिले मैले कम्युनिस्टबारे सुने–बुझेका कुरा यिनै थिए । अन्धविश्वास अशिक्षाले ग्रस्त समाजले कम्युनिस्टहरूलाई यसरी नै बुझ्दथे, मैले पनि यसरी नै बुझेको थिए । मेरो गाउँ सिन्धुली काँग्रेसमय थियो । मेरा काका नै काँग्रेसका नेता थिए । काँग्रेसले घर–जग्गा नहुनेहरू सबैलाई चार बिगाहका दरले जग्गा, एक हल गोरु, एउटा दुहुनो भैंसी दिन्छ, भन्थे । म १३ वर्षको उमेरमा यस्तो व्यवस्था ल्याउन काँग्रेसमा लागेँ ।
२०१५ सालको चुनावमा काँग्रेसको उम्मेदवारलाई जिताउन जिउज्यान दिएर लागेँ । काँग्रेसले जित्यो पनि, सरकार पनि काँग्रेसको बन्यो तर जनताले केही पाएका थिएनन् । त्यत्तिकैमा पञ्चायत आयो, धेरै काँग्रेसीहरू पञ्च बने । अब राजनीति गरेर मात्र भएन भनेर म पढ्न काम खोज्न काठमान्डुमा आएँ । २०२१ सालमा बाँसबारी छालाजुत्ता करखानाले तालिम र काम दुबै दियो । काँचो छाला सङ्कलनका लागि कारखानले मलाई हेटौँडा वीरगञ्जमा पठायो । कारखानामा काम गर्दा पञ्चायतको मजदुर सङ्गठनको केन्द्रीय सङ्गठनमा मनोनित भएर काम पनि गरेको थिएँ । यसको काम मजदुरको हकहितका बारेमा काम गर्ने थिएन, राजाको गुणगान गाउने मजदुर आयात गर्ने थियो । तैपनि ज्याला बढाउन आवाज उठाउने काम भयो, ज्याला पनि बढ्यो । त्यसैले गर्दा मलाई बाहिर पठाएको रहेछ ।
काँचो छाला सङ्कलन गर्न म वीरगञ्जमा बसेको थिए । वीरगञ्जमा कम्युनिस्टहरूसँग भेटघाट हुन थाल्यो । उनीहरूले तपाईं एक मजदुर जस्तो मान्छे कम्युनिस्ट हुनुपर्छ, मजदुरको पार्टी त कम्युनिस्ट पार्टी हो, काँग्रेस त धनी साहु भारतको दलाल पार्टी हो भनेर बुझाए । २०१८ मा भारतको सहयोगले हातहतियारसहित हाम्रो छिमेकी गाउँको मानिसको हत्या गर्न आएकाहरूलाई सहयोग पनि गरेको थिएँ । कम्युनिस्टहरूले काँग्रेसबारे भनेका कुरा र मैले गरेको अनुभव मिल्न पुग्यो । म काङ्गेस छाडेर कम्युनिु्ट बन्ने विचारमा पुगेँ ।
२०२५ सालमा क. पुष्पलालले पार्टी पु्नगर्ठन गरी मार्क्सवाद–लेनिनवाद–माओ विचारधारालाई पथप्रदर्शक सिद्धान्तको नयाँ पार्टी बनाएका रहेछन् । त्यसमा हेटौँडाका बद्रीप्रसाद खतिवडा, बन्दीपुरका शैलेन्द्रकुमार पिया जसले चितवनमा व्यापार गरेर बसेका थिए, यसै पार्टीमा काम गर्दा रहेछन् । उनीहरूले मलाई अध्यात्मवादको अँध्यारोबाट भौतिकवादी उज्यालो देखाई दिए । जनताका सत्रु कुन हुन् ? मित्र कुन हुन् ? सर्वहारा कान्ति के हो ? आदि कुराहरू बुझाउने काम गर्नुका साथै, मलाई कम्युनिस्ट पार्टीमा जोड्ने काम पनि गरे, यसरी म कम्युनिस्ट पार्टीमा जोडिएको थिएँ । हाम्रो काम गर्ने क्षेत्र चितवन वीरगञ्जलगायतका दस/बाह्र जिल्लामा थियो ।
चितवनबाट ‘नयाँ राँको’ नामको पत्रिका पनि चलाएका थियौँ । यसको संस्थापक सदस्यमा म पनि थिएँ । शैलेन्द्रकुमार पियाको निवासमा खोजतलासी गर्दा २०२७ सालमा ‘नयाँ राँको’ पत्रिका बरामत भएछ । यसैका आधारमा हामी सबैलाई गिरफ्तार गरेर वीरगञ्ज अञ्चलाधीश कार्यालयमा लग्यो । केही महिना जेल बसेर रिहा भइयो । त्यसपछि पोखरा–भैरहवाका जुत्ता कारखानाका डिपोहरूमा काम पनि गरेँ । कम्युनिस्ट हो भन्ने थाहा पाएपछि मलाई डिमोसन गरियो । २०३१ सालमा राजीनामा दिएर सिन्धुली गएर २०३५ सालसम्म शिक्षक पेसा पनि गरेँ ।
पुष्पलालको पार्टी फुटेर तितर–बितर भयो । बद्रीप्रसादहरू झापाली समूहमा लागे । ऋषि देवकोटा चौम मसालमा लागेछन् । म पनि मसालमा लागेँ । शिक्षण र पार्टीको काम सँगसँगै गर्दै थिएँ । पार्टीले गाउँ–गाउँका शोषक सामन्त सुदखोरमाथि भौतिक कारबाही गर्ने सर्कुलर पठायो । सिन्धुलीमा पनि एक कारबाही गर्ने निर्णय भयो । दलबहादुर रजन मगरको नेतृत्वमा भिमान बजारका मिल मालिक रघुनाथ कोइरामाथि जनकार्वाही स्वरूप कुटपिट भयो । हत्या नै गर्ने योजना त थिएन तर कोइरालाको मृत्यु भयो । यसमा हामी सबैलाई पक्राउ पुर्जी जारी भयो । मलगायत धेरै भूमिगत भयाँै । त्यस समयदेखि भूमिगत भएर पार्टी काममा पूर्णकालीन कार्यकर्ताको रूपमा अझसम्म क्रियाशील नै छु । परिस्थितिमा परिवर्तन हुँदा कहिले खुला र कहिले भूमिगत रूपमा मेरा जीवनका ६० वर्ष बितेका छन् ।
भूमिगत रूपमा उपत्यकामा मजदुर फाँटमा काम गरी मजदुर सङ्गठनलाई विस्तार गर्ने काम गरेँ । उपत्यकामा निर्मल लामाले कमान्ड गर्थे । पार्टी एक ढिक्का थियो । सिद्धान्तका बारेमा त्यति बहस हुँदैन थियो । पार्टीमा मोहनविक्रमको देशभक्त र जनतान्त्रिक शक्तिहरूको सरकारको र लामाको सशस्त्र विद्रोहका दुई लाइन थिए । पास देशभक्त र जनतान्त्रिक शक्तिहरूको सरकार भएको थियो । पुष्पलाललाई गद्दार भनिएको थियो र झापाली समूहलाई उग्रवादी भनिएको थियो । काँग्रेसलाई प्रधान दुस्मन किटान गरिएको थियो । अरू सबै कम्युनिस्ट समूहहरूलाई दक्षिणपन्थी संशोधनवादी करार गरिएको थियो । आफ्नै जनवर्गीय सङ्गठनहरूको संयुक्त मोर्चा बनाइएको थियो । तैपनि पार्टीको विस्तार राम्रै भएको थियो ।
मोहनविक्रमलाई जलजला काण्डमा कार्वाही भयो, त्यसपछि पार्टीभित्र भाँडभैलो सुरु भयो । पार्टी सिद्धान्तमा बच्ने हो, व्यक्तिका आधारमा बनेको पार्टी व्यक्तिको पतनसँगै पतन हुनु कुनै ठूलो कुरा भएन । मोहनविक्रमपछि निर्मल लामा महासचिव भए । उनले आफ्नो लाइन लागू गर्न खोज्नु कुनै नौलो कुरा थिएन । क. पुष्पलाललाई श्रद्धाञ्जली दिँदै पुष्पलालको मृत्यु कम्युनिस्ट आन्दोलनमा क्षति भन्ने लेख र २०३६ सालको विद्यार्थी आन्दोलनमा अब जनताले हतियार उठाउने बेला भयो भनेर पार्टीको मुखपत्र मसालमा लेख लेखेकै कारण लामालाई कार्वाही भयो र भक्तबहादुर श्रेष्ठ महासचिव भए । उनी पनि गिरफ्तार भए ।
मोहनविक्रम, लामा दुबै कार्बाहीमा थिए । भक्तबहादुर जेलमा थिए । यस्तो समयमा बसेको केन्द्रीय समितिको बैठक छोडेर जयगोविन्द शाह र सूर्यनाथ यादव हिँडे । चौथो महाधिवेशनको केन्द्रीय समिति अल्पमतमा परेर विघटन भयो । पार्टी पुनर्गठनका लागि भएको २०४० सालको राष्ट्रिय सम्मेलनले क. चित्रबहादुर केसीको नेतृत्वमा मसालको पुनर्गठन गर्दा म मसालको केन्द्रीय समितिमा चयन भएँ र हालसम्म मसाल, मशाल, एकता केन्द्र, नेपाल कम्युनिस्ट पार्टी माओवादी, एमाओवादी, ड्यास माओवादी, विप्लवले पुनर्गठन गरेको नेपाल कम्युनिस्ट पार्टी, नेपाल कम्युनिस्ट पार्टी (बहुमत), क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र हाल नेपाल कम्युनिस्ट पार्टी (बहुमत) को केन्द्रीय सल्लाहकारको अध्यक्षको रूपमा क्रियाशील छु ।
नीति ठीक भएमा सब ठीक हुने र नीति गलत हुँदा सब बेठीक हुने कुरा प्रत्यक्ष भोगेको पनि छु । पाँचौँ महाधिवेशनले मोहनविक्रमलाई हलबाट निष्काशन गरेर नेतृत्व बहुमतको आधारमा किरणले लिए तापनि दस्ताबेज चित्रबहादुरको नै पास भएको थियो । नीतिसहितको नेतृत्वले मात्र क्रान्तिलाई अगि बढाउन सक्छ, प्राविधिक नेतृत्वले गर्न सक्ने कुरा केही थिएन । मोहनविक्रमले छुट्टै मसाल गठन गरेर गए । पाँचौँ महाधिवेशनको पार्टी एक वर्ष पनि टिकेन । बहुमतले मोहनविक्रम समूहलाई व्यक्तिवादी भन्दै पार्टीबाट हटायौँ तर नीति कार्यक्रम दुबैको एउटै थियो । २०४३ सालमा युवाहरूले सेक्टर काण्ड घटाए । यो एक छलाङ थियो तर पार्टीमा पार्टीको नीति विपरीत काम भयो भन्ने रडाको भयो । सेक्टर काण्डका कमरेडहरूलाई कारबाही भयो । महासचिव क. किरणले पनि महासचिव पद छाडिदिए । प्रचण्ड महासचिव बन्न पुगे ।
प्रचण्डको नेतृत्वको मशालले पाँचौँ महाधिवेशनको नीति–कार्यक्रममा व्यापक परिवर्तन गर्यो । जनयुद्धको लाइन बनाएर अगि बढ्यो । अन्य समूहलाई मिलाएर एकता केन्द्र निर्माण गर्यो । संसदमा भाग लिएर भण्डाफोर आन्दोलन चलायो । संसद् छाडेर सडक आन्दोलन पनि गर्यो । जनयुद्धको आधार तयार भएपछि एकता महाधिवेशन गरेर जनयुद्धको लाइन पास गर्यो । जनयुद्धमा जान नमान्नेहरूलाई पार्टीबाट हटाएर पार्टीको नाम नेपाल कम्युनिु्ट पार्टी माओवादी बनायो । सबै तयारी पूरा गरी जनयुद्धमा गयो र दश वर्ष जनयुद्ध चलायो ।
यसमा मेरो सक्रिय भूमिका रहेको थियो । दशौँ हजारको बलिदानी, हजारौँ हजार बेपत्ता, लाखौँ घाइते अपाङ्ग भएर देशको लगभग ८०% भूभागमा हाम्रो सरकार पनि चलेको थियो । जनयुद्ध रक्षा सन्तुलन र प्रत्याक्रमणमा विकास भएको थियो । प्रतिक्रियावादी सत्ता र हाम्रो सत्ता दुबै प्रतिस्पर्र्धामा थिए । हामी जनतामा फैलिँदै गएका थियौँ भने प्रतिक्रियावादीहरू खुम्चिँदै गएका थिए तर सैन्यगत हिसाबले प्रतिक्रयावादी सत्ताले अमेरिका र भारत जस्ता साम्राज्यवादीबाट सहयोग लिइरहेको थियो । तत्काल सैन्य कारबाहीले मात्र सत्ता लिन गाह्रो थियो । कार्यनीतिक रूपमा लचिलो भएर जनमत बटुल्न आवश्यक थियो । कार्यनीतिले रणनीतिको सेवा गर्नुपर्ने हुन्थ्यो । रणनीतिक रूपमा हाम्रो प्रथम लक्ष्य जनगणतन्त्र नै थियो ।
दोस्रो राष्ट्रिय सम्मेलन गरेर गोलमेच सम्मेलन, अन्तरिम सरकार र संविधानसभाको चुनावको नारा पास भयो । यो कार्यनीतिलाई होसियारीपूर्वक लागू गर्न कथम् कदाचित देश हाम्रो कार्यनीतिमा आएमा नेतृत्वका मुख्य मानिसहरू संसद्–सरकारमा नजाने दोस्रोे वा तेस्रोे तहका कमरेडहरूलाई पठाएर हस्तक्षेप गर्ने र क्रान्तिलाई जनगणतन्त्रमा पुराउने भन्ने प्रस्ताव पनि पास गरेका थियौँ । १२ बुँदे सम्झौताद्वारा राजाको लात खाएका संसदवादीहरू हाम्रो एजेन्डामा आए । १९ दिने जनआन्दोलनले हाम्रो एजेन्डामा देश गयो । अझ हाम्रो एजेन्डामा गणतन्त्र थिएन । शान्ति सम्झौता गर्दा संविधानसभाको पहिलो बैठकले गणतान्त्रिक देश नेपाल हुनेछ भन्नेसमेत भयो ।
देश संविधानसभाको चुनावमा जाने भयो । मुख्य नेतृत्वमा रहेकाहरूले पहिलाको निर्णय पालना गरेनन् । सबै मुख्य नेतृत्वका मानिसहरूले संविधानसभाको चुनाव लडे र जिते पनि । लगभग बहुमत सदस्यहरूमा माओवादी विजयी भए । तत्कालीन समयमा म पार्टी केन्द्रको सल्लाहकार समितिको अध्यक्ष थिएँ । म पनि समानुपातिक सदस्यका रूपमा संविधानसभाको सदस्यमा मनोनित भएर संसदमा गएँ । माओवादीको नेतृत्वमा सरकार बन्यो पनि । प्रधानमन्त्री स्वयम् प्रचण्डै भए । प्रचण्डले कार्यनीतिलाई रणनीतिमा बदल्न कोसिस गर्न थाले । जनसेना शिविरमा थिए ।
देशभर वाईसीएल गठन गरेर युवाहरू खटिरहेका थिए । जनमत पूरा माओवादीको पक्षमा थियो । आँट गरेको भए स्थिति माओवादीको पक्षमा हुने थियो । प्रचण्डलगायतका केही उच्च नेतृत्वले अब शान्ति संविधानको माध्यमले समाजवादमा पुग्न सकिन्छ भन्ने प्रस्ताव ल्याउन थाले । पार्टीभित्र दुई लाइन सङ्घर्ष सुरु भयो । क्रान्तिकारी पक्षको बहुमत पनि बन्यो । प्रचण्डले जनयुद्ध कालमा बनेका संरचना ध्वस्त पार्दै जान थाले । क्रान्तिकारीहरूले कि त पार्टीभित्र दुई लाइन सङ्घर्ष चलाउँदै पार्टी कब्जा गर्नुपर्थ्यो, कि त पार्टी पुनर्गठन गर्नुपर्थ्यो । दुई लाइन सङ्घर्ष चलाउने नाममा निष्क्रिय मतको कुनै अर्थ हुँदैन थियो । पार्टी पुनर्गठन गर्न आवश्यक थियो र गरियो पनि । तर, नेतृत्व तहमा अकर्मण्यतावादी व्यक्तिहरूलाई ल्याइयो । यसैबाट माओवादी आन्दोलन अकर्मण्यतामा फस्यो । केही काल प्रचण्डले नेतृत्व गरेको एमाओवादी र किरणले नेतृत्व गरेको ड्यास माओवादी दुबैको लाइन समान, पार्टी मात्र फरक रूपमा रह्यो ।
ड्यास माओवादीले सातौँ महाधिवेशन गर्दा पनि नीति, कार्यक्रम र नेतृत्व परिवर्तन गर्न क. किरण तयार भएनन् । एउटै नीति–कार्यक्रमका दुई पार्टी चल्ने कुरा भएन । ड्यास माओवादीमा फेरि असन्तुष्टि फैलियो । क. विप्लवले युवाहरूलाई लिएर नयाँ पार्टी पुनर्गठन गरे । जनयुद्ध कालमा म प्रवासमा र आधार इलाकामा रहेर काम गरेको थिएँ । आधार इलाकाको कमान्ड क. विप्लवले गरेका थिए । उनीबाट म प्रभावित थिएँ र उनको पार्टी नेपाल कम्युनिस्ट पार्टीमा स्थायी समितिको सदस्य हुँदै केन्द्रीय सल्लाहकारको अध्यक्ष भएर काम गरेँ । विप्लवले बिना–तयारी हतियार उठाउने काम गरे । बाह्र जनाको सहादत नै भयो । हजारौँ गिरफ्तार भए । सयौँ जेलमा पुगे । यस्तो त्रासदी बेहोर्न सक्ने विप्लवको पार्टी सङ्गठन पनि थिएन र उनको इच्छाशक्ति पनि थिएन । त्रासदी कालमा दलाल तस्करहरूलाइ आतङ्कित पारेर ठूलो धनराशि जम्मा गर्न भने सफल रहे । अब उनको उद्देश्य जम्मा भएको धन जोगाउनेमा नै छ । सरकारसँग तीन बुँदे सम्झौता गर्दै शान्तिपूर्ण राजनीतिमा आए । मृतकहरूलाई सहिदको मान्यता दिलाउने कुरा सम्झौतामा पनि राखेनन् । शान्ति सम्झौतापछि आठौँ महाधिवेशनको बाह्रौँ बैठकमा अबको क्रान्तिको कार्यभार संसदीय चुनावमा भाग लिएर पूरा गर्ने हो भन्ने प्रस्ताव ल्याए । उनको प्रस्तावको पक्षमा पन्ध्र जना मात्र देखिए भने विरोधमा ४९ जना देखिएका थिए । यसरी विप्लव पूरा अल्पमतमा थिए । बहुमत सदस्यहरू विरोधमा देखेर क. कञ्चनको नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टी बहुमत पुनर्गठन गर्दा सबै विरोधीहरू क. कञ्चन नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (बहुमत) मा आएनन् र विप्लवसँगै रहे । अहिले विप्लव कहाँ पुगे, भनिरहनुपरेन ।
क. किरणको नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी) मा बादलले बहुमत पुर्याएर प्रचण्डसँग एकता गरेर गए । अल्पमतले फेरि क. किरणको नेतृत्वमा पार्टी पुनर्गठन गर्दै (क्रान्तिकारी माओवादी) नामको पार्टी चलाउँदै थिए । संकीर्णतामा क्रान्ति हुने कुरा भएन । मिलेसम्म संसद्बाहिरका सबै क्रान्तिकारीहरू मिल्नु नै क्रान्तिको हितमा हुन्थ्यो । लामो छलफल बहसपछि क्रान्तिकारी माओवादी र नेपाल कम्युनिस्ट पार्टी (बहुमत) मिलाएर क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल बनाइयो । एकता महाधिवेशनको तिथि–मिति तोक्दै दस्ताबेज लेखनको काम पनि भयो । महासचिव क. किरण संकीर्णता र सारसंग्रहवादी सोचमा परिवर्तन आएन । उनको दस्ताबेजभन्दा भिन्न खालको दस्ताबेज क. कञ्चनले केन्द्रीय समितिमा छललजका लागि प्रस्तुत गर्दा यसलाई निषेध गरियो । क. किरणको सबैको चित्त बुझाउने सारसंग्रहवादी खालको दस्ताबेजमा महाधिवेशनको कुनै अर्थ थिएन । एकता असफल घोषणा गर्दै नेपाल कम्युनिस्ट पार्टी (बहुमत) लाई पुनर्गठन गर्र्दै अहिले नवौँ महाधिवेशनको सँघारमा छ ।
क्रान्तिकारीहरूले एक पटक क्रान्तिमा भाग लिएपछि हारबाट पनि शिक्षा लिएर अगि बढ्न आवश्यक हुन्छ । क्रान्तिमा भाग लिनु भनेको कष्टसाध्य काम हो । यदि अन्तसम्म क्रान्तिमा लाग्न सकिँदैन भने क्षणिक रूपमा नेता बन्नुको कुनै अर्थ छैन । अहिले मलाई आशा, विश्वास र भरोसा नेपाल कम्युनिस्ट पार्टी (बहुमत) र यसको नेतृत्वप्रति छ । यो पार्टी सानै किन नहोस्, पचास/साठी वर्षदेखि कम्युनिस्ट आन्दोदनमा जीवन बिताएको एक पुस्ता, विगतको जनयुद्धमा विभिन्न मोर्चा सम्हालेको दोस्रोे पुस्ता र क्रान्तिलाई आत्मसात् गरेर आफ्नो जीवनलाई क्रान्तिमा डोहोर्याउन आएको युवा पुस्ताद्वारा यो पार्टी बनेको छ । पार्टी सङ्कीर्णता, जडसूत्रवाद, सारसंग्रहवाद, संशोधनवाद, नवसंशोधनवादबाट कम प्रभावित छ । पार्टीलाई प्रतिक्रियावादी संशोधनवादमा पतन गराई व्यक्तिगत सुखसुविधा प्राप्त गरिरहेको बेला यसका विरुद्ध खडा भएको जनशक्ति यो पार्टीमा छ । पार्टीको नवौँ महाधिवेशनमा पार्टीले सिद्धान्त, पार्टी सङ्गठन, कार्यनीति र रणनीतिका बारेमा खुला बहस र छलफलद्वारा सही मार्ग लिनेछ र अबको क्रान्तिको कार्यभार पूरा गर्नेछ भन्नेमा म ढुक्क छु ।

१जनसंविधान र स्वाधीन संयुक्त जनसरकार बिना फागुन २१ को चुनाव अस्वीकार्य : केन्द्रीय संयुक्त संघर्ष समिति
२२५ डिसेम्बरमा सहादत प्राप्त भाकपा(माओवादी)का नेता गणेश विकीले २०२२ मा आमालाई लेखेको पत्र
३दाङमा नेकपा (बहुमत) का केन्द्रीय सदस्य सजक पक्राउ, पार्टीद्वारा कडा आपत्ति
४कम्युनिस्ट युवा संगठन नेपाल बर्दियाको भेला सम्पन्न, अध्यक्षमा जगदिश वली
५भेनेजुएलामाथि अमेरिकी आक्रमण र विश्वको आवश्यकता
प्रतिक्रिया