
१अमेरिका—इरान युद्ध : कसको जीत, कसको हार
२राष्ट्रिय स्वाधीनता र सुकुम्बासी समस्या समाधानका लागि दीर्घकालीन नीति आवश्यक : केन्द्रीय संघर्ष समिति
३माइक्रोन्युट्रियन्ट पाउडर खरिद प्रक्रियाबारे छानबिनको माग
४आउनुहोस्, कायपक्कायाको बाटो पछ्याऔँ, टिकेपी–एमएल(TKP-ML)
५फासीवादी विभ्रम र क्रान्तिको उज्ज्वल भविष्य
६दलितसँग माफी माग्ने कि, क्षतिपूर्ति ! (सन्दर्भ : छुवाछुत उनमुलन राष्ट्रिय दिवस)
७प्रधानमन्त्रीको अभिव्यक्तिप्रति नेकपा (बहुमत) को आपत्ति, आन्दोलन घोषणा
८एसियाली खेलकुद छनोटका लागि दिपेन्द्रको कप्तानीमा टी–२० नेपाली क्रिकेट टोली घोषणा
९क्रिप्टो कोलोनिष्ट; नीति तथा कार्यक्रम
१०सुकुम्बासीमाथिको दमनविरुद्ध काठमाडौंमा संयुक्त संघर्ष समितिको प्रदर्शन
११नयाँ सुरक्षा नीतिसँगै उत्तर कोरिया आणविक आक्रामकतामा
१२South Asian Student Unions Oppose Ban on Student Organizations in Nepal
१प्रधानमन्त्रीको अभिव्यक्तिप्रति नेकपा (बहुमत) को आपत्ति, आन्दोलन घोषणा
२दलितसँग माफी माग्ने कि, क्षतिपूर्ति ! (सन्दर्भ : छुवाछुत उनमुलन राष्ट्रिय दिवस)
३फासीवादी विभ्रम र क्रान्तिको उज्ज्वल भविष्य
४अमेरिका—इरान युद्ध : कसको जीत, कसको हार
५राष्ट्रिय स्वाधीनता र सुकुम्बासी समस्या समाधानका लागि दीर्घकालीन नीति आवश्यक : केन्द्रीय संघर्ष समिति
६माइक्रोन्युट्रियन्ट पाउडर खरिद प्रक्रियाबारे छानबिनको माग
७आउनुहोस्, कायपक्कायाको बाटो पछ्याऔँ, टिकेपी–एमएल(TKP-ML)
काठमाडौँ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटी) सुधारको लागि अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) ले बिभिन्न समयमा परिषद् कार्यालयसँग राखेको मागको सम्बन्धमा सङ्गठन र परिषद कार्यालयबीच १८ बुँदे सहमति भएको छ ।
माघ १७ गते बिहीबार नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट अखिल (क्रान्तिकारी) का सचिव एवम् विश्वविद्यालय तथा सीटीईभीटीका इन्चार्ज डीवी शाही र परिषद्का सदस्य सचिव रमेश भट्टराईको रोहबरमा विद्यार्थी सङ्गठनकाबाट श्री पारस राहादी मगरसहित आठजना र परिषद् कार्यालयबाट श्री रामहरि देवकोटासहित पाँचजनाको उपस्थितिमा परिषद् कार्यालयमा सीटीईभीटी सुधारका लागि पेश गरिएको मागका सम्बन्धमा छलफल गरी १८ बुँदामा सहमति भएको हो ।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटी) मा तत्कालको लागि परीक्षा र मुल्याङ्कन प्रणालीमा व्यापक सुधार गर्ने, शिप, उत्पादन र श्रमसँग जोड्ने गरेर पाठ्यक्रम परिमार्जन, विकाश र बजारको माग अनुसारको नयाँ पाठ्यक्रम निर्माण गर्ने, पढिसकेका विद्यार्थीहरूलाई विना धितो व्यावसायिक कर्जाको व्यवस्था, विद्यार्थी बिमाको व्यवस्था, पूर्ण शुल्किए र छात्रवृत्तिका सबै कार्यक्रममा अनलाइन मार्फत भर्ना पाउने व्यवस्था, नर्सिङ लगायतका देखिएको चर्को शुल्क असुलीलाई नियन्त्रण गर्नको लागि शुल्क परिषद्को प्रदेश कार्यालयमार्फत संस्थालाई भुक्तानी व्यवस्था गर्ने, सातै प्रदेशमा आगामी बर्षदेखि सर्टिफिकेट वितरण प्रकिया सुचारु, ड्रेस कोडको व्यवस्था, आङ्गिक शिक्षालयको स्तरबृद्धि र बिस्तार गर्ने सहमति गरिएको छ ।
साथै सीटीईभीटी सुधारका लागि आगामी शैक्षिकसत्रदेखि देशका सात वटै प्रदेशमा न्युनतम् एक वटा नर्सिङ सहितका स्वास्थ्य कार्यक्रम र बजारको माग अनुसारका अन्य कार्यक्रमहरू सुचारु गर्ने समेत सहमति भएको छ ।
सहमति भएका १८ बुँदाको पूर्णपाठ :
आज मिति २०८१ माघ १७ गते बिहीबारका दिन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) ले प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् कार्यालयमा विभिन्न मितिमा पेश गरेको मागका सम्बन्धमा सङ्गठनका प्रतिनिधि र परिषद् कार्यालयका प्रतिनिधिहरू बीच छलफल गरी आगामी दिनमा निम्नानुसार गर्नेगरी सहमति गरियो ।
१. परिषद् परीक्षा नियन्त्रण कार्यालयबाट सञ्चालन हुने पूर्णशुल्कीय र छात्रवृत्ति तर्फका प्रवेश परीक्षाहरू अनलाइन विधिबाट एकीकृत रूपमा सञ्चालन गर्ने । नर्सिङ कार्यक्रमको भर्ना शुल्क प्रदेश कार्यालयमा जम्मा गरी विद्यार्थी भर्ना गर्ने ।
२. परिषद्बाट सम्बन्धन स्वीकृति लिएर सञ्चालनमा रहेका डिप्लोमा तथा प्रि–डिप्लोमा तहका परीक्षाहरूको परीक्षाफल ३ महिनाभित्र प्रकाशन गर्ने । अन्तिम वर्ष/सेमेष्टरको परीक्षा समाप्त भएको ७५ दिनभित्र नतिजा प्रकाशनको सुनिश्चितता गर्ने ।
३. परिषद्बाट सम्बन्धन स्वीकृति लिएर सञ्चालनमा रहेका डिप्लोमा तथा प्रि–डिप्लोमा तहका परीक्षाहरूको पुनर्योग र पुनः परीक्षणलाई थप व्यवस्थित गर्ने ।
४. परिषद्को परीक्षा नियन्त्रण कार्यालयबाट वितरण गरिँदै आएको शैक्षिक प्रमाणपत्रहरू आगामी आर्थिक वर्षदेखि परिषद्का प्रदेश कार्यालयहरू मार्फत उपलब्ध गराउने व्यवस्था मिलाउने ।
१२. विद्यार्थीको ड्रेस कोड बनाई विद्यार्थी स्वयम्ले शिक्षालयले तोकेको ड्रेस तयार गर्ने । ड्रेस खरिद र तयारीमा शिक्षण संस्थाले बाध्यताकारी नबनाउने ।
१३. सर्वसुलभ प्राविधिक शिक्षाको पहुँच विस्तारका लागि आङ्गिक शिक्षालय र कार्यक्रम विस्तार गर्ने । बजारको माग अनुसारका थप कार्यक्रमहरू क्रमशः वृद्धि गर्दै लैजाने ।
१४. गुणस्तरीय प्रशिक्षणका लागि शिक्षालय तथा सञ्चालित कार्यक्रमहरूको स्तर निर्धारण गरी शिक्षण संस्थालाई तहगत वर्गीकरण गर्ने ।
१५. पाठ्यक्रम, प्रशिक्षकहरूको क्षमता विकास र परीक्षा सम्बन्धी कार्यलाई थप व्यवस्थित गर्ने सम्बन्धमा विद्यार्थी प्रतिनिधिसहितको उपस्थितिमा सरोकारवालाहरूसँग छलफल/अन्तरक्रिया गर्ने ।
१६. आगामी शैक्षिक सत्रदेखि प्रशिक्षक तथा प्रशिक्षार्थीहरूको कार्यस्थल दुर्घटना बीमा लागू गर्न पहल गर्ने ।
१७. विशिष्ट परिस्थिति बाहेक एकै शिक्षण संस्थाको परीक्षा केन्द्र एकै केन्द्रमा निरन्तर दुई वर्ष भन्दा बढी अवधिका लागि नतोक्ने ।
१८. अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) ले स्तर निर्धारण तथा सम्बन्धन महाशाखामा लगाएको तालाबन्दी आजबाट खोल्ने सहमति गरियो ।





१प्रधानमन्त्रीको अभिव्यक्तिप्रति नेकपा (बहुमत) को आपत्ति, आन्दोलन घोषणा
२दलितसँग माफी माग्ने कि, क्षतिपूर्ति ! (सन्दर्भ : छुवाछुत उनमुलन राष्ट्रिय दिवस)
३फासीवादी विभ्रम र क्रान्तिको उज्ज्वल भविष्य
४अमेरिका—इरान युद्ध : कसको जीत, कसको हार
५राष्ट्रिय स्वाधीनता र सुकुम्बासी समस्या समाधानका लागि दीर्घकालीन नीति आवश्यक : केन्द्रीय संघर्ष समिति
प्रतिक्रिया