
१नेकपा (बहुमत) कञ्चनपुरद्धारा भिमदत्त पन्तको शालिकमा माला लगाएर जनसंविधानका लागि जनसंघर्ष अभियान सुरु
२लडाई जारी रहँदा कम्बोडियाले थाइल्यान्डसँगको सीमा नाका बन्द गरेको घोषणा
३नेकपा (बहुमत) बर्दियाद्वारा जनसंविधानका लागि जनसंघर्ष अभियान सुरु
४कम्युनिस्ट युवा संगठन नेपालको संघर्ष पश्चात अख्तियारद्धारा आरोप पत्र दायर , उपाध्यक्ष नाथ को पद गुम्यो
५नेकपा(बहुमत)चितवनको आयोजनामा “जनसंविधान र स्वाधीन संयुक्त सरकारको आवश्यकता”बारे अन्तरक्रिया सम्पन्न
६नेकपा (बहुमत) रौतहटको बैठक सम्पन्न, पार्टी अभियानलाई तीव्र पार्ने निर्णय
७नेकपा (बहुमत) १ नं. ब्युरोले कटारीबाट “जनसंविधानका लागि जनसंघर्ष अभियान” शुरु गर्यो
८दाङमा नेकपा (बहुमत)को राजनैतिक प्रशिक्षण सम्पन्न, चुनाव बहिष्कार गर्ने घोषणा
९जनसंविधानका लागि जनसंघर्ष अभियानअन्तर्गत रूपन्देहीमा नेकपा (बहुमत)५ नं. ब्यूरोको राजनीतिक प्रशिक्षण
१०अछामका ११ वर्षीय बालक किड्नी निकालिएको अवस्थामा फेला, प्रगतिशील नेपाली जनसमाज समितिद्धारा छानविनको माग
११नेकपा(बहुमत) भारत उपब्युरोको बैठक सम्पन्न : संगठनात्मक कामलाई प्राथमिक्ता दिने
१२नेकपा (बहुमत) बाँकेद्वारा जनसंविधानका लागि जनसंघर्ष अभियान सुरु
१हामी दीर्घकालीन जनयुद्धको बाटो जारी राख्नेछौँ : भाकपा(माओवादी)
२जेनजी बिद्रोह र सुशासनको मृगतृष्णा
३आन्तरिक समीक्षा र दीर्घकालीन योजना सहित कम्युनिष्ट युवा संगठन नेपालको बैठक सम्पन्न
४नेकपा (बहुमत)ले भोली पत्रकार सम्मेलन गर्दै
५नेकपा (बहुमत) ५ नं. ब्युरोको अन्तरक्रिया कार्यक्रम सम्पन्न
६संसदीय व्यवस्थाबाट क्रान्ति सम्भव छैन
७नेकपा(बहुमत)२ नम्बर ब्युरोको बैठक सम्पन्न, फागुन २१ को चुनाव बहिष्कार गर्ने घोषणा
८नेकपा(बहुमत) निकट युवा संगठनद्वारा राष्ट्रिय आवास कम्पनी प्रमुखमाथि कार्यकक्षमै कालोमोसो
९नेकपा(बहुमत) काठमाण्डौको बैठक सम्पन्न
१०नेकपा (बहुमत) बाँकेद्वारा जनसंविधानका लागि जनसंघर्ष अभियान सुरु
११बहुमत निकट अखिल (क्रान्तिकारी) सुदूरपश्चिम प्रदेशको बैठक महत्वपूर्ण निर्णयसहित सम्पन्न
१२शान्ति सम्झौता असफल भएको दाबी गर्दै दाङमा नेकपा (बहुमत) र क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालद्वारा कोणसभा सम्पन्न
काठमाडौं । इरानले हमला गर्ने डरले अमेरिकाले कतारमा रहेका आफ्ना ४० वटा सैन्य विमान त्यहाँबाट हटाएको छ । इजरेली हमलापछि इरानले इजरायलमा मिसाइल आक्रमण गर्न थालेपछि अमेरिका अहिले मध्यपूर्वमा रहेका आफ्ना सैन्य अखडाहरूको सुरक्षालाई लिएर त्रासमा रहेको छ । इजरेललाई जोगाउन इरानलाई बमले उडाइदिने धम्की दिइरहेको अमेरिका आफै कतारबाट भागेको छ ।
समाचार एजेन्सी एएफपीका अनुसार विगत दुई हप्तामा कतारको प्रमुख अमेरिकी एयरबेसबाट करिब ४० अमेरिकी सैन्य विमान बेपत्ता भएका छन् ।
सम्भवतः यी सैन्य विमानहरु इरानी आक्रमणबाट बचाउन हटाइएको हुनसक्ने जनाइएको छ । जुन ५ र जुन १९ को बीचमा लिइएको प्लानेट ल्याब्स पीबीसीबाट स्याटेलाइट तस्बिरहरूले एक समय प्याक गरिएको मध्यपूर्वको सबैभन्दा ठूलो अमेरिकी एयरबेस लगभग पूर्णरूपमा खाली भएको छ ।
जुन ५ मा कतारको अल उदेद एयरबेसमा सी–१३० हर्कुलस ट्रान्सपोर्ट प्लेन र अत्याधुनिक जासुसी जेटसहित ४० वटा विमान खुलारूपमा पार्किङ गरिएको थियो ।
जुन १९ को स्याटेलाइट तस्बिरहरूले तीन वटा मात्र जेट विमान बाँकी रहेको देख्न सकिन्छ । कतारमा रहेको अमेरिकी दूतावासले बिहीबार बेसमा पहुँच धेरै सावधानी र जारी क्षेत्रीय शत्रुतालाई ध्यानमा राखेर सीमित हुने घोषणा गरेको छ । यसका साथै बेसक्याम्पका कर्मचारीलाई पनि थप सतर्कता अपनाउन आग्रह गरिएको छ ।
इजरायलले इरानमाति हमला गरेको एक हप्ता बितिसक्दा पनि अमेरिका यसमा सामेल भएको छैन । इरानमाथि हमला गर्ने योजनामा सही गरेका ट्रम्पले अन्तिम निर्णय गर्न फेरि २ हप्ताको समयसीमा सारेका छन् ।
कम्तिमा २७ सैन्य इन्धन भर्ने विमान केसी ४६ ए पेगासस र केसी–१३५ स्ट्राटोट्याङ्कर विमानले ९ जुन १५ र १८ का बीचमा अमेरिकाबाट युरोपको यात्रा गरेको विमान ट्र्याकिङ डेटाको एएफपी विश्लेषणले देखाउँछ । अमेरिकी सेनाका पूर्वलेफ्टिनेन्ट जनरल र रान्ड कर्पोरेशनका रक्षा अनुसन्धानकर्ता मार्क श्वाट्र्जले एएफपीलाई भने कि इरानसँग नजिक भएका कारण अलउदेदमा रहेका हाम्रा विमान अत्यन्तै असुरक्षित हुनेछन् ।
इजरायल र इरानबीचको युद्धका बीच मध्यपूर्वमा अमेरिकी सेना उच्च सतर्कतामा छ । हाल सम्पूर्ण क्षेत्रमा करिब ४० हजार सैनिक तैनाथ छन् । जहाँ सामान्यतः यहाँ ३० हजारको संख्यामा तैनाथ हुन्छ । इजरायल र इरानबीचको तनाव र लालसागरमा जहाजहरूमा हुथी विद्रोहीको आक्रमणका बीच अक्टोबरमा त्यो संख्या बढेर ४३ हजार पुगेको थियो ।
यता ट्रम्पले इरानमाथि हमला गर्ने कागजमा हस्ताक्षर गरेको केही समयमै रुस र चीनले अमेरिकालाई धम्की दिएका छन् । रुस र चीन व्यापारी र इरानका सैन्य साझेदार देशहरु हुन् ।
एकातिर रुस र चीनको धम्कीपछि ट्रम्प इरानमा बम हान्नबाट पछि हटेको अनुमान गरिएको छ भने अर्कोतिर इरानसित नजितिने युद्धमा फसेर अमेरिकाको अर्थतन्त्र झन डामाडोल हुनसक्ने खतराको आँकलन गरेर ट्रम्प पछि हटेको हुनसक्छ । ट्रम्प एउटै घटनामा विहान एउटा र बेलुका अर्कै बोली बोल्ने अस्थिर स्वभावका व्यापारी शासक हुन् ।
१हामी दीर्घकालीन जनयुद्धको बाटो जारी राख्नेछौँ : भाकपा(माओवादी)
२जेनजी बिद्रोह र सुशासनको मृगतृष्णा
३आन्तरिक समीक्षा र दीर्घकालीन योजना सहित कम्युनिष्ट युवा संगठन नेपालको बैठक सम्पन्न
४नेकपा (बहुमत)ले भोली पत्रकार सम्मेलन गर्दै
५नेकपा (बहुमत) ५ नं. ब्युरोको अन्तरक्रिया कार्यक्रम सम्पन्न
प्रतिक्रिया