
१भेनेजुएलामाथि अमेरिकी आक्रमण र विश्वको आवश्यकता
२महाराष्ट्र, गोवा र गुजरातमा प्रगतिशील नेपाली जनसमाज समितिको संयुक्त भेला तथा प्रशिक्षण सम्पन्न
३जनसंविधानका लागि जनसंघर्ष अन्तर्गत सुस्ता–सिस्ने अभियानको आवश्यकता र महत्व
४जनसंविधानका लागि जनसंघर्ष अभियान अन्तर्गत कपिलवस्तुमा नेकपा (बहुमत) को कोणसभा
५यथास्थितिको निर्वाचन विरुद्ध केन्द्रीय संयुक्त संघर्ष समितिद्धारा देशव्यापी आन्दोलनको घोषणा, पुस २९ गते उपत्यका बन्द
६जनसंविधान र स्वाधीन संयुक्त जनसरकार बिना फागुन २१ को चुनाव अस्वीकार्य : केन्द्रीय संयुक्त संघर्ष समिति
७दाङको बालबिकाश माविमा अखिल (क्रान्तिकारी) को विद्यार्थी संगठन विस्तार
८कम्युनिस्ट युवा संगठन नेपाल बाँकेको भेला सम्पन्न, अध्यक्षमा आकाश विक
९साम्राज्यवादी गुण्डागर्दी पराजित हुनेछ , प्रतिरोध गर्ने जनताले जित्नेछन् : TKP-ML केन्द्रीय समिति
१०कम्युनिस्ट युवा संगठन नेपाल बर्दियाको भेला सम्पन्न, अध्यक्षमा जगदिश वली
११नेपाली कांग्रेसको विशेष महाधिवेशन अनिवार्य र वैधानिक : महामन्त्रीद्धय गगन/विश्व
१२जुनिचाँदे गाउँपालिकाका उपाध्यक्षमाथि कुटपिट, मदिरा सेवन र जातीय विभेदको गम्भीर आरोप
१जनसंविधान र स्वाधीन संयुक्त जनसरकार बिना फागुन २१ को चुनाव अस्वीकार्य : केन्द्रीय संयुक्त संघर्ष समिति
२२५ डिसेम्बरमा सहादत प्राप्त भाकपा(माओवादी)का नेता गणेश विकीले २०२२ मा आमालाई लेखेको पत्र
३दाङमा नेकपा (बहुमत) का केन्द्रीय सदस्य सजक पक्राउ, पार्टीद्वारा कडा आपत्ति
४कम्युनिस्ट युवा संगठन नेपाल बर्दियाको भेला सम्पन्न, अध्यक्षमा जगदिश वली
५भेनेजुएलामाथि अमेरिकी आक्रमण र विश्वको आवश्यकता
६महाराष्ट्र, गोवा र गुजरातमा प्रगतिशील नेपाली जनसमाज समितिको संयुक्त भेला तथा प्रशिक्षण सम्पन्न
७यथास्थितिको निर्वाचन विरुद्ध केन्द्रीय संयुक्त संघर्ष समितिद्धारा देशव्यापी आन्दोलनको घोषणा, पुस २९ गते उपत्यका बन्द
८कम्युनिस्ट युवा संगठन नेपाल बाँकेको भेला सम्पन्न, अध्यक्षमा आकाश विक
९६ वटा कम्युनिस्ट पार्टीद्धारा फागुन २१ को चुनाव बहिष्कार गर्ने घोषणा
१०साम्राज्यवादी गुण्डागर्दी पराजित हुनेछ , प्रतिरोध गर्ने जनताले जित्नेछन् : TKP-ML केन्द्रीय समिति
११मकवानपुरको चिसापानी बजारमा नेकपा (बहुमत) को अभियान सभा सम्पन्न
१२ट्रम्पलाई नोवेल शान्ति पुरस्कार होइन ‘हिट्लर–मुसोलिनी पुरस्कार’ दिनुपर्छ : बास्तोला
“मार्क्सवाद कुनै जीवनहीन जडसूत्र होइन, न त परिपूर्ण, बनिबनाउ र अनुल्लङ्घनीय सिद्धान्त, बरु कार्यमा जीवन्त मार्गदर्शक हो, जसले आश्चर्यजनक रूपमा सामाजिक जीवनको अवस्थामा आकस्मिक परिवर्तन प्रतिबिम्बन गर्छ ।” – लेनिन (मार्क्सवाद विकासका निश्चित विशेषताहरू, सन् १९१०)
विषय प्रवेश
नेपालको कम्युनिस्ट आन्दोलनले ७५ वर्ष पार गरिसकेको छ । यो बिचमा थुप्रै आरोह–अवरोह बेहोरेको आन्दोलनले कहिले एकता त, कहिले विभाजनको बिचबाट आफूलाई क्रान्तिकारीकरण गरेको इतिहास जगजाहेर नै छ । आज नेपालमा जे जति उपलब्धिहरू भएका छन्, त्यसको पछाडि कम्युनिस्ट आन्दोलनको नै मुख्य भूमिका रहेको छ ।
कहिल्यै विचार राजनीतिको बहस त कहिल्यै सङ्गठन र सङ्घर्षको बहसबाट नयाँ संश्लेषण गरेको आन्दोलनले विचार, राजनीति, सङ्गठन, सङ्घर्ष र संस्कृतिसँगै आजको नेपालको भू–राजनीतिक जटिलता, विश्व साम्राज्यवादको चरित्र, पुँजीवादी भूमण्डलीकरण, उत्तर–आधुनिकतावादी संस्कृति, विज्ञान प्रविधि र सूचना क्षेत्रमा भएका अभूतपूर्व विकास, राष्ट्रिय राजनीतिप्रति नयाँ पुस्ताको उदासीनता, युवा तथा विद्यार्थीहरूमा देखिएको पलायनमुखी प्रवृत्ति, आन्तरिक र बाह्य राष्ट्रियताको जटिलता र सांस्कृतिक रूपान्तरणका विषयमा उचित संश्लेषण गर्नुपर्ने देखिन्छ । यो ऐतिहासिक कार्यभारबिना अबको नेपालको क्रान्तिकारी आन्दोलनमा क्रमभंगता हुन सक्दैन ।
अतः यो गहन जिम्मेवारीको अपनत्व लिने गरी अग्रगामी निष्कर्ष निकाल्ने जिम्मा महाधिवेशनलाई छ । आशा छ, यो महाधिवेशनमा चयन भएर आएका प्रतिनिधिहरूले उपर्युक्त विषयको मर्मबोध गर्नुहुनेछ । हामीले नेपाली कम्युनिस्ट आन्दोलनमा देखा परेका यथास्थितिवादी, सुधारवादी, संशोधनवादी र संसदवादी रुझानका विरुद्ध निर्मम सङ्घर्ष गर्दै ऐतिहासिक पार्टी पुनर्गठन गरेर आन्दोलनको पुनर्गठन गर्नुपर्ने विन्दुमा पुगेका छौँ । यो विन्दुबाट भाग्ने, विभिन्न विषयको लेपन दिएर पछाडि फर्किने, घुम्दै र फिर्दै रुम्झाटार पुग्ने छुट कसैलाई पनि छैन । नवीन सोच र आजको समाजको विशिष्ट अन्तरविरोधको पहिचानसहित क्रान्तिकारी आन्दोलनलाई अगाडि बढाउनुबाहेक हामीसँग अरू कुनै विकल्प छैन । यिनै विषय र सन्दर्भलाई मन्थन गर्न र महाधिवेशनलाई छलफल र बहसका दृष्टिले संवेदनशील बनाउन निम्न विषयमा चिन्तन–मनन होस् भन्ने हेतुले आफ्ना दृष्टिकोणलाई पेश गरेको छु ।
राजनीतिक वैचारिक विषय
कुनै पनि विचार आफैँमा सही या गलत भन्ने हुँदैन, त्यो त्यतिखेर मात्र सावित हुन्छ, जतिखेर यसको बहुआयामिक कोणबाट प्रयोग हुन्छ । माओले भन्नुभएझैँ ‘उत्पादनको निम्ति सङ्घर्ष, वर्गसङ्घर्ष र वैज्ञानिक प्रयोग’ नै विचार विकासको उत्तम विधि हो । एकाथरी कम्युनिस्टहरू विचार विकासको नाममा मार्क्सवादका आधारभूत विषय नै तोडमोड गरिरहेका छन् भने, अर्कोथरी कम्युनिस्टहरू विचार रक्षाको नाममा जडसूत्रीय आहालमा मात्रै डुबुल्की मारिरहेका छन् । यो दुईवटै प्रवृत्ति नेपालको कम्युनिस्ट आन्दोलनमा घातकसिद्ध भइरहेको छ । हरेक राजनीतिले वस्तुगत अवस्थाको नेतृत्व गर्नुपर्दछ । जनताले कम्युनिस्ट पार्टीप्रति एउटा खालको आशा र भरोसा गरिरहने तर हाम्रा गतिविधि भने फरक हुने पुरानो रोगबाट कम्तीमा अब हामी मुक्त हुनै पर्छ । अन्यथा नेपालमा पनि कम्युनिस्टहरू पनि थिए है भन्ने इतिहास हाम्रा सन्ततिले नपढून् । हरेक विचारले सङ्गठनको निर्माण गर्दछ र त्यही सङ्गठनले सङ्घर्षमार्फत क्रान्तिको नेतृत्व गर्दा मात्रै विचार सार्वभौम सिद्ध हुन्छ र त्यसले वादको रूप धारण गर्दछ । यो नै मार्क्सवादी कोण हो । तर, नेपालका कम्युनिस्टहरूलाई प्रयोग र विकासको चरण कुहिरोको काग बनिरहेको छ । बेला–बेलामा क्रान्तिकारी रोमान्स पूरा गर्ने र पुनः पुरानै अवस्थामा पार्टीलाई फर्काउने गतिविधिका कारण जनतामा कम्युनिस्ट आन्दोलनप्रति आशा टुटेको छ । अब हाम्रो पहिलो कार्यभार नै टुटेको भरोसा पुनः फर्काउने नै हुन्छ ।
नेपालमा पटक–पटक उठेका क्रान्तिहरू पूर्ण विजय नहुँदै असफल किन भइरहेका छन् ? यसको मसिनो गरी समीक्षा अनिवार्य देखिन्छ । यसको सही कारण पत्ता लगाउन सकिएन भने आगामी दिनमा हुने क्रान्तिको नियति पनि यही हुनेछ । तसर्थ, त्यो नियतिबाट बच्न हामीले समयसापेक्ष विचारको विकास अनिवार्य गर्नुपर्नेछ । आजको विश्वमा जसरी क्रान्ति सम्पन्न गर्ने प्रश्न विश्व क्रान्तिको नेतृत्व गर्ने प्रश्नसँग अनिवार्य रूपमा जोडिएको छ; त्यसै गरी नै विश्व क्रान्तिको प्रश्न पनि प्रतिक्रान्ति रोक्ने विषयसँग सम्बन्धित छ । विश्वमा विजय भएका कैयौँ समाजवादी सत्ताको रक्षा र विकास नहुनुभन्दा पछाडिको मूल कारण नै प्रतिक्रान्ति रोक्न नसक्नु हो । यसको अन्तर्यमा विचारधारात्मक र सामरिक कार्यदिशाको विकासको विषय अविच्छिन्न रूपमा जोडिएको छ । तसर्थ, २१ औँ शताब्दीमा क्रान्ति गर्ने विचारधारा, सङ्गठनात्मक सिद्धान्त र सामरिक कार्यदिशालाई जडसूत्रीय सोचबाट मुक्त भई नयाँ चरणमा विकास गरे मात्रै क्रान्ति सम्पन्न गर्न सकिन्छ । यसको लागि विगतको समीक्षा, नयाँ विचार, राजनीति र सङ्गठनको प्रारूप र त्यसको प्रयोग अनि मात्र संश्लेषण नै उत्तम विधि हुन सक्छ । त्यसबारे गम्भीरतापूर्वक बहस होस् । आशा छ, उक्त बहसले पार्टीको ९ औँ महाधिवेशनलाई विचार–राजनीतिको संश्लेषण गर्ने तहमा पुर्याउनेछ ।
आर्थिक विषय
आजको विश्वमा पुँजीवादले आफ्नो आर्थिक प्रणालीमा व्यापक फेरबदल गरेको छ । उदारवाद हुँदै नवउदारवादसम्म आउँदा पुँजीवादले आफूलाई भूमण्डलीकृत गरेको छ, र त्यसैको जगमा विश्वव्यापी रजगज गरिरहेको छ । त्यसको उचित प्रतिवादका निमित्त समाजवादी शिविरमा त्यस्तो कुनै विशेष रणनीतिक योजना देखिँदैन । समाजवादी ध्रुवले न त कुनै अन्तर्राष्ट्रिय स्तरका फोरमहरू निर्माण गर्न सकेको छ, न त आफ्नो आर्थिक प्रणालीको विकास र विस्तार नै गर्न सकेको छ । समाजवादीहरूको यो कमजोरीमा पुँजीवाद निर्विकल्प व्यवस्था हो भनी पुँजीवादीहरू रमाइरहेका छन् । सन् १८७१ मा पेरिस कम्युनको पराजय, सन् १९७६ मा चिनमा पुँजीवादको पुनर्स्थापना र सन् १९९० मा सोभियत सत्ताको विघटनसँगै समाजवादी अर्थ प्रणाली अवश्य पनि रक्षात्मक अवस्थामा छ । पुँजीवादले समाजवादी अर्थ प्रणालीका कैयौँ अन्तरवस्तु चोरेर उदारवादी अर्थ प्रणालीमार्फत श्रमजीवी जनतालाई भ्रमित बनाई शोषण गरिरहेको छ । यो भ्रम चिरेर जनतामा जागरण पैदा गर्न नसक्नु समाजवादीहरूको कमजोरी हो । एकातिर क्रान्तिलाई सुदूर भविष्यको विषय बनाउने र अर्कोतिर पार्टीमा सुव्यवस्थित आर्थिक प्रणालीको विकास गर्न नसक्दा हाम्रा आन्दोलनमा कैयौँ कृत्रिम अन्तरविरोधहरू सिर्जना भएका छन् ।
त्यसैले क्रान्तिकाल र क्रान्ति पछाडि कस्तो आर्थिक प्रणालीलाई व्यवस्थित गर्ने यसबारे आवधिक हिसाबले सोचिनुपर्दछ । आर्थिक प्रणालीबिना संसारका कुनै पनि राजनीतिक प्रणालीहरू टिकेको इतिहास छैन । जब आर्थिक सम्बन्धहरू वैज्ञानिक हुन्छन्, तब राजनीतिले पनि अग्रगामी कदमलाई व्यवस्थित गरेको छ तर जब अपारदर्शी आर्थिक समन्धबाट राजनीति निर्देशित हुन्छ, तब राजनीतिको विघटन अनिवार्य हुन जान्छ । यसमा प्रस्ट पार्दै एंगेल्स भन्नुहुन्छ, “अर्थशास्त्रले वस्तुहरूका सम्बन्धहरू मात्र होइन, मान्छे–मान्छेबिचको सम्बन्ध र अन्ततः वर्गहरूबिचको सम्बन्धहरूको लेखा जोखा गर्दछ ।” तसर्थ, हामीले कस्तो पार्टी बनाउने वा कस्तो आर्थिक सम्बन्ध बनाउने भन्ने विषय हाम्रो आर्र्र्थिक नीतिले प्रस्ट पार्नुपर्दछ । जनयुद्धको रापतापबाट आएको ठूलो पंक्ति नै दलालहरूको प्रयोग हुने साधन बन्नुभन्दा पछाडि हामीसँग स्पस्ट आर्थिक नीति नहुनु नै हो । हरेक सङ्घर्षलाई अर्थ सङ्कलनको मुख्य साधन बनाउनुपर्छ भन्ने विचार अधिकांशमा हावी भएको देखिन्छ ।
सङ्घर्ष र अर्थ सङ्कलनको द्वन्द्वात्मक सम्बन्ध त हुन्छ नै तर हरेक सङ्घर्षलाई क्रान्तिको विस्तार वा व्यापकीकरण गर्नेभन्दा अर्थवादतिर लैजाने तितो यथार्थ हामीमाझ विद्यमान छ । विगतका पार्टीहरूमा पैसा नदिएकै भरमा व्यक्ति र संस्था केन्द्रित सङ्घर्षका गतिविधि भएको वा योजना बनाइएको तितो सत्य हामीले भोगेर आएका छौँ । तसर्थ, पार्टीको स्पष्ट आर्थिक नीति नै पार्टीलाई बलशाली बनाउने एक मात्र साधन भएकोले यो महाधिवेशनले कैयौँ पुराना आर्थिक नीतिहरूमाथि निर्मम समिक्षा गरी नयाँ ऊर्जा र क्रान्तिकारी रक्तसञ्चार गर्ने नीतिको संश्लेषण गरोस् । समाजवादी व्यवस्थाभित्र लागू हुने अर्थ प्रणालीको प्रयोग र विकास अहिलेदेखि नै पार्टीभित्र लागू गर्न सकिएन भने हामीले ल्याएको सत्ताको पनि रक्षा नहुने कुरामा हामी भ्रमित हुनुहुँदैन ।
नेतृत्व र सङ्गठनको विषय
क्रान्तिकारी लाइनबिना क्रान्ति असम्भव छ भन्ने लेनिनको भनाइको अन्तरवस्तुअनुसार नै विश्वमा कैयौँ आन्दोलनहरूले सफलता हासिल गरे त कैयौँ आन्दोलनहरू थुप्रै उल्झनका बिचबाट पनि निरन्तरतामा छन् । सन् १९९० को सोभियत सङ्घको विघटन, १९७६ मा चीनमा देङ् स्याओ पिङको सत्तारोहणले एकातिर चलिरहेका समाजवादी सत्ताको विघटन गर्यो भने सन् १९९२ मा पेरुमा गोन्जालोको गिरफ्तारी र नेपालमा २०६१ पछाडि प्रचण्डहरूको संसदीय रुझानले सम्भावित कम्युनिस्ट सत्तालाई अवरोध गरिदियो । जबसम्म लेनिन–स्टालियन थिए, तबसम्म खु्रस्चेव पनि क्रान्तिकारी भइरहने तर जब सन् १९५६ मा स्टालिनको मृत्यु हुन्छ ।
त्यसलगत्तै स्टालिन र कम्युनिस्ट आन्दोलनका विरुद्ध विषवमन गर्ने ख्रुश्चेवी प्रवृत्ति एकाएक सतहमा कसरी देखा पर्यो ? चीनमा माओ रहुन्जेलसम्म देङ स्याओ पिङहरू क्रान्तिकारी भइरहने तर ९ सेप्टेम्बर १९७६ मा माओको निधनपश्चात् देङहरूले सांस्कृतिक क्रान्तिका लिडरहरूलाई षड्यन्त्रपूर्वक मार्ने र चीनमा पुँजीवादको पुनर्स्थापना गर्नुपर्ने बाध्यता के हो ? नेपालमा जबसम्म प्रचण्ड सही थिए, तबसम्म जनयुद्धले कैयौँ कीर्तिमान कायम गर्ने तर जब प्रचण्डमा क्रान्तिकारी आन्दोलनप्रति इमानदारिता देखा पर्न छोड्यो अनि जनयुद्ध विजय नहुँदै गम्भीर धक्का खान पुग्यो र मुख्य उपलब्धिबिना नै सहायक उपलब्धिमा रमाउन पुग्यो । यी परिघटनाले के दिशानिर्देश गरिरहेको छ भने नीति र नेतृत्वको द्वन्द्वात्मक सम्बन्धको वैज्ञानिक संश्लेषण माग गरिरहेको छ । जब नेता ठीक हुने क्रान्ति पन सही ढङ्गले अगाडि बढ्ने तर जब नेतामा विचलन पैदा हुन्छ अनि क्रान्तिको पनि विघटन हुने कुराको पछाडि के रहस्य छ ? यसबारेमा गहन छलफल अनिवार्य देखिन्छ ।
सन् १९०२ को लेनिनद्वारा लिखित पुस्तक ध्जबत ष्क तय दभ मयलभ रु द्यगचलष्लन त्रगभकतष्यलक या :यखझभलत भन्ने किताबमा जसरी उनले जनवादी केन्द्रीयताको व्याख्या गरेका छन्, त्यसले मात्रै आजको युगको कम्युनिस्ट पार्टी सञ्चालन गर्न अपुग हुन्छ । तसर्थ, उक्त विधिको विकासको आवश्यकता महसुस हुन्छ ता कि त्यसले क्रान्ति गर्ने मात्रै होइन, प्रतिक्रान्तिलाई पनि रोक्न सकोस् । नेतृत्वप्रति अविश्वास पैदा गर्ने, सङ्गठनमा असन्तुलन कायम गर्ने, नेतृत्व पंक्ति फासिवादतिर उन्मुख हुने र तल्लो पंक्तिको आलोचनात्मक चेतको विनास हुने सवाल पछाडि जनवाद मात्रै औपचारिक हुने र केन्द्रीयता नै प्रधान हुने कम्युनिस्ट पार्टीको सङ्गठन सञ्चालनको विधि नै बढी जिम्मेवार देखिन्छ । तसर्थ, जनवादलाई औपचारिकतामा मात्र सीमित नगरी सुनुवाइ गर्ने र निर्णय प्रक्रियामा समाहित गर्ने गरी सोच्नुपर्दछ । केन्द्रीयतालाई नियन्त्रण र निर्देशन गर्ने औजारको रूपमा मात्र प्रयोग गर्नेभन्दा समायोजन, संरक्षण वा सहयोग गर्ने परिपाटीमा पनि विकास गर्नुपर्ने देखिन्छ । १०४ वर्ष पहिले सन् १९२१ मा कमरेड लेनिनले विकास गर्नुभएको सङ्गठनात्मक सिद्धान्त नै आजका दिनसम्म संसारका क्रान्तिकारी कम्युनिस्ट पार्टीहरूले अवलम्बन गर्दै आइरहेका छन् । तर, यसमा थप विकासको कुनै गुञ्जायस नै छैन ।
कम्युनिस्ट आन्दोलनमा विचार मुख्य हुँदा हुँदै पनि त्यसलाई लागू गर्ने भौतिक तागत (संगठन) बलशाली भएर आएको छ । जोसँग नेतृत्व र सङ्गठन क्रान्तिकारी छ, त्यसले नै क्रान्ति गरेको इतिहास छ भने जोसँग विचार हुँदा हुँदै पनि नेतृत्व र सङ्गठन क्रान्तिकारी छैन, त्यसले क्रान्ति गर्ने कुरा त परै जाओस्; भएको विचार र आदर्श पनि च्युत गराउँदछ । सङ्गठनमा कस्तो व्यक्तिलाई राख्ने ? त्यसका आधारभूत मापदण्ड के–के हुन् ? लगायतका विषयबारे हामी स्पष्ट हुन जरुरी छ । यति विषय लेखिरहँदा सङ्गठनको बारेमा पनि नयाँ निष्कर्ष निकाल्नु पनि अनिवार्य आवश्यकता बनेको छ । तसर्थ, यो गहन जिम्मेवारी महाधिवेशन प्रतिनिधिहरूलाई हुनेछ ।
सङ्घर्षको विषय
सङ्घर्षको क्षेत्रमा पनि नेपालका कम्युनिस्टहरूले सोच्ने तरिका पनि परम्परागत छ । परम्पराको निरन्तरता पनि जडसूत्रीय निरन्तरता हो र यसले क्रान्तिकारी आन्दोलनको विस्तारभन्दा आन्दोलनलाई साँघुरो घेराभित्र कैद गर्दछ । तसर्थ, सङ्घर्षको विधिमा विकास अनिवार्य बन्न पुगेको छ । १९ औँ र २० औँ शताब्दीमा प्रयोगमा आएका सङ्घर्षका मोडललाई नै मुख्य ठान्ने तर नेपालको वस्तुगत धरातलीय यथार्थ र भू–राजनीतिक जटिलताको संवेदनशीलताको गहन विश्लेषण नगरी गर्ने सङ्घर्षले क्रान्तिकारी आन्दोललाई व्यापकतामा लिनेभन्दा अन्ततोगत्वा संशोधनवाद हुँदै संसदवादमा लम्पसार गराउनेछ । हामीले गर्ने कुनै पनि सङ्घर्ष जनअनुमोदित हुनुपर्दछ वा जनतामा क्रान्तिकारी आन्दोलन झाँगिने खालको हुनुपर्दछ । हाम्रो सङ्घर्षले हामी जनतामा जानबाट बञ्चित हुने र सारमा प्रतिक्रियावादी सत्तालाई नै फाइदा पुग्ने सङ्घर्षको मोडलबारे पनि गम्भीर समीक्षा अनिवार्य छ ।
क्रान्तिकारी रोमान्स पूरा गर्न गरिने कुनै पनि खालका सङ्घर्षले अन्ततः आन्दोलनलाई अर्थवाद हुँदै संशोधनवादमा विलय गराएको इतिहास हामीमाझ ताजै छ । आजको विज्ञान र प्रविधिको विकासलाई सङ्घर्षको विधिमा विकास गर्न सके, मात्रै वर्तमान दुनियाँमा कम्युनिस्ट पार्टीलाई चाहिने सामरिक कार्यदिशाले पूर्णता पाउन सक्छ । त्यसको लागि हामीसँग होलेस्टिक योजनासँगै आन्दोलन र वर्गप्रति इमानदारिता चाहिन्छ । अंशबाट पूर्णतातर्पm मोडिने सङ्घर्षको व्यवस्थित योजनाबिना गरिने अबका आन्दोलनले क्रान्तिलाई विजयी गराउन सक्दैन ।
आन्दोलनलाई विस्तार गर्न हामी कैयौँ मोचारू खोल्न सक्छौँ । जस्तो नेपालमा भ्रष्टाचार व्याप्त छ, त्यसका लागि भ्रष्टाचार विरोधी मोर्चा बनाउन सकिन्छ । त्यसै गरी, महँगी विरोधी मोर्चा, स्वाधीनताको लागि मोर्चा, सहकारी पीडित मोर्चा, बैंकको लुटविरोधी मोर्चा, निर्माणको काम समयमै नसक्ने ठेकेदार विरोधी मोर्चा, सार्वजनिक सम्पत्ति हडप्नेविरुद्धको मोर्चा आदि । यसरी सङ्घर्ष उठान गर्ने तरिकामा नयाँपन नसोची जनता सडकमा आउन सम्भव छैन । जब जनता सडकमा आउँछन्, उनीहरूलाई क्रान्तिको लागि तयार पार्ने काम पार्टीको हो । तसर्थ, यी सवालमा महाधिवेशन प्रतिनिधिहरू बढी नै जिम्मेवार हुनुपर्दछ । भियतनाममा होची मिन्हहरूले राष्ट्रिय मुक्तियुद्धमार्फत कम्युनिस्ट क्रान्ति गरे भने चीनमा माओले जापनिज साम्राज्यवादको अर्धऔपनिवेशिक उत्पीडनको एजेन्डामार्फत देशलाई एकताबद्ध पारे र क्रान्ति गरे । हामीले पनि हाम्रो देशमा के एजेन्डलो सम्पूर्ण जनता एकताबद्ध भएर प्रतिरोधी आन्दोलनमा सहभागी हुन तयार हुन्छन् ? त्योबारेमा गम्भीरतापूर्वक बहस गर्नुपर्ने देखिन्छ । अन्यथा पार्टी बन्ने, क्रान्तिकारी रोमान्स पूरा गर्ने र अन्ततः कतै विलय वा पतन हुने क्रम निरन्तर भइरहनेछ ।
सांस्कृतिक विषय
सांस्कृतिक पुनर्गठनबारे नेपालका कम्युनिस्टहरू सदैव मौन छन् । यति मात्र होइन, उनीहरूमा डरलाग्दो विचलन पैदा भएको देखिन्छ । सांस्कृतिक मामिलालाई अलि बढी यौन मामिलासँग मात्र जोडेर हेर्ने दृष्टिकोण हाबी भएता पनि यो विषय यति मात्र होइन, यसलाई व्यापकतामा बुझ्न जरुरी छ । सांस्कृतिक सन्दर्भभित्र जीवनको पारदर्शिता पनि पर्दछ । जीवनदेखि मृत्युपर्यन्तसम्म उसको बोलीचाली, भेषभूषा, रहन–सहन, लवाइ–खवाइ पनि सांस्कृतिक बिम्बका पाटा हुन् । उसले राजनीतिक, आर्थिक, सामाजिक सम्बन्धबाट उत्पन्न पुरातन विचारलाई क्रान्तिकारीकरण गर्न सक्छ कि सक्दैन; त्यो पनि सांस्कृतिक पाटोभित्रै पर्दछ ।
नेपालमा आफूलाई कम्युनिस्ट हौँ भन्ने अधिकांशका विचार र व्यवहारको बिचमा डरलाग्दो खाडल सिर्जना भएको देखिन्छ । भौतिकवादी आन्दोलनमा लाग्ने, अझ पार्टीको केन्द्रीय समितिलगायतका उपल्लो संरचनामा पनि बस्ने तर उसले आप्mनो जीवन–व्यवहारमा विज्ञानलाई लागू गर्दैन । यति मात्र होइन, पूर्वीय दर्शनले सिर्जना गरेका कतिपय काल्पनिक र अलौकिक सन्दर्भलाई मुख्य ठानी पुराना रुढीवादी संस्कृतिको जमेर अवलम्बन गर्दछ । ऊसँग कम्युनिस्ट संस्कृतिबारे चिन्तन गर्ने फुर्सद नै हुँदैन । अनि कसरी कम्युनिस्ट पार्टी बलशाली हुन्छ ? विषय गम्भीर छ । यसको छिनोफानो जरुरी देखिन्छ ।
पार्टीभित्र सांस्कृतिक रूपान्तरणको एजेनडा बेला–बेलामा उठ्ने पनि गर्दछ । तर, नयाँ संस्कृति के हो ? कम्युनिस्ट संस्कृति के हो वा जन्मदेखि मृत्युसम्मका कम्युनिस्ट संस्कृतिहरू के–के हुन यसबारेमा उचित संश्लेषण गरी जीवन व्यवहारमा लागू गरेको देखिँदैन । रूपमा बुर्जुवा संस्कृतिको विरोध गर्ने तर सारमा आफैँ उक्त संस्कृतिप्रति लालायित बन्ने तथाकथित आफूलाई कम्युनिस्ट हुँ भन्नेहरूले नै जनताहरूलाई भ्रमित पारिरहेका छन् । समाजमा हाम्रो संस्कृति कस्तो हुने ? सङ्घर्षमा हाम्रो संस्कृति कस्तो हुने ? आर्थिक विषयमा हाम्रो संस्कृति कस्तो हुने ? भन्ने विषय पार्टीले समग्र नीतिमार्पmत नै हल गर्नुपर्दछ । तसर्थ, यो महाधिवेशन यस्ता कैयौँ सवालको उत्तर खोज्ने थलो बन्नुपर्दछ ।
अन्त्यमा,
हामी इतिहासको संवेदनशील प्लेनममा भाग लिइरहेका छौँ । बिना कुनै आग्रह–पूर्वाग्रह वा सङ्कुचित मस्तिष्कबाट बाहिर आई देश, जनता र कम्युनिस्ट आन्दोलनप्रति बफादार रही छलफल र बहसमा सहभागी बनौँ । विश्व साम्राज्यवाद र यसले दोस्रो विश्वयुद्धको समाप्तिपश्चात् अवलम्बन गरेको नवऔपनिवेशिक सैन्य नीति, भूमण्डलीकृत पुँजीवाद र उत्तर आधुनिकतावादी संस्कृति नै आजको दुनियाँको कम्युनिस्ट आन्दोलनका निम्ति मुख्य चुनौती बनेका छन् । यी चुनौतीहरूको सामना गर्न लायकको विचार, राजनीति, अर्थ नीति, सङ्गठन, सङ्घर्षको मोडल र संस्कृति बनाउन सकेमा मात्र यो महाधिवेशन इतिहासमा कोशेढुङ्गा सावित हुनेछ । यो ऐतिहासिक जिम्मेवारी वहन गर्ने दृढता र सङ्कल्पले नै हामीलाई अब्बल सावित गर्नेछ । आशा र यो श्रेष्ठता कायम राख्न प्लेनममा सहभागी सबै प्रतिनिधि कमरेडहरू सक्षम हुनेछन् । शुभकामना !

१जनसंविधान र स्वाधीन संयुक्त जनसरकार बिना फागुन २१ को चुनाव अस्वीकार्य : केन्द्रीय संयुक्त संघर्ष समिति
२२५ डिसेम्बरमा सहादत प्राप्त भाकपा(माओवादी)का नेता गणेश विकीले २०२२ मा आमालाई लेखेको पत्र
३दाङमा नेकपा (बहुमत) का केन्द्रीय सदस्य सजक पक्राउ, पार्टीद्वारा कडा आपत्ति
४कम्युनिस्ट युवा संगठन नेपाल बर्दियाको भेला सम्पन्न, अध्यक्षमा जगदिश वली
५भेनेजुएलामाथि अमेरिकी आक्रमण र विश्वको आवश्यकता
प्रतिक्रिया