
१रोल्पामा जीप दुर्घटना : २० जनाको मृत्यु, नेकपा(बहुमत) द्वारा शोक व्यक्त
२ट्रम्पविरुद्ध धम्की दिएको आरोपमा पूर्व एफबीआई प्रमुख जेम्स कोमी अदालतमा उपस्थित
३आवासको ग्यारेन्टी बिना सुकुम्बासी बस्ती हटाउनु अन्यायपूर्ण : नेकपा (बहुमत)
४गृहमन्त्रीको राजीनामा माग्दै माइतीघरमा प्रदर्शन
५मूल्य वृद्धि, जनअधिकारमाथि आक्रमण देखि विद्यार्थी प्रतिबन्धप्रति नेकपा (बहुमत) को कडा आपत्ति
६नेकपा (बहुमत)का सल्लाहकार लीलाधर गौतमको निधन, पार्टीद्वारा शोक व्यक्त
७आईपीएलमा पन्जाबको दबदबा, मुम्बई ७ विकेटले पराजित
८हर्मुज रणनीति अघि सार्दै इरान, २७० अर्ब डलर क्षति दाबी
९आणविक विवाद र हर्मुज तनावले अमेरिका–इरान शान्तिवार्ता निष्कर्षविहिन
१०भिम प्रसाद दुलालको निधनमा नेकपा (बहुमत) मकवानपुरद्वारा शोक व्यक्त
११युद्धविरामप्रति इरानको असन्तुष्टिः “उल्लंघनपछि वार्ताको औचित्य समाप्त”
१२नेकपा(बहुमत)कास्कीद्धारा भ्रष्टाचार र अनियमितता बिरुद्ध २० बुँदे ज्ञापनपत्र पेश
१भाकपा(माओवादी)का शीर्ष नेता प्रशान्त बोस ‘किशन दा’ को निधन
२नेकपा(बहुमत)कास्कीद्धारा भ्रष्टाचार र अनियमितता बिरुद्ध २० बुँदे ज्ञापनपत्र पेश
३संस्मरण : त्यो रात !
४शिक्षा सुधारको नाममा विद्यार्थी आन्दोलनमाथि अंकुश लगाउने प्रयास स्वीकार्य छैन : संयुक्त विद्यार्थी संगठन
५आवासको ग्यारेन्टी बिना सुकुम्बासी बस्ती हटाउनु अन्यायपूर्ण : नेकपा (बहुमत)
६मूल्य वृद्धि, जनअधिकारमाथि आक्रमण देखि विद्यार्थी प्रतिबन्धप्रति नेकपा (बहुमत) को कडा आपत्ति
७नेकपा (बहुमत)का सल्लाहकार लीलाधर गौतमको निधन, पार्टीद्वारा शोक व्यक्त
८भिम प्रसाद दुलालको निधनमा नेकपा (बहुमत) मकवानपुरद्वारा शोक व्यक्त
९गृहमन्त्रीको राजीनामा माग्दै माइतीघरमा प्रदर्शन
१०युद्धविरामप्रति इरानको असन्तुष्टिः “उल्लंघनपछि वार्ताको औचित्य समाप्त”
११आणविक विवाद र हर्मुज तनावले अमेरिका–इरान शान्तिवार्ता निष्कर्षविहिन
१२हर्मुज रणनीति अघि सार्दै इरान, २७० अर्ब डलर क्षति दाबी
वर्तमान विश्व पुँजीवादी राज्यप्रणालीले जरो गाड्नुका पछाडि उदारीकरण, नवउदारीकरण, भूमण्डलीकरण र पछिल्लो क्रममा संरक्षणवादी अर्थनीति रहेको छ । यी चारवटा नीतिहरू एकैचोटि कार्यान्वयनमा नआएर एउटा असफल भएपछि अर्को आएका हुन् । मूलरूपमा पुँजीवादी राष्ट्रहरूमा सन् १९३३ को ठूलो आर्थिक सङ्कट भएको थियो । त्यससँगै पुँजीवादले विभिन्न नीतिहरू अपनाउँदा पनि सङ्कटमाथि सङ्कट बेहोर्दै आएको छ । त्यसैमध्येको एक हो–महासङ्कट ।
महान् आर्थिक सङ्कट के हो ?
महान् आर्थिक सङ्कट एक गम्भीर आर्थिक मन्दी थियो, जसले औद्योगिक उत्पादन, रोजगारी, बैङ्क प्रणाली, व्यापार र लगानीमा ठूलो गिरावट ल्याएको थियो । यसको असर मुख्यतः अमेरिका, युरोप र अन्य औद्योगिक राष्ट्रहरूमा देखिएको थियो, तर केही समयमा नै विश्वव्यापी असरमा परिणत भएको थियो । यसको असर केवल तत्कालिक सोभियत सङ्घमा मात्र परेको थिएन । बरु सोभियत सङ्घले यस समयमा निकै आर्थिक विकास गरेको थियो । यस घटनाले समाजवादी राज्यमा आर्थिक सङ्कटका समयमा कसरी आर्थिक विकास गर्न सकिन्छ भन्ने कुरालाई स्पष्ट पार्दछ ।
एङ्गेल्सले आफ्नो सुविख्यात लेख ‘समाजवाद काल्पनिक कि वैज्ञानिक’ मा ‘१८२५ देखि, जब पहिलो साधारण सङ्कट सुरु भयो, तबदेखि हरेक १० वर्षमा पूरै औद्योगिक र वाणिज्य संसार, उत्पादन र सबै सभ्य मानिसहरू र उनीहरूका अलि कम सभ्य सहायकहरूको बिच आदान–प्रदान अव्यवस्थित हुने गरेको छ ।
व्यापार स्थिर छ, बजारहरू सामानले भरिएका छन्, उत्पादनहरू जम्मा हुन्छन्, जति धेरै छन्, त्यति नै बेच्न असम्भव छ; नगद पैसा हराउँछ, क्रेडिट गायब हुन्छ, कारखानाहरू बन्द हुन्छन्, कामदारहरूको ठूलो सङ्ख्या जीविकोपार्जनका साधनहरूको अभावमा पर्छन्, किनभने तिनीहरूले जीविकोपार्जनका साधनहरू धेरै उत्पादन गरेका हुन्छन् । दिवालियापनको पछि दिवालियापन आउँछ, जबरजस्ती सम्पत्ति कब्जा एकपछि अर्को हुँदै जान्छ ।”१ एङ्गेल्सको यो प्रसङ्ग यहाँ उल्लेख गर्नुको मुख्य कारण पुँजीवादमा सङ्कट कहिले र कसरी देखा पर्दछ भन्ने स्पष्ट दृष्टिकोण व्यक्त गर्नु हो ।
एङ्गेल्सले भने जस्तै गरी पहिलो विश्वयुद्ध तात्कालिक युरोपमा जुन आर्थिक सङ्कट पैदा भएको थियो, त्यसको विष्फोट थियो । त्यो युद्धले ‘साम्राज्यवाद; पुँजीवादको चरम अवस्था’ को पुष्टि गरेको थियो । त्यसैले पुँजीवादले विभिन्न रूप धारण गरिराखेको थियो । पहिलो विश्वयुद्ध समाप्तिको १० वर्ष पुग्दै गर्दा सन् १९२९ को अक्टोबरमा अमेरिकामा वाल स्ट्रिट स्टक मार्केट क्र्यास (दुर्घटना) को कारण आर्थिक महासङ्कट सुरु भएको थियो । सेयर मूल्यमा अत्यधिक ह्रास आएपछि लगानीकर्ताको विश्वास गुम्यो । सेयर भनेको कुनै कम्पनीको स्वामित्वको एकाइ हो ।
जब कुनै कम्पनीले आफ्नो व्यवसायलाई विस्तार गर्न वा पुँजी जुटाउन चाहन्छ, त्यसले आफ्नो स्वामित्वलाई स–साना भागमा विभाजन गरी बजारमा बिक्री गर्छ । यसै भागलाई सेयर भनिन्छ । यसले बैङ्क तथा व्यापार क्षेत्रमा विश्वास गुमाएपछि व्यापक आर्थिक मन्दी निम्त्याएको थियो । वास्तवमा सेयर पुँजीवादी अर्थ प्रणालीको ऐना भनिन्छ र कम्पनीको सद्भाव वा प्रतिष्ठाको आधारमा सेयरको मूल्य निर्धारण हुन्छ । यसरी निर्माण भएको सम्पत्ति पछिल्लो समय पुँजीको लगानी उद्योग र उत्पादनका क्षेत्रमा हुन छाडेर पुँजी बजारमा एकोहोरिएको छ । वास्तवमा सेयर साम्राज्यवादी पुँजी निर्माणको विकसित रूप हो ।
सन् १९२० को दशकमा स्टक बजारमा अति लगानी गरियो, सेयरको मूल्य वास्तविक आर्थिक उत्पादनभन्दा धेरै माथि पुगेको थियो । यस समयमा बैङ्कहरूले धेरै ऋण दिए, तर लगानी फिर्ता नहुँदा ठूला बैङ्कहरू बन्द भए । कृषिमा अधिक उत्पादन कृषि उत्पादनको मूल्य घट्यो, जसले कृषकहरूको आय घटायो । बेरोजगारीका कारण मानिसहरूले खपतमा कटौती गरे, जसले उत्पादन थप घटायो ।
स्मूट–हाँले ट्यारिफ ऐन, जसलाई ट्यारिफ ऐन १९३० पनि भनिन्छ, एउटा कानुन थियो जसले धेरै प्रकारका सामानमा आयात कर वृद्धि गर्यो । यो कानुन राष्ट्रपति हरबर्ट हूवरले जुन १९३० मा हस्ताक्षर गरेर लागू गरेका थिए । अमेरिकाले आयातमा उच्च कर लगाउँदा अन्तर्राष्ट्रिय व्यापारमा कमी भयो । यिनै कारणले गर्दा पहिला अमेरिकामा देखिएको मन्दी विश्वभरि फैलियो । सन् १९३३ मा अमेरिकामा बेरोजगारी दर २५% पुग्यो । युरोप र अन्य देशमा पनि रोजगार सङ्कट गहिरियो । हजारौँ बैङ्क असफल भए, जसले बचतकर्ता र व्यवसायीलाई ठूलो घाटा गरायो । विश्वव्यापी व्यापार करिब ५०% घट्यो, र औद्योगिक उत्पादनमा ठूलो गिरावट आयो । मानिसहरूले आवास र रोजगारी गुमाए । खाद्यान्न अभावले जीवन स्तरमा गिरावट आयो ।
साम्राज्यवादी पुँजीवादी देशमा आएको भयानक आर्थिक मन्दिलाई उकास्न भनेर मेनार्ड केयन्सले १९३० मा आर्थिक मन्दी र बेरोजगारी जस्ता चुनौतीहरूको समाधानका लागि सरकारको सक्रिय भूमिकाको महŒवलाई स्पष्ट पार्नुपर्ने नीति ल्याएका थिए । यसले आधुनिक अर्थतन्त्रलाई स्थिरता प्रदान गर्न सहयोग पुर्याउने विश्वास गरिएको थियो । यो सुधारवादी नीति थियो, जसलाई साम्राज्यवादीहरूले लागू गर्न सक्दैनथे । उक्त नीतिले तात्कालिक आर्थिक सङ्कट टार्न सकेन र अन्ततः दोस्रो विश्वयुद्ध हुन पुग्यो ।
विकल्पमा नवउदारवाद ?
केन्सियन सिद्धान्तले राज्यलाई केही हदसम्म भए पनि कल्याणकारी बनाउन नीति लिएका कारण अस्तित्वमा रहेको साम्राज्यवादी पुँजीवादले ग्रहण गर्न सकेन । जसले गर्दा नवउदारवादी अर्थ नीति (ल्भयष्दिभचब िभ्अयलयmष्अक) आर्थिक सिद्धान्त अवलम्बन गर्न उनीहरूलाई विकल्प दियो । वासिङ्टन सहमति (ध्बकजष्लनतयल ऋयलकभलकगक) सन् १९८० को दशकमा अन्तर्राष्ट्रिय मुद्रा कोष (क्ष्ःँ), विश्व बैङ्क, र अमेरिकी ट्रेजरी विभागबिच यी नीतिहरूमा भएको सहमतिलाई जनाउँछ, जसले व्यक्तिगत स्वतन्त्रता, खुला बजार, निजीकरण र सरकारको सीमित भूमिकाको महŒवलाई जोड दिन्छ । यो नीतिले २० औँ शताब्दीको उत्तराद्र्धमा व्यापकता पायो ।
नवउदारवादको प्रमुख विशेषता बजार स्वतन्त्रता, व्यापार, लगानी र बजारलाई राज्यको नियन्त्रणबाट स्वतन्त्र बनाउन जोड दिनु हो । सरकारी स्वामित्व भएका उद्योग तथा सेवाहरूलाई निजी क्षेत्रमा स्थानान्तरण गर्न प्रोत्साहन गर्यो । विश्वव्यापी रूपमा पुँजी र व्यापार प्रवाहलाई सरल बनाउन जोड दियो । यसलाई भूमण्डलीकरण भनियो । यसैको नाममा बहुराष्ट्रिय कम्पनी, गैह्रसरकारी संस्थाले मुलरूपमा अल्पविकसित र अविकसित राष्ट्रको साधन–स्रोतको दोहन, श्रम शोषण गरिरहे । सरकारी नियमहरूको कटौती गरेर व्यापारलाई अधिक लचिलो बनायो । यस नीतिले आर्थिक क्षेत्रमा राज्यको उपस्थितिलाई अधिक न्युनीकरण गर्यो । सामाजिक सुरक्षाका कार्यक्रमहरूलाई सीमित गर्दै निजी क्षेत्रबाट मानवताको किनबेच गर्यो । मौलिक अधिकारहरू खोसियो ।
यति हुँदा पनि पछिल्लो पुँजीवादमा यसअगिका भन्दा जटिल सङ्कटहरू देखा परेर गए । सन् २००८ को वाल स्ट्रिट सङ्कट, जसलाई वित्तीय सङ्कट पनि भनिन्छ, अमेरिकाको वाल स्ट्रिटबाट सुरु भएको ठूलो आर्थिक सङ्कट जसले विश्वव्यापी असर पुर्यायो । यो द्वितीय विश्वयुद्धपछि देखिएको सबैभन्दा गम्भीर आर्थिक सङ्कट थियो । सन् १९९० र २००० को दशकमा अमेरिकाभित्रको घर–जग्गा बजार अत्यधिक फैलिएको थियो । घर–जग्गा कारोबारमा बैङ्कहरूले असुरक्षित कर्जाहरू दिए, जसका कारण घर–जग्गाको मूल्य कृत्रिम रूपमा बढ्यो ।
जब घर–जग्गाको मूल्य घट्न थाल्यो, कर्जाधारीहरूले आफ्ना कर्जा तिर्न सकेनन्, जसले बैङ्क र वित्तीय संस्थाहरूलाई ठूलो घाटामा पुगेका थिए । बैङ्क र वित्तीय संस्थाहरूले मोर्टगेज–ब्याक्ड सेक्युरिटिज जसले घर–जग्गा खरिदलाई सबैका लागि पहुँचयोग्य बनाउने प्रयास गर्यो । वित्तीय संस्थाहरूलाई क्गदउचष्mभ कर्जा दिन धेरै प्रोत्साहन गरियो । किनकि यसो गर्दा उच्च ब्याजदरका कारण मुनाफा बढायो । मोर्टगेज–ब्याक्ड सेक्युरिटिज जस्ता जटिल वित्तीय उत्पादनहरूमा लगानी भयो, जसको मूल्य घर–जग्गा बजारमा निर्भर थियो । जब घर–जग्गा बजार भासियो, यी लगानीहरू लगभग मूल्यहीन भए ।
वित्तीय क्षेत्रलाई नियन्त्रण गर्ने नियमहरूको कमीले बैङ्कहरूलाई अत्यधिक जोखिम लिने अनुमति दियो । ठूलो वित्तीय संस्थाहरू त्यय द्यष्न तय ँबष् ि( यदि तिनीहरू विफल भए भने, यसले सम्पूर्ण वित्तीय प्रणाली र अर्थ व्यवस्थामा गम्भीर नोक्सानी पुर्याउन सक्छ) को रूपमा काम गरेका थिए तर, त्यो उल्टो हुन पुग्यो । त्यय द्यष्न तय ँबष् िले सङ्कटलाई थप गम्भीर बनायो । सेप्टेम्बर १५, २००८ मा, लिमन ब्रदर्स नामक ठूलो लगानी बैङ्क दिवालिया भयो । यसले वित्तीय प्रणालीमा भयावह असर गर्यो र अन्य बैङ्क तथा संस्थाहरूको पतनको डर फैलियो । संसारभरकै अर्थतन्त्रले यस सङ्कटबाट ठूलो चोट बेहोर्यो । लाखौँ मानिस बेरोजगार भए, व्यवसाय बन्द भए र आर्थिक वृद्धिमा ठूलो गिरावट आयो । अमेरिका, बेलायत, ग्रीक जस्ता देशमा टाट पल्टिएका ठूला वित्तीय र आर्थिक संस्थाहरूलाई उकेरा लगाउन बेल आउट नीति लागू गरियो । तैपनि संस्थाहरू टाट पल्टिने क्रम रोकिएको छैन । यसले नवउदारवादी साम्राज्यवादी नीति पूर्णरूपले असफल भएको पुष्टि गर्दछ ।
अहिले आएर डोनाल्ड ट्रम्पले अमेरिका पहिला, मोदी मेकिङ इण्डिया, चाइना ड्रिमको नारा दिएको छ । त्यसै गरी, जर्मनीले टुगेदर फर द फ्युचर र इन्डस्ट्री ४.० र फ्रान्सले लाजी दे फ्रान्सको नारा दिएका छन् । यी दिनुको मुख्य उद्देश्य ठूला अर्थतन्त्र भएका देशमा सङ्कट देखा परेको छ । यी सङ्कटहरू हटाउन अब संरक्षणवादमा पुग्नुपर्दछ भन्ने निष्कर्ष निकालेको देखिन्छ । संरक्षणवाद एक आर्थिक नीति वा सिद्धान्त हो, जसले एक देशका घरेलु उद्योगहरूलाई विदेशी प्रतिस्पर्धाबाट बचाउनको लागि आयातहरूमा प्रतिबन्ध लगाउने वा शुल्क र अन्य व्यापारिक अवरोधहरू लागू गर्ने प्रयास गर्दछ । संरक्षणवादको मुख्य उद्देश्य भनेको सस्तो वा विदेशी वस्तुहरूबाट स्थानीय रोजगारी, व्यवसाय, र उद्योगहरूलाई कमजोर हुनबाट बचाउनु हो । ठ्याक्कै यही नीति विकसित राष्ट्रहरूले लागू गरिरहेका छन् । अमेरिक, चीन, रुसलगायतका देशमा यो नीति लागू भएको छ ।
बिसौँ शताब्दीको अन्तिम दशकदेखि अहिलेसम्म एक धनी राष्ट्र अर्को धनी राष्ट्रमा अन्तरनिर्भर हुने गरेका थियो । अन्तरनिर्भरताले विश्व अर्थतन्त्रमा एकलौटी पकटलाई घटाई दिएका कारण नयाँ–नयाँ सङ्कटमा बल्झिन पुगे धनी राष्ट्रहरू । त्यसैले अहिले आएर उनीहरू पहिला आफू बन्नुपर्दछ भन्ने निष्कर्ष पुगेका छन् ।
जब–जब पुँजीवादमा सङ्कट देखा पर्दछ, तब संरक्षणवादी नीति अपनाइन्छ । व्यापार पुँजीवाददेखि यस नीति अवलम्बन गरियो । २१ औँ शताब्दीमा संरक्षणवादी भावनाहरू फेरि वृद्धि भएका छन्, विशेष गरी विभिन्न देशहरूमा राष्ट्रवाद र आर्थिक जनलोकप्रियतावादको उत्थानसँगै । उदाहरणका लागि, अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको अधीनमा, २०१० को दशकमा ‘अमेरिका पहिलो’ एजेन्डाको भागको रूपमा स्टिल, एल्युमिनियम र चिनियाँ सामानहरूमा उच्च करहरू पुनः लागू गरिएका थिए । त्यस्तै, भारत, ब्राजिल, र युरोपेली सङ्घ जस्ता अन्य देशहरूले पनि समय–समयमा आफ्ना घरेलु बजारहरूको रक्षा गर्न संरक्षणवादी नीतिहरू अपनाएका छन् । यी र यस्तै आर्थिक प्रक्रियाले केही महŒवपूर्ण तर गम्भीर सैद्धान्तिक, राजनीतिक र दृष्टिकोणात्मक सवालहरूलाई पुनः बहस गराइएको छ । एक्काइसौँ शताब्दीको ज्यूँदोजाग्दो माओ भन्न रुचाउने सिद्धान्तकारले नै यस्ता बहस सुरु गरेका छन् । नेपालमा मात्र होइन, यो प्रवृत्ति विकसित भनिएका देश र त्यहाँका मार्क्सवादको ‘ज्ञाता’ ले विकासका नाममा द्वन्द्वात्मक भौतिकवादको प्रादुर्भाव–पूर्वको स्थितिमा पुर्याउने दुस्साहस गरिरहेका छन् । जब कि जर्मन दर्शनको अन्त्यको घोषणासँगै मार्क्सवादीहरूले त्यस्ता तर्कको पनि अन्त्य गरिदिएका थिए ।
सैद्धान्तिक सवाल
पुँजीवादको रूप परिवर्तनलाई जस्ताको त्यस्तै नबुझ्दा साम्यवादीहरूले देशको कार्यदिशा निर्माणमा रनभुल्लमा परेको देखिन्छ । साम्राज्यवादमा आएको सङ्कट टार्न जब उसले पुरानै नीतिहरूमा नयाँ लेपन लगाएर सार्वजनिक हुन्छ, त्यसले त्रास पैदा गर्ने गरेको छ । र, कम्युनिस्ट भन्नेहरूको नौनाडी गल्छ र अब सकिन्न नयाँ गर्नुपर्दछ भन्न थाल्दछन् । उनीहरू नयाँ गर्न सक्दैनन् । फलस्वरूप, पुँजीवादमा सहवरण गर्न पुग्दछन् ।
अहिले पुनः संरक्षणवाद वर्तमान पुँजीवादमा आएको सङ्कट टार्न ल्याइएको छ । यसले के दर्शाउँछ भने पुँजीवादले आफ्ना पुरानै नीतिहरूलाई नयाँ रूपमा पेश गरेका छन् । यद्यपि, यसले राष्ट्रवाद, जातिवाद, धार्मिक कट्टरता जस्ता अतिवादले उनीहरू राष्ट्र र जनताको पक्षको वकालत गरिरराखेका छन् । उनीहरूका यस्ता रवैया कसैबाट लुकेको त छैन नै, तैपनि उनीहरूका हातमा प्रविधि, सूचना सञ्चार, सामाजिक सञ्जाल भएकाले त्यसको दुरुपयोग गरी भ्रम सिर्जना गर्न केही हदसम्म सफल भएका छन् ।
यसका लागि सच्चा मार्क्सवादीहरूले मार्क्सवादलाई दह्रोसँग समात्नुपर्दछ । त्यो भनेको वर्तमानको उत्पादन सम्बन्ध र उत्पादक शक्तिबिचको अन्तर्विरोधलाई सही तरिकाले बुझ्नुपर्दछ । विश्व अर्थव्यवस्थाको उत्पादन सम्बन्ध साम्राज्यवादी पुँजीवादी रहेको छ । नेपालको सन्दर्भमा दलाल तथा नोकरशाही पुँजीवादी रहेको छ । साम्राज्यवादी पुँजीवादले राष्ट्रिय पुँजीवादलाई धरासायी बनाएको छ । उसैको टेकोमा रहेको दलाल तथा नोकरशाही पुँजीवादले श्रमशक्ति निर्यात गरेको छ । उत्पीडित श्रमजीवी वर्ग मूलतः किसान र मजदूरलाई विस्थापन गरिराखेको छ । देशको साधन–स्रोतमाथिको दोहन तीब्र गरेको छ । दलाल तथा नोकरशाही शासक वर्गले खुलेआम साम्राज्यवादी शक्तिलाई अनुकूल नियम ऐन बनाई दिएर देशको साधन–स्रोतमाथि दोहन गर्न स्वागत गरिराखेको छ ।
देशको साधन–स्रोतमा साम्राज्यवादी दोहन हुनु, राष्ट्रिय उद्योगधन्दा नहुनु, जमिनको चक्ला बन्दी नहुनु, कृषिमा आधुनिकीकरण, औद्योगिकीकरण नहुनु, सहकारीहरू यहाँका शासक र दलालको हातमा हुनु, सहकारी र वित्तीय संस्थाबाट जमिन दलाल तथा नोकरशाहको हातमा पुग्नुले यहाँका श्रमिक र श्रमजीवीलाई श्रमशक्तिको रूपमा विदेश निर्यात गरेर विप्रेषण भित्र्याउने काम भइराखेको छ । यसले देश र जनताप्रतिको भावना खलल हुन पुगेको छ । अविश्वास तीब्र बनिराखेको छ । यो दृष्टान्त नेपालमा मात्र नभएर पाँचौँ अर्थतन्त्र भएको भनिएको भारतमा समेत रहेको छ । यी तथ्यहरूले अहिले पनि वर्तमानको अन्तर्राष्ट्रिय अन्तर्विरोध साम्राज्यवाद र राष्ट्र तथा जनताबिचको प्रमुख भएर आएको छ ।
पुँजीवादले लामो समयसम्म भौतिकवादी दर्शन अँगाल्न नसकेर आदर्शवादमा आत्मसमर्पण गरेपछि उसले सबै शक्ति लगाएर आदर्शवादको सेवा गर्न पुगेको छ । त्यसैले विज्ञान र प्रविधिका नयाँ खोज, अनुसन्धान र आविष्कारको दुरुपयोग गरी आदर्शवादको प्रचार–प्रसार गरिराखेको छ । त्यसबाट सबैभन्दा बढी प्रभावित आफूलाई भौतिकवादी भन्न रुचाउने भएका छन् । त्यसैले उनीहरूले नयाँ खोजको नाममा उही पुरानै तर्कलाई नयाँ कलेवरमा प्रस्तुत गर्न थालेका छन् । उनीहरूले पदार्थको अस्तित्वका बारेमा प्रश्न उठाएका छन् । यही तर्कका आधारमा पदार्थको अस्तित्व एकता, सङ्घर्ष र रूपान्तरण हुन्छ भन्ने मान्यतालाई उल्ट्याउने प्रस्थापना पेश गर्न पुग्दछन् ।
जहाँसम्म विपरीतहरूको एकत्वको कुरा छ, विज्ञानका पछिल्ला खोजहरूले झनै पष्टि गरेको छ । यसका बारेमा पूर्व मार्क्सवादी डाक्टरेट बाबुराम भट्टराई ‘भौतिकवादी द्वन्द्ववाद’ अहिले मार्क्सको समयको जस्तो नहुनुको मुख्य कारण दिशा र गतिको एकसाथ अवलोकन नगर्नुभएको कूतर्क पेश गरेका छन् । भट्टराई सर, जो अझै पनि आफूलाई भौतिकवादी भन्न चाहन्छन्, तर्क गर्नुहुन्छ कि ‘द्वन्द्वात्मक विकासको सिद्धान्तलाई थप रूपमा विकास र परिमार्जन गरिएको देखिन्छ । विशेषतः, मार्क्सपछि विकास भएको क्वान्टम मेकानिक्सको अनिश्चितता सिद्धान्त (वा पदार्थ–तरंग द्वैतवाद) र मानव कोषहरूको मापन तथा सामाजिक विकासको क्रममा देखिएका ठोस अनियमित पथहरूको सामान्य समानतामा उल्लेखनीय भिन्नताका कारण यसको विकास भएको हो ।’
यसको अर्थ, सापेक्षतावाद र क्वान्टम सिद्धान्त भौतिकवादमा आधारित छैनन् वा द्वन्द्वात्मक छैनन् । उहाँको भनाइले यी सिद्धान्तहरूको गहिरो अध्ययन नगरिएको भन्न मिल्दैन । बरु, यी सिद्धान्तहरूलाई तोडमरोड गरिएको सहज बुझ्न सकिन्छ ं। अझ उहाँले इन्ट्यागलमेन्टका बारेमा जानकारी राखेर उहाँका धारणा बाहिर ल्याएको भए भौतिकवादको पनि खण्डन गर्नुहुन्थ्यो । जडान (भ्लतबलनझिभलत) को मुख्य अवधारणा यो हो कि दुई वा बढी क्वान्टम कणहरू धेरै टाढा छुट्टिएका भए पनि आपसमा सम्बन्ध गागाँसिएको हुन्छ । यसको खोजले विपरीतहरूको एकत्वलाई पुनर्पुष्टि गरेको छ । इन्ट्यागलमेन्ट भएका दुई अणुहरू एकआपसबाट करोडौँ प्रकाश वर्ष टाढा भए पनि उनीहरूले एकअर्काको ठीक विपरीत क्रिया गर्दछन् ।
यहाँ यी प्रसँग प्रस्तुत गर्नुको कारण साम्राज्यवादी नीति र विधि बनाएर नै मार्क्सवादी द्वन्द्वात्मक भौतिकवादका विरुद्ध पूर्व–मार्क्सवादीहरूलाई खडा गरेको छ । उनीहरू ‘द्वन्द्वात्मक भौतिकवादी’ भएर द्वन्द्वात्मक भौतिकवादको कट्टर विरोधी हुन पुगेका छन् । यसको थोरबहुत प्रभाव बब अबाकियनलगायतका श्वेत श्रेष्ठतावादीहरूमा परेको छ । वास्तवमा यी सैद्धान्तिक प्रश्नहरूको जवाफ सही तरिकाले दिन जरुरी रहेको छ ।
राजनीतिक सवाल
ठीक यसै गरी, समाजवादी क्रान्ति सफल पार्न र श्रमिक तथा श्रमजीवी वर्गलाई एकताबद्ध गरी सङ्घर्ष उठाउन प्रयोग हुने तात्कालिक हतियारको रूपमा आउने कार्यनीतिहरू निर्माण गर्न सक्दैनन् । उठाइहाले पनि साम्राज्यवाद, पुँजीवादको सेवा गर्न पुग्ने शासकीय स्वरूपको बासी नारा ल्याउँदछन् । संसदीय व्यवस्था विश्वभरि नै असफल भएको र यसले पुँजीवादलाई अब टिकाई राख्ने अवस्था पनि नरहेकाले समाजवादी आन्दोलनलाई कमजोर बनाउन र उत्पीडित जनतामा भ्रम दिई साम्राज्यवादलाई टिकाई राख्न अमेरिकी शासकीय स्वरूपले प्रगति उन्नति गर्न सक्ने भ्रम काफी रूपमा फैलाएको छ ।
वास्तवमा अमेरिकी शासकीय प्रणालीमा निगम पुँजीपतिहरूले आफ्नो प्रतिनिधि सजिलै चुन्न सक्दछन् भन्ने कुरा २०१४ र २०२४ राष्ट्रपतिको चुनावी परिणामबाट स्पष्ट भइसकेको छ । सन् १७८८ बाट त्यही प्रणालीमा अमेरिकामा चुनाव हुन्छ र योग्यहरबाट मन्त्री मण्डल गठन हुँदै आएको छ । त्यसै दौरानमा यदि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख चुन्ने हो भने साम्राज्यवादी पुँजीवादको जालमा पर्न पुग्दछन् । प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको शासकीय स्वरूप स्वीकार गर्नु भनेको जानी–नजानी त्यही माखे साङ्लोमा फस्नु हो । त्यसैले यसका विकल्पमा स्थानीय तहदेखि नै सोभियत निर्माण गर्ने, शासकीय स्वरूपका बारेमा जननिर्वाचित बनाउनुपर्दछ ।
जहाँसम्म जनतालाई विद्रोहमा अहिले कसरी जुटाउने भन्ने सवाल छ, नेपाली जनता वित्तीय शोषण, रोजगारीको समस्या, असमान, स्तरहीन शिक्षा र स्वास्थ्य, क्रयशक्तिको कमी जस्ता मुद्दा लिन सकिन्छ । त्यसका सधैँ वर्तमान राज्य प्रणालीलाई कमजोर बनाउन भ्रष्टाचार एक सशक्त मुद्दा हुन्छ, जसले यहााका शासकहरू रन्थनिएका छन् ।
अहिले नेपालका प्रायः सबै पार्टीहरूले समाजवादको कुरा गरेका छन् । मार्क्स–एङ्गेल्सको समयमा काल्पनिक र वैज्ञानिक समाजवाद मात्र बहसमा थिए । त्यही कुरालाई लिएर स्पष्ट पार्न एङ्गेल्सले वैज्ञानिक समाजवादको व्याख्या गर्नुभयो । अहिले चिनियाँ विशेषता, क्युबाली, उत्तर कोरियन, भेनेज्येलियन, नेपाली विशेषता, आफ्नै विशेषताका समाजवाद भनिरहेका छन् । यी समाजवादहरूमा अधिनायकत्वको कसको हुन्छ भन्ने कुरामा स्पष्ट नपारिएको भए तापनि बुर्जुवाको अधिनायकत्वलाई स्वीकार गरिएको पाइन्छ ।
यसका लागि सबैभन्दा पहिला वर्तमान विश्व साम्राज्यवाद र उत्पीडित राष्ट्र तथा श्रमजीवी जनताबिचको अन्तरविरोध नै मुख्य हो भन्ने कुरालाई किटान गर्नुपर्दछ । पहिलो, दोस्रो विश्वयुद्धका समयमा अतिराष्ट्रवाद, रङ्गीय सर्वश्रेष्ठतावाद, जातिवाद, लैङ्गिक विभेदवाद र उच्च जातीय अहंकारवाद संरक्षणवादका सैद्धान्तिक पदावली हुन् । कम्युनिस्ट आन्दोलनमा लेनिनको पालामा कार्ल काउत्स्की, चाउ चेस्कु, वर्तमानमा बब अबाकियन, नेपालमा केपी ओली, भारतमा नरेन्द्र दामोदर मोदी, अमेरिकामा डोनान्ड ट्रम्प संरक्षणवादका हिमायती हुन् ।
अन्त्यमा हामीले बुझ्नुपर्ने कुरा के हो भने यदि कम्युनिस्ट क्रान्तिलाई सफलतामा पुर्याउनका लागि पुनरावृत्ति भएको संरक्षणवादका चरित्र बुझेर क्रान्तिको दिशा तय गर्नुपर्दछ । यसका लागि छिन्छिन्मा बदलिएको परिस्थितिलाई सही तरिकाले विश्लेषण गर्दै सही संश्लेषणमा पुग्नुपर्दछ ।



१भाकपा(माओवादी)का शीर्ष नेता प्रशान्त बोस ‘किशन दा’ को निधन
२नेकपा(बहुमत)कास्कीद्धारा भ्रष्टाचार र अनियमितता बिरुद्ध २० बुँदे ज्ञापनपत्र पेश
३संस्मरण : त्यो रात !
४शिक्षा सुधारको नाममा विद्यार्थी आन्दोलनमाथि अंकुश लगाउने प्रयास स्वीकार्य छैन : संयुक्त विद्यार्थी संगठन
५आवासको ग्यारेन्टी बिना सुकुम्बासी बस्ती हटाउनु अन्यायपूर्ण : नेकपा (बहुमत)
प्रतिक्रिया