
३नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
४आत्मदाह गराउन बन्द गर
५नेकपा (बहुमत) भारत उपब्युरो अन्तर्गत पञ्जाब जिल्लाको प्रथम जिल्ला भेला सम्पन्न
६सबिनको नेतृत्वमा २१ सदस्यीय जिल्ला समिति चयन गर्दै नेकपा (बहुमत) कास्कीको भेला सम्पन्न,
७नेकपा (बहुमत) बाँकेको जिल्ला भेला सम्पन्न, चक्र थापाको नेतृत्वमा १३ सदस्यीय समिति चयन
८नेकपा (बहुमत) बर्दियाको दोस्रो जिल्ला भेला सम्पन्न, दिलमानको नेतृत्वमा ११ सदस्यीय समिति चयन
९भारतको महाराष्ट्रमा नेकपा (बहुमत)को जिल्ला भेला सम्पन्न, ९ सदस्यीय जिल्ला समिति चयन
१०विश्वविजय, सीमा आजादलगायतमाथि अवसरवादको आरोप लगाउँदै भाकपा (माओवादी)को वक्तव्य
११सीपीसीको १०५औँ स्थापना दिवसमा सी जिनपिङको सन्देश : चुनौती चिर्दै नयाँ यात्रामा अघि बढ्न आह्वान
१२नेकपा (बहुमत) दाङको दोस्रो जिल्ला भेला सम्पन्न, सजकको नेतृत्वमा जिल्ला समिति चयन
१विश्वविजय, सीमा आजादलगायतमाथि अवसरवादको आरोप लगाउँदै भाकपा (माओवादी)को वक्तव्य
२नेकपा (बहुमत) दाङको दोस्रो जिल्ला भेला सम्पन्न, सजकको नेतृत्वमा जिल्ला समिति चयन
३भारतको महाराष्ट्रमा नेकपा (बहुमत)को जिल्ला भेला सम्पन्न, ९ सदस्यीय जिल्ला समिति चयन
४होल्डिङ सेन्टर खाली गराउने सरकारी निर्णय फिर्ता लिन चार कम्युनिस्ट पार्टीको माग, आन्दोलनका कार्यक्रम घोषणा
५नेकपा (बहुमत) बाँकेको जिल्ला भेला सम्पन्न, चक्र थापाको नेतृत्वमा १३ सदस्यीय समिति चयन
६सबिनको नेतृत्वमा २१ सदस्यीय जिल्ला समिति चयन गर्दै नेकपा (बहुमत) कास्कीको भेला सम्पन्न,
७नेकपा (बहुमत) बर्दियाको दोस्रो जिल्ला भेला सम्पन्न, दिलमानको नेतृत्वमा ११ सदस्यीय समिति चयन
८रेबिजविरुद्धको खोपको चरम अभावप्रति जनस्वास्थ्यकर्मी संगठनको गम्भीर चिन्ता
९नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
१०नेकपा (बहुमत) भारत उपब्युरो अन्तर्गत पञ्जाब जिल्लाको प्रथम जिल्ला भेला सम्पन्न
११सीपीसीको १०५औँ स्थापना दिवसमा सी जिनपिङको सन्देश : चुनौती चिर्दै नयाँ यात्रामा अघि बढ्न आह्वान
हजारौँ उत्पीडित श्रमिक वर्गहरूको सपना बोकेर जनताका बस्तीहरूमा संगीतका झनकारहरूले चेत निन्द्राबाट ब्युँझाउँदै निरङ्कुश सत्ताको बन्धनबाट स्वतन्त्र मुक्तिको लागि जागरण ल्याउने सिर्जनशील साहित्यमाथिको दमन गर्ने शाषकहरूविरुद्ध सङ्गीतका धुनहरूले कलमका रङ्गहरू निस्तेज गर्ने नाममा निरङ्कुश शाषकका भाँडाका सिपाहीहरूले २०५५ चैत ५ मा काभ्रेको अनेकोटमा भुई मान्छेहरूको बस्ती विद्रोहीको सैनिक क्याम्प भए झैँ कलाकारहरू समेत नभनी नरसमारको श्रृङ्खलामा महासमरका यात्रीहरू क.च्याङ्ग्बा लामा, सुभद्रा देवकोटासहित आठ जना जनकलाकारलाई आश्रय लिई बसेको घरभित्रै आगो लगाएर बरभत्तापूर्ण हत्या गरियो । त्यो घटना आतङ्क र भयको मात्रै थिएन बदलाको उत्प्रेरणाले प्रतिरोधको ऊर्जा पनि थियो ।
एक मारे हजार जन्मन्छन् (ध्र्रुव ज्ञवाली) को गीतले भनेझैँ साहित्य सिर्जनाले निदाएको देश जुरुक्क ब्युँझायो । हजारौँ सपनाका भारीहरू आमूल परिवर्तनको यात्रामा सजिलै पार गर्दै क्रान्ति नदीको भेग झैँ बगिरह्यो घुम्ती अप्ठ्यारो मोडहरू हजारौँ पटक व्यहोर्दै ती सहिदहरूका सपनाका चाङ ठिङ्ग उभिएको छ ।
सांस्कृतिक प्रतिरोध दिवस सम्झँदा यातनाले थिलथिलो पारिदा पनि नझुकी मृत्यु रोज्ने इच्छुक, आफ्नै सहयोद्धाको अगाडि सामूहिक बलात्कारको चीत्कार सहेर नगल्ने शारदा, जिउँदै आँखा झिकेर जलाउँदा पनि नझुक्ने कुमारी, शिव श्रेष्ठ, बन्दुकको सङ्गीनले घोप्ता पनि उत्पीडितको गीत गाउन नछोड्ने ध्रुव ज्ञवाली लगायत सयौंको आँसु र रगतले पोतिएको तस्बिर हरेक पाइला अगाडि आधा मृत्यु र आधा जीवन अनिश्चयको यात्रामा छ । तर पनि कुनै सङ्कोच मृत्यु रोज्न लालायीत छ हजारौँ मानिसहरू मुक्तिको सपना बोक्न छोड्दैन हजारौँको बलिदान, त्याग, वीरतामा कायम छन् ।
भुई मान्छे प्रतिरोध संस्कृतिको महत्व वर्ग सङ्घर्षको उचाइतिर लम्कीरहेको छ, दुश्मनका यातना शिविरभित्र जन्जिरका निलधाम खेप्न फेरि मान्छे तयार छ । अन्धकार जीवन चिर्दै सामान्तीका खेतबारीमा प्रतिरोध आन्दोलन निर्माण गर्न दलाल पुँजीवादको घाँटी समातेर सारङ्गीका तारहरूले रेट्ने महान् क्रान्तिको यात्रामा आज पनि सिर्जनशील साहित्य, सांस्कृतिक आन्दोलनको महत्वको प्रशंसा गरेर कहीँ नथाकिने अवस्थामा आइपुगेको छ ।
आजको नेपाली समाजको समस्या वर्ग सङ्घर्षमा मात्र केन्द्रित छैन । क्षेत्रीयता, जातीयता, भाषिक र लैङ्गिक पनि हो । मुख्यत यो समस्या आउनुमा एकल जातिवादी सत्ता हिन्दू अतिवादी संस्कृतिको जगबाट निर्माण भएको अर्थव्यवस्था शक्तिशाल जस्तो डेक नचल्नु अरूको भाषा धर्म साहित्यमाथि भाषिक प्रतिबन्ध लगाउनु, पहिचान र संस्कृतिमाथिको हमला गर्नु, अर्थतन्त्रमा एकाधिकार लगाएर दास्ताको बन्धनमा बाँधेर लुट मच्चाइरहेको एकाधिकार दलाल पुँजीवादको विरुद्ध बहुभाषिक बहुजाती बहुसंस्कृतिको निर्माण गर्दै पुरातनवादी साहित्यमाथि हमला गर्दै नयाँ संस्कृतिको विकासका लागि समाजवादको यात्रा तयार गर्नु सबै भाषा संस्कृतिहरू फुल्न र फुलाउन साहित्य क्षेत्रबाट नवीन कार्यमा जुट्दै समाज देश र वर्गीय क्षेत्रीय मुक्तिका लागि नयाँ पहलकदमी लिन तयार हुनुपर्ने आजको अवस्था हो ।
हामीले हजारौँ उत्पीडित समुदायको आवाजलाई प्रतिरोधको स्वरले शाषक वर्गको कानमा झापड हान्दै स्मृतिका पानामा आफ्नो खुट्टा नटेकिँदा सहारा नपाएको भीषण युद्ध मोर्चामा औलाहरूले गाँससमेत च्याप्न नसक्दा, नुनचुक लाएर तडपाउँदा पनि यातनाको सबै दस्तावेज खुसी साथ स्वीकार गर्नु इतिहासको एक पाना मात्र होइन जनताका छोराछोरी बीच बाटैमा छोडेर दलाल संसदीय पुँजीवादी व्यवस्थाको ढोकाभित्र स्वागतको मल्यार्पणमा रमाइरहेका नेताहरूलाई बहु पैचान संस्कृतिको अस्तु कहाँ गाडेर सङ्घीयताको नयाँ भाष्य बनाइँदै । राजनीतिक आन्दोलनमा होमिएका मुर्खहरू, के मृत्यु उत्सव मान्ने हुल्लडहरूको जमघट मात्रै हो त जनयुद्ध ? यस्तै प्रश्नहरूमा उभिएर त्याग, बलिदान र समर्पणका कालजयी योद्धाहरूको सम्मान र सम्झनामा सौन्दर्य शास्त्री नयाँ वा प्रतिरोधी संस्कृति निर्माणका थुप्रै औपचारिक वहसमा हामी सहभागी भएका छौँ । प्रतिरोधी संस्कृति निर्माणको विषय दर्शनको शास्त्रीय बहसभन्दा पनि जीवन पद्धति हो, व्यवहार हो । कसले कुन संस्कृतिको पक्षपोषण गर्छ र कस्तो जीवन शैली अपनाउँछ, पहिचान गर्ने आधार हुन सक्छ । हिजो आफू मात्रै नभई परिवार सबै युद्धमा होमियौँ । सामूहिक जीवन पद्धति रमाउँदै सामूहिकतामा बदलिएको जीवन एक्कासी भत्किएका कारण पुरानै संस्कृतिहरू बदलिँदै सामाजिक उत्पीडित उपेक्षित समुदायमाथि अन्धकार रात झैँ दिनको भविष्यमाथि बादलले अवरोध तुल्याएझैँ नयाँ थालनी गरेको संस्कृतिमाथि पुरातनवादी संस्कृतिले क्षति छेक्ने पहाड झैँ ठिक्क उभियो । वर्गीय माया बदलिँदै पारिवारिक व्यक्तिवादी जीवनशैलीमा डोरियो । कमरेडली एकता एउटालाई गोली लाग्दा त्यसको पीडा अर्कोले बोध हुने जोखिमभित्र साजा सहजता खोज्ने जीवनशैली भद्दा बनाएर फेरिएको छ । हिजो सबभन्दा प्रिय लाग्ने कतिपय मान्छेहरू आज सबैभन्दा घृणित पात्रमा फेरिएका छन् ।
क्रान्तिका नेतृत्वहरूप्रति क्रान्त्तिकारी भएर प्रतिक्रियावादमा पतन भइसकेका छन्, तिनीहरूबारे बोली रहनु जरुरी छैन । हामी क्रान्तिकारीहरू पनि तिनका बाछिटाले निथ्रुक्क भिजेका छौँ । नेतृत्व प्रतिको अगाध विश्वासमा अविश्वासको पल्ला भारी बनेको छ । सामूहिक उत्पादन, सामूहिक जीवनप्रति आम जनतामा विश्वास मरेको छ । जसको कारण व्यक्तिगत पेसा व्यवसाय सफल हुने र सामूहिक कामहरू असफल बन्दै छन् । मानिसको जीवन शैलीमा संस्कृति अभिव्यक्त हुन्छ । प्रतिक्रान्ति विरुद्ध उर्जा दिने न्यूनतम् संस्कृति निर्माण गर्न नसकेको कारण यो परिणाम आएको हो । त्याग, समर्पण, ऊर्जा, उत्साह र सपनाहरू उचाइँबाट खसेका सिसाझैँ चकनाचुर भएका छन् । चाङ लगाउने हो भने सहिदहरूको लासले सगरमाथाको उचाई पूरा गरेको छ । बगेका रगतले कुनै नदीको स्वरूप ग्रहण गरिसकेको छ तर, विडम्बना ती रगतको भेलहरूमा बगिरहेको सपना नेतृत्वको सनकले ध्वस्त भयो । हामीले केही गर्नै सकेनौँ । युद्धको आवश्यकताले बनाएको प्राधिकार क्रान्ति सिध्याउने आदेश बन्दा केही गर्न नसक्ने हामीले कस्तो संस्कृति निर्माण गरिएछ ?
उत्पीडित उपेक्षित वर्गलाई मन छुने नारा दिएर हाम्रो लागि हामी आफैँ लड्न पर्छ भन्ने प्रतिरोध संस्कृतिको विकास गर्नु हाम्रो निम्ति यो गम्भीर चुनौती बनेको छ । वर्ग सङ्घर्षको उभारका बेला महिला सहभागिता र संसार चकित पार्ने खालको महिला मुक्ति आन्दोलन शान्ति प्रक्रियामा आइसकेपछि त्यो उल्टो दिशामा बग्न थाल्यो पछि हट्यो । फेरि घर फर्केर परिवार सम्हाल्ने स्थिति देखा पर्यो । लिङ्ग भेदले जडा हाल्दै महिलाले राजनैतिक साङ्गठनिक जिम्मेवारी सम्हाल्ने भन्दा पुरूषले पारिवारिक व्यवस्थापन गर्नेतर्फ फर्किनु आजको प्रतिरोधी संस्कृति निर्माणको यो जब्बर चुनौती हो ।
हिजो आफैँले स्थापित गरेको संस्कृति निर्ममता पूर्वक हाम्रो जीवन कालमा बदलिन पुग्यो । तर आमूल परिवर्तनको आन्दोलन रोकिएको छैन, प्रतिरोधका भुल्काहरू उठिरहेका छन् । विद्यमान संस्कृति विरुद्ध गरिने प्रतिरोधहरूलाई संस्थागत गर्दै उत्पादन र श्रममा जोडिएर श्रमजीवीहरूतर्फ फर्कनुपर्छ । इतिहासमा भएका बलिदानलाई अझैँ धेरै स्थापित गर्दै नयाँ संस्कृति निर्माणका निम्ति निरन्तर क्रान्तिमा सहभागिता जनाउँदै नयाँ संस्कृतिको बहुरङ्गीन मालाबाट नेपाली समाजलाई बसन्त ऋतुमा फेरिएका बिरुवाका पालुवा जसरी प्रतिरोध संस्कृतिको विकास गर्नु आजको आवश्यकता हो ।
यो आवश्यकतालाई सफलतातिर डोर्याउन नयाँ संस्कृतिसहित आधारित साहित्यहरूको अत्यन्तै भूमिका रहन्छ त्यसैले साहित्य सिर्जनासहितको प्रतिरोध सङ्घर्ष आजको आवश्यकता हो ।


१विश्वविजय, सीमा आजादलगायतमाथि अवसरवादको आरोप लगाउँदै भाकपा (माओवादी)को वक्तव्य
२नेकपा (बहुमत) दाङको दोस्रो जिल्ला भेला सम्पन्न, सजकको नेतृत्वमा जिल्ला समिति चयन
३भारतको महाराष्ट्रमा नेकपा (बहुमत)को जिल्ला भेला सम्पन्न, ९ सदस्यीय जिल्ला समिति चयन
४होल्डिङ सेन्टर खाली गराउने सरकारी निर्णय फिर्ता लिन चार कम्युनिस्ट पार्टीको माग, आन्दोलनका कार्यक्रम घोषणा
५नेकपा (बहुमत) बाँकेको जिल्ला भेला सम्पन्न, चक्र थापाको नेतृत्वमा १३ सदस्यीय समिति चयन
प्रतिक्रिया