
१रोल्पामा जीप दुर्घटना : २० जनाको मृत्यु, नेकपा(बहुमत) द्वारा शोक व्यक्त
२ट्रम्पविरुद्ध धम्की दिएको आरोपमा पूर्व एफबीआई प्रमुख जेम्स कोमी अदालतमा उपस्थित
३आवासको ग्यारेन्टी बिना सुकुम्बासी बस्ती हटाउनु अन्यायपूर्ण : नेकपा (बहुमत)
४गृहमन्त्रीको राजीनामा माग्दै माइतीघरमा प्रदर्शन
५मूल्य वृद्धि, जनअधिकारमाथि आक्रमण देखि विद्यार्थी प्रतिबन्धप्रति नेकपा (बहुमत) को कडा आपत्ति
६नेकपा (बहुमत)का सल्लाहकार लीलाधर गौतमको निधन, पार्टीद्वारा शोक व्यक्त
७आईपीएलमा पन्जाबको दबदबा, मुम्बई ७ विकेटले पराजित
८हर्मुज रणनीति अघि सार्दै इरान, २७० अर्ब डलर क्षति दाबी
९आणविक विवाद र हर्मुज तनावले अमेरिका–इरान शान्तिवार्ता निष्कर्षविहिन
१०भिम प्रसाद दुलालको निधनमा नेकपा (बहुमत) मकवानपुरद्वारा शोक व्यक्त
११युद्धविरामप्रति इरानको असन्तुष्टिः “उल्लंघनपछि वार्ताको औचित्य समाप्त”
१२नेकपा(बहुमत)कास्कीद्धारा भ्रष्टाचार र अनियमितता बिरुद्ध २० बुँदे ज्ञापनपत्र पेश
१भाकपा(माओवादी)का शीर्ष नेता प्रशान्त बोस ‘किशन दा’ को निधन
२नेकपा(बहुमत)कास्कीद्धारा भ्रष्टाचार र अनियमितता बिरुद्ध २० बुँदे ज्ञापनपत्र पेश
३संस्मरण : त्यो रात !
४शिक्षा सुधारको नाममा विद्यार्थी आन्दोलनमाथि अंकुश लगाउने प्रयास स्वीकार्य छैन : संयुक्त विद्यार्थी संगठन
५आवासको ग्यारेन्टी बिना सुकुम्बासी बस्ती हटाउनु अन्यायपूर्ण : नेकपा (बहुमत)
६मूल्य वृद्धि, जनअधिकारमाथि आक्रमण देखि विद्यार्थी प्रतिबन्धप्रति नेकपा (बहुमत) को कडा आपत्ति
७नेकपा (बहुमत)का सल्लाहकार लीलाधर गौतमको निधन, पार्टीद्वारा शोक व्यक्त
८गृहमन्त्रीको राजीनामा माग्दै माइतीघरमा प्रदर्शन
९भिम प्रसाद दुलालको निधनमा नेकपा (बहुमत) मकवानपुरद्वारा शोक व्यक्त
१०युद्धविरामप्रति इरानको असन्तुष्टिः “उल्लंघनपछि वार्ताको औचित्य समाप्त”
११आणविक विवाद र हर्मुज तनावले अमेरिका–इरान शान्तिवार्ता निष्कर्षविहिन
१२हर्मुज रणनीति अघि सार्दै इरान, २७० अर्ब डलर क्षति दाबी
पृथ्वी सबैको साझा हो, यसको उत्पति प्राकृतिक छ । यस पृथ्वीमा सबैको भोगाधिकार समान हुन जरुरी छ अर्थात पृथ्वीको भोग गर्ने अधिकार यहाँ भएका करिब ८ अर्ब जनसङ्ख्यालाई बराबर छ र सबै मानिसहरूको समान हैसियत छ भन्ने हो तर यहाँ केही मानिसहरू उत्पीडनमा अधिकार बिहीन भै बाँच्न विवस छन् ।
विषय प्रवेश :
सन् १९६० मा दक्षिण अफ्रिकाको सार्पभिल्ले भन्ने ठाउँमा रङ्गभेद अर्थात बर्णको आधारमा काला र गोराबीच गरिने बिभेदको विरुद्धमा गरिएको सङ्घर्षपूर्ण ऐतिहासिक दिन हो । जुन दिन अर्थात मार्च २१ को दिन प्रहरीको दमनबाट ६९ जना निहत्था सङ्घर्षरत मुक्तियोद्धाहरूको हत्या भएको थियो भने ३०० जना भन्दा बढी घाइते तथा अङ्गभङ्ग भएका थिए । बिभेदका विरुद्ध गरिएको एक ऐतिहासिक सङ्घर्ष हो यसलाई हामीले उत्पीडनका बिरुद्धको सुनौलो दिनको रूपमा लिनु पर्दछ । यस आन्दोलनले विश्वमा हुने उत्पीडनका बिरुद्धको आन्दोलनमा ईटा थप्ने महत्वपूर्ण कार्य गरेको छ । यसलाई हामीले सङ्घर्ष तथा क्रान्तिको स्रोतको रूपमा लिनु पर्दछ । यस्ता मानवहितका कठिनपूर्ण सङ्घर्षहरू नेपालको दलित आन्दोलनका लागि उर्जा र प्रेरणा हुन् । यही मुक्तिकामी आन्दोलनको जगमा “सबै मानिस स्वतन्त्र जन्मिन्छन् र उनीहरूको अधिकार तथा सम्मान समान छ” भन्ने नाराका साथ अन्तर्राष्ट्रिय रङ्गभेद तथा जातिय विभेद विरुद्धको अभिसन्धी –१९६५ रङ्ग तथा जातिय विभेद अन्त्यका लागि लागू गरियो ।
नेपाल लगायत दक्षिण एसियामा हालसम्म पनि जातिय विभेद ज्युँदै छ । यो जातिय विभेदबाट एसियामा करिब २३ करोड जनसङ्ख्या उत्पीडनको जातोमा पिसिएका छन् । उत्पीडन, विभेद, भेदभाव, छुवाछूत जस्ता सामाजिक क्यान्सरको रूपमा रहेको भाइरसलाई चिहानमा पुर्याउन आवश्यक छ र अबको दलित समुदायको कार्यभार जातिय विभेद बिरुद्धको आन्दोलन हो । जात ब्यवस्थाकै कारण हाल नेपालमा करिब ६५ लाख दलितहरू अमानवीय र अछुतको जिन्दगी जिउन बाध्य छन् । दलित समुदायलाई करिब ४००० बर्षदेखि अमानवीय, अछुत र अपमानित जीवन जिउन बाध्य मात्र पारिएको छैन कि सीप र श्रमको मालिक समुदायलाई राज्यको सबै निकायबाट बञ्चितिकरण र बहिस्करणमा पारिँदै आएको थियो । यति ठूलो हिस्सालाई राजनैतिक, शैक्षिक, सामाजिक, साँस्कृतिक र आर्थिक अधिकारबाट बञ्चित मात्र गरिएनकी पसुको जस्तो जीवन जिउन बाध्य पारियो ताकी लामो समय दोश्रो दर्जाको मानिसको स्थानमा बाँच्न विवस थिए । हालसम्म पनि समानताको लडाइँ जारी नै छ ।
बिभेदका श्रृङ्खलाहरू :
नेपालको दलित आन्दोलनलाई राजनैतिक आन्दोलन भन्दा जेठो आन्दोलनको रूपमा लिइन्छ तर बिडम्बना हालसम्म पनि पूर्ण मुक्ति प्राप्त गर्न सकेको छैन । हामीले विगतलाई हेर्ने हो भने दलितहरूका लागि त्यो समय अन्धकार रातजस्ता थिए । त्यतिबेला छुवाछूत, भेदभाव, बिभेदलाई अनुभूति नहुने गरी प्रथा, परम्परा, मूल्य मान्यता, संस्कार र सस्कृतिको रूपमा कथित देवीदेवताको हवला दिँदै डर र त्रास देखाई लादिएको थियो । यसमा मनुस्मृतिको पनि देन छ साथै नेपालमा ब्राह्मणवादीहरूले पनि संस्थागत गरे । १९१० को मुलुकी ऐन अन्तर्गत कानुनी रूपमै मान्यता पायो ।
यस्ता खाले उत्पीडनका विरुद्ध शैलेश्वरी मन्दिर प्रवेश, पशुपति मन्दिर प्रवेश, पानी उघाउ सङ्घर्ष, महान् १० वर्षे जनयुद्धमा दलित समुदायबाट मात्र १२०० जना भन्दा बढी उच्च साहादत्त र विभिन्न कष्टपूर्ण सङ्घर्षहरूबाट केही उपलब्धिहरू हासिल भएता पनि प्रयाप्त छैनन् । ताकी दलितहरू समान हैसियतमा बाँच्न पाउने अधिकार प्राप्त गरिसकेका छैनन् ।
विभेद जन्य केही घटनाहरू जस्तै पराजुली थरकी युवतीसँग प्रेम बिवाह गरेका काभ्रे पलाञ्चोक पाँचखालका अजित मिजार (२०७३ असाढ ३० गते) लाई जातिय बिभेदकै कारण सड्यन्त्र पूर्वक छुटाउने र हत्या गरियो तथा राज्यले पनि मुद्दा कमजोर बनाउन र बेवास्ता गर्नु, सामाजिक पढाउने शिक्षकले बोक्सीको आरोपमा काभ्रेपलाञ्चोक कोशीपारीको लक्ष्मी परियारलाई (२०७३) बोक्सीको आरोपमा विद्यालयको चौरको पोलमा बाँधी सामूहिक उपस्थितिमा दिसापिसाब खुवाइ हत्या गर्नु, कथित उपल्लो जातीसँग प्रेम गरेकै कारण नवराज विश्वकर्मा लगायत ६ जनाको सामूहिक हत्या गर्नु र जनप्रतिनिधिहरूले उक्त अपराधीक बिभेदको बचाउ गर्नु, उच्च पदस्थ दलित व्यक्तिहरूले समेत कोठा नपाउनु, दृश्य वा अदृश्य रूपमा विभेद गर्नु, दलित युवतीहरूलाई कथित उच्च जातकाले प्रेमको नाटक गरी यौनशोषण तथा भोगबिलासको साधनको रूपमा हेर्नु, हेलाहोचो तरिकाले सम्बोधन गर्नु, दलित महिलाहरूमाथि जघन्य हिंसा, उत्पीडन, दमन र शोषण थोपर्नुले अझैँपनि के प्रमाणित गर्दछ भने ऐतिहासिक सङ्घर्षहरूले केही परिवर्तन ल्यायता पनि हाम्रो समाजमा रहेको विद्यमान सामाजिक क्यान्सरको समुल नष्ट गर्न जरुरी छ । नेपालको सन्दर्भमा वर्गीय समस्याका साथसाथै जातिय समस्या पनि मुख्य समस्या बनेर देखा परेको छ । डरलाग्दो कुरा त के छ भने विभेद गर्ने स्वरूप परिवर्तन भएको छ साथै श्रम शिपको मालिक समुदाय बिस्तारै श्रम, शिप र पुँजीबाट बिस्थापित हुनुपर्ने र आधुनिक मजदुरमा परिणत हुने खतरा बढेको छ । यस्ता बिभेदकारी व्यावहारबाट कति असमान्य बौद्धिकता नष्ट भयो अनुमान समेत गर्न नसकिने विषय हो ।
अबको बाटो :
नेपालमा मात्र नभएर दक्षिण एसियामा जात व्यवस्था अनुसार सामाजिक संरचनाहरू खडा गरिएका छन् । जस अन्तरगत विभिन्न संरचना, उपसंरचना खडा गरिएका छन् । जात व्यावस्थाका आधारमा गरिने बिभेद, भेदभाव, छुवाछुत, अपमान पनि समाज तथा राष्ट्र विकास र प्रगतिको मुख्य बाधकको रूपमा रहेको छ । यही कारण कतिपय राष्ट्रहरू जहाँ धार्मिक र जातिय आडमा सत्ता निर्माण गरिएका छन् त्यहाँ अझैँपनि पछौटे, असहिंष्णु आपमानजनित, बिभेदकारी, ब्राह्मणवादी छन् यस्ता सत्ताहरूमा जहिले पनि बिद्रोह, आबेग र द्वन्दको सम्भावना रहन्छ ।
अबको २१ औँ शताब्दीमा पनि मानिसहरूमाथि अमानवीय व्यावहार लाद्नु, पछौटे तथा पश्चगामी सोंचबिचार हो । समाजको संरचना अन्तरगत दलित समुदायलाई अन्य जाती भन्दा पिँधमा राख्ने काम गरियो । मानौ की एउटा घरको छानो होइन की जगको रूपमा राखियो । कल्पना गरौकी सबैतिरबाट थिचिँदा कस्तो हुन्छ होला ? अबको बाटो नयाँ आयमका साथ जातीगत संरचनामार्फत लादिएको उत्पीडन, दमन, शोषण, विभेद, अन्याय, भेदभाव, छुवाछुत अन्त्यका लागि पिँध हल्लाउनु पर्दछ ताकी ब्राह्मणवादी जातीगत संरचना तहसनहस बनाउँन आवश्यक छ । विगत करिब ४००० वर्षदेखि अमानवीय जीवन जिउन बाध्य पारिएका दलित समुदायले मुक्ति पाउँन र समाजमा सम्मानित समान हैसियतमा सामाजिक अन्तरघुलनका साथ जीवन यापन गर्न सकुन् । मुक्तिका लागि स्पष्ट वैचारिकी निर्माण, बिद्रोह र सङ्घर्षको बाटो नै प्रमुख साधन हो । सङ्घर्षले मात्र बिभेद, भेदभाव, छुवाछुतको समुल नस्ट गर्न सकिन्छ र समतामूलक सामज निर्माण गर्न सकिन्छ ।
(लेखक : कृष्ण सेवा – नेपाक कम्युनिस्ट पार्टी (बहुमत) निकट एकीकृत दलित मुक्ति मोर्चा नेपालका केन्द्रीय संयोजक हुन् ।)



१भाकपा(माओवादी)का शीर्ष नेता प्रशान्त बोस ‘किशन दा’ को निधन
२नेकपा(बहुमत)कास्कीद्धारा भ्रष्टाचार र अनियमितता बिरुद्ध २० बुँदे ज्ञापनपत्र पेश
३संस्मरण : त्यो रात !
४शिक्षा सुधारको नाममा विद्यार्थी आन्दोलनमाथि अंकुश लगाउने प्रयास स्वीकार्य छैन : संयुक्त विद्यार्थी संगठन
५आवासको ग्यारेन्टी बिना सुकुम्बासी बस्ती हटाउनु अन्यायपूर्ण : नेकपा (बहुमत)
प्रतिक्रिया