
१नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
२पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
३नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
४वैचारिक संघर्षबारे
५जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
६ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
७बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
८ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
९‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
१२नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
५वैचारिक संघर्षबारे
६‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
७नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
८नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
९पर्यावरणीय समस्या र बालेन्द्रको भाषणनेपाली कम्युनिस्ट आन्दोलनमा विचार र कार्यदिशाको सवालमा वस्तुनिष्ठ ध्यान नपुर्याउँदा कि त जडसूत्रवाद कि त अनुभववादको सिकार बन्दै व्यवहारमा सिद्धान्तको महŒवलाई गिराउँदै एक पक्षीयताको मात्रै पक्षपोषण गर्ने परम्पराले जडसूत्रवाद–श्रद्धावादमा र अनुभववाद–शङ्कावादमा पुगेको पाइन्छ, श्रद्धावादीहरूले तर्क र विचारमा भन्दा केवल विरासतको विश्वासलाई मात्र पक्षपोषण गर्नाले उनीहरूको अन्धभक्ति चेतनाले नेतृत्वलाई नै देवत्वकरणको अवस्थामा पुर्याउने काम गरेको छ भने शङ्कावादीहरुले हरेक विषयमा जताततै शङ्कै शङ्का मात्रै प्रकट गर्नाले अज्ञेयवादी चेत धारण गर्न पुगेका छन ! नेपाली कम्युनिस्ट आन्दोलनको इतिहास हेर्दा जडसूत्रवाद र अनुभववादले एकमनावाद र बहुलवादको रूप लिँदै मार्क्सवादको सिर्जनात्मक प्रयोगका नाममा मार्क्सवादलाई नै विद्रूपीकरण गरेर आन्दोलनमा अवरोध खडा गर्दै आएको छ ।
जडसूत्रवादले मार्क्सवादको सैद्धान्तिक रक्षाको नाममा रुढीवादी कोणबाट आन्दोलनलाई अवरोध पुर्याउँदै आएको देखिन्छ । त्यसै गरी, नेपाली कम्युनिस्ट आन्दोलनमा जब्बर रूपमा रहेको संशोधनवादले मार्क्सवादको सिर्जनात्मक विकासका नाममा आफूलाई पूरै दक्षिणपन्थी मार्गमा हिंडाएर मार्क्सवादकै परित्याग गर्दै संसद्वादमा चुर्लुम्मै डुबी नवउदारवादको असली सेवक बनी दलाल पुँजीवादको पक्षपोषण गर्न पुगेको पाइन्छ ! त्यसैले आजको नेपाली कम्युनिस्ट आन्दोलनमा भूमण्डलीकृत साम्राज्यवादी नवओैपनिवेशिक चरित्रको कथित ललीपपले निम्त्याएको दलाल पुँजीवादसँग लड्न परम्परागत कार्यदिशा र कार्यशैलीमा क्रमभङ्ग गर्दै पार्टी सङ्गठन, विचारधारा, सांस्कृतिक कार्यशैली र त्यसले निम्त्याएको जीवनशैलीमा पुनर्गठन गर्दै समाजवादी गणतन्त्र स्थापनार्थ जनताका पेचिला मुद्दालाई सुगठित गर्दै जनसङ्घर्ष–प्रतिरोध सङ्घर्ष र सशस्त्र सङ्घर्षलाई एकाकार गरी वैज्ञानिक कार्यदिशा निर्माण गर्नु आजको वस्तुनिष्ठ आवश्यकता हो ! यो पेचिलो परिस्थितिमा नेकपा (बहुमत) को ऐतिहासिक नवौँ महाधिवेशन यही माघ ४ गतेदेखि १० गतेसम्म सम्पन्न हुँदै छ । फुट, विभाजन, एकता र सङ्घर्षको बिचबाट अगि बढिरहेको नेपाली कम्युनिस्ट आन्दोलनभित्रका कैयौँ विरासतलाई छिचोल्दै क्रान्तिकारी धारको मुख्य हिस्सेदारको रूपमा रहेको नेकपा (बहुमत) ले विचार र सङ्घर्ष निर्माणको ऐतिहासिक नवौँ महाधिवेशन गर्दै छ । महाधिवेशनले बहसमा थुप्रै नयाँ विषयहरूलाई बहसमा ल्याएको छ ।
मालेमावादलाई पकड्ने र लागू गर्ने सवालमा सैद्धान्तिक, राजनीतिक, सङ्गठनात्मक र वर्गसंघर्षमा पुनर्गठन गर्दै सांस्कृतिक रूपान्तरणको ऐतिहासिक आवश्यकतालाई पूरा गर्न ठोस परिस्थितिको ठोस विश्लेषणका आधारमा न्युनतम राजनीतिक कार्यक्रममा रूपमा वैज्ञानिक समाजवाद प्राप्तिका निम्ति जनसङ्घर्ष, जनप्रतिरोध सङ्घर्ष र जनविद्रोहको शृङ्खलाबद्ध सामरिक रणनीति तय गरेर अगाडि बढ्ने जनाएको छ । वैज्ञानिक समाजवादी कार्यक्रमका लागि तत्कालीन कार्यनीतिका रूपमा स्वाधीन संयुक्त सरकार, जात व्यवस्था उन्मूलन र सामाजिक सम्मानसहितको राजनीतिक, आर्थिक, सांस्कृतिक रूपान्तरणको खाका, आन्तरिक राष्ट्रियताको पूर्णमुक्ति र अधिकारका लागि आत्मनिर्णयको अधिकार र संघीयतासहितका स्वायत्त क्षेत्रको निर्माण, महिला मुक्तिका लागि सम्पत्ति र सन्तानमाथि पूर्ण अधिकार, अन्तर्राष्ट्रिय अन्तरविरोधको निर्क्यौल, सामाजवादी सत्तामा हुने अधिनायकत्व र पुँजीवादी साम्राज्यवादको मूल प्रवृत्तिका अतिरिक्त नेपालको राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक अवस्थाको मूल चरित्रको ठोस विश्लेषण गर्दै त्यसको योगमा नेपालमा हुने अबको क्रान्तिलाई वैज्ञानिक समाजवादी क्रान्ति र नेपालमा स्थापना हुने अबको सत्तालाई समाजवादी गणतन्त्र भनेर निर्क्यौल गर्दै बहस सुरु गरेको छ ।
विश्वका सर्वहारा श्रमजीवी र उत्पीडित जनताका लागि विचारधारात्मक दृष्टिले संशोधनवाद, राज्यसत्ताका दृष्टिले साम्राज्यवाद एवम् दलाल पुँजीवाद र शासकीय सत्ताका दृष्टिले सुधावाद नै प्रमुख दुश्मनका रूपमा रहँदै आएको भूमण्डलीकृत विश्व साम्राज्यवादको शोषणको चरित्रलाई परास्त गर्ने मालेमावाद तथा द्वन्द्वात्मक भौतिकवादको बुझाइमा नयाँ दार्शनिक बहस सुरु गरेको छ !


१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
५वैचारिक संघर्षबारे
प्रतिक्रिया