
१भेनेजुएलामाथि अमेरिकी आक्रमण र विश्वको आवश्यकता
२महाराष्ट्र, गोवा र गुजरातमा प्रगतिशील नेपाली जनसमाज समितिको संयुक्त भेला तथा प्रशिक्षण सम्पन्न
३जनसंविधानका लागि जनसंघर्ष अन्तर्गत सुस्ता–सिस्ने अभियानको आवश्यकता र महत्व
४जनसंविधानका लागि जनसंघर्ष अभियान अन्तर्गत कपिलवस्तुमा नेकपा (बहुमत) को कोणसभा
५यथास्थितिको निर्वाचन विरुद्ध केन्द्रीय संयुक्त संघर्ष समितिद्धारा देशव्यापी आन्दोलनको घोषणा, पुस २९ गते उपत्यका बन्द
६जनसंविधान र स्वाधीन संयुक्त जनसरकार बिना फागुन २१ को चुनाव अस्वीकार्य : केन्द्रीय संयुक्त संघर्ष समिति
७दाङको बालबिकाश माविमा अखिल (क्रान्तिकारी) को विद्यार्थी संगठन विस्तार
८कम्युनिस्ट युवा संगठन नेपाल बाँकेको भेला सम्पन्न, अध्यक्षमा आकाश विक
९साम्राज्यवादी गुण्डागर्दी पराजित हुनेछ , प्रतिरोध गर्ने जनताले जित्नेछन् : TKP-ML केन्द्रीय समिति
१०कम्युनिस्ट युवा संगठन नेपाल बर्दियाको भेला सम्पन्न, अध्यक्षमा जगदिश वली
११नेपाली कांग्रेसको विशेष महाधिवेशन अनिवार्य र वैधानिक : महामन्त्रीद्धय गगन/विश्व
१२जुनिचाँदे गाउँपालिकाका उपाध्यक्षमाथि कुटपिट, मदिरा सेवन र जातीय विभेदको गम्भीर आरोप
१जनसंविधान र स्वाधीन संयुक्त जनसरकार बिना फागुन २१ को चुनाव अस्वीकार्य : केन्द्रीय संयुक्त संघर्ष समिति
२२५ डिसेम्बरमा सहादत प्राप्त भाकपा(माओवादी)का नेता गणेश विकीले २०२२ मा आमालाई लेखेको पत्र
३दाङमा नेकपा (बहुमत) का केन्द्रीय सदस्य सजक पक्राउ, पार्टीद्वारा कडा आपत्ति
४कम्युनिस्ट युवा संगठन नेपाल बर्दियाको भेला सम्पन्न, अध्यक्षमा जगदिश वली
५भेनेजुएलामाथि अमेरिकी आक्रमण र विश्वको आवश्यकता
६महाराष्ट्र, गोवा र गुजरातमा प्रगतिशील नेपाली जनसमाज समितिको संयुक्त भेला तथा प्रशिक्षण सम्पन्न
७यथास्थितिको निर्वाचन विरुद्ध केन्द्रीय संयुक्त संघर्ष समितिद्धारा देशव्यापी आन्दोलनको घोषणा, पुस २९ गते उपत्यका बन्द
८कम्युनिस्ट युवा संगठन नेपाल बाँकेको भेला सम्पन्न, अध्यक्षमा आकाश विक
९६ वटा कम्युनिस्ट पार्टीद्धारा फागुन २१ को चुनाव बहिष्कार गर्ने घोषणा
१०साम्राज्यवादी गुण्डागर्दी पराजित हुनेछ , प्रतिरोध गर्ने जनताले जित्नेछन् : TKP-ML केन्द्रीय समिति
११मकवानपुरको चिसापानी बजारमा नेकपा (बहुमत) को अभियान सभा सम्पन्न
१२ट्रम्पलाई नोवेल शान्ति पुरस्कार होइन ‘हिट्लर–मुसोलिनी पुरस्कार’ दिनुपर्छ : बास्तोलानेपाली कम्युनिस्ट आन्दोलनमा विचार र कार्यदिशाको सवालमा वस्तुनिष्ठ ध्यान नपुर्याउँदा कि त जडसूत्रवाद कि त अनुभववादको सिकार बन्दै व्यवहारमा सिद्धान्तको महŒवलाई गिराउँदै एक पक्षीयताको मात्रै पक्षपोषण गर्ने परम्पराले जडसूत्रवाद–श्रद्धावादमा र अनुभववाद–शङ्कावादमा पुगेको पाइन्छ, श्रद्धावादीहरूले तर्क र विचारमा भन्दा केवल विरासतको विश्वासलाई मात्र पक्षपोषण गर्नाले उनीहरूको अन्धभक्ति चेतनाले नेतृत्वलाई नै देवत्वकरणको अवस्थामा पुर्याउने काम गरेको छ भने शङ्कावादीहरुले हरेक विषयमा जताततै शङ्कै शङ्का मात्रै प्रकट गर्नाले अज्ञेयवादी चेत धारण गर्न पुगेका छन ! नेपाली कम्युनिस्ट आन्दोलनको इतिहास हेर्दा जडसूत्रवाद र अनुभववादले एकमनावाद र बहुलवादको रूप लिँदै मार्क्सवादको सिर्जनात्मक प्रयोगका नाममा मार्क्सवादलाई नै विद्रूपीकरण गरेर आन्दोलनमा अवरोध खडा गर्दै आएको छ ।
जडसूत्रवादले मार्क्सवादको सैद्धान्तिक रक्षाको नाममा रुढीवादी कोणबाट आन्दोलनलाई अवरोध पुर्याउँदै आएको देखिन्छ । त्यसै गरी, नेपाली कम्युनिस्ट आन्दोलनमा जब्बर रूपमा रहेको संशोधनवादले मार्क्सवादको सिर्जनात्मक विकासका नाममा आफूलाई पूरै दक्षिणपन्थी मार्गमा हिंडाएर मार्क्सवादकै परित्याग गर्दै संसद्वादमा चुर्लुम्मै डुबी नवउदारवादको असली सेवक बनी दलाल पुँजीवादको पक्षपोषण गर्न पुगेको पाइन्छ ! त्यसैले आजको नेपाली कम्युनिस्ट आन्दोलनमा भूमण्डलीकृत साम्राज्यवादी नवओैपनिवेशिक चरित्रको कथित ललीपपले निम्त्याएको दलाल पुँजीवादसँग लड्न परम्परागत कार्यदिशा र कार्यशैलीमा क्रमभङ्ग गर्दै पार्टी सङ्गठन, विचारधारा, सांस्कृतिक कार्यशैली र त्यसले निम्त्याएको जीवनशैलीमा पुनर्गठन गर्दै समाजवादी गणतन्त्र स्थापनार्थ जनताका पेचिला मुद्दालाई सुगठित गर्दै जनसङ्घर्ष–प्रतिरोध सङ्घर्ष र सशस्त्र सङ्घर्षलाई एकाकार गरी वैज्ञानिक कार्यदिशा निर्माण गर्नु आजको वस्तुनिष्ठ आवश्यकता हो ! यो पेचिलो परिस्थितिमा नेकपा (बहुमत) को ऐतिहासिक नवौँ महाधिवेशन यही माघ ४ गतेदेखि १० गतेसम्म सम्पन्न हुँदै छ । फुट, विभाजन, एकता र सङ्घर्षको बिचबाट अगि बढिरहेको नेपाली कम्युनिस्ट आन्दोलनभित्रका कैयौँ विरासतलाई छिचोल्दै क्रान्तिकारी धारको मुख्य हिस्सेदारको रूपमा रहेको नेकपा (बहुमत) ले विचार र सङ्घर्ष निर्माणको ऐतिहासिक नवौँ महाधिवेशन गर्दै छ । महाधिवेशनले बहसमा थुप्रै नयाँ विषयहरूलाई बहसमा ल्याएको छ ।
मालेमावादलाई पकड्ने र लागू गर्ने सवालमा सैद्धान्तिक, राजनीतिक, सङ्गठनात्मक र वर्गसंघर्षमा पुनर्गठन गर्दै सांस्कृतिक रूपान्तरणको ऐतिहासिक आवश्यकतालाई पूरा गर्न ठोस परिस्थितिको ठोस विश्लेषणका आधारमा न्युनतम राजनीतिक कार्यक्रममा रूपमा वैज्ञानिक समाजवाद प्राप्तिका निम्ति जनसङ्घर्ष, जनप्रतिरोध सङ्घर्ष र जनविद्रोहको शृङ्खलाबद्ध सामरिक रणनीति तय गरेर अगाडि बढ्ने जनाएको छ । वैज्ञानिक समाजवादी कार्यक्रमका लागि तत्कालीन कार्यनीतिका रूपमा स्वाधीन संयुक्त सरकार, जात व्यवस्था उन्मूलन र सामाजिक सम्मानसहितको राजनीतिक, आर्थिक, सांस्कृतिक रूपान्तरणको खाका, आन्तरिक राष्ट्रियताको पूर्णमुक्ति र अधिकारका लागि आत्मनिर्णयको अधिकार र संघीयतासहितका स्वायत्त क्षेत्रको निर्माण, महिला मुक्तिका लागि सम्पत्ति र सन्तानमाथि पूर्ण अधिकार, अन्तर्राष्ट्रिय अन्तरविरोधको निर्क्यौल, सामाजवादी सत्तामा हुने अधिनायकत्व र पुँजीवादी साम्राज्यवादको मूल प्रवृत्तिका अतिरिक्त नेपालको राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक अवस्थाको मूल चरित्रको ठोस विश्लेषण गर्दै त्यसको योगमा नेपालमा हुने अबको क्रान्तिलाई वैज्ञानिक समाजवादी क्रान्ति र नेपालमा स्थापना हुने अबको सत्तालाई समाजवादी गणतन्त्र भनेर निर्क्यौल गर्दै बहस सुरु गरेको छ ।
विश्वका सर्वहारा श्रमजीवी र उत्पीडित जनताका लागि विचारधारात्मक दृष्टिले संशोधनवाद, राज्यसत्ताका दृष्टिले साम्राज्यवाद एवम् दलाल पुँजीवाद र शासकीय सत्ताका दृष्टिले सुधावाद नै प्रमुख दुश्मनका रूपमा रहँदै आएको भूमण्डलीकृत विश्व साम्राज्यवादको शोषणको चरित्रलाई परास्त गर्ने मालेमावाद तथा द्वन्द्वात्मक भौतिकवादको बुझाइमा नयाँ दार्शनिक बहस सुरु गरेको छ !

१जनसंविधान र स्वाधीन संयुक्त जनसरकार बिना फागुन २१ को चुनाव अस्वीकार्य : केन्द्रीय संयुक्त संघर्ष समिति
२२५ डिसेम्बरमा सहादत प्राप्त भाकपा(माओवादी)का नेता गणेश विकीले २०२२ मा आमालाई लेखेको पत्र
३दाङमा नेकपा (बहुमत) का केन्द्रीय सदस्य सजक पक्राउ, पार्टीद्वारा कडा आपत्ति
४कम्युनिस्ट युवा संगठन नेपाल बर्दियाको भेला सम्पन्न, अध्यक्षमा जगदिश वली
५भेनेजुएलामाथि अमेरिकी आक्रमण र विश्वको आवश्यकता
प्रतिक्रिया